आजका समाचार : रास्वपाले प्रत्यक्षमै जित्यो १२५ सिट, कांग्रेस-एमाले इतिहासमै निरीह, स्थायी सरकारको आशामा शेयर बजार उत्साहित र मध्यपूर्व तनावले निम्तिँदै विश्वव्यापी संकट « Khabarhub

आजका समाचार : रास्वपाले प्रत्यक्षमै जित्यो १२५ सिट, कांग्रेस-एमाले इतिहासमै निरीह, स्थायी सरकारको आशामा शेयर बजार उत्साहित र मध्यपूर्व तनावले निम्तिँदै विश्वव्यापी संकट


२५ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

शपथ ग्रहणपछि राष्ट्रिय सभाका सदस्यले भने-राष्ट्र र जनताको हितमा काम गर्छौँ
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरूले राष्ट्र र जनताको हितका लागि काम गर्न ध्यान केन्द्रित गर्ने प्रतिबद्धता जनाएका छन् ।

सोमबार सिंहदरबारमा पद तथा गोपनीयताको शपथ लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनीहरूले आवश्यक ऐन, कानुन, नीति निर्माणका साथै राष्ट्र र जनताको हितका लागि काम गर्न ध्यान केन्द्रित गर्ने प्रतिबद्धता जनाएका हुन् ।

राष्ट्रियसभा सदस्य महन्त ठाकुरले संविधानले दिएको जिम्मेवारी अनुसार काम गर्ने बताए । उनले आफूहरूको भूमिका कानुन निर्माणमा भए पनि जनताले विकासको अपेक्षा आफूहरूबाट पनि गरेकाले समस्या हुने गरेको गुनासो गरे ।

त्यस्तै राष्ट्रियसभा सदस्य रञ्जित कर्णले देश बनाउनका लागि प्रतिनिधिसभा र राष्ट्रियसभा मिलेर अघि बढ्नुपर्ने बताए । मुलुकको विकास, सुशासन लगायतका लागि आवश्यक कानुन बनाउनुपर्ने आवश्यकता देखिएकाले त्यसमा ध्यान केन्द्रित गर्नुपर्ने उनको भनाइ छ ।

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

इलाम १ : कांग्रेसका ३५ वर्षीय निस्कल विजयी हुँदा श्रमसंस्कृतिका ३७ वर्षीय विनोद पराजित

निर्वाचन आयोगले भन्यो- चैत्रको पहिलो साताभित्र समानुपातिक सांसदलाई प्रमाणपत्र दिन्छौँ  

१६१ क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाका १२४ उम्मेदवार निर्वाचित

समानुपातिकतर्फ ७९ लाख मतगणना, रास्वपालाई मात्रै ३८ लाख बढी मत, अन्य दलले कति पाए ?

सर्लाहीमा पूर्व मन्त्रीसहित १५४ जनाको जमानत जफत

प्रतिनिधिसभा सदस्य निर्वाचन : समानुपातिकतर्फ ८ क्षेत्रको मतगणना सुरु हुन बाँकी

नीतिबाट राजनीतिसम्म : डा स्वर्णिम वाग्लेको यात्रा

आज राति १२ बजेदेखि निर्वाचन आचारसंहिता निष्क्रिय हुने


संखुवासभा र धनुषा १ बाहेक सबैको नतिजा, प्रत्यक्षमा एमालेभन्दा कांग्रेस दोब्बर ठूलो
संखुवासभा र धनुषा क्षेत्र नम्बर १ बाहेक सबैतिरको नतिजा आइसकेको छ। संखुवासभामा अहिले नेकपा एमालेका उम्मेदवार अगाडि छन्। यहाँ एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीले १३०५१ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिङमा शेर्पाले ११,७८९ मत ल्याएका छन्।

देशभरको नतिजामा राष्ट्रिय स्वतन्त्र पार्टीले १२५ सिट जित्दा नेकपा एमाले ८ सिटमा खुम्चिएको छ। दोस्रो बनेको नेपाली कांग्रेसले १८ स्थान जितेको छ। एमाले अहिले संखुवासभामा अगाडि रहेकाले ९ सिट हुने सम्भावना छ । उता नेपाली कम्युनिस्ट पार्टीले ७ सीट जितेको छ ।

उता धनुषा १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका किशोरी साह कमलको उम्मेदवारी खारेज हुँदा नेकपाका मातृका प्रसाद यादव अगाडि छन् । तर त्यहाँ घण्टीलाई यादवको भन्दा दोब्बर मत परेको छ।

जब राताम्य उम्मेदवारसँग पराजितले हार्दिकता साटे…..

समानुपातिकमा रास्वपालाई ऐतिहासिक मत, कांग्रेस र एमाले धेरै पछाडि : कसको मत कति ?

समानुपातिक मत : हर्कको श्रमसंस्कृति पहिलो निर्वाचनमै राष्ट्रिय दल हुने निश्चित

बालेन्द्रले बुझाए १४ लाख १७ हजार रूपैयाँको निर्वाचन खर्च विवरण

अर्घाखाँचीमा समानुपातिक मतगणना सकियो, रास्वपा प्रथम

कास्कीमा रास्वपाका उम्मेदवार भन्दा दललाई बढी मत

रास्वपालाई प्रत्यक्षबाटै बहुमत नजिकको सिट : यी हुन् संसद् यात्रा तय गरेका १२५ अनुहार


इलामका दुवै क्षेत्रबाट आए ४० वर्षमुनिका ‘माननीय’
सूर्योदयको जिल्ला इलामका दुईवटै निर्वाचन क्षेत्रबाट युवा उम्मेदवारहरूले जित निकालेका छन्। नेपाली कांग्रेस र नेकपा एमालेका युवा उम्मेदवारहहरूले जित्दा इलामबासीमा उत्साहको सञ्चार भएको छ।

क्षेत्र नम्बर १ बाट नेपाली काङ्ग्रेसका ३५ वर्षीय निस्कल राईले जित निकाल्दा क्षेत्र नम्बर २ बाट ३६ वर्षीय सुहाङ नेम्बाङ विजयी भए । नेम्बाङले यसअघिको उपनिर्वाचन पनि आफ्नो पक्षमा पारेका थिए ।

निस्ललले निकटम् प्रतिद्वन्दी श्रम संस्कृति पार्टीका ३७ वर्षीय विनोद नेम्बाङ लिम्बुलाई एक हजार बढी मतान्तरले हराएका छन्। निस्कलको मत १४,५४३ हुँदा लिम्बूको महत्व १३ हजार ६२२ रह्यो ।

प्राध्यापन पेशा छोडेर राजनीतिमा होमिएका निस्कल ३५ वर्षका छन् । २०७९ मा इलाम क्षेत्र नम्बर १ बाट नेकपा एमालेको तर्फबाट महेश बस्नेत विजयी भएका थिए।

प्रतिनिधिसभा सदस्य निर्वाचन : गण्डकी, बागमती र मधेश प्रदेशमा एमाले ‘क्लीनस्वीप’

धनुषा १ विवाद : उम्मेदवार नै नभएको घण्टीलाई दोब्बर मत, आयोगले मातृका प्रसादलाई मानेन विजेता

६५५ मतमात्रै ल्याएर हारेका ऋषि धमलाले भने- आमजनता पार्टीसँग मेरो सम्बन्ध छैन

समानुपातिक मतगणना : सुर्खेत १ मा कांग्रेस, जुम्लामा नेकपा र सल्यानमा रास्वपा पहिलो

कुलमानले सहयोग गरेको रापपाले समानुपातिकमा १ लाख मत कटायो, तर सिट शून्य

सरकारी सेवा सुविधा सामाजिक सेवामा प्रयोग गर्ने उपाध्यक्ष डोल्माको घोषणा


धनुषा १ को मतपरिणाम घोषणा नगर्न सर्वोच्चको कारण देखाऊ आदेश
सर्वोच्च अदालत ले इलाम–२ को प्रतिनिधिसभा निर्वाचनसँग सम्बन्धित रिट निवेदनमा कारण देखाऊ आदेश जारी गरेको छ।

न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमलले दायर गरेको उत्प्रेषण रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीहरूलाई सात दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो।

अदालतले रिट निवेदनसँग सम्बन्धित कागजात अध्ययन गरी निवेदकतर्फबाट अधिवक्ता दीपेन्द्र झाले गरेको बहससमेत सुनेपछि यो आदेश जारी गरेको हो।

आदेशमा निवेदकको मागअनुसार आदेश किन जारी हुनु नपर्ने हो भन्ने आधार र कारणसहित सात दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत् लिखित जवाफ पेस गर्न विपक्षीहरूलाई निर्देशन दिइएको छ।

पूर्वमन्त्रीसहित पाँच जनाको जमानत जफत

रास्वपाबाट १२५ औँ सांसद बने सुधन, गोरखा–१ बाट दोब्बर मतले विजयी

हालसम्म १६१ स्थानको मतगणना सार्वजनिक, रास्वपाका १२४ उम्मेदवार विजयी

निष्पक्ष ढङ्गले काम गर्न निर्वाचन आयोगलाई नेकपाको आग्रह

सुशासन, रोजगारी र उद्यमशील नेपाल रास्वपाको प्राथमिकता हो : पूर्वमन्त्री खनाल

अन्तिम चरणमा मतगणना: रास्वपालाई १२४ सिट, चार क्षेत्रको परिणाम आउन बाँकी

लगातारको तेस्रो सर्किट ब्रेकपछि सेयर कारोबार स्थगित
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा लगातार तेस्रो सकारात्मक सर्किट लागेसँगै आजको कारोबार बन्द गरिएको छ ।

आज नेप्से परिसूचक १६२ दशमलव ९३ अङ्कले बढेर दुई हजार ८७५ दशमलव ४३ को बिन्दुमा कायम भएको छ । यो छ प्रतिशतको वृद्धि हो । प्रतिनिधिसभा सदस्य निर्वाचनपछि पहिलो दिन खुलेको बजारमा लगानीकर्तामा उत्साह देखिएको हो ।

आज बजार खुलेलगत्तै नेप्से परिसूचकमा चार प्रतिशतको वृद्धि अर्थात् पहिलो सकारात्मक सर्किट लागेसँगै २० मिनेटका लागि कारोबार रोकिएको थियो ।

त्यस्तै, ११ बजेर २१ मिनेटमा कारोबार खुलेको एक मिनेटभित्रै दोस्रोपटक सकारात्मक सर्किट लागेको थियो । परिसूचकमा पाँच प्रतिशतको वृद्धि देखिएपछि ४० मिनेटका लागि कारोबार रोकिएको थियो ।

त्यस्तै, नेप्से परिसूचकमा १२ बजेर १ मिनेटमा छ प्रतिशतको वृद्धि अर्थात् तेस्रोपटक सकारात्मक सर्किट लागेपछि दिनभरिको कारोबार स्थगित गरिएको नेप्सेले जनाएको छ ।

कमजोर अर्थतन्त्रको धरातलमा उभिएको सेयर बजार रास्वपाको आशामा जुरुक्क

दाउन्नेमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ खण्ड अवरुद्ध

बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । वर्षाका कारण दाउन्ने क्षेत्रमा सडक भासिएको स्थान चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध भएको हो ।

विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित सडक भासिएको स्थानमा वर्षाका कारण सडक सतह चिप्लो भएपछि आज बिहानदेखि सवारी आवतजावतमा समस्या भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी ९बर्दघाट सुस्तापूर्व० का प्रहरी उपरीक्षक युवराज खड्काले बताए ।

‘बिहान करिब १० बजेपछि सडक चिप्लो भएसँगै सवारीसाधन चलाउन कठिनाइ भएको छ’, उनले भने, ‘उक्त स्थानमा करिब १०० देखि १५० वटा सवारीसाधन दुवैतर्फ लामबद्ध अवस्थामा रोकिएका छन् ।’

टुकुचामा महानगरले थाल्यो सिंगल सेल बक्स कलभट निर्माण (तस्बिरहरू)

गैरनेपाली नागरिकसँग आर्थिक कारोबार नगर्न सहकारी संस्थालाई कामपाको आग्रह

खेलाडीहरूको तालाबन्दीमा एन्फाको ध्यानाकर्षण

निर्वाचन प्रहरीको बिदाइ बिहीबार

वायु प्रदूषणबाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह

साउदी अरबको अल–खर्जमा मिसाइल आक्रमण, भारतीय र बंगलादेशीको मृत्यु, अरू १२ जना घाइते

साउदी अरेबियाको अल–खर्ज सहरस्थित एक आवासीय क्षेत्रमा मिसाइल खस्दा कम्तीमा दुई जनाको मृत्यु भएको छ। खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य सम्पत्तिलाई लक्षित गर्दै इरानले गरिरहेको प्रत्याक्रमण दोस्रो सातामा प्रवेश गरेको बेला यो घटना भएको साउदी अधिकारीहरूले बताएका छन्।

साउदी नागरिक सुरक्षा निकायले आइतबार एक्समा पोस्ट गर्दै कुनै देशको नाम नलिई सैन्य प्रक्षेप्य अल–खर्जको एक आवासीय क्षेत्रमा खसेको जनाएको छ।

उक्त घटनामा दुई विदेशी नागरिक मारिएका छन् । यसरी मारिनेमा एकजना भारतीय र एकजना बंगलादेशी रहेका छन् । घटनामा १२ जना घाइते भएका छन्।

जापानले लामो दूरीको मिसाइल तैनाथ गर्दै

मध्यपूर्व युद्धको प्रभाव : तेल बजार स्थिर बनाउन अन्तर्राष्ट्रिय पहल

जर्मन औद्योगिक कमजोरीले मर्जमाथि दबाब बढायो

मध्यपूर्व द्वन्द्वको प्रभाव : लेबनानमा इजरायल–हिज्बुल्लाह भिडन्त

इन्डोनेसियामा फोहोर डम्पिङ स्थलमा पहिरो, ४ जनाको मृत्यु

चीनको हतियार निर्यातमा पाकिस्तान प्रमुख

मध्यपूर्व युद्धका कारण कच्चा तेलको मूल्यमा तीव्र वृद्धि

मध्यपूर्वका विभिन्न देशहरूमा युद्धको प्रभाव


















प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  ७ : ५५ बजे

रवि र बालेनसँग भारतीय प्रधानमन्त्री मोदीको फोन संवाद, जितका लागि दिए बधाई

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भएको निर्वाचनमा विशाल

गृहमन्त्री अर्यालद्वारा काठमाडौं प्रहरी परिसरको अनुगमन

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्याल तथा गृह मन्त्रालयका उच्चस्तरीय अधिकारीसहितको

निर्वाचनले सुशासनयुक्त मुलुक निर्माणको पक्षमा अभिमत दियो : मुख्यमन्त्री शाह

कैलाली – सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले यही फागुन

नेतृत्व नसच्चिए एमाले अझै तहसनहस हुन्छः विजय सुब्बा

काठमाडौं – नेकपा एमालेका नेता विजय सुब्बाले आफ्नो पार्टीभित्र देखिएको

खोटाङमा श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो

खोटाङ – प्रतिनिधिसभातर्फ एउटा मात्रै निर्वाचन क्षेत्र रहेको खोटाङमा समानुपातिकतर्फ