आजका समाचार : परराष्ट्रमन्त्री चीनमा, नयाँ पार्टी खोल्दै धवल-दुर्गा, एमालेमा आफ्नैसँग तर्सिन थाले ओली र इरानमा अमेरिकासँग सम्भावित शान्ति सम्झौताको विरोध « Khabarhub

आजका समाचार : परराष्ट्रमन्त्री चीनमा, नयाँ पार्टी खोल्दै धवल-दुर्गा, एमालेमा आफ्नैसँग तर्सिन थाले ओली र इरानमा अमेरिकासँग सम्भावित शान्ति सम्झौताको विरोध


३१ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

अर्थमन्त्री भन्छन् : नेता र राज्यका अङ्गहरू स्वार्थ समूहको गोजीमा थिए, त्यो जालो तोड्छौँ

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विगत १०–१५ वर्षदेखि देश निहित स्वार्थ समूहहरूको प्रभावमा रहेको दाबी गर्दै वर्तमान सरकार त्यसलाई तोड्ने अभियानमा रहेको बताएका छन् ।

आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विगतमा राजनीतिक नेतृत्वदेखि राज्यका विभिन्न अंगहरू समेत स्वार्थ समूहको कब्जामा रहेको तथ्यहरू खुलिरहेको बताए ।

युवाले सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेको छ : अर्थमन्त्री डा. वाग्ले

बेइजिङमा परराष्ट्र मन्त्री खनाल र नेपाली समुदायबीच अन्तरक्रिया

राप्रपाले राष्ट्रवादी शक्तिको भूमिका निभाउन नसकेपछि नयाँ शक्ति बनायौँ : धवल शमशेर

दुर्गा प्रसाईंको आरोप- राप्रपा राजा र धर्म साट्ने पार्टी हो

नयाँ पार्टीको तयारीमा धवल-दुर्गा (तस्बिरहरू)

गगन भन्छन् : २०१५ सालका बीपीलाई जस्तै बालेनलाई ऐतिहासिक अवसर मिलेको छ

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री वालेन्द्र शाहलाई अहिले २०१५ सालमा बीपी कोइरालालाई मिलेजस्तै देशलाई एक फड्को अगाडि लैजाने अवसर मिलेको बताएका छन् ।

पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको ‘सुवर्ण शमशेर इकोनोमिक शृङ्खला–१’ को पहिलो कार्यक्रममा थापाले यो सरकारलाई ऐतिहासिक अवसर मिलेको बताएका हुन्।

आर्थिक वर्ष २०८३/८४ को बजेटबारेमा पनि टिप्पणीका क्रममा उनले प्रचण्ड बहुमत पाएको वर्तमान सरकारलाई ऐतिहासिक अवसरको सदुपयोग गर्न आग्रह पनि गरेका छन्।

कार्यक्रममा ‘बजेटले लिएको दिशा र आमअपेक्षा’ विषयमा सम्बोधन गर्दै सभापति थापाले भने, ‘२०१५ र २०४८ सालको सरकारलाई जस्तै यस पटक वालेन्द्र शाह नेतृत्वको सरकारलाई पनि व्यापक समर्थन मिलेको छ । यो नियमित निर्वाचनबाट आएको सरकार होइन, ठूलो आन्दोलनबाट आएको सरकार हो ।’

शेखरको आरोप : कोइराला निवासमै पसेर गगनले कारबाहीको धम्की दिए, कांग्रेसमा निरंकुशता सुरू भयो

आफ्नैसँग तर्सिन थाले केपी ओली

एमालेमा कलहबीच शंकर र योगेशको तस्बिर राख्दै रामकुमारीको तर्क, ‘समस्याको केन्द्र केपी ओली मात्रै होइनन्’

शशांकले भने : कांग्रेस अब एक रहेन, विभिन्न शक्ति लागेर फुटाए

सिटौलाको टिप्पणी : वालेन्द्र डरले संसद्‍मा जवाफ दिन सक्दैनन्, साथी पठाउँछन्

गगन-विश्वलाई कृष्ण सिटौलाको जवाफ : यतिउति बुँदे पत्रको नाटक गर्नै पर्दैन, १० मिनेट वार्ता गरे सबै कुरा मिल्छ

काठमाडौं महानगरको स्वास्थ्य योजना : बाइक एम्बुलेन्सदेखि मानसिक स्वास्थ्य कल सेन्टरसम्म

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि स्वास्थ्य सेवामा उल्लेखनीय विस्तार गर्ने नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

आइतबार सम्पन्न नगरसभाको १९औँ अधिवेशनमा कार्यवाहक महानगर प्रमुख सुनिता डंगोलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सुलभ, गुणस्तरीय र प्रविधिमैत्री स्वास्थ्य सेवा विस्तारलाई प्राथमिकता दिइएको छ ।

महानगरभित्र बढ्दो सवारी चाप, साँघुरा सडक तथा बदलिँदो जीवनशैलीका कारण देखिएका स्वास्थ्य चुनौतीहरूलाई सम्बोधन गर्न ‘बाइक एम्बुलेन्स’ सेवादेखि मानसिक स्वास्थ्य ‘कल सेन्टर’ सञ्चालनसम्मका योजना अघि सारिएको छ ।

नगरसभाको १९औँ अधिवेशनको पहिलो बैठकमा कार्यवाहक मेयर सुनिता डंगोलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा निःशुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिँदै महानगर क्षेत्रभित्र छिटो र प्रभावकारी आपत्कालीन स्वास्थ्य सेवा पुर्‍याउन बाइक एम्बुलेन्स सञ्चालन गर्ने योजना समावेश गरिएको हो ।

नवीकरणीय ऊर्जा र दक्षता कार्यक्रमका लागि दुई अर्ब ६२ करोड ७४ लाख बराबरको बजेट

फोहोर व्यवस्थापनमा काठमाडौं महानगरले ‘पोलुटर्स पे प्रिन्सिपल’ लागू गर्ने

विश्वविद्यालय पढ्ने विद्यार्थीका लागि काठमाडौं महानगरको ‘अर्न ह्वाइल यू लर्न’ कार्यक्रम

काठमाडौं महानगरले नगर अस्पताल स्थापना गर्ने 

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

रोमानियाका राष्ट्रपतिद्वारा प्रधानमन्त्रीको लागि नयाँ उम्मेदवार मनोनीत

रोमानियामा जारी राजनीतिक अनिश्चितता अन्त्य गर्ने प्रयासस्वरूप राष्ट्रपति निकुसोर डानले एड्रियन भेस्टियालाई प्रधानमन्त्रीका लागि मनोनीत गरेका छन् ।

अघिल्लो उम्मेदवारले संसद्मा पर्याप्त समर्थन जुटाउन नसकेपछि राष्ट्रपतिले नयाँ नेतृत्वमार्फत स्थिर सरकार गठनको प्रयास अघि बढाएका हुन् ।

५३ वर्षीय भेस्टिया मध्य रोमानियाको ब्रासोभ काउन्टीका अनुभवी राजनीतिज्ञ तथा नेसनल लिबरल पार्टीका वरिष्ठ सदस्य छन् । उनी यसै महिनामा राष्ट्रपति डानले प्रधानमन्त्री पदका लागि मनोनयन गरेको दोस्रो व्यक्ति हुन् ।

अमेरिकासँग सम्भावित शान्ति सम्झौताको विरोधमा उत्रिए इरानी, इजरायलमा बढ्यो चिन्ता

स्विट्जरल्यान्डमा जनसङ्ख्या बहस

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

अमेरिका-इरान युद्ध अन्त्यका लागि आजै सम्झौता हुने ट्रम्पको दाबी

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

प्रकाशित मिति : ३१ जेठ २०८३, आइतबार  ८ : ०७ बजे

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर

दुई मन्त्रीसँगको फोटो राख्दै बालेनले लेखे– देश बनाउने टोली

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पछिल्लो

अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल

तेहरान – अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको