सर्वोच्चका प्रधानन्यायाधीश शर्मा र न्यायाधीश फुँयाल इजलासमा फर्किए
इनम सापकोटाको ह्वाट्सएप सन्देश सार्वजनिक भएपछि केही समय इजलासमा नबसेका सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोज शर्मा र न्यायाधीश हरि फुँयाल नियमित काममा फर्किएका छन् ।
तिहार बिदापछि मंगलबार दुवै जना इजलासमा सहभागी भएका हुन् । प्रधानन्यायाधीश शर्मा न्यायाधीश डा. रत्नबहादुर बागचन्दसँग र फुँयाल न्यायाधीश गोकर्ण डाँगीसँग संयुक्त इजलासमा बसेर मुद्दाको सुनुवाइ गरिरहेका छन् ।

यसअघि ह्वाट्सएप सन्देश सार्वजनिक भएपछि प्रधानन्यायाधीश शर्मा इजलासमा नबसी न्यायप्रशासनका काममा संलग्न थिए भने न्यायाधीश फुँयाल तिहारअघि नै बिदामा बसेका थिए ।
पत्रकार महासंघले थाल्यो आन्दोलन, प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाइने, अरु के छन् कार्यक्रम ?
भोटेकोशी बाढीमा बेपत्ता पत्रकार थामीकी छोरीलाई पाकिस्तानको छात्रवृत्ति
अध्यक्ष दाहालसँग फ्रान्स-नेपाल संसदीयमैत्री सामूहिक भेट
मोडिफाइड बाइकलाई १५ हजार जरिवाना
मानव बेचबिखनसम्बन्धी सजायको दायरा बढाउन संशोधन विधेयक ल्याइयो
नेपालको सार्वभौम क्रेडिट रेटिङ अंक बढेर ३.६६ पुग्यो
एमालेले राष्ट्रिय भेलालाई स्थानीय निर्वाचनको तयारीमा केन्द्रित गर्ने
नेकपा एमालेले बुधबारबाट सुरु हुने राष्ट्रिय भेलालाई स्थानीय निर्वाचनको तयारीमा केन्द्रित गर्ने भएको छ ।
पार्टी कार्यालय च्यासलमा मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकमा राष्ट्रिय भेलाको तयारीका बारेमा छलफल भएको र भेलालाई स्थानीय निर्वाचनको तयारी र पार्टी संगठनलाई परिचालिन गर्ने विषयमा केन्द्रित गर्ने निर्णय भएको एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।

भेलामा अध्यक्ष केपी ओलीले राष्ट्रिय राजनीति, भावी कार्यदिशा र पार्टीले गर्नुपर्ने कामहरूको विषयमा कार्यपत्र प्रस्तुत गर्ने र वरिष्ठ नेता विद्यादेवी भण्डारीले मुलुकको समसामयिक विषय र पार्टीको कार्यभार सम्बन्धी कार्यपत्र प्रस्तुत गर्ने उनले जानकारी दिए ।
नेता कार्यकर्तालाई ओलीको निर्देशन : आन्दोलनका लागि तयार रहनू
एमालेको स्थायी कमिटी बैठक जारी (तस्बिरहरू)
स्थायी कमिटी बैठकमा सहभागी हुन च्यासलमा जम्मा हुँदै नेताहरू (तस्बिरहरू)
मङ्सिर १ गतेदेखि कांग्रेसको ‘हामी तयार छौँ’ अभियान
सर्वोच्चको आदेशसँगै पशुपति धर्मशाला खाली गराउने बाटो खुल्यो, मारवाडी समितिको मोही दाबी अस्वीकृत
पाँचखालको ह्वाइट पार्क रिसोर्टमा छापा, ३६ चिनियाँ नागरिक पक्राउ
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ शिखरपुरस्थित ह्वाइट पार्क रिसोर्टबाट शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ३६ जना चिनियाँ नागरिक पक्राउ परेका छन्।
रिसोर्टमा विदेशी नागरिकहरूको शंकास्पद गतिविधि भइरहेको भन्ने जनगुनासोका आधारमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटिएको संयुक्त टोलीले मंगलबार दिउँसो करिब ३ बजे उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरी नायब उपरीक्षक रविन विष्ट र प्रहरी निरीक्षक मनराज बानियाँको कमान्डमा खटिएको ३० जनाको संयुक्त सुरक्षा टोलीले रिसोर्टमा छापा मारेको थियो। चेकजाँचका क्रममा ३१ पुरुष र ५ महिला गरी ३६ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक ल्याइएको प्रहरीले जनाएको छ।
तलासीका क्रममा रिसोर्टका दुईवटा कोठाबाट ठूलो संख्यामा ल्यापटप तथा मोबाइल फोनसमेत बरामद भएको छ। पक्राउ परेकाहरूमाथि साइबर अपराध वा अन्य गैरकानुनी गतिविधिमा संलग्नता रहे/नरहेको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
चुरोटको लतले संकटमा गायक अनिल सिंहको जीवन, खुट्टा काट्नुपर्ने चेतावनी
बीपी राजमार्गमा माइक्रोबस दुर्घटना, १४ जना घाइते
लुम्बिनी एनपीएलको फाइनलमा, सुदूरपश्चिमले दोस्रो क्वालिफायर खेल्ने
सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपीएलको फाइनल प्रवेश गरेको छ ।
मंगलबार सम्पन्न पहिलो क्वालिफायरमा लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्यो । सुदूरपश्चिमले दिएको १ सय ६ रनको लक्ष्य लुम्बिनीले १६ ओभर ४ बलमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।
लुम्बिनीका लागि निरोशन डिकवेलाले सर्वाधिक ५९ रन बनाए । ३७ बलको सामना गरेका उनले ७ चौका र २ छक्का प्रहार गरे ।
एनपीएलको पहिलो क्वालिफायरमा सुदूरपश्चिमले लुम्बिनीलाई दियो १ सय ६ रनको लक्ष्य
नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत पहिलो क्वालिफायरमा अहिले सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा भइरहेको छ । खेलमा पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले लुम्बिनीसामु १ सय ६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलाम टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५ रन बनायो ।
रन नजोड्दै लुम्बिनीले गुमायो पहिलो विकेट
लुम्बिनी र सुदूरपश्चिमको खेल हेर्न मैदानमा पुगेका समर्थक (तस्बिरहरू)
भिनिसियसको ह्याट्रिकमा ब्राजिल ७-० ले विजयी
ट्रम्प-सी-पुटिन त्रिपक्षीय वार्तामा युक्रेन र इरान युद्ध, आणविक निशस्त्रीकरण मुख्य एजेन्डा
चीनको प्रविधि हब मानिने सेन्जेन शहरमा आगामी बिहीबार अमेरिका, चीन र रुसका राष्ट्रपतिबीच बहुप्रतिक्षित तथा ऐतिहासिक त्रिपक्षीय शिखर वार्ता हुँदैछ । एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) सम्मेलनको साइडलाइनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच पहिलो पटक एकै मञ्चमा भेटवार्ता हुन लागेको हो ।
यो भेटवार्तालाई विश्व राजनीतिमा दूरगामी प्रभाव पार्ने घटनाका रूपमा हेरिएको छ । चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले सोमबार वार्ताको पुष्टि गर्दै विश्व शान्ति रक्षा र महाशक्ति राष्ट्रहरूबीच रणनीतिक स्थिरता प्रवर्द्धन गर्न गहन छलफल हुने र यो वार्ता ‘युगान्तकारी महत्त्व’ को हुने बताएका छन् ।

यस्तै, रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनका विदेश मामिला सल्लाहकार युरी उसाकोभले दोस्रो विश्वयुद्धताका तीन देशबीच रहेको आपसी समझदारी र संयुक्त राष्ट्रसंघको स्थापनामा भएको सहकार्यको भावनाअनुरूप फलदायी र सारगर्भित छलफल हुने जनाएका छन् । क्रेमलिनका अनुसार सेन्जेन सम्मेलनकै क्रममा ट्रम्प र पुटिनबीच छुट्टै द्विपक्षीय भेटवार्ताको समेत तयारी भइरहेको छ ।
सिंगापुरको निर्यातमा उछाल, अक्टोबरमा ७९.८ प्रतिशतले बढ्यो
भ्रष्टाचार आरोपपछि मङ्गोलियाका राष्ट्रपति राजीनामा दिने तयारीमा














प्रतिक्रिया