साप्ताहिक ब्रिफिङ : प्रकृति प्रकरणमा अन्तत: भारतले खोल्यो मुख, दोषीलाई कारबाही गर्ने, ताप्लेजुङमा फेरि घम्साघम्सी, ट्रम्पको आदेशले एमसीसी पनि रोकियो | Khabarhub Khabarhub

साप्ताहिक ब्रिफिङ : प्रकृति प्रकरणमा अन्तत: भारतले खोल्यो मुख, दोषीलाई कारबाही गर्ने, ताप्लेजुङमा फेरि घम्साघम्सी, ट्रम्पको आदेशले एमसीसी पनि रोकियो


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 7 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आदरणीय पाठकवृन्द ! खबरहब डटकमले हरेक शुक्रबार एक साताका मुख्य घटनालाई समेटेर साप्ताहिक ब्रिफिङ पस्कन सुरु गरेको छ ।

प्रकृति प्रकरणमा बोल्यो भारत- नेपाली विद्यार्थीको सुरक्षामा सबै कदम चाल्छौँ, दोषीलाई कारबाही हुन्छ

रुपन्देहीकी विद्यार्थी प्रकृति लम्सालको गत आइतबार ओडिसाको भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालयको होस्टेलमा भएको शंकास्पद मृत्यु प्रकरण भारतले पहिलो पटक औपचारिक धारणा सार्वजनिक गरेको छ ।

भारतीय विदेश मन्त्रालयले शुक्रबार विदेशी विद्यार्थीहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको जनाएको हो । शुक्रबार नयाँ दिल्लीमा आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चारकर्मीलाई जवाफ दिँदै विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले विदेशी विद्यार्थीहरूको सुरक्षालाई भारत सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् ।

लैनचौरस्थित भारतीय दूतावास घेरेर विद्यार्थीको प्रदर्शन (तस्बिरहरू)

साथीको शंकास्पद मृत्युबारे बोल्दा ७ सयभन्दा बढीलाई कुटपिट गर्दै कलेजबाट निकालियो

ओडिसामा नेपाली विद्यार्थीमाथि ज्यादतीबारे परराष्ट्रमन्त्री भन्छिन्-तदारुकताका साथ कूटनीतिक पहल भइरहेको छ

केआईआईटीबाट एक सय ५९ विद्यार्थी फर्किए

स्वीस बैंकमा पैसा लुकाएकोबारे ओ‌लीको जवाफ- सम्पत्ति किन चाहियो, दुइटा रोटी र दालभात खाने हो

प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीट्जरल्यान्डको बैंकमा पैसा लुकाएको भनेर आफूविरुद्ध अनर्गल प्रचार गरिएको बताएका छन् ।

ईश्वरलाल प्रतिष्ठानद्वारा प्रकाशित व्यावसायी तथा समाजसेवी राजेशकाजी श्रेष्ठको जीवनीमा आधारित ‘व्यक्तित्व योगदान’ पुस्तकको शुक्रबार लोकार्पण गर्दै उनले यसो भनेका हुन् ।

प्रधानमन्त्रीको स्पष्टीकरण- अभिव्यक्ति स्वतन्त्रता मिच्ने कुनै काम हुँदैन

महाधिवेशनका लागि पदाधिकारी गतिशील हुन आवश्यक छ : नैनसिंह महर

ओली क्याबिनेटमा ‘असफल’ सूचीमा परेका भौतिकमन्त्रीको गुनासो- प्रधानमन्त्री कार्यालयले मेरो कामको मूल्याङ्कन गर्न जानेन

सङ्घीय निजामती सेवा विधेयकमा सहमति खोज्न ११ सदस्यीय उपसमिति गठन

राप्रपाको बृहत् भण्डाफोर कार्यक्रम आजबाट 

भूमिसम्बन्धी अध्यादेशबारे छलफल गर्न कार्यदल गठन गरिने


भूमिसम्बन्धी अध्यादेशबारे छलफल गर्न सरकारले कार्यदल गठन गर्ने निर्णय गरेको छ । सत्तारूढ दलहरूले नै भूमिसम्बन्धी अध्यादेशलाई समर्थन गर्न नसकिने अडान लिएपछि सरकारले छलफल गर्न कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सत्तापक्षीय दलहरूका शीर्ष नेताको बैठकमा भूमिसम्बन्धी अध्यादेशमाथि छलफलका लागि कार्यदल गठन गरेर प्रतिस्थापनको रूपमा ल्याउने सहमति जुटेको छ ।

प्रधानमन्त्री ओलीप्रति भीम रावलका १५ टिप्पणी

दशजनालाई जनही ५ लाख रुपैयाँको राष्ट्रिय प्रतिभा पुरस्कार

सरकारका निर्णय-उच्चस्तरीय कार्यदल गठन, ०८२ सालका सार्वजनिक बिदा निर्धारण

प्रयागराजमा सार्वजनिक भइसकेको थियो देउवाको फोटोसहितको ब्यानर

बालेनले प्रधानमन्त्रीलाई भने- मलाई नेपाली भएर बाच्ने आधार दिनुस्

‌संसदमा प्रधानमन्त्रीसँग सवाल-जवाफ, प्रभु साहसँग ठाकठुक (पूर्णपाठ)

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभामा सांसदहरुले सोधेका प्रश्नको उत्तर दिएका छन् । संसदमा हुँदै आएको प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा १० जना सांसदहरुले प्रश्न सोधेका थिए ।

संसदको रोष्ट्रममा उभिएर ९ जना सांसदका प्रश्नहरुको जवाफ दिएका प्रधानमन्त्री ओलीले १० औं प्रश्नकर्ता सांसद प्रभु साहप्रति भने आक्रोश व्यक्त गरे । प्रधानमन्त्री ओलीले साहको प्रश्नको जवाफ नै दिएनन् ।

प्रभुले सोधे- भारत कहिले जाने ? प्रधानमन्त्रीको जवाफ- यसमा मैले बोलिरहनु पर्दैन

बागमती प्रदेश मन्त्रिपरिषद् बैठकका निर्णय : चलचित्र विधेयक संसद्मा दर्ता गर्ने

नेपाल प्रहरी विधेयकमा ३९ वटा संशोधन

दुर्लभ भाषा संरक्षणमा ध्यान दिनुपर्छ : मन्त्री पाण्डे 

सरकारबारे माओवादीको टिप्पणी- अध्यादेशको पासोमा पर्‍यो

नेकपा माओवादी केन्द्रले सरकार अध्यादेशको पासोमा परेको टिप्पणी गरेको छ ।

शुक्रबार पार्टी कार्यालय पेरिसडाडाँमा पत्रकार सम्मेलन गर्दै माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले संसद बोलाएको २१ दिनमा अध्यादेश अघि बढ्न नसकेको र सदनको काम शून्य भएकाले सरकार अध्यादेशको पासोमा परेको टिप्पणी गरे ।

माओवादी महासचिवले एमालेलाई भने- सामन्तवादको प्रतिनिधि

सहिद, बेपत्ता र घाइते परिवारको उचित मूल्यांकन हुनेछ : प्रचण्ड

जसपाका पूर्वप्रदेश अध्यक्ष प्रवीण चाम्लिङ माओवादी प्रवेश

माओवादीले स्थानीय जनप्रतिनिधिलाई समाजवादबारे प्रशिक्षण दिने

सामुदायिक विद्यालयको गुणस्तर सुधारमा सघाउने प्रचण्डको प्रतिबद्धता

माओवादीको ‘तराई–मधेस जागरण अभियान’- कचनकवलबाट थालेर कञ्चनपुरमा समापन

छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने

गृहमन्त्री रमेश लेखकले जातीय विभेद र छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गर्ने बताएका छन् ।

संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिको जातीय विभेदलगायत विषय सम्बोधन गर्न समितिका संयोजक लोकबहादुर विश्वकर्मा नेतृत्वको प्रतिनिधिमण्डबाट ज्ञापनपत्र बुझेपछि उनले उक्त जानकारी दिएका हुन् ।

आमा गुमाएका प्रकाश दमाईले पाएनन् मलामी : रमिते छिमेकीमा देखिएन मानवता

देश बचाउन र बनाउन राजा र जनताको साझेदारी आवश्यक छ : कमल थापा  

स्मार्ट सिटी र नयाँ शहरकाे काम सरकारले क्रमिक रूपमा अघि बढाउँछ : उपप्रधानमन्त्री सिंह

चैतभित्र महाधिवेशन सक्नै पर्ने दबाबमा कांग्रेसका भ्रातृसंगठन

सत्तारुढ नेपाली कांग्रेसले आगामी चैत मसान्तभित्र केन्द्रीय महाधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गर्न निर्देशन दिएपछि पार्टीका भ्रातृ संगठनहरू चलायमान देखिएका छन् ।

कांग्रेसले महाधिवेशन नगरेकाहरूलाई म्याद थप नगर्ने भनेपछि लामो समयदेखि तदर्थवादमा चल्दै आएका भ्रातृ संगठनहरू चलायमानजस्ता देखिएका हुन् ।

स्ववियुको निर्वाचन कार्यतालिका सार्वजनिक ‍

विद्यार्थीले विद्यालयको फोहर वर्गीकरण गरेर विक्री गर्न थाले

रास्वपाले पढाउन थाल्यो नेता-कार्यकर्ता, पहिलो चरणमा केन्द्रीय सदस्य सहभागी

कांग्रेसको महाधिवेशन तोकिएको समयमै हुन्छ : गगन थापा

माधव नेपालको गुनासो- हामीलाई सानो भनेर हेपे, आगामी चुनावमा देखाइदिन्छौँ

प्रतिपक्षी नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफूहरूलाई सानो भन्दै हेपिएको गुनासो गरेका छन् ।

शुक्रबारदेखि सुरु पार्टीको दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकलाई ललितपुरमा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री नेपालले ठूला दलले आफ्नो पार्टीलाई हेपिरहेको बताएका हुन् ।

सुरू भयो एकीकृत समाजवादीको बैठक, आन्दोलनमा जाने तयारी (तस्बिरहरू)

एमाले र माओ‌वादी दुवैसँग हाम्रो एकता हुँदैन : माधव नेपाल

प्रत्येक जिल्लामा कम्तीमा एक पालिका जित्ने एकीकृत समाजवादीको लक्ष्य

महासचिव भुसालले बनाए आन्दोलनद्वारा पार्टी निर्माण गर्ने समाजवादीको योजना

नागरिक उन्मुक्तिको दु:ख- न पार्टी मिल्यो, न त रेशम र रञ्जिता नै


नागरिक उन्मुक्ति पार्टीको आन्तरिक विवाद थामिने अवस्था देखिएको छैन । खासगरी श्रीमान्-श्रीमती (रेशम चौधरी र रञ्जिता श्रेष्ठ) बीचको झगडा पार्टीसम्म फैलिँदा तनाव रोकिने छाँट देखिएको छैन । चर्को देखिएको छ । स्थापनाको चार वर्षसम्म पनि पारिवारिक द्वन्द्व र श्रीमान्-श्रीमतीको आपसी विवाद नमिलेपछि पार्टी नै संकटतिर गएको छ ।

श्रीमान्-श्रीमीतको कलहको आगो पार्टीमा पनि सल्किँदा उन्मुक्तिले आफ्नो स्थापना दिवससमेत उत्साह र उत्सवका साथ मनाउन सकेन । कतिसम्म अचम्म भयो भने अध्यक्ष रञ्जिता श्रेष्ठ र उनका पति एवम् पार्टीका संरक्षक रेशमलाल चौधरी एउटै कार्यक्रममा अटाएनन् ।

‘महालेखापरीक्षकको प्रतिवेदन संसद्मा छलफल हुनुपर्छ’

सांसद तोसिमा कार्कीको फैसलाको मिति सर्‍यो 

बढुवा भएका ७२ जना डिएसपीलाई दर्ज्यानी चिन्ह

धरान पुगेर राष्ट्रपतिले भने- जुनसुकै धर्म, सम्प्रदाय भए पनि सबैको लक्ष्य मानव सेवा हो

धरान धार्मिक पर्यटनको महत्त्वपूर्ण केन्द्र हो : मुख्यमन्त्री कार्की

नेपाल प्रहरी विधेयकमा ३९ वटा संशोधन

सामाजिक सञ्जालसम्बन्धी कुन अपराधमा कति तोकिँदैछ सजाय ?

सरकारले सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनका लागि कानुन ल्याउने तयारी गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विधेयक संसद्मा पेश गरिसकेको छ । विधयेक ल्याएको सरकारले सामाजिक सञ्जाल दुरुपयोग गरेर अपराध गर्नेलाई निरुत्साहित, नियन्त्रण गर्दै व्यवस्थित र मर्यादित बनाउन लागिएको तर्क गरिरहेको छ ।

बिहेभोजमा झडप, २७ वर्षीय युवकले गुमाए ज्यान

१६ वर्षअघि ट्याक्सी चालकको हत्यापछि फरार व्यक्ति पक्राउ, तोकिएको थियो २० वर्ष सजाय

रिंकु सदा हत्या प्रकरण : गृहले सार्वजनिक गर्‍यो छानबिन समितिको अनुसन्धान प्रगति विवरण

मधेस सरकारको गृह संचार तथा कानून मन्त्रालयले सिरहाको रिंकु सदा हत्याको विषयमा अनुसन्धान गर्न बनेको छानबिन समितिको अनुसन्धान प्रगति विवरण सार्वजनिक गरेको छ । गृह संचार तथा कानून मन्त्री राजकुमार लेखीले एक पत्रकार सम्मेलनको आयोजना गरी सो विवरण सार्वजनिक गरेका हुन् ।

उनले सार्वजनिक गरेको विवरण अनुसार सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुर तामासुइया टोलकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदाको मृत्यु प्रकरणमा पूरक जाहेरी परेको छ ।

रिङ्कु सदा मृत्यु प्रकरण : जबरजस्ती करणीसहित चार मुद्दामा अनुसन्धान हुँदै

काठमाडौं बन्यो विश्वकै प्रदूषित शहर
नेपालको राजधानी काठमाडौं उपत्यका विश्वकै प्रदूषित शहर बनेको छ । वायु गुणस्तर मापन गर्ने स्वीस कम्पनी आइक्यू एअरले गरेको मापनअनुसार काठमाडौं उपत्यका शनिबार बेलुकी विश्वै प्रदूषित शहर बनेको हो ।

यतिखेर काठमाडौंको औषत वायु गुणस्तर सूचक (एक्यूआई) १७५ छ, जुन अस्वस्थकर अवस्था हो । ललितपुरको जावलाखेलको एक्यूआई २१३ पुगेको छ । त्यहाँको वायु प्रदूषण अवस्था अति अस्वस्थकर हो ।

विश्वमा उच्च वायु प्रदूषण भएका शहरको सूचीमा काठमाडौंपछि अफ्रिकी मुलुक कङ्गोको राजधानी किन्सासा दोस्रो स्थानमा छ ।

त्यसपछि क्रमशः चीनको वुहान, चीनकै साङ्घाइ, उज्वेकिस्तानको तासकन्द, म्यानमारको याङ्गुन, भियतनामको हनोइ, भारतको दिल्ली, बङ्गलादेशको ढाका र चीनको ह्वाङ्जावोले प्रदूषणको शीर्ष १० स्थानमा रेकर्ड राखेका छन्‌ ।

काठमाडौं उपत्यकाका हकमा वर्षा गराउने मनसुनी वायु सेप्टेम्बर अन्तिम साता बङ्गालको खाडीतर्फ फर्किएपछि प्रदूषक सवारीसाधन, हावाहुरीले उडाउने धुलो र पश्चिमी चिसोरसुख्खा वायुका कारण वायुमण्डलमा प्रदूषणको तह लाग्ने गर्छ ।

पाथीभरामा केबलकारको विरोध गर्दै राजेन्द्र महतोले सुरु गरे पदयात्रा
राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोको नेतृत्वमा बिहीबार फुङ्लिङ नगरपालिकाबाट पाथीभारा मन्दिरसम्म विरोधी पदयात्रा सम्पन्न भएको छ।

पदयात्रामा करिब ३०० जना सहभागी भएका थिए, जसमा पार्टीका नेता रमन पाण्डय, अनुप सुब्बा, सी एम थारु, सन्तोष मेहता, चन्द्र प्रसाद राजवंशी, बेबी राज भण्डारी, स्थानीय नेता९कार्यकर्ता, मुकुम्लुङ केबलकार संघर्ष समिति, विद्यार्थी, समाजसेवी तथा अन्य विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको नेता केशव झाले बताए ।

पदयात्राको मुख्य उद्देश्य मुकुम्लुङ क्षेत्रमा निर्माण गर्न लागिएको केबलकार परियोजनाको विरोध गर्नु रहेको थियो । सहभागीहरूले परियोजनाले स्थानीय सभ्यता, संस्कार, परम्परा तथा धार्मिक आस्थामा असर पार्ने भएकाले यसको विरोध जनाएका थिए । उनीहरूले स्थानीय संस्कृति र इतिहासको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् ।

ताप्लेजुङमा फेरि झडप, प्रदर्शनकारी र प्रहरीसहित १२ जना घाइते

रुस-युक्रेन युद्ध : सीमामा नेटो सेना पठाउने विषयमा रुसको असहमति

रुसका विदेश मन्त्रीले युक्रेनमा उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो)का सेना पठाउने कुरालाई अस्वीकार गर्ने बताएका छन्। साउदी अरेबियामा अमेरिकी प्रतिनिधिमण्डलसँगको भेटको क्रममा विदेश मन्त्री सर्जी लेबरेभले सो कुरा बताएका हुन्।

रुस र अमेरिकाबीच युद्ध अन्त्यका लागि वार्ताका आधार तयार गर्ने सहमति भएको छ । सोही क्रममा लेबरेभले कुनै पनि किसिमको र कुनै पनि झन्डा मुनिका सेनालाई शान्तिको स्थापनाको नाममा स्वीकार गर्न नसकिने बताएका छन ।

युक्रेनी राष्ट्रपति भालाडोमिर जेलन्सकीले आफ्नो अनुपस्थितिमा यो वार्ता हुनुलाई आश्चर्य रुपा हेरेका छन् भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि जेलेन्सकीको प्रतिक्रियाले आफूलाई आश्चर्य लागेको बताएका छन् ।

ट्रम्पले शान्ति स्थापनाका लागि नेटोले सेना पठाउने कुरालाई भने सकारात्मक रूपमा लिएका छन् । यो वार्तापछि दुवै देशले सकेसम्म एक अर्को देशमा चाँडो राजदूत पठाउने लेबरेभले बताएका छन् ।

युक्रेनकै कारण युद्ध भएको ट्रम्पको आरोप

ट्रम्प र मस्कविरुद्ध अमेरिकामा विरोध प्रदर्शन

२०२४ मा पाकिस्तानमा ६ पत्रकारको हत्या

संसद्मा झुट बोलेको अभियोगमा सिङ्गापुरका विपक्षी नेतालाई जरिवाना

जापानको आर्थिक वृद्धिदर सुस्त

श्रीलंकाका बजेट : डिजिटल अर्थतन्त्रको विकासमा जोड

लेबनानमा कार्यरत शान्ति सैनिकमाथि आक्रमण

फिलिपिन्समा डेङ्गुको प्रकोप

यसअघि रोक लगाइएको भारी बम ट्रम्पले पठाइदिए इजरायल

नेपाललाई संघीयताका नाममा दिइएको अनुदान सार्वजनिक गर्दै ट्रम्पले भने- यो त ठगी हो

अमेरिकाले नेपाललाई दिइरहेको अनुदान रकम एकपछि अर्को गर्दै रोकिन थालेको छ।

सुरुमा नेपालभित्र २ खर्ब ६५ अर्बका परियोजना चलाइरहेको युएसएडका सबै कार्यक्रम रोकेका राष्ट्रपति डोनाल्ड ट्रम्पले एमसीसी परियोजना पनि रोकिदिएका छन् ।

जेलेन्स्की तानाशाह भएको ट्रम्पको आरोप

च्याम्पियन्स ट्रफी: गिलको शतकमा भारतको विजयी सुरुवात

च्याम्पियन्स ट्रफी क्रिकेटमा भारतले विजयी सुरुवात गरेको छ। बिहीबार भएको दिवा रात्रि खेलमा भारतले बङ्गलादेशलाई ६ विकेटले हराएको हो।

बङ्गलादेशले दिएको २२९ रनको लक्ष्य पछ्याएको भारतले ४६.३ ओभरमा ४ विकेटको क्षतिमा २३१ रनको योगफल खडा गरेको हो।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  ८ : ०८ बजे

स्वास्थ्यमन्त्रीको एक वर्ष : सीमित स्रोतमा उल्लेखनीय सफलता हासिल गरेको दाबी

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वर्तमान सरकार गठनको एक वर्षमा

व्यास नगरपालिकामा १८ लाख बढी छात्रवृत्ति वितरण

तनहुँ–  व्यास नगरपालिका कार्यालयले २०८१-८२ मा २०६ विद्यार्थीलाई १८ लाख

आन्तरिक राजस्व कार्यालय भैरहवाद्वारा १३ अर्ब राजस्व संकलन

लुम्बिनी– आन्तरिक राजस्व कार्यालय भैरहवाले गत आर्थिक वर्ष २०८१-८२ मा

ओलीको चेतावनीयुक्त सम्बोधनपछि बोल्ने पालो केन्द्रीय सदस्यहरूको

काठमाडौं– नेकपा एमालेको जारी नवौँ केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरूले

बंगलादेशमा विमान दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १९ पुग्यो, १६४ घाइते, मंगलबार राष्ट्रिय शोक घोषणा

काठमाडौं– बंगलादेशमा विद्यालय भवनमा विमान ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको