सिंहदरबारमा गाभिएका मन्त्रालयको नाम परिवर्तन सुरु, अब १८ मन्त्रालय मात्रै
सरकारले प्रशासनिक सुधार, मितव्ययिता र कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यसहित संघीय मन्त्रालयहरूको संख्या घटाउने प्रक्रिया अघि बढाएको छ । सोहीअनुसार सिंहदरबारस्थित गाभिएका मन्त्रालयहरूको नाम परिवर्तन गर्ने काम सुरु गरिएको छ ।
वैशाख ३० गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ स्वीकृत गर्दै मन्त्रालयहरूको नयाँ कार्यविभाजन तय गरेको हो । नयाँ संरचनाअनुसार अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित कुल १८ मन्त्रालय मात्रै कायम रहनेछन् । यसअघि संघीय सरकारअन्तर्गत प्रधानमन्त्री कार्यालयसहित २२ मन्त्रालय रहेका थिए ।

सरकारले समान प्रकृतिका मन्त्रालयलाई गाभेर नयाँ संरचना बनाएको जनाएको छ । नयाँ व्यवस्थाअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित अर्थ, गृह, परराष्ट्र, रक्षा, कानुन, न्याय तथा संसदीय मामिला, उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय यथावत् राखिएका छन् ।
प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई धम्की दिने पक्राउ
प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग नगर्न चेतावनी
कांग्रेस इतिहासकै प्रतिकूल अवस्थामा छ : पूर्वकार्यवाहक सभापति खड्का
प्रविधि क्षेत्रका छुटेका विषय बजेटमार्फत सम्बोधन गर्नुपर्छ : भीष्मराज आङदेम्बे
ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तर्राष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड
नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तर्राष्ट्रिय समुदाय लाग्नुपर्नेमा जोड दिएको छ ।
राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद्को विशेष बैठकलाई श्रव्यदृश्यका माध्यमबाट शुक्रबार सम्बोधन गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले उक्त कुरामा जोड दिए।

संयुक्त राष्ट्रसङ्घका लागि न्युयोर्कस्थित नेपालको स्थायी नियोगका अनुसार मन्त्री खनालले वैश्विक ऊर्जा तथा आपूर्ति शृङ्खलामा आइरहेका अवरोधहरू र त्यसले दिगो विकासमा पार्ने असरहरुबारे मन्तव्य व्यक्त गर्दै पश्चिम एसियाको द्वन्द्वले नेपाललाई प्रभावित पारेको बताए।
मन्त्री खनालले भने, ‘पश्चिम एसिया द्वन्द्वले त्यहाँ काम गर्ने २० लाखभन्दा बढी नेपालीका परिवारलाई बढ्दो ऊर्जा मूल्य, घट्दो विप्रेषण र पर्यटनमा आएको सुस्तीले जीवनमा प्रत्यक्ष असर पारिरहेको छ ।’
प्राधिकरणका कर्मचारी अन्य कम्पनीमा सञ्चालक बनेकामा महालेखापरीक्षकको प्रश्न
दिगो तथा आत्मनिर्भर अर्थतन्त्रका लागि महालेखापरीक्षकको कार्यालयका सुझाव
विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता र उपयोग गर्न महालेखाको सुझाव
चार लेनको आर्क ब्रिजमा ८४ प्रतिशत प्रगति
मुग्लिन पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको भौतिक प्रगति ८४ प्रतिशत पुगेको छ। व्यास नगरपालिका–४ र ५ मादी नदीमाथि निर्माण भइरहेको पुलको आर्थिकतर्फ ८१ दशमलव दुई प्रतिशत प्रगति भएको हो।
उक्त खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले पुल निर्माण तीव्र गतिमा भइरहेको जनाउँदै हाल दुवैतर्फको फाउण्डेशनको काम सकिएर आर्क डिजाइन निर्माण भइरहेको बताए।

उनका अनुसार तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी उक्त पुलको काम सुरु गरिएकामा गत भदौ २१ गते ठेक्काको म्याद सकिएपछि आगामी असार १९ गतेसम्म म्याद थप भएको छ ।
इन्जिनियर पाण्डेका अनुसार पुल निर्माणका लागि विसं २०७९ साउनमा सम्झौता भएको थियो । तीन सय १५ मिटर लामो पुलमा छ वटा स्पान रहनेछन् । पुलको वारिपारी दुई-दुई ‘प्रिस्टेटस् बक्स गडर’ स्पान सम्पन्न भइसकेका छन् । उनका अनुसार फाउण्डेशनबाट सुपर स्ट्रक्चरको काम सकिएको छ ।
मधेसमा एचआइभीको बढ्दो बोझ, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण
वीरगञ्ज भन्सारबाट एक खर्ब ९९ अर्ब ४० करोड राजस्व संकलन
प्रयोगात्मक सीप विकासका लागि विद्यालयद्वारा तरकारीखेती विस्तार
गण्डकी अस्पतालको आकस्मिक विभागलाई ह्विलचियर
मर्दी पदयात्राका क्रममा हराएका पर्यटक मृत भेटिए
अमेरिकाविरुद्ध नेपालको उत्कृष्ट जित, कुशल भुर्तेलको शानदार शतक
कुशल भुर्तेलले शानदार शतक प्रहार गरेसँगै नेपालले अमेरिकालाई नौ विकेटले पराजित गरेको छ ।
आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत शनिबारको खेलमा अमेरिकाले दिएको १ सय ९६ रनको लक्ष्य नेपालले ३६ ओभर ४ बलमा केबल एक विकेट गुमाएर पुरा गर्यो ।

नेपालका ओपनर ब्याटर कुशल भुर्तेलले सर्वाधिक १२० रन बनाएर नट आउट रहे । ११८ बलको सामना गरेका उनले १३ चौका र ४ छक्का प्रहार गरे ।
त्यसैगरी, आशिफ शेखले ७२ बलमा ५८ रनको योगदान दिए भने ईशान पाण्डेले ३० बलमा २० रन जोडे । अमेरिकाका मोहम्मद मोहशिनले एक विकेट लिए ।
विश्वकप क्रिकेट लिग-२ : अमेरिकाले नेपाललाई दियो १९६ रनको लक्ष्य
हिमालचुलीको रोयल्टी समयमै विभाज्य कोषमा जम्मा गर्न सङ्घलाई आग्रह
पर्वतारोहण रोयल्टीबापत जम्मा भएको रकम विभाज्य कोषमा जम्मा गर्न र समयमै त्यसको जानकारी सम्बन्धित मन्त्रालयलाई गराउन महालेखापरीक्षकको कार्यालयले नेपाल पर्वतारोहण सङ्घलाई आग्रह गरेको छ ।
अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ७ बमोजिम पर्वतारोहणबाट प्राप्त रोयल्टी सङ्घीय विभाज्य कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ । सो कोषमा जम्मा भएको रकम सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहलाई बाँडफाँड गर्नुपर्ने व्यवस्था रहेको महालेखापरीक्षकको कार्यालयले तयार पारेको ६३ औँ वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

सरकारले २०७५ साउन १० गते निर्णय गरेर २०८० साउन ९ गतेसम्मका लागि देशभरका छ हजार मिटर उचाइसम्मका २७ हिमालचुलीको रोयल्टी सङ्कलन गर्न नेपाल पर्वतारोहण सङ्घलाई जिम्मेवारी दिएको थियो । सो जिम्मेवारी २०८० कात्तिक २३ गते पुनः पाँच वर्षका लागि थप गरिएको छ ।
लमजुङको भुजुङ : मौलिक संस्कृति बोकेको पर्यटकीय गाउँ
इतिहास, संस्कृति र प्रकृतिले सजिएको बारपाक (तस्बिरहरू)
लुम्बिनीका यातायात कार्यालय नभएका जिल्लामा सेवा विस्तार
नेपाल–बङ्गलादेश सांस्कृतिक सम्बन्ध प्रवर्द्धन गर्न ‘नेपाल फेस्टिभल’
नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास
ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन
राष्ट्रपति पुटिनको चीन भ्रमण कार्यक्रम सार्वजनिक
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको चीनको दुई दिने भ्रमणको कार्यक्रम मे १९-२० सम्मलाई तथ भएको क्रेमलिनले शनिबार जनाएको छ ।
भ्रमणको क्रममा रूसी राष्ट्रपति पुटिनले आफ्ना चिनियाँ समकक्षी सी जिनपिङसँग भेटी मस्को र बेइजिङ बिचको साझेदारी र रणनीतिक सहयोगलाई कसरी अझै सुदृढ पार्ने भन्ने बारे छलफल गर्ने क्रेमलिनले विज्ञप्ति मार्फत जनाएको छ।

पुटिन र सीले प्रमुख अन्तर्राष्ट्रिय र क्षेत्रीय सवालहरूमा पनि विचार आदान–प्रदान गर्ने र वार्ता पछि संयुक्त घोषणापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।
भ्रमणको क्रममा पुटिनले चिनियाँ प्रधानमन्त्री ली किआङसँग पनि आर्थिक तथा व्यापारिक सहयोग बारे छलफल गर्ने कार्यक्रम तथा भएको जनाइएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पको पहिलो चीन भ्रमण शुक्रबार सम्पन्न भए पछि पुटिनको भ्रमणको घोषणा भएको जनाइएको छ । भ्रमणले युक्रेन-रूस द्वन्द्व लगायत व्यापार र भू–राजनीतिक तनाव कम गर्न भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
‘इजरायल–लेबनानबीच ४५ दिन युद्धविराम विस्तारमा सहमति’
पोल्याण्डमा थप सैनिक पठाउने अमेरिकी योजना रद्द
अस्ट्रेलियामा शार्क आक्रमण बढ्दो, पश्चिमी अस्ट्रेलियामा एक जनाको मृत्यु
पोल्याण्डमा थप सैनिक पठाउने अमेरिकी योजना रद्द
चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण














प्रतिक्रिया