आजका समाचार : मन्त्रिपरिषद्‍काे मर्यादाक्रम हेरफेर, एकनारायण अर्याल पक्राउ, बालेन-रविबीच वार्ता र उत्तर कोरिया स्विट्जरल्याण्ड तनाव  « Khabarhub

आजका समाचार : मन्त्रिपरिषद्‍काे मर्यादाक्रम हेरफेर, एकनारायण अर्याल पक्राउ, बालेन-रविबीच वार्ता र उत्तर कोरिया स्विट्जरल्याण्ड तनाव 


१० मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रधानमन्त्री बालेन र सभापति रविबीच पाँच घण्टा वार्ता : के-के भयो कुरा ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहबीच पाँच घण्टा लामो भेटवार्ता भएको छ ।

सभापति लामिछानेको बुढानीलकण्ठस्थित निवासमा आज भएको भेटमा प्रधानमन्त्री शाहको हालै सम्पन्न भारत भ्रमण, त्यसबाट प्राप्त उपलब्धि, आगामी निर्वाचनको तयारी र सरकारका कामकारबाहीबारे छलफल भएको हो ।

रास्वपाका अनुसार भेटमा प्रधानमन्त्री शाहले आफ्नो भारत भ्रमण र त्यस क्रममा भएका छलफल तथा उपलब्धिबारे सभापति लामिछानेलाई जानकारी गराएका थिए ।

त्यस्तै, आगामी निर्वाचन र त्यसको तयारी, पार्टीले सञ्चालन गर्न लागेको प्रशिक्षण अभियान तथा मन्त्री र मन्त्रालयहरूको कार्यसम्पादनका विषयमा पनि दुई नेताबीच कुराकानी भएको छ ।

भेटमा सरकारले ल्याउन लागेको अध्यादेश र आगामी संसद् अधिवेशनका विषयमा समेत छलफल भएको रास्वपाले जनाएको छ ।

मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर : कानुनमन्त्री गाैतम तेस्रो नम्बरमा, को कता पुगे ?

कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेश प्रमुखलाई

दूरसञ्चार सेवाको गुणस्तरमा सम्झौता नगर्न सञ्चारमन्त्रीको निर्देशन

बालेनको भारत भ्रमणबारे भीम रावलले भने- सत्ता स्वार्थका लागि लम्पसार पर्ने प्रवृत्ति दोहोरियो

ठगी तथा संगठित अपराध कसुरमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ

ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका तत्कालीन सचिव एकनारायण अर्याल पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ५९ वर्षीय अर्याललाई बिहीबार मोरङको विराटनगरस्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको हो।

स्याङ्जाको करेन्डाँडा–४ स्थायी ठेगाना भएका अर्यालविरुद्ध काठमाडौँ जिल्ला अदालतले मंसिर २ गते पक्राउ पुर्जी जारी गर्ने अनुमति दिएको थियो।

सीआईबीका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयको पत्र तथा विकास रानाभाटसमेतको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी कैलाश खड्कासमेत भएको ठगी तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसुरमा अर्याल संलग्न रहेको पाइएको छ।

आदिवासी जनजातिको सहमतिबिना विकास आयोजना सञ्चालन गर्न नपाइने

अनुदानको १५९ बोरा मलको हिसाब नदेखाएपछि कृषि भण्डारलाई दुई लाख जरिवाना

रास्वपाको ‘हामी सुन्छौं’ कार्यक्रममा नागरिकका गुनासो, रुस-युक्रेन द्वन्द्वमा फसेकाको उद्धार गर्न माग

मन्त्री चौधरीद्वारा बालाजु र सीतापाइलाका मासु कोल्ड स्टोरेजमा छड्के अनुगमन

मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षण रकमको सक्कल फाइल भेटियो : सीआईबीमा पठाइयो

वैकल्पिक आवासको व्यवस्था नगरी होल्डिङ सेन्टरबाट सुकुम्बासी नहटाउन कांग्रेसको माग

नेपाली कांग्रेसले वैकल्पिक आवासको व्यवस्था नगरी होल्डिङ सेन्टरबाट सुकुम्बासीलाई हटाउने सरकारको निर्णय तत्काल फिर्ता लिन माग गरेको छ ।

पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा ललितपुरस्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकले सरकारको निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै विस्थापित परिवारको सुरक्षित, सम्मानजनक र दिगो पुनर्वास सुनिश्चित गर्न माग गरेको हो ।

कांग्रेसले सरकारले सुकुम्बासीका घर भत्काएर व्यवस्थापन र लालपुर्जाको आश्वासन दिएको तर महिनौँसम्म अनिश्चिततामा राखेर अहिले अस्थायी आश्रयबाट समेत हटाउन खोजेको जनाएको छ ।

वैकल्पिक आवासको सुनिश्चितताबिना सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय संविधानप्रदत्त आवासको हक, प्रचलित कानुन र सामाजिक न्यायको मर्मविपरीत रहेको कांग्रेसको ठहर छ ।

एमाले अध्यक्ष ओली र सम्पादकबीच छलफल

सामाजिक सुरक्षाको दबाबले नागरिक लगानी कोषलाई समस्या

सुनकोसी–मरिण ठेक्का रद्द प्रकरण : छानबिन गर्न कांग्रेसको माग

स्वास्थ्य बीमालाई दिगो बनाउन ऐन संशोधन गरिँदै

नेपाली क्रिकेट टिमका पूर्वकप्तान रोहित पौडेलले गरे विवाह
नेपाली क्रिकेट टिमका पूर्वकप्तान रोहित पौडेले विवाह गरेका छन् ।

उनले सिम्रन खड्कासँग विवाह भएको जानकारी सामाजिक सञ्जाल फेसबुकमार्फत् गराएका हुन् ।

रोहितले थाइल्यान्डमा पुगेर विवाह गरेका हुन् । उनको विवाहमा सहभागी हुन कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा लगायत राष्ट्रिय टोलीका खेलाडी थाइल्यान्ड पुगेका थिए ।

प्वाल परेको जुत्ता भाइरल भएपछि नन्दन यादवको स्पष्टीकरण- ‘सहजताका लागि आफैँले बनाएको हुँ’

नेपाल–भारत सहमतिले भैरहवा विमानस्थल सञ्चालनको आशा बढ्यो

नेपाल र भारतबीच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तारको सम्भावना बढेको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएको यो सहमतिले भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनमा देखिएको हवाई मार्गसम्बन्धी अवरोध हटाउन सहयोग पुग्ने अपेक्षा गरिएको हो ।

सहमतिअनुसार काठमाडौँ–भैरहवा–लखनउ (बी–३४५) हवाई मार्गलाई एकतर्फीबाट दुईतर्फी बनाउने विषय अघि बढाइएको छ । यसअघि उक्त मार्ग प्रयोग गरी भैरहवाबाट उडान तथा अवतरणमा व्यावहारिक कठिनाइ रहँदै आएको थियो । दुईतर्फी सञ्चालनको व्यवस्था कार्यान्वयनमा आएमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सञ्चालन सहज हुने र विमान कम्पनीलाई थप विकल्प उपलब्ध हुने अपेक्षा गरिएको छ ।

यद्यपि सहमतिलाई कार्यान्वयनमा लैजान प्राविधिक पक्ष, उडान सञ्चालनको प्रक्रिया तथा आवश्यक व्यवस्थापनबारे थप छलफल गर्नुपर्नेछ । त्यसैले सहमतिपछि तत्काल नियमित उडान सुरु भइसकेको अर्थमा बुझ्न नहुने सरोकारवालाको भनाइ छ ।

बैंक खाता रोक्का गर्ने तयारीपछि सम्पर्कमा आए ४७ आरोपित

सगरमाथा आधार शिविर जोड्ने सडकका लागि पाँच अर्ब सुनिश्चित

लमजुङका ग्रामीण गन्तव्यमा बढे पर्यटक, व्यवसायी उत्साहित

शनिबारदेखि जनकपुर–अयोध्या रेल सेवा व्यावसायिक रूपमा सञ्चालन हुने

उत्तर कोरियाले किन गर्‍यो स्विस कूटनीतिज्ञलाई देश निकाला ?

उत्तर कोरियाले राजधानी प्योङयाङस्थित स्विट्जरल्याण्डको कूटनीतिक कार्यालयका प्रमुखलाई देश निकाला गरेको छ । स्विट्जरल्याण्डले प्योङयाङमा आफ्नो कार्यालय पुनः सञ्चालनमा ल्याउन स्विस विदेशमन्त्रीले सम्बन्ध सामान्य बनाउने विषयमा छलफल गरेको केही सातामै उत्तर कोरियाले यस्तो कदम चालेको हो ।

उत्तर कोरियाली विदेश मन्त्रालयका अनुसार स्विट्जरल्याण्डले सङ्डोवन इन्टरनेसनल चिल्ड्रेन्स क्याम्पमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि त्यसको जवाफमा कूटनीतिक प्रतिनिधिलाई निष्कासन गरिएको हो ।

सरकारी समाचार संस्था केसीएनएका अनुसार मन्त्रालयले स्विस कूटनीतिक कार्यालयका प्रमुख सिल्भेन एस्टियरलाई बोलाएर कार्यालय बन्द गर्न र ४८ घण्टाभित्र देश छाड्न निर्देशनसहितको पत्र थमाएको छ । आफ्नो सार्वभौमसत्ता र नागरिकको हितविपरीत हुने कुनै पनि कार्य स्वीकार्य नहुने मन्त्रालयले स्पष्ट पारेको छ ।

चीनमा चिप तस्करी रोक्न दक्षिणपूर्वी एसियाका चार देशमा एनभिडियाको सर्भर पठाउन रोक

सञ्चार प्रविधिमा नयाँ छलाङ मार्ने तयारीमा चीन

हर्मुज जलक्षेत्रमा समुद्री धरापमा परी दुई तेल ट्याङ्करमा आगलागी

आईएसमा आबद्ध आठ फ्रान्सेली नागरिकलाई इराकमा आजीवन कारावास

थाइल्यान्डको तेल प्रशोधन केन्द्रमा विस्फोट, बासिन्दालाई सुरक्षित रहन आग्रह

‘भिखारी संघ’ को अनौठो नियम : ५ बजेपछि भिख मागे १५०० टाका जरिवाना

इन्डोनेसियाको सुन खानीमा बाढी : १३ जनाको मृत्यु, १३ बेपत्ता











प्रकाशित मिति : १० मंसिर २०८३, बिहिबार  ७ : ५४ बजे

फोहोरबाट ऊर्जा परियोजना पुनःस्थापना, परीक्षण सञ्चालनपछि हस्तान्तरण

काठमाडौँ– काठमाडौँ महानगरपालिका र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहकार्यमा काठमाडौँको

मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षण रकमको सक्कल फाइल भेटियो : सीआईबीमा पठाइयो

काठमाडौँ – मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणका नाममा संकलित

वैकल्पिक आवासको व्यवस्था नगरी होल्डिङ सेन्टरबाट सुकुम्बासी नहटाउन कांग्रेसको माग

काठमाडौँ– नेपाली कांग्रेसले वैकल्पिक आवासको व्यवस्था नगरी होल्डिङ सेन्टरबाट सुकुम्बासीलाई हटाउने

बैंक खाता रोक्का गर्ने तयारीपछि सम्पर्कमा आए ४७ आरोपित

काठमाडौं– वैदेशिक रोजगार ठगीसम्बन्धी जाहेरीको अनुसन्धानका क्रममा ठगीमा प्रयोग भएका