आजका समाचार : रविविरुद्ध पड्किए मुकुल, ओलीले धोका दिएको प्रचण्डको गुनासो | Khabarhub Khabarhub

आजका समाचार : रविविरुद्ध पड्किए मुकुल, ओलीले धोका दिएको प्रचण्डको गुनासो


२६ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


5k
Shares
  • change font
  • change font
  • change font

ओलीको ब्रिफिङ- मन्त्रालय बाँडफाँट भएको छैन, सरकारमा कांग्रेससँग समान हैसियत हुन्छ
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस र एमालेबीच मन्त्रालय पनि बाँडफाँटमा सहमति भइनसकेको बताएका छन् ।

बुधबार पार्टी सचिवालय बैठकमा बोल्दै अध्यक्ष ओलीले नेपाली कांग्रेससँग मन्त्रालय बाँडफाँटबारे अहिले कुनै छलफल नभएको बताएका हुन्।

तर सरकारमा सबैलाई हैसियतको आधारमा स्थान दिने भन्ने विषमा भने सहमति भइसकेको ओलीले जानकारी दिए ।

‘मन्त्रालय बाँडफाँड भइसकेको छैन, यो पार्टीले यो मन्त्रालय, यो पार्टीले यो मन्त्रालय, को(को सरकारमा सामेल हुने, क(कसको स्थिति के–के हुने भन्ने टुंगिसकेको छैन’, उनले भने, ‘साधारणतस् हैसियतको आधारमा सहभागी हुने हो । अहिलेलाई बराबरी हैसियतमा कांग्रेस र एमालेले सरकारमा व्यवहार गर्छन् ।’

एमालेले सबै नेतालाई सम्बन्धित जिल्लामै फर्कायो

एमालेको टिप्पणी- फाइल खोल्न प्रचण्ड र रविलाई कसैले रोकेको थिएन

सक्षम टिमलाई मन्त्रिपरिषद्मा पठाउने एमालेको निर्णय

पार्टी भनेको देश र जनताको सेवा गर्ने माध्यममात्रै हो : प्रवक्ता महत

स्थिर सरकारका लागि कांग्रेस–एमाले एकै ठाउँमा आयौँ : महामन्त्री शर्मा

प्रचण्डको गुनासो- कांग्रेससँग सहमति गरेर पनि ओलीले समर्थन छ भन्दै झुक्याए
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ढाँटछल गरेर नेकपा एमालेले नेपाली कांग्रेससँग नयाँ गठबन्धन गरेको बताएका छन् ।

सिंहदरबारमा बुधबार बसेको माओवादी संसदीय दलको बैठकलाई सम्बोधनका क्रममा प्रचण्डले कांग्रेससँगको सहमतिपछि पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई झुक्याएको बताए । कांग्रेससँग सहमतिपछि पनि ओलीले आफ्नो सरकारलाई समर्थन गरिरहने भनेर ढाँटेको गुनासो प्रचण्डले गरेका छन् ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादीको ह्वीप

प्रधानमन्त्रीले विश्वासको मत नपाए धारा ७६ को ३ अनुसारनै सरकार बन्छ : माओवादी

जनमतमा सचिव साहसहित सातजना निलम्बित

नागरिक उन्मुक्तिले फिर्ता लियो सरकारलाई दिएको समर्थन

मुकुल ढकालले भने : रास्वपा रविको क्लबमा परिणत भइसक्यो, म महामन्त्री पदमै छु
राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री र प्रवक्ता पदबाट निलम्बित मुकुल ढकालले सभापति रवि लामिछानेमाथि गम्भीर आरोप लगाएका छन् ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले सभापति लामिछानेका गल्तीको दोष अरुलाई थोपर्ने क्रममा आफू पनि शिकार भएको बताए ।

‘ग्यालेक्सी टेलिभिजनमा गल्ती जीबीले गरे रविले गरेनन् । अहिले रास्वपामा पनि महामन्त्रीले गल्ती गरे उहाँले गल्ती गर्नु भएन’, उनले भने, ‘रवि लामिछानेले यो देशको सबैभन्दा सफल गृहमन्त्री भएँ भन्नु भयो । तर उहाँले आफ्ना गल्ती सबै अरुलाई थोपर्नु भयो ।’

डीपी अर्यालले हिनामिना गरे, पार्टीको पैसा पनि खल्तीमा हाले : मुकुल ढकाल

रविमाथि खनिए मुकुल : राहदानी दुरुपयोग र सहकारी ठगीमा छानबिन थाल्न माग

मुकुल ढकालले भने : रास्वपा रविको क्लबमा परिणत भइसक्यो, म महामन्त्री पदमै छु

बिरिङ पुल भासिएपछि आवागमन बन्द
अर्जुनधारा नगरपालिका–७ स्थित बिरिङ नदीको पक्की पुल भासिएपछि आवागमन बन्द गरिएको छ । उक्त पुल पार गरी पश्चिमी इलाम जाने यातायातका साधनलाई नगरपालिकाले रुट परिवर्तन गरिदिएको छ ।

झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोडसँग पश्चिम इलामको विभिन्न पालिकालाई जोड्ने विर्तामोड–शनिश्चरे–दानाबारी मार्गमा पर्ने उक्त पुल १५ वर्षअघि निर्माण भएको थियो ।


दुई दिनदेखि परिरहेको वर्षा र बाढीले पुल भासिने, चर्किने क्रम बढेपछि सवारी साधन र मानिसको आवागमन बन्द गरिएको अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले जानकारी दिए ।

उक्त पुल गत वर्ष पनि बाढीका बेला भासिएको थियो । उपप्रमुख पराजुलीका अनुसार नदीमा बाढीको प्रवाह बढेपछि पुल भासिँदै गएको हो ।

अरनिको राजमार्ग पुनः अवरुद्ध

अविरल वर्षा हुँदा भोजपुरमा सडक भासियो

अवरुद्ध डुम्रे-बेँसीसहर सडक सञ्चालन

बाढीपहिरोमा परी ८३ जनाको मृत्यु, १०६ घाइते

आँबुखैरेनी-मुग्लिन सडक एकतर्फी सञ्चालन

अन्तराष्ट्रिय…

रुसमा मोदीलाई ‘सर्वोच्च नागरिक सम्मान’

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारतीय प्रधानमन्त्री मोदीलाई रुसको सर्वोच्च नागरिक सम्मान अर्पण गरेका छन् । रुसमा यो सबैभन्दा ठूलो सम्मान हो । मोदीलाई ‘अर्डर अफ सेन्ट एन्ड्रयु द एपोस्टल’ को अवार्ड दिइएको हो ।

योसँगै रुस मोदीलाई उच्च सम्मान दिने १४औँ राष्ट्र बनेको छ । यसअघि मोदीले भुटान, ग्रीस, फ्रान्स, इजिप्ट, पपुवा न्यूगिनी, फिजी, अमेरिका, बहराइन, यूएई, माल्दिभ्स, प्यालेस्टाइन, अफगानिस्तान र साउदी अरेबियाबाट उच्च सम्मान पाएका थिए ।

सोमबार रुस पुगेका मोदीले राष्ट्रपति पुटिनसँगै शिखर वार्तामा सहभागिता जनाए छन् । सो क्रममा पुटिनले मोदीलाई युक्रेन संकट समस्याको समाधान निकाल्ने कोसिस गरेकोप्रति आभार प्रकट गरे ।

दक्षिण अफ्रिकामा विद्यार्थी बोकेको बस दुर्घटना, १२ जनाको मृत्यु

भारतसँग युक्रेनमा युद्ध रोक्न पुटिनलाई आग्रह गर्ने क्षमता छ : ह्वाइट हाउस

इरानका नवनिर्वाचित राष्ट्रपतिले जुलाई ३० मा सपथ लिने

उत्तर प्रदेशमा भएको दुर्घटनामा १८ जनाको मृत्यु, १९ जना घाइते

मोदी रुस भ्रमणमा, रक्षा सम्झौता तथा भूराजनीतिक विषयमा छलफल

पाकिस्तानी राजनीतिमा सेनाको हस्तक्षेप हुनु हुँदैन : अल्ताफ हुसैन

सामसुङका ३० हजार कर्मचारी अनिश्चितकालीन हडतालमा

पाकिस्तानमा सडक दुर्घटनामा परी १३ जनाको मृत्यु

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ८ : ०६ बजे

कुलमानले लाइन काट्दा प्रधानमन्त्री र ऊर्जामन्त्री तमासे

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले बिहीबार राति ३४ उद्योगमा बिजुलीको

रास्वपा नेताहरूलाई सहकारी पीडितको प्रश्न- हामीले दुई वर्षदेखि हारगुहार गर्दा कहाँ हुनुहुन्थ्यो ?

काठमाडौं–संसदीय छानबिन समितिले प्रतिवेदन बुझाइसकेपछि राष्ट्रिय स्वतन्त्र पार्टी पोखरा केन्द्रित

ओली, देउवा र प्रचण्डबाट पार लाग्दैन

राजनीति भनेको संकट र समाधान दुवै हो । देशले संविधानसधभाबाट

‘राजनीतिक स्थिरता र आर्थिक समृद्धि ल्याउन कांग्रेस-एमाले मिलेका हुन्’

काठमाडौं- उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकमा राजनीतिक स्थायित्व कायम

चीनको युन्नान प्रान्तद्वारा ललितपुरलाई सामुदायिक बाथरुमसहितको परियोजना हस्तान्तरण

काठमाडौं– चीनको युन्नान प्रान्तले ललितपुर महानगरपालिकालाई जनकल्याणकारी परियोजना हस्तान्तरण गरेको