आजका समाचार : उच्च तहका नेता-कर्मचारीको सम्पत्ति खोज्न जाँचबुझ आयोग, कांग्रेसमा विभाजन ल्याउने किचलो गण्डकीमा फेरियो मन्त्रिमण्डल र बिहारमा नयाँ नेतृत्व, « Khabarhub

आजका समाचार : उच्च तहका नेता-कर्मचारीको सम्पत्ति खोज्न जाँचबुझ आयोग, कांग्रेसमा विभाजन ल्याउने किचलो गण्डकीमा फेरियो मन्त्रिमण्डल र बिहारमा नयाँ नेतृत्व,


२ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

सर्वोच्चका पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति जाँचबुझ आयोग गठन

सरकारले २०६२-६३ सालदेखि २०७२-४३ सम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीहरूको सम्पत्ति विवरणको सङ्कलन तथा छानबिन गर्न सम्पत्ति, जाँचबुझ छानबिन आयोग गठन गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बुधबार बसेको मन्त्रिपरिषद्‌को बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा चार सदस्यीय आयोग गठन गरेको हो। आयोगका सदस्यहरूमा पूर्वन्यायाधीशहरू चण्डीराज ढकाल, पुरुषोतम पक्षपति, पूर्वप्रहरी नायव महानिरीक्षक गणेश केसी र चार्टर्ड एकाउन्टेन्ट प्रकाश लम्साल छन् ।

प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएपछि सरकारले गतः चैत १३ गते १५ दिनभित्र समिति गठन गर्ने निर्णय गरेको थियो । सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीको ४३ औँ नम्बरमा यसबारे उल्लेख गरिएको छ।

उक्त बुँदामा देशमा आज भ्रष्टाचार, सम्पत्ति सुकाउने तथा दण्डहीनताको अन्य गर्ने प्रधानमन्ती तथा मन्त्रिपरिषद्को कार्यालय रहनेगरी १५ दिनभित्र अधिकारसम्पत्र सम्पत्ति छानबिन समिति गठन गर्ने उल्लेख छ।

इजरायलसहित चार देशमा पुनः श्रम स्वीकृति खुला

परराष्ट्रमन्त्री खनालसँग जर्मनीका राजदूतको भेट

जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र पनि नागरिक एपमा उपलब्ध हुने

विद्यालयस्तरमा शैक्षिक व्यवसाय गर्नेमाथि बालेन सरकारको रातो झण्डा, विद्यालय शिक्षा क्रमशः निःशुल्क बनाउने

शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेट

कांग्रेसले माग्यो पूर्णबहादुर खड्कासँग ७ दिनभित्र स्पष्टीकरण
नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग स्पष्टीकरण मागेको छ ।

बुधबार समितिले पार्टीको नक्कली लेटरप्याड प्रयोग गरी अनधिकृत वक्तव्य जारी गरिएकोमा खड्कालाई ७ दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ।

उनले पहिलोपटक पार्टीको लेटरप्याड प्रयोग गरेर पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक पक्राउबारे विज्ञप्ति जारी गरेका थिए ।

त्यसपछि खड्कालाई १८ चैतमा बसेको अनुशासन समितिले कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी नगर्न सचेत गराएको थियो ।

तर गत सोमबार पुनः उनले कार्यवाहक सभापतिको हैसियतमा क्रियाशील सदस्याता अद्यावधिक गर्ने निर्णयविरुद्ध विज्ञप्ति जारी गरे । विज्ञप्ति लगत्तै कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको थियो ।

गगनलाई पूर्णबहादुरको ‘काउन्टर’ : स्पष्टीकरण सोध्ने समिति नै अवैधानिक

समानान्तर गतिविधि नरोकेपछि पूर्णबहादुरलाई कांग्रेसले स्पष्टीकरण सोध्ने 

यस्ता छन् कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका १० एजेन्डा

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु

कांग्रेस आधिकारिकताबारे नेता महर भन्छन्– ‘ढिलो न्याय पाउनु पनि नपाउनु सरह हो’

कांग्रेस नेता खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

गण्डकीमा फेरियो मन्त्रिमण्डल : कांग्रेस र एमालेले पठाए नयाँ अनुहार
गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् बुधबार पुनर्गठन गरिएको छ । बुधबार नेकपा एमाले र नेपाली कांग्रेसबाट नयाँ अनुहारलाई मौका दिइएको छ। एमालेबाट गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री भएका छन् ।

यस्तै, यशोदा रिमाल उद्योग तथा पर्यटन मन्त्री भएकी छन्। उता लक्ष्मण पाण्डे कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री र भीम कार्की स्वास्थ्य मन्त्री नियुक्त भएका छन् ।

त्यसैगरी, कांग्रेसबाट जीत शेरचन अर्थमन्त्री बनेका छन् । नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री भएका छन् । नम्डु गुरुङ सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री र रेखा गुरुङ वन तथा वातावरण मन्त्री भएका छन् ।

यसअघि गण्डकी सरकारमा कृषि मन्त्रालय पद्मा जिसी, स्वास्थ्य मन्त्रालय कृष्ण पाठक, भौतिक पूर्वाधार मन्त्रालय प्रकाश केसी र उद्योग तथा पर्यटन मन्त्रालय मित्रलाल बस्यालले सम्हालेका थिए ।

गण्डकीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ (तस्बिरहरू)

गण्डकीको पुनर्गठित मन्त्रिमण्डलमा नपरेपछि सांसद पदबाटै राजीनामा !

स्वकीय सचिव राख्ने व्यवस्थाविरुद्ध साम्पाङ : ५ वर्षमा ५० करोड आर्थिक भार थोपरिन्छ

१० हजार बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द

शीतभण्डारमा भ्रष्टाचार : लुम्बिनीका तत्कालीन प्रदेश सचिव अधिकारीसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

प्रधानमन्त्रीलाई रक्षा बमको प्रश्न- राष्ट्रलाई सम्बोधन कहिले ?

सुजनले चौथोपटक छेडे जिब्रो
भक्तपुरको मध्यपुरथिमिस्थीत बोडेमा जिब्रो छेड्ने जात्रा बुधबार मनाइएको छ ।

जात्रामा स्थानीय सुजन बाग श्रेष्ठले चौथो पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिएका हुन् । नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि तेलमा डुबाइराखेको १० इन्च लामो सुइरोले पाँचो गणेशको प्राङ्गणमा रहेको पाटीस्थीत मञ्चमा सुजन बागको जिब्रो छेडिएको हो ।

चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार व्रत बसेर जिब्रो छेड्ने चलन छ । जिब्रो छेडेपछि चन्द्राकारको भ्वाय् अर्थात् महाद्वीप बोकेर टोल टोल घुम्ने र भाँगु टोलमा पुगेर पाँचो गणेश मन्दिरमा जिब्रो छेडेको सुइरो निकालेर महालक्ष्मी मन्दिरमा ठोकेपछि यो जात्रा सम्पन्न हुने परम्परा रहेको छ ।

दैवी शक्तिलाई आधार मानेर प्राचीनकालदेखि नै मनाइँदै आएको बोडेको सिङ्गो ऐतिहासिक, धार्मिक र संस्कृतिसँग सम्बन्धित यो जात्रा नीलबाराही देवगणसँग सम्बन्धित रहेको छ ।

वैद्यखानाले अब ‘जीएमपी’ मापदण्ड अनुसार औषधि उत्पादन गर्ने

अब शिक्षकहरूको अवकाशपछिको ‘सिटरोल’ प्रदेशस्तरबाट

चौथो गोरखा–जितगढी पदयात्रा आइपुग्यो पाल्पा

बागमती स्विट्सको बदाममा कीरा, उत्पादन र बिक्रीमा रोक

संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार हुने

पछिल्लो २४ घण्टामा विपद्का ३३ घटना, ७ जना घाइते 

दुई दिन बिदा कार्यान्वयन गर्न स्वास्थ्यका १४ संगठनको माग, सेवा प्रभावित नहुने दाबी 

दोस्रो आर्थिक गणना सुरु 

ट्रम्पले भने : खाडी देशहरूमा इरानले आक्रमण गर्ला भन्ने लागेको थिएन
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका बीच खाडी देशहरूमा हमला हुने आशा नभएको बताएका छन्।

उनले यो कुरा फक्स न्यूजलाई दिएको अन्तर्वार्तामा भनेका हुन्। ट्रम्पले कतार, साउदी अरेबिया र यूएई जस्ता देशहरूलाई इरानद्वारा निशाना बनाइने विश्वास आफूलाई नभएको बताएका हुन् । तर इरानले आफूमाथि आक्रमण भएपछि जवाफी कारबाही चलाएको थियो ।

उनले इरान मध्यपूर्वमा आफ्नो प्रभाव बढाउने प्रयास गरिरहेका बेला अमेरिकाले रोकेको बताए । ट्रम्पले यदि अमेरिकाले गत वर्ष कारबाही नगरेको भए इरानले छिट्टै परमाणु हतियार बनाउन सक्ने पनि दाबी गरे । इरानले त्यसको प्रयोग क्षेत्रीय देशहरूविरुद्ध गर्न सक्ने उनको अनुमान थियो ।

चुनावी धक्कापछि राष्ट्रपति मुइजुको कदम : माल्दिभ्समा मन्त्रिमण्डल पुनर्गठन

बिहारमा नयाँ नेतृत्व, मुख्यमन्त्रीमा सम्राट चौधरी

गाजामा इजरायली आक्रमण, दश जनाको मृत्यु

साउदी भ्रमणमा सरिफ, कूटनीति र आर्थिक सहायतामा जोड

लेबनान संकटप्रति १० देशद्वारा चिन्ता व्यक्त, सहायताकर्मीको सुरक्षामा जोड

नाकाबन्दीबीच अमेरिकाले भन्यो : चीनलाई इरानको तेल किन्न दिँदैनौँ

अमेरिकालाई इरानी राष्ट्रपतिको चेतावनी : शर्त थोपरेर आत्मसमर्पण गराउने प्रयास सफल हुँदैन

चिनियाँ जासुसी स्याटेलाइटको सहयोगमा इरानले साधँधेको थियो अमेरिकी सैन्य बेसहरूमा निशाना

‘फ्रान्समा पक्राउ परेका इरानी नागरिक स्वदेश फिर्ता’

चिनियाँ राष्ट्रपतिसँग आश्वस्त ट्रम्प इटालीकी प्रधानमन्त्रीमाथि खनिए

























प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  ७ : ५६ बजे

टाइम म्यागेजिनको प्रभाशाली १०० जनाको सूचीमा प्रधानमन्त्री बालेन

काठमाडौँ । टाइम म्यागेजिनले सार्वजनिक गरेको १०० इन्फुेन्सरहरूको सूचीमा नेपालका

सम्पत्ति जाँचबुझ आयोगको संयोजक बनेका भण्डारी को हुन् ?

काठमाडौं– बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च

अमेरिका – इरान वार्ताका लागि पहल गर्न पाकिस्तानी प्रधानमन्त्री साउदी अरबमा

जेद्दाह – पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ अमेरिका–इरान शान्ति वार्ताको सम्भावित

मर्स्याङ्दी नदीमा नुहाउने क्रममा बेपत्ता पुरुषको शव भेटियो

तनहुँ – तनहुँको आँबुखैरनी गाउँपालिका–१ बरादीस्थित अकला मन्दिर नजिक मर्स्याङ्दी

नेपाललाई आरोग्य पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेपाललाई आरोग्य पर्यटनको प्रमुख