एनपीएलमा चितवनको विजयी सुरुवात, विराटनगर पराजित
नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोजले विजयी सुरुवात गरेको छ । लिगको दोस्रो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको हो ।
जितका लागि चितवनले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको विराटनगर किंग्स १९ ओभर ३ बलमा १ सय ४९ रनमा समेटियो ।

विराटनगरका लागि ओपनर इमरान शेखले ३९ र आन्द्रे रसेलले ३३ रन बनाएपनि जित दिलाउन सकेनन् । विराटनगरका अर्का ओपनर लोकेश बमले २६ रन जोडे । विराटनगरका कप्तान सन्दीप लामिछाने, प्रतिश जिसी र रुपेश सिंह शून्यमा आउट भए ।
बलिङतर्फ चितवनका कमलसिंह ऐरी एक्लैले चार विकेट लिए । रिजन ढकालले दुई तथा रञ्जन कुमार, टन टेलर, डान मुस्ले र मौसम ढकालले समान एक विकेट लिए ।
यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १ सय ५७ रन जोडेको थियो ।
एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !
तस्बिरमा चितवनको ब्याटिङ र विराटनगरको बलिङ
चितवनले विराटनगरलाई दियो १५८ रनको चुनौती
एनपीएल तेस्रो संस्करणमा डेबिल मलानले बनाए पहिलो अर्धशतक
कर्णालीले जनकपुरलाई दियो १ सय ३३ रनको लक्ष्य
शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच शिष्टाचार भेटवार्ता
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत इभागोरस भ्रीयोनिडेसबीच उच्च शिक्षाको क्षेत्रमा सहकार्य विस्तार तथा अध्ययनरत नेपाली विद्यार्थीका सवालमा छलफल भएको छ ।
सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा मङ्गलबार भएको शिष्टाचार भेटवार्तामा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित, उच्च शिक्षामा सहकार्य र साइप्रसमा अध्ययनरत नेपाली विद्यार्थीको हितका विषयमा छलफल भएको हो ।

भेटमा साइप्रसका विभिन्न विश्वविद्यालय तथा उच्च शैक्षिक संस्थामा अध्ययनरत नेपाली विद्यार्थीलाई अध्ययनका क्रममा आवश्यक सहयोग उपलब्ध गराउने, उनीहरूको हित संरक्षण गर्ने र सम्भावित समस्याको समाधानका लागि सहजीकरण गर्ने विषयमा कुराकानी भएको थियो ।
साइप्रस नेपाली विद्यार्थीका लागि उच्च शिक्षा हासिल गर्ने गन्तव्य मुलुकमध्ये एक रहेकाले त्यहाँ अध्ययनरत विद्यार्थीलाई आवश्यक सहजीकरण गर्न साइप्रस सरकारका तर्फबाट सहयोग गर्ने विषयमा समेत छलफल भएको छ ।
उपराष्ट्रपति यादवसँग जर्मनीका राजदूतको भेटवार्ता
परराष्ट्रमन्त्री खनाल र साइप्रसका राजदूतबीच भेटवार्ता
संसदीय विशेष समितिले माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षति र राहत वितरणको विवरण
ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान
प्रधानमन्त्री राहत कोषमा पशुपति फाउन्डेसन अमेरिकाको डेढ करोड सहयोग
सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन
ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका विद्वानहरूलाई नचिन्ने प्रवृत्ति रहेको बताएका छन् ।
मङ्गलवार काठमाडौँमा मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको स्मारिका लोकार्पण गर्दै अध्यक्ष ओलीले नेपालीहरूमा आफ्ना देशका विद्वानहरूलाई धेरै नचिन्ने वा विद्वान नठान्ने प्रवृत्ति रहेको बताएका हुन् ।

उनले स्वदेशी विद्वानहरूले जतिसुकै तर्कपूर्ण र तथ्यपूर्ण लेखेको भए तापनि आफ्ना ग्रन्थहरूमा नेपाली लेखकहरूभन्दा विदेशी विद्वानहरूकै उदाहरण दिने परिपाटी बढी रहेको उल्लेख गरे ।
त्यस्तै ओलीले भाषा, संस्कृति, कला र वाणीमा भिज्ने व्यक्ति समाजका लागि असल र मानवतावादी हुनसक्ने बताए । उनले धेरै ज्ञान भएका मानिसहरू पनि असल र मानवतावादी हुन नसके समाज र छिमेकीका लागि पीडादायक बन्ने धारणा व्यक्त गरे ।
निर्वाचित सरकारलाई पूरा कार्यकाल काम गर्न दिऊँ : बाबुराम भट्टराई
लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल
कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा.
भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा
गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्यायो । नेपालको मात्र नभई विश्वकै प्राकृतिक विपद्को इतिहासमा यस विपद्लाई विशिष्ट खालको अकल्पनीय र अप्रत्याशित घटनाको रुपमा लिन सकिन्छ ।
झण्डै १८८ किमी प्रतिघण्टाको दरमा आएको यस बाढीमा दुई करोड घनमिटर अर्थात् २० अर्ब लिटर अतिरिक्त पानीको बहाव रहेको थियो । पानीसँग आएको लेदो, ढुङ्गा, गेग्रान, चट्टानसहित आएको बाढीले ठूलो जनधन र पूर्वाधारको क्षति गरायो । बाढीपछि नदीको सतह करिब आठ मिटर माथि उठेको छ ।

झण्डै ९० लेखि १५० मिटर उचाइमा आएको बाढीका कारण वरपरका बस्ती, जलविद्युत् आयोजना, सडक र कृषियोग्य जमिनमा क्षति पुगेको छ । यस घटनाले हाम्रा आगामी विकास आयोजना, बस्ती विकास र पूर्वाधार निर्माणमा धेरै कुरा सिकाएको छ ।
भोटेकोशीमा बाढी आएको खबर पाएपछि म आफैँ पनि घटनास्थल पुगेर उद्धार कार्यमा सक्रिय रहेको थिएँ । बाढीको खबर सुन्दा एउटा प्राकृतिक विपद् आएको भन्ने मात्र लागेको थियो तर घटनास्थल पुगेपछि अवस्था निकै गम्भीर रहेछ भन्ने महसुस भयो । नदीको बहाव अत्यन्त तीव्र थियो । बाटो, पुल र विभिन्न संरचनामा क्षति पुगेको थियो ।
शुक्लाफाँटामा पर्यटक आवागमनमा वृद्धि : १३ दिनमा ६०० पर्यटक
तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ?
भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग
सुक्खा बन्दरगाहका प्रवेशद्वार २४ घण्टै सञ्चालन गर्न निर्देशन
बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङको स्याउ बिक्री हुन कठिन
कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर
युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्याउन सीमित युद्धविराम
रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता पुर्याउन र सहर छाड्न चाहने बासिन्दालाई सुरक्षित स्थानमा जान सहयोग गर्ने उद्देश्यले मङ्गलबार बिहानदेखि सीमित क्षेत्रीय युद्धविराम लागू भएको छ ।
अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पको मध्यस्थतामा भएको भनिएको उक्त युद्धविराम प्रभावकारी भए–नभएको भने स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन ।

रुस र युक्रेनले स्थानीय समयअनुसार बिहान ३ बजेदेखि युद्धविराम पालना गर्ने बताएका छन् । रुसी रक्षा मन्त्रालयले खेरसन क्षेत्रमा गोलीबारी रोकिएको जनाएको छ भने युक्रेनका मानव अधिकार आयुक्त दमित्रो लुबिनेट्सले पनि सहमति कार्यान्वयन भइरहेको बताएका छन् ।
यद्यपि, युद्धविराम लागू भएको भनिएकै समयमा युक्रेनको राजधानी किएभमा क्षेप्यास्त्र आक्रमणको चेतावनी जारी गरिएको थियो । किएभका मेयर भिटाली क्लिट्स्कोका अनुसार एउटा प्रमुख पुलमा भएको आक्रमणबाट मेट्रो पूर्वाधारमा क्षति पुगेको छ ।
सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु
इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती
कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु
हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव
एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति बने
गाजामा नरसंहार जारी रहेको राष्ट्रसङ्घीय आयोगको आरोप














प्रतिक्रिया