साप्ताहिक राजनीतिक खबर
उपनिर्वाचनका लागि ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना
आसन्न स्थानीय तह उपनिर्वाचनका लागि आज ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएका छन् । उपनिर्वाचन हुने स्थानीय तहमा ३२ वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय र छ वटा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन आयोगले जनाएको छ ।
उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तह तथा वडाको केन्द्र रहेको स्थानमा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् । आगामी मङ्सिर २ देखि ५ गतेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछन् । मङ्सिर २ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्य तालिका छ ।
- राप्रपाले टुंग्यायो १७ स्थानका उम्मेदवार, कसैसँग तालमेल नगर्ने
- उपनिर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत र अधिकृत नियुक्त
- उपनिर्वाचनमा एकतावद्ध हुन कार्यकर्तालाई माओवादीको निर्देशन
- मधेस प्रदेश : रिक्त ७ पदमा उपनिर्वाचन हुँदै, पछिल्लो निर्वाचनमा यस्तो थियो परिणाम
- यी हुन् उपनिर्वाचनका लागि कोशी प्रदेशमा कांग्रेसका उम्मेदवार
चीन र भारतसँग सन्तुलित परराष्ट्र सम्बन्ध : एमाले
नेकपा एमालेले चीन र भारतसँग असल, सन्तुलित र राष्ट्रिय हितमा आधारित परराष्ट्र सम्बन्धलाई अगाडि बढाउनुपर्नेमा जोड दिएको छ ।
ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा शनिबार बसेको एमालेको सचिवालय बैठकले दुवै छिमेकीसँग असल, सन्तुलित र राष्ट्रिय हितमा आधिकारिक परराष्ट्र सम्बन्धलाई अगाडि बढाउनुपर्छ भन्ने कुरामा हामीले जोड दिएको हो ।
प्रधानमन्त्री भन्छन्- संविधान संशोधनका लागि छलफल हुँदैछ
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनका लागि छलफल चलिरहेको बताएका छन् ।
सोमबार विराटनगर विमानस्थलमा मोरङका सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले अहिले संविधान संशोधनका लागि छलफल अघि बढेको बताएका हुन् ।
देउवाको टिप्पणी- रवि पक्राउ पर्दैमा रास्वपाले अनावश्यक हल्ला गर्न आवश्यक छैन
देउवाको टिप्पणी- रवि पक्राउ पर्दैमा रास्वपाले अनावश्यक हल्ला गर्न आवश्यक छैन
सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभापति पक्राउ पर्दा रास्वपाका नेता तथा कार्यकर्ताहरुले अनावश्यक हो हल्ला गर्न आवश्यक नरहेको टिप्पणी गरेका छन् ।
गृह जिल्ला डडेल्धुरा जाने क्रममा धनगढी विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै सभापति देउवाले कांग्रेसका नेताहरूलाई मुद्दा लाग्दा आफूहरूले कहिल्यै हल्ला नगरेको भन्दै रास्वपालाई पनि हो-हल्ला गर्न आवश्यक नरहेको टिप्पणी गरेका हुन् ।
कांग्रेस र एमाले नै मुख्य राजनीतिक प्रतिष्पर्धी हुन् : शेखर कोइराला
सबै मिलेर सरकारलाई सफल बनाऔँ : पूर्णबहादुर खड्का
ऊर्जामन्त्रीको जिकिर- प्राधिकरण बोर्डभन्दा ठूलो मन्त्रिपरिषद् हो, बिजुली जोड्न चिठी चाहिँदैन
ऊर्जामन्त्रीको जिकिर- प्राधिकरण बोर्डभन्दा ठूलो मन्त्रिपरिषद् हो, बिजुली जोड्न चिठी चाहिँदैन
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विधुत महसुल विवाद समाधान गर्न बनाइएको लाल आयोगको प्रतिवेदन सार्वजनिक गरेको छ ।
मन्त्रालयले सोमबार साँझ पत्रकार सम्मेलन गर्दै डेडिकेटेड तथा ट्रंकलाइनको महसुल विवाद समाधान गर्न बनाइएको लाल आयोगको प्रतिवेदन सार्वजनिक गरेको हो ।
संस्कृति मन्त्रीले पार्टीमा उजुरी दिएलगत्तै अदालततिर सांसद बजगाईं
धनराजको किस्सा :
धनराज गुरुङसँग सीआईबीले लियो दिनभर बयान
ललितपुरको मितेरी सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले बयान लिएको छ ।
बुधबार सीआईबीमा बोलाएर बिहानैदेखि बयान लिएर कागज गरेको प्रवक्ता होबिन्द्र बोगटीको भनाइ छ ।
सांसद बजगाईंले कुप्रचार गरेको भन्दै मन्त्री पाण्डेद्वारा पार्टीमा उजुरी
रविको किस्सा :
तीन दिनको बयानपछि रविलाई भैरहवाबाट पोखरा फर्काइयो
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देहीबाट पोखरा फर्काइएको छ ।
रुपन्देहीको भैरहवामा तीन दिन लामो बयानपछि पूर्वगृहमन्त्रीसमे
रास्वपाका नेताविरूद्ध अदालतको अवहेलनासम्बन्धी निवेदन दर्ता
जिउँदो रहेसम्म रास्वपाको सभापति रवि लामिछाने नै हो : डिपी अर्याल
गौशालामा महानगरको डोजर : सुमन सायमी प्रहरी नियन्त्रणमा
गौशालामा काठमाडौं महानगरको डोजर चलिरहँदा अवरोध गर्न खोजेका अभियन्ता सुमन सायमीलाई प्रहरीले पक्राउ गरेको छ ।
गौशाला चोकस्थित फुटपाथ मिचेर बनाइएको संरचना भत्काउन डोजरसहित महानगर प्रहरीको टोली पुगेपछि मारवाडी सेवा समितिका र स्थानीय सँगै सायमी पनि सडकमा उत्रिँएका थिए ।
साप्ताहिक अर्थसमाचार : बंगलादेशमा एकदिनका लागि विद्युत बिक्रीदेखि घट्यो बैंकिङ ब्याजदरसम्म
काठमाडौं– बंगलादेशमा विद्युत निर्यात गर्ने त्रिदेशीय सम्झौता बमोजिम नेपालले शुक्रबार एक दिन विद्युत निर्यात गरेको छ । कात्तिक महिनाको तुलनामा मंसिर महिनामा वाणिज्य बैंकहरूको ब्याजदर ०.१९ अंकले घटेको छ ।
कात्तिक २८ गतेदेखि बिजुलीको बक्यौता नबुझाएको नाममा नेपाल विद्युत प्राधिकरणले लाइन काटेका उद्योगहरूमा पुनः लाइन जोडिएको छ । यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) ७३ अंकले वृद्धि भयो ।
नेपालले पठाउन थाल्यो बंगलादेशमा बिजुली, यो वर्ष एक दिन मात्रै
नेपालले पठाउन थाल्यो बंगलादेशमा बिजुली, यो वर्ष एक दिन मात्रै !
नेपालले बंगलादेशमा बिजुली निर्यात सुरु गरेको छ। गत असोज १७ मा भएको त्रिपक्षीय सम्झौता अनुसार नेपालले ४० मेगावाट बिजुली शुक्रबार एक कार्यक्रमकाबीच बंगलादेश पठाउने कार्यको सुरुवात गरिएको हो ।
भारतबाट स्वीकृति आएसँगै शुक्रबार बंगलादेशलाई बिजुली पठाउन थालिएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले जानकारी दिए । नेपालबाट शुक्रबार बंगलादेशमा ४० मेगावाट बिजुली निर्यात भएको हो । परराष्ट्र मन्त्रालयले आयोजना गरेको कार्यक्रमबीच विद्युत् निर्यातको उद्घाटन गरिएको हो ।
नेपालले हरेक वर्षको जुन १५ देखि नोभेम्बर १५ सम्म बंगलादेशलाई बिजुली बिक्री गर्ने सम्झौता छ । त्यही अनुसार नेपालले यस वर्ष शुक्रबार एक दिन मात्रै बंगलादेशलाई बिजुली बेच्दैछ ।
कर्जा प्रवाह नबढेपछि फेरि घट्यो वाणिज्य बैंकको ब्याजदर
आर्थिक शिथिलताका कारण कर्जा प्रवाह नबढ्दा नेपालका वाणिज्य बैंकहरूले मंसिर महिनाका लागि पनि ब्याजदर घटाएका छन् । कात्तिकमा ६=१८ प्रतिशत रहेको व्यक्तिगत मुद्दती निक्षेपतर्फको ब्याजदर ०=२२ प्रतिशतले घटेको हो ।
२० वाणिज्य बैंकले मुद्दती निक्षेपमा मंसिरका लागि औषत ६=१८ प्रतिशत ब्याजदर दिने भएका हुन् । कात्तिकमा पनि व्यक्तिगत मुद्दतीको ब्याजदर औसतमा ०=२१ प्रतिशतले घटेको थियो ।
साताभर ४६ अर्बको कारोबार, ७३ अंकले बढ्यो नेप्से
यो साता अर्थात् कार्तिक २५ गतेदेखि २९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज -नेप्से_ समग्रमा बढेको छ । सातामा २ दिन बजार घट्दा पनि नेप्से बढेको देखिएको छ । यो सता पुरा ५ दिन शेयर कारोबार हुँदा ३ दिन बजार बढ्यो भने २ दिन बजार घट्यो । बजार घट्ने भन्दा बढ्ने अंक बढी भएकाले गर्दा समग्रमा सातामा नेप्से ७३=२७ अंकले बढ्यो ।
अघिल्लो साताको बिहीबार २६७५=५१ विन्दुमा रहेको नेप्से परिसूचक बिहीबारसम्म आइपुग्दा ७३ अंकले बढेर २७४८=७८ विन्दुमा आइपुगेको छ ।
लाइन काटिएका उद्योगमा बिजुली जोडियो
नेपाल विद्युत प्राधिकरणले लाइन काटिएका उद्योगमा विद्युत लाइन जोडेको छ । प्राधिकरण सञ्चालक समितिको मङ्गलबार बसेको बैठकको निर्णय अनुसार प्राधिकरणले १५ दिनभित्र बक्यौता रकम बुझाउनेगरी लाइन जोडेको हो ।
मङ्गलबार साँझ बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले ट्रङ्क तथा डेडिकेटेड महसुलबापतको प्रिमियम शुल्क उठाउने र उद्योगमा लाइन जोड्ने निर्णय गरेको थियो ।
गत आइतबार मन्त्रिपरिषद्को निर्णयअनुसार, ट्रङ्क तथा डेडिकेटेड महसुलबापतको बक्यौता टीओडी (टाइम अफ द डे) मिटरका आधारमा १५ दिनभित्र सबै बक्यौता उठाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई निर्देशन दिएको थियो ।
‘दुग्धपदार्थको आयात खुलाए नेपाली किसान र डेरी उद्योगी एकसाथ डुब्छन्’
‘दुग्धपदार्थको आयात खुलाए नेपाली किसान र डेरी उद्योगी एकसाथ डुब्छन्’
२०७८ को कृषि गणनाअनुसार नेपालमा गाईगोरुको सङ्ख्या मात्रै ४५ लाख ५९ हजार छ । यस्तै, भैँसीराँगाको सङ्ख्या पनि २९ लाख २३ हजार छ । नेपालमा गाईगोरु पाल्ने परिवारको सङ्ख्या नै १७ लाख ८ हजार छ ।
यस्तै, भैँसीराँगा पाल्ने परिवारको सङ्ख्या भने १४ लाख १७ हजार छ । अहिले नेपालमा रहेका डेरीलाई नेपालकै उत्पादनले धान्न सक्ने निजी क्षेत्रका डेरी उद्योगीहरूले बताएका छन् ।
अन्योलमा दूधकोशी : मुआब्जा दिन छैन बजेट, वित्तीय व्यवस्थापन पनि हुन सकेन
अन्योलमा दूधकोशी : मुआब्जा दिन छैन बजेट, वित्तीय व्यवस्थापन पनि हुन सकेन
प्रस्तावित ६७० मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना निर्माण अन्योलमा परेको छ । आयोजना निर्माणपूर्व गर्नुपर्ने पूर्वतयारीका काम अघि बढ्न सकेका छैनन् । जसमध्ये यतिबेला उक्त जलविद्युत् आयोजना निर्माणका लागि जग्गा अधिग्रहणबापत मुआब्जा वितरणमा समस्या देखिएको छ ।
सरकारले चालू आर्थिक वर्षको अन्त्यसम्ममा आयोजना निर्माण सुरु गर्ने लक्ष्य राखे पनि मुआब्जा, वित्तीय व्यवस्थापनलगायतका काममा ढिलाइ हुँदा आयोजना अन्योलमा परेको हो । दूधकोशी जलविद्युत् आयोजना निर्माण सुरु गर्नु पूर्व आयोजनास्थलमा जग्गा अधिग्रहण गरी मुआब्जा तथा क्षतिपूर्ति दिनुपर्ने हुन्छ ।
धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि तीन जनालाई पुनः अन्तर्वार्तामा बोलाइयो
धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि तीन जनालाई पुनः अन्तर्वार्तामा बोलाइयो
नेपाल धितोपत्र बोर्डको अध्यक्षमा अनुपस्थिति भएका ३ जनालाई पुनः अन्तर्वार्तामा आउन आह्वान गरिएको छ ।
अध्यक्ष नियुक्त सिफारिस समितिले बिहीबार एक सूचना जारी गर्दो यस अधि अन्तरवार्तामा उपस्थिति नभएका कृष्ण बहादुर कार्की, चिरञ्जीवी चापागाईँ र डा. नवराज अधिकारीलाई आह्वान गरिएको हो । उनीहरूलाई मंसिर ९ गते बिहान ८ बजे सिंहदरबार अर्थ मन्त्रालयमा बोलाएको हो ।
अब समस्याउन्मुख सहकारीको अनुगमन गरिने, सातवटा टोली परिचालन
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याउन्मुख सहकारीको अध्ययन गर्ने भएको छ । सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले समस्याउन्मुख सहकारीको अध्ययनका लागि सातवटा टोली बनाएर पठाउने तयारी भएको बताए ।
सहकारी ऐनलाई संशोधन र सुधारका लागि प्रधानमन्त्री कार्यालयका सचिवको अध्यक्षतामा समिति बनाएर काम सुरु भइसकेको उनले बताए ।
त्रिभुवन विमानस्थल बन्द हुँदा गौतमबुद्धमा चहलपहल
त्रिभुवन विमानस्थल बन्द हुँदा गौतमबुद्धमा चहलपहल (तस्बिरहरू)
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई स्तरोन्नति गर्न दैनिकजसो बन्द गर्न थालिएपछि भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा चहलपहल बढ्न थालेको छ ।
त्रिभुवन विमानस्थलमा विस्तारका लागि दैनिक १० घण्टासम्म बन्द हुन थालेपछि गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको चहलपहल बढेको हो । त्रिभुवन विमानस्थलका जहाज अहिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा डाइभर्ट हुँदा चहलपहल बढेको हो ।
रसुवा सुक्खा बन्दरगाह : ६५ प्रतिशत निर्माण कार्य सम्पन्न
चीनसँग सीमा जोडिएको नेपालको उत्तरी नाका रसुवा जिल्लाको टिमुरेमा निर्माणधीन रसुवा सुक्खा बन्दरगाह ६५ प्रतिशत निर्माण भएको छ । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माणधीन सुक्खा बन्दरगाह निर्माण कार्य तीव्र रुपमा अघि बढेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।
समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार, हालसम्म सुक्खा बन्दरगाह निर्माणको काम ६५ प्रतिशत सकिएको र आउँदो २०८२ असार मसान्तसम्म सम्पूर्ण निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको हो । अहिले मध्ये भोटेकोशी खोलातर्फ र सडक तर्फको निर्माण कार्य सम्पन्न भैसकेको छ ।
प्राधिकरण-उद्योगी महसुल विवादमा यस्तो छ लाल आयोगको मुख्य सुझाव
प्राधिकरण-उद्योगी महसुल विवादमा यस्तो छ लाल आयोगको मुख्य सुझाव
नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड तथा ट्रंक लाइनको महसुल विवाद समाधान गर्न बनाइएको लाल आयोगको प्रतिवेदन सार्वजनिक भएको छ । सरकारलाई बुझाएको लामो समयपछि आयोगको प्रतिवेदन सोमबार सार्वजनिक गरिएको हो ।
लामो समयदेखि विवादित रहँदै आएको नेपाल विद्युत प्राधिकरण र उद्योगीबीच भएको विवादमा लाल आयोगले बक्यौता उठाउन महत्वपूर्ण सुझावहरू दिएको छ ।
सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सार्वजनिक गरेको विद्युत् महसुल विवाद समाधान जाँचबुझ आयोग २०८० को प्रतिवेदनमा प्राधिकरण र उद्योगीबीचमा रहेको विवादहरू उल्लेख गर्दै समाधानका लागि सुझाव दिइएको छ ।
एकीकृत समाजवादीको कार्णली प्रदेश अधिवेशन : ५७५ प्रतिनिधि निर्वाचित
आकाशसमेत सरकार संरक्षित माफियाको कब्जामा
यहाँ मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्रीको सरकारी कार्यालय, नेपालको आकाशे जीवनमार्ग त्रिभुवन विमानस्थल र हवाई नियामक प्राधिकरणबीचको दूरी उल्लेख गर्नुमा विशेष कारण छ । त्यो हो – पैदलमार्गबाटै एक घण्टामा नाप्न सकिने यी निकायका पदाधिकारीले हवाई मार्ग अवरुद्ध पारेर सरकार संरक्षित माफियातन्त्र खडा गर्नु !
अन्य…
श्रम स्वीकृति भएका नेपालीलाई भारतबाट अर्को देश जाँदा एनओसी नचाहिने
श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थलको प्रयोग गरेर विदेश जादा नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाहिने भएको छ ।
दिल्लीस्थित नेपाली राजदूतावासले साउदी अरब, कतार, कुवेत, संयुक्त अरब इमिरेट्स, ओमान, बहराइन, इराक, लिबिया र लेबनान जस्ता देशमा जाँदा एनओसी लिनुपर्ने तर वैदेशिक श्रम स्वीकृति लिएका नेपाली नागरिकलाई एनओसी आवश्यक नरहेको जनाएको हो ।
अधिकारी पक्राउको सूचना संसद्मा, प्रदेशसभा सदस्यबाट निलम्बित
अधिकारी पक्राउको सूचना संसद्मा, प्रदेशसभा सदस्यबाट निलम्बित
कोशी प्रदेश सरकार पूर्वमन्त्री तथा एमाले नेता लीलाबल्लभ अधिकारी पक्राउ परेको विषयमा कोशी प्रदेशसभाले सूचना टाँस गरेर जानकारी दिएको छ ।
कोशी प्रदेश सभाले प्रदेशसभा नियमावलीको नियम १९० को उपनियम २ अनुसार जानकारी दिएको उल्लेख छ ।
सर्वोच्चको आदेशविरुद्ध सिंहदरबारभित्रै कर्मचारीको आन्दोलन
नेपाल विविध सेवाका प्राविधिक कर्मचारीलाई स्वतः बढुवा गरी समायोजन गर्ने सर्वोच्च अदालतको आदेशविरुद्ध कर्मचारीहरूले सिंहदरबारभित्रै विरोध प्रदर्शन गरेका छन् ।
अदालतको आदेशबाट प्रशासन सेवाका समग्र पदहरूमा बढुवाको अवसर खोसिन सक्ने भन्दै उनीहरूले आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडी विरोध प्रदर्शन गरेका हुन् ।
सिरहाको कर्जन्हाका पूर्वमेयर पासवान र प्रशासकीय अधिकृतसहित पाँचजना भ्रष्टाचारी ठहर
सिरहाको कर्जन्हाका पूर्वमेयर पासवान र प्रशासकीय अधिकृतसहित पाँचजना भ्रष्टाचारी ठहर
सिरहाको कर्जन्हा नगरपालिकाका तत्कालीन मेयर गंगा पासवान र प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डलसहित पाँचजना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतले यही बुधबार उनीहरूलाई दोषी ठहर गरेको हो ।
मनोरञ्जन
‘कबड्डी ४’ को रेकर्ड तोड्दै ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने फिल्म
‘कबड्डी ४’ को रेकर्ड तोड्दै ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने फिल्म
फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ सर्वाधिक कमाउने नेपाली फिल्म बनेको छ ।
फिल्मले प्रदर्शनको १३औँ दिन मंगलबारसम्म देशभर २५ करोड ४ लाख कमाएर नयाँ कीर्तिमान बनाएको हो ।
अन्तर्राष्ट्रिय…
श्रीलंकामा राष्ट्रपति अनुराकुमाराको वाम दल दुईतिहाइनजिक
श्रीलंकाका राष्ट्रपति अनुराकुमारा दिसानायके नेतृत्वको वाम दल सत्तारुढ नेशनल पिपुल्स पावर (एनपीपी) ले संसदीय निर्वाचनमा ठूलो जित निकालेको छ।
अहिलेसम्म वाम दल एनपीपीले राष्ट्रियस्तरमा ६१.५६ प्रतिशत अर्थात ६८ लाखभन्दा बढी मत प्राप्त गरेको छ ।
इरानको आणविक संयन्त्रमा राष्ट्र संघका अधिकारी
न्यूजील्याण्डकी कान्छी सांसद : जसले संसद् बैठकमा गरेको विरोधको विश्वभर चर्चा
उत्तर कोरियाले बनायो युद्धका लागि आत्मघाती ड्रोन, किमले गरे निरीक्षण
श्रीलंकामा वाम गठबन्धनको शानदार जित
खेलकुद…
एनपीएलका आठ फ्रेन्चाइजीले विश्वकपमा छनौट यू-१९ महिला टिमलाई १० लाख दिने
नेपाली यु–१९ महिला क्रिकेट टोलीलाई एनपीएलका टोलीले १० लाख दिने
साल्टको शतकमा वेस्ट इन्डिजमाथि इंग्ल्याण्डको शानदार जित
काठमाडौं – फिल साल्टको शानदार शतकमा इंग्ल्याण्डले वेस्ट इन्डिजसँगको पहिलो टी-२० सिरिजमा ८ विकेटको जित हात पारेको छ।
वेस्ट इन्डिजले दिएको १८३ रनको लक्ष्य इंग्ल्याण्डले १९ बल बाँकी रहँदा दुई विकेटको क्षतिमा पुरा गरेको हो। अविजित रहेका साल्टले ५४ बलमा १०३ रन जोडे। उनको पारीमा ९ चौका र ६ छक्का समावेश थियो।
प्रतिक्रिया