आजका समाचार : निर्वाचनमा तीन दिन बिदा, सुनसरी रवि-बालेन सँगै, निर्वाचनलाई चीनको ४० लाख डलर अनुदान र फेरि तनावतिर कम्बोडिया-थाइल्याण्ड « Khabarhub

आजका समाचार : निर्वाचनमा तीन दिन बिदा, सुनसरी रवि-बालेन सँगै, निर्वाचनलाई चीनको ४० लाख डलर अनुदान र फेरि तनावतिर कम्बोडिया-थाइल्याण्ड


१२ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 5 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

निर्वाचन लक्षित तीनदिन सार्वजनिक बिदा दिने सरकारको निर्णय
सरकारले प्रतिनिधिसभा निर्वाचनका लागि फागुन २० देखि २२ गते सम्म सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको सिफारिस अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि फागुन २० देखि २२ गते सम्म सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते देशैभर हुँदै छ ।

त्यस्तै बैठकले जेन-जी परिषद् गठन गर्ने निर्णय समेत गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । बैठकले प्रतिनिधिसभा निर्वाचनका लागि चीन सरकारबाट प्राप्त हुने प्रस्ताविक ४ मिलियन अमेरिकी डलर बराबरको नगद अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको उनले बताए ।

दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चकाे आदेश

पोखरा विमानस्थलमा भ्रष्टाचार विवाद : पूर्वसचिव सुशील घिमिरेसँग मागियो डेढ लाख रुपैयाँ धरौटी

एमालेले भन्यो- सुरक्षाका नाममा निषेधाज्ञा र कर्फ्यु लगाएर डर देखाउन खोजियो

चीनसहित पाँच देशका राजदूतले राष्ट्रपतिलाई बुझाए ओहोदाको प्रमाणपत्र

चुनावी सुरक्षामा कुनै चुनौती नरहेको उच्चस्तरीय सुरक्षा समितिको निष्कर्ष

निर्वाचनका लागि चीनले दियो ४० लाख डलर बराबरको नगद अनुदान

सुनिल पौडेलको सिंगापुर बैंक खाताबारे विवरण झिकाउन विशेषको आदेश

मानव अधिकार संरक्षणका निम्ति नेपाल प्रतिबद्ध छ : प्रधानमन्त्री

रविको भनाइमा निवर्तमान सभामुख घिमिरेको कडा आपत्ति, भने : घृणा फैल्याउने काम बन्द गर

झापा क्षेत्र नम्बर २ का उम्मेदवार तथा प्रतिनिधिसभाका निवर्तमान सभामुख देवराज घिमिरेले आफूविरुद्ध घृणा फैल्याइएको भन्दै आपत्ति जनाएका छन्। सोमबार बिर्तामोडमा आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ‘जनताको आवाज उठाउँदा माइक काट्ने सभामुख’ भनेर टिप्पणी गरेकोप्रति कडा आपत्ति जनाएका हुन् ।

घिमिरेले लोकतान्त्रिक अभ्यासमा उम्मेदवार र दलहरूले आफ्ना कार्यक्रम, योजना र एजेन्डा प्रस्तुत गर्नुपर्ने बताउँदै घृणा, व्यक्तिगत आरोप वा विभाजन फैलाउने प्रवृत्ति चुनावी प्रतिस्पर्धामा दीर्घकालीन रूपमा टिक्न नसक्ने उल्लेख गरेका छन्।

उनले संसद्मा प्रत्येक सदस्यलाई अभिव्यक्ति दिने अधिकार भए पनि संसदीय नियमावलीअनुसार सबै वक्तालाई समान अवसर दिन समय निर्धारण हुने स्पष्ट पारेका छन। माइक काट्ने वा काटिने विषय सभामुखको व्यक्तिगत धारणा नभई पूर्वनिर्धारित समय र नियमअनुसार हुने जवाफ पनि उनले दिएका छन् ।

संसद्को वेबसाइटमा गएर हेर्दा आफू मात्र नभई उपसभामुख वा बैठक सञ्चालन गरिरहेका अन्य सदस्यहहरूको पालामा पनि माइक काटिएको उदाहरण भेटिने जवाफ पनि घिमिरेले लामिछानेलाई दिएका छन् ।

झापाकै अन्य क्षेत्र नछिरेका बालेन रवि पुग्दा पनि किन बसेनन् ?

०४६ सालपछिका सबै काण्डको छानबिन हुन्छ : लामिछाने

गगनलाई रविको जवाफ : २०-२० वर्ष सांसद, मन्त्री भएपछि बल्ल बाटोघाटो बनाउनलाई १०-१५ वटा कानुन फेर्नुपर्छ भन्ने ज्ञान आयो ?

हामीलाई दुखेको छ, दुखेको मान्छे कराउँछ : सभापति लामिछाने

तेह्रथुम, पाँचथरमा उत्पादन भएको तरकारी खुवाउने पार्टी बन्न चाहन्छ रास्वपा : बालेन

झापा पुगेर रविले भने- जनताको आवाज उठाउँदा माइक काट्ने सभामुख कुन मुखले भोट माग्दै हुनुहुन्छ ?

रञ्जु दर्शना अस्पताल भर्ना, भोट माग्दै कार्यकर्ता

रास्वपा नेतृ रञ्जु दर्शनालाई पुत्रलाभ

रवि लामिछाने दमक पुग्दा… (तस्बिरहरू)

झापामा रविले भने- जनचाहनाअनुरूप राज्यसत्ता चलाउने रास्वपाको नीति 

मतदाता फकाउन प्रकाशशरणले ल्याए सुरुङ मार्गदेखि केबलकार निर्माणसम्मको योजना
नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. प्रकाश शरण महतले नुवाकोट क्षेत्र नम्बर १ का लागि आफ्नो ‘मेरो प्रतिज्ञा’ प्रतिज्ञापत्र सार्वजनिक गरेका छन् ।

प्रतिनिधिसभा निर्वाचनका लागि जारी गरिएको यो प्रतिज्ञापत्रमा डा। महतले ‘आधुनिक, रोजगारीयुक्त, शिक्षित र विकसित, समृद्ध नुवाकोट’ निर्माण गर्ने मुख्य लक्ष्य राखेका छन् ।

उहाँले ‘नारा होइन, नतिजा, वाचा होइन, विकास’ भन्ने नाराका साथ आफ्ना एजेन्डा मतदातासमक्ष प्रस्तुत गरेका हुन् ।

रास्वपा छाडेका बागमतीका उपसभापति हुमागाईं कांग्रेसमा

राजसंस्था पुन:स्थापनाको माग राख्दै काठमाडौंमा बाइक र्‍याली (तस्बिरहरू)

कांग्रेसको पक्षमा माहोल बनिरहेको छ : महामन्त्री पौडेल

डा. शेखरको आठ बुँदे ‘अठोटपत्र’ : विराटनगरलाई ‘विशेष आर्थिक क्षेत्र’ बनाउने उद्घोष

उमेरले होइन, सोचले युवा हुनुपर्छ: कांग्रेस नेता चन्द्र भण्डारी

चुनावी अभियान लिएर चैनपुर पुगे कुलमान : मतदाताका समस्या सुन्दै उम्मेदवार घनश्याम राई

टोखा–छहरे सुरुङमार्ग निर्माण नेता पोखरेलको प्राथमिकतामा

महेश बस्नेतले भने-म शासक होइन, जनताको सेवक बन्न आएँ
नेकपा (एमाले) का सचिव एवम् भक्तपुर क्षेत्र नं. २ मा प्रतिनिधि सभा उम्मेदवार महेश बस्नेतले आगामी फागुन २१ गते हुने निर्वाचनमा शासक बन्न नभई जनताको सेवक बन्न आएको बताएका छन्।

एमालेको निर्वाचन परिचालन समितिले आयोजना गरेको घरदैलो कार्यक्रममा बस्नेतले आफ्नो विगतको कार्यकालको उपलब्धि सम्झाउँदै अधुरा विकासकार्य पूरा गर्ने, पूर्वाधार, रोजगार, पर्यटन, स्वास्थ्य र शिक्षामा जोड दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले सूर्यविनायक–धुलिखेल सडक, पुल निर्माण, विद्यालय र सम्पदा पुनर्निर्माण, स्मार्ट सिटी र युवा रोजगारसँग सम्बन्धित विभिन्न योजनालाई प्राथमिकतामा राखेको बताएका छन् ।

त्यसैगरी पार्टी कार्यालय सूर्यविनायकमा आयोजित कार्यक्रममा क्षेत्र नं–१ का उम्मेदवार सोम मिश्र, जिल्ला अध्यक्ष बचन देउजा, उपाध्यक्ष किरण थापा लगायतले संयुक्त रूपमा प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्।

शेरधनको प्रतिबद्धता : कृषि, पर्यटन, पूर्वाधार विकास, बाँदर नियन्त्रण र गाँजा खेतीलाई वैधानिकतासम्म

सिन्धुपाल्चोक १ मा चारदलको रस्साकस्सी, पुरानालाई विरासत जोगाउने चुनौती

दाङमा राष्ट्रिय स्वतन्त्र पार्टीका १२ भन्दा बढी नेताहरूले दिए राजीनामा

निर्वाचनमा खटिने कर्मचारीलाई तालिम

तनहुँ–१ मा चुनावी सरगर्मी, १६ उम्मेदवार मैदानमा

गुल्मीमा दुई मतदान केन्द्रको नेतृत्व महिला कर्मचारीलाई

दोलखामा हिउँदे वर्षासँगै शैलुङ र कालिञ्चाेकमा बाक्लो हिमपात (तस्बिरहरू)

एक दिनमै साम्बालाई जुट्यो ५२ हजार न्युजिल्यान्ड डलर, रोकिन् थप सहयोग
राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाले आफ्नो उपचारका लागि प्राप्त समर्थन र सहयोगप्रति धन्यवाद व्यक्त गर्दै अब थप योगदान रोकिदिन अनुरोध गरेकी छन् ।

सावित्राले नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी र विदेशी प्लेटफर्ममा ४५ लाख रुपैयाँ ९५२ हजार न्युजिल्यान्ड डलर० जम्मा भएको जानकारी दिँदै वेलिंगटन फिनिक्सले बी मा रकममार्फत पनि सहयोग गरिरहेको बताइन् ।

उनले आफ्नो उपचार प्रक्रिया छिट्टै सुरु हुने विश्वास व्यक्त गर्दै पुनः नेपाल जर्सी लगाएर मैदानमा फर्किने प्रतिबद्धता व्यक्त गरिन्।

साम्बाको उपचार स्वदेशमै सम्भव छ नेपाली चिकित्सक र स्वास्थ्यकर्मीलाई बेवास्ता नगरौँ : चिकित्सक संघ

कम्बोडियासँग सीमा पार गोली हानाहान : थाइ सेना

छिमेकीराष्ट्र कम्बोडियाले डिसेम्बरको युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै मंगलबार कम्बोडियन सेनासँग सिमापार गोली हानाहान भएको थाइल्यान्डको सेनाले बताएको छ ।

थाई सेनाले विज्ञप्ति जारी गर्दै कम्बोडियन सेनाले मंगलबार सीमावर्ती प्रान्त सिसाकेटको थाइ गस्ती नजिकै ‘एकल– ४०– एमएम ग्रेनेड राउन्ड फायर’ गरेको जनाएको छ । सेनाका अनुसार गोली हानाहानमा कुनै थाइ कर्मचारी घाइते भएका छैनन् ।

‘घटना पछि, थाइ सेनाले चेतावनीको रूपमा र आत्मरक्षाका लागि, एम–७९ ९ग्रेनेड लन्चर० फायर गरेको जनाएको छ । सेनाका प्रवक्ता विन्थाई सुवारीले विज्ञप्ति मार्फत कम्बोडियाको यस्तो कार्यहरूले युद्धविराम सम्झौताको उल्लङ्घन गरेको जनाएका छन् ।

प्रारम्भिक मूल्यांकनले घटना कम्बोडियन सेनाका नयाँ कर्मचारीहरूले नियम र कमान्ड नियन्त्रणसँग परिचित नभएको कारण परिचालनमा भएका कमजोरीहरू स्वरुप विस्पोट निम्त्याएको हुन सक्ने विज्ञप्तिमा उल्लेख छ ।

मध्य इरानमा सेनाको हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु

शौचालयका लागि संघर्ष गर्दैछन् इरान हान्न हिँडेको युद्धपोतका अमेरिकी सैनिक

अमेरिकाद्वारा क्यारेबियन क्षेत्रमा डुङ्गा आक्रमण : तीन जनाको मृत्यु

जापानी कम्पनीमाथि चिनियाँ प्रतिबन्ध

भारतमा चार्टर्ड एयर एम्बुलेन्स दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ७ जना पुग्यो

ट्रम्पले लागु गरेको ट्यारिफ असुली मंगलबारदेखि रोकिँदै, सम्झौता तोड्ने देशलाई फेरि दिए धम्की

उत्तर कोरियामा किम यो जोङको पदोन्नति

अमेरिकामा हिमपातले जनजीवन अस्तव्यस्त, ६ लाख घरमा विद्युत अवरुद्ध























प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  ७ : ५२ बजे

पाकिस्तानविरुद्ध इंग्ल्यान्डको जित, ह्यारी ब्रुकको शतक

काठमाडौँ- आईसीसी टी–२० विश्वकपअन्तर्गत पाकिस्तानविरुद्ध इंग्यान्डले जित हासिल गरेको छ

अदालतले आदेश दिए पनि छुटेनन् दुर्गा प्रसाईँ

काठमाडौँ- सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण रिटमा रिहा गर्न आदेश दिए पनि

काठमाडौंसहित विभिन्न जिल्लामा असिना पानी, सबभन्दा धेरै संखुवासभामा

काठमाडौँ- पश्चिमी न्यून चापीय प्रणालीका कारण मंगलबार मौसम बदली हुँदा

निर्वाचन सुरक्षामा शंका गर्नुपर्दैन, ढुंक्क भएर मताधिकार प्रयोग गरौँ : प्रधानमन्त्री कार्की

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको तयारी र समग्र सुरक्षा अवस्थाबारे

धादिङमा चट्याङ पर्दा गोरखाकी विनिसाको मृत्यु

धादिङ- धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ खुर्सानीटामा चट्याङ पर्दा एक किशोरीको मृत्यु