साताका ब्रिफिङ : पूर्वराजाविरुद्ध खनिए प्रचण्डसहितका नेता, चैत लागेसँगै दलहरू आन्दोलनतिर र युरोपको मदिरामा ट्रम्पले दुई सय प्रतिशत कर लगाउने | Khabarhub Khabarhub

साताका ब्रिफिङ : पूर्वराजाविरुद्ध खनिए प्रचण्डसहितका नेता, चैत लागेसँगै दलहरू आन्दोलनतिर र युरोपको मदिरामा ट्रम्पले दुई सय प्रतिशत कर लगाउने


१ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 8 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आदरणीय पाठकवृन्द ! खबरहब डटकमले हरेक शुक्रबार एक साताका मुख्य घटनालाई समेटेर साप्ताहिक ब्रिफिङ पस्कन सुरु गरेको छ ।

यो सातामा बढी राजनीतिक घटनाक्रका समाचार नै हाबी भए । यस साता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजालाई ‘भाइमारा’ र ‘मूर्ति चोर’को संज्ञा दिँदै धेरै चुरीफुरी गरे ठेगान लगाउने चेतावनी दिएका छन् भने प्रधानमन्त्री केपी शर्मा ओलीलेसमेत राष्ट्रपति हुँदाहुँदै नारायणहिटीको कुर्सीमा राख्दैमा कोही राजा नहुने बताए ।

विशेषगरी यो साता राजावादीदेखि गणतन्त्रवादीसम्म सडकमै उत्रिए ।

प्रधानमन्त्री भन्छन्- पूर्वाधार विकासका काम अब लगभग पूरा हुन लागे

प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन, उत्पादकत्व र उद्यमशीलता वृद्धि गरी गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न राष्ट्रिय योजना आयोगका पदाधिकारीलाई निर्देशन दिएका छन् ।

आयोगको कार्यसम्पादन र भावी कार्यदिशाका विषयमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उपाध्यक्षसहित पदाधिकारीसँगको छलफलमा आयोगका अध्यक्षसमेत रहेका ओलीले पूर्वाधार विकासका काम लगभग पूरा हुने चरणमा रहेका बताए । उनले अब सीप विकास, उद्यमशीलता, रोजगारीका अवसर सृजना, कृषि क्षेत्रका ठुला उत्पादन र लगानी वृद्धि गर्न आग्रह गरे ।

‘हामीले जनतालाई सबल बनाउने बाटो लिनुपर्छ । सहयोग गरेर मात्रै हुँदैन । उत्पादन र आत्मनिर्भरता बढाउने बाटोमा जानुपर्छ’, ओलीले भने, ‘जनतालाई कर्मशील बनाउन प्रेरित गर्नुपर्छ । गरिबी घटाउने कामलाई पहिचान गरी मौलिक हकको उपयोग गर्न पाउने आधार तय गर्नुपर्छ । मन्त्रालयहरुलाई उत्पादन र उत्पादकत्व बढाउने ठोस योजना ल्याउन हामीले भन्नुपर्छ ।’

योजना आयोगका पदाधिकारीलाई गरिबी निवारण पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

राष्ट्रपति हुँदाहुँदै नारायणहिटीको कुर्सीमा राख्दैमा कोही राजा हुँदैन

वनमन्त्री शाहीद्वारा जलवायुका असरबारे विश्व समुदायको ध्यानाकर्षण

पूर्वविशिष्टलाई आजीवन सुविधा आवश्यक छैन : सभापति खतिवडा

पूर्वराजा शाह काठमाडौंमा, र्‍यालीसहित निर्मल निवासतिर राजवादीको भिड

प्रधानमन्त्रीसमक्ष अन्तर–व्यवस्थापिका मञ्चको घोषणापत्र हस्तान्तरण

चैते आन्दोलन : सडकमा राजावादीदेखि गणतन्त्रवादीसम्म

वर्षमा छवटा ऋतुहरू हुन्छन् । चैत–वैशाखलाई वसन्त, जेठ–असारलाई गृष्म, साउन–भदौलाई वर्षा, असोज–कात्तिकलाई शरद, मंसिर–पुसलाई हेमन्त र माघ–फागुनलाई शिशिर ऋतु भनिन्छ । एक वर्षको अवधिलाई समग्रमा हिउँद र वर्षायाम गरी दुई भागमा बाँडेर हेरिन्छ ।

नेपालको राजनीतिक इतिहास हेर्दा भने हेमन्त, शिशिर वा वसन्त ऋतुमा अनेक घटना–परिघटना भएका छन् । ती घटना–परिघटनाले समय–समयमा शासकहरूलाई हल्लाउनेदेखि शासन प्रणाली नै परिवर्तन गरेका उदाहरणहरू छन् । अर्थात् नेपालमा जति पनि सत्तापलट हुने गरेको छ, त्यो प्रायः हिउँदमै हुने गरेको छ ।

नेपालमा चल्दै आएको शासन व्यवस्था परिवर्तनका लागि हिउँद याम अर्थात हेमन्त ऋतुदेखि वसन्त ऋतुअन्तर्गत पर्ने महिनामा सुरु भएका विभिन्न आन्दोलनहरू निर्णायक बन्न पुगेका छन् ।

हिउँदे आन्दोलनको संयोग

नेपालमा हुने राजनीतिक परिवर्तनमा हिउँद याममा हुने आन्दोलनको खास महत्व रहने गरेको छ । हिउँद याममै तत्कालीन राजा महेन्द्रले मुलुकको पहिलो जननिर्वाचित सरकारविरुद्ध ०१७ पुस १ मा ‘कू’ गरेर शासन सत्ता हातमा लिएका थिए ।

देउवा भन्छन्- कांग्रेस एक भए आगामी निर्वाचनमा एक्लै बहुमत ल्याउन सकिन्छ

सरकारप्रति शेखर कोइरालाको टिप्पणी- विनाशकाले विपरीत बुद्धि

उपप्रधानमन्त्री सिंहले भने- हल्लाको पछि नलागौँ, पूर्वविशिष्टलाई सुविधा दिने तयारी छैन

नेता महर भन्छन्- पूर्वउच्च पदस्थको सुविधा बढाउने निर्णय फिर्ता होस्

पर्यटनमन्त्रीलाई सांसद बजगाईँका आरोपै आरोप, कारबाही गर्न पार्टीमा निवेदन

महामूर्खको उपाधि मधेशका मुख्यमन्त्रीलाई 

पूर्वराजालाई ‘भाइमारा’ र ‘मूर्ति चोर’को संज्ञा दिँदै प्रचण्डको चेतावनी- धेरै चुरीफुरी गरे ठेगान लगाउँछौँ

प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ठूल्ठूला मूर्ति चोर र वंश मास्ने ‘भाइमारा’ को संज्ञा दिएका छन्।

शुक्रबार माओवादी केन्द्र मेलम्ची नगरपालिकाको तेस्रो नगर सम्मेलनलाई सम्बोधनका क्रममा पूर्वराजसंस्थाप्रति आक्रोश ओकलेका उनले पूर्वराजा ज्ञानेन्द्रलाई धेरै चुरीफुरी नगर्न चेतावनी दिएका हुन् ।

‘धेरै चुरीफुरी नगरे हुन्छ । धेरै मुर्खता पहिला पनि भइसकेको छ । अर्को मुर्खता गरे भने नेपाली जनता, नेपालका राजनीतिक दल उदार हुँदैनन् । त्यति भयानक दरबार हत्याकाण्ड गर्ने मान्छेहरु त उनको परिवारभित्र थिए नि ! सबै बुझेका छन् नेपाली जनताले । त्यसको प्लानर को हुन् भन्ने नेपाली जनतालाई थाहा छ’, उनले भने ।

राजावादीलाई उचाल्न देश बाहिरबाट पनि चलखेल भयो : प्रचण्ड

प्रचण्डले भने, ‘सरकारका कारण राजावादी सलबलाए, देशको स्थिति जटिल हुँदै गयो’

माओवादी बैठकमा प्रचण्डले भने- गणतन्त्रलाई हल्लाउन खोजियो, हामी चुप नबसौँ

समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा जनसभा गर्ने

एकीकृत समाजवादीले भन्यो- पूर्वराजाले विगतमा गरेका कु-कर्मको भण्डाफोर गरौँ

राप्रपा नेपालले भन्यो- पूर्वाराजाको आग्रह जनताले स्वीकारे, सबै राजावादी मिल्ने बेला आयो

राप्रपाले भन्यो- राजालाई पनि अटाउने नयाँ समझारी गर्न दलहरू तयार हुनुपर्छ

दुर्गा प्रसाईँ भन्छन्– ‘माहोल बनेपछि लिङ्देन र थापा ढोक्सा थाप्न आइपुगे’

रविको आक्रोश- मलाई पुर्न खनेको खाडलमा अब सबै जाकिन्छन्

माओवादी पार्टी कार्यालयमा शिक्षक महासंघको धर्ना

स्ववियु निर्वाचनपछि अभियानमा फर्किँदै माओवादी
स्ववियु निर्वाचनपछि अभियानमा फर्कने माओवादीको तयारी काठमाडौं–नेकपा माओवादी केन्द्र ‘तराई–मधेश जागरण अभियान’मा स्ववियु निर्वाचनपछि फर्कने भएको छ ।

फागुन २५ गते काठमाडौंमा राजावादीहरूले सडक आन्दोलन गर्ने सूचना पाएपछि अभियान रोकेर काठमाडौं फिर्ता भएका नेताहरू स्ववियु निर्वाचनपछि अभियानमा फर्कन लागेका हुन् ।

‘तराई–मधेस जागरण अभियान’का क्रममा रौतहटको कार्यक्रम सकेर उनीहरू काठमाडौं फिर्ता भएका थिए । पार्टी महासचिव देव गुरुङका अनुसार अब रोकिएको स्थानबाट कार्यक्रमले निरन्तरता पाउने छ । माओवादीले आफ्नो शक्ति विस्तार गर्न ०८४ लक्षित अभियान गरिरहेको छ ।

‘स्ववियु निर्वाचनपछि अभियानमा फर्कने भनेका छौँ । निर्णय भएको छैन ।’ महासचिव गुरुङले खबरहबलाई भने, ‘पुनः निर्धारित कार्यक्रम अनुसार कञ्चनपुरसम्म नै पुगेर मिसन पुरा गर्ने छौँ ।’

स्ववियु निर्वाचन : त्रिवि केन्द्रीय क्याम्पसमा अध्यक्षका लागि १७ जनाको उम्मेदवारी

सुदूरपश्चिमका रिक्त राजनीतिक पदमा तत्काल नियुक्त गर्न कांग्रेस–एमाले सहमत 

माओवादी बैठकमा प्रचण्डले भने- गणतन्त्रलाई हल्लाउन खोजियो, हामी चुप नबसौँ

जनमत र नाउपाबीच एकीकरण तयारी : रेशम र रञ्जिताबीच कुरो नमिल्दा अड्कियो हलो
मधेशकेन्द्रित नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकीकरणका लागि छलफल अघि बढेको छ । तर यसबारेमा रेशम चौधरी र उनकी पत्नी रञ्जिजा श्रेष्ठ नेतृत्वको नाउपामा आन्तरिक छलफल बाँकी छ । तर, डा.सीके राउत नेतृत्वको जनमत पार्टीले भने फागुन २६ गते केन्द्रीय कमिटी बैठक राखेर नाउपासँग एकीकरणका लागि कार्यदल बनाइसकेको छ।

सीके राउत नेतृत्वमा बसेको जनमत केन्द्रीय समितिको बैठकले नागरिक उन्मुक्ति पार्टीसहितका विचार र सिद्धान्त मिल्नेसँग एकीकरण गर्न तीन सदस्यीय कार्यदल बनाएको थियो ।

कार्यदलमा अब्दुल खान, शरदसिंह यादव र बालगोविन्द चौधरी छन् । तर नाउपाले अहिलेसम्म कुनै निर्णय गरेको छैन ।जनमतका प्रवक्ता शरदसिंह यादव आफूहरूले निर्णय गरिसकेको अब नाउपाको निर्णयको पर्खाइमा रहेको बताउँछन् ।

तारकेश्वरको सार्वजनिक जग्गाबारे संसद्‍मा दोहोरी, रास्वपाको आरोपपछि विरोधमा उत्रिए कांग्रेस सांसद
प्रमुख सत्तारुढ नेपाली कांग्रेसका सांसदहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै रास्वपा सांसद श्रेष्ठले काठमाडौंको तारकेश्वरमा कांग्रेस नेताले सरकारको स्वामित्वमा रहेको जग्गा कब्जा गरेको आरोप लगाएपछि उनीहरूले आपत्ति जनाएका हुन् ।

कांग्रेस सांसदहरूले गैरजिम्मेवार ढंगले आफ्ना नेतामाथि आरोप लगाएकाले तथ्य पुष्टि गर्नुपर्ने भन्दै उठेर विरोध जनाएका हुन् ।

शून्य समयमा बोल्दै सांसद श्रेष्ठले काठमाडौं क्षेत्र नम्बर ६ मा पर्ने तारकेश्वर नगरपालिका-९ को लोकतान्त्रिक चोकस्थित कित्ता नम्बर ६२ र ६३ को सरकारी जग्गा कांग्रेस नेताले कब्जा गरेको आरोप लगाएकी थिइन् ।

सोविताको आरोप- सरकार असहिष्णु, रविविरुद्ध कानुनलाई प्रतिशोधको तरबार बनायो

पाँच अध्यादेश प्रतिस्थापन गर्ने विधेयक प्रतिनिधिसभामा पेश

अहिलेको सरकारले सुशासनका कुरा गर्न सुहाउँदैन : प्रभु साह

बनिसक्न लागेपछि भत्काउन थालियो ग्वार्कोको ‘ओभरपास’ (तस्बिरहरू)

ललितपुरस्थित ग्वार्कोमा निर्माणाधीन देशकै पहिलो भनिएको ‘ओभरपास‘ निर्माण सम्पन्न हुन लाग्दा भत्काइएको छ ।

करिब ८२ प्रतिशत निर्माण पूरा भइसकेको अवस्थामा गुणस्तरहीन काम गरेको यो ओभरपासको भेटिएपछि ‘प्रिकाष्ट प्यानल’ भत्काइएको हो ।

सिमेन्टको पर्खाल लगाएर माटो भर्ने क्रममा पर्खाल आफैँ चर्किन थालेपछि गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले भत्काउन लगाएको हो । अब फेरि यो ओभरपास पुनःनिर्माण गर्नुपर्ने भएको छ ।

इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलमा बनेको यो ओभर तोकिएको समयमा बनेको भए गाडी गुडिसक्नुपर्ने थियो ।

ओभरपासका दुवै (कोटेश्वर र सातदोबाटो) तिर प्रिकाष्ट प्यानल अर्थात् पर्खाल लगाएर माटोले भरिसकेको अवस्था भत्काइएको हो । पिच तयारी भएका बेला सातदोबाटोतर्फको पर्खाल भत्काएर माटो र ब्लक निकालिएको छ। पर्खाल र माटो निकालेर जगबाटै पर्खाल लगाउनुपर्ने भएको छ।

विद्युत् नियमन आयोग सदस्यद्वारा शपथ

तस्बिरमा हेर्नुस् विभिन्न जातिका सांस्कृतिक झाँकी

पहिचानवादी पोमू पक्राउ- तीन दिनभित्र जवाफ दिन ताप्लेजुङ प्रशासनलाई सर्वोच्चको आदेश

सर्वोच्च अदालतले जिल्ला प्रशासन कार्यालय ताप्लेजुङलाई मुक्कुमलुङ संरक्षणका लागि आन्दोलनरत पहिचानवादी नेता नवीन पोमूलाई पक्राउ गर्नुको कारणबारे तीन दिनभित्र जवाफ दिन आदेश गरेको छ ।

सर्वोच्चका न्यायाधीश कुमार चुँडालको एकल इजलासले शुक्रबार जिल्ला प्रशासन कार्यालय ताप्लेजुङलाई पहिचानवादी नेता पोमसमेतलाई पक्राउ गर्नुको कारणबारे तीन दिनभित्र जवाफ दिन आदेश दिएको हो ।

‘यसमा के कसो भएको हो ? निवेदकको निवेदन मागबमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? आदेश जारी हुनु नपर्ने कानुनबमोजिमको आधार कारण भए त्योसमेत साथै राखी यो आदेश प्राप्त भएको मितिले बाटाको म्यादबाहेक ३ (तीन) दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत् लिखित जवाफ पेस गर्नू’ आदेशमा भनिएको छ ।

गत फागुन दोस्रो साता ताप्लेजुङको पाथीभरा मुक्कुमलुङ क्षेत्रमा निर्माणाधीन केबलकारको विषयलाई लिएर वीरेन्द्रचोकमा ‘नो केबलकार’ र प्रहरीबीच भएको झडपका क्रममा १५ जना पक्राउ परेका थिए ।

पश्चिम सेती प्रसारणलाइन अनिश्चित, ७ सय मेगावाटका आयोजना रोकिँदा राज्यलाई अर्बौँ घाटा

प्रदूषण चेकजाँचमा साझाका चार बस फेल

मोरङमा हात्तीको आक्रमणबाट १३ वर्षमा १६ जनाले गुमाए ज्यान

अन्तर्राष्ट्रिय…

युरोपको रक्सीमा दुई सय प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली युनियनबाट आउने रक्सीमा दुई सय प्रतिशत कर लगाउने चेतावनी दिएका छन्। ट्रम्पले आयातमा कर बढाउने निर्णय गरेपछि अमेरिकामा बनेको रक्सीमा ५० प्रतिशत कर लगाउने युरोपेली मुलुकको योजनापछि ट्रम्पले यस्तो चेतावनी दिएका हुन्।

अहिले ट्रम्प अमेरिकाको व्यापारमा कर कटाउँदै सामान आयातमा कर लगाउने योजनामा छन्। अमेरिकाले आर्थिक समृद्धि मार्फत् नै सबै कुरा पार लगाउने योजना रहेको समेत उनले बताए। ट्रम्पको यो योजनालाई पहिलो विश्व युद्ध अघिको अवस्थाको रूपमा हेरिएको छ । सो समयमा आधा भन्दा बढी आम्दानीको श्रोत सामान आयात गर्दा लाग्ने कर नै थियो।

सेनाको बर्दीमै युद्धग्रस्त कुर्स्क क्षेत्र पुगे राष्ट्रपति पुटिन

आठ दिनलाई गएका सुनिता र ब्यारी नौ महिनादेखि अन्तरिक्षमा अड्किए, पृथ्वीमा ल्याउने मिसन फेरि रोकियो

युक्रेन युद्धविरामको सम्भावनाप्रति आशावादी ट्रम्प

अस्ट्रेलियाली पूर्व क्रिकेटर म्याकगिल कोकिन आपूर्ति मामिलामा दोषी ठहर

सेनाको पोशाकमा युद्धग्रस्त कुर्स्क क्षेत्रमा पुगे पुटिन

पाकिस्तानमा रेल बन्धकबाट २५ जनाको शव बरामद

अमेरिकी वार्ताकारहरू रुस जाँदै : क्रेमलिन

व्यापार युद्धले तेलको माग वृद्धिमा कमी ल्याउनसक्ने आइइएको प्रक्षेपण

इरानका नेताद्वारा क्षेप्यास्त्र सीमा र क्षेत्रीय प्रभावका विषयमा अमेरिकासँग वार्ता गर्न अस्वीकार

इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले वार्ताहरू इरानी क्षेप्यास्त्रको सीमा र यस क्षेत्रमा इरानको प्रभावमा प्रतिबन्ध लगाउने उद्देश्यमा केन्द्रित हुने भन्दै दुई देशबीच वार्ताका लागि अमेरिकी प्रयासलाई अस्वीकार गरेका छन् ।

शनिबार अधिकारीहरूको एक समूहलाई सम्बोधन गर्दै उनले अमेरिकाको नाम उल्लेख गरेनन् तर ‘धम्की दिने सरकार’ वार्ताका लागि आफ्नो प्रयासमा दृढ रहिरहेको बताए ।

‘उनीहरूको वार्ताको उद्देश्य समस्याहरू समाधान गर्नु होइन, यो हामी जे चाहन्छौँ त्यो टेबलको विपरीत पक्षमा बसेको अर्को पक्षमाथि थप कुरा गरौँ भन्ने हो’, उनले भने ।

चीनले वृद्धवृद्धाको स्याहारमा एआई प्रयोग गर्ने

भारत-पाकिस्तान सीमामा यात्रा नगर्न अमेरिकाले जारी गर्‍यो ट्राभल एडभाइजरी

इजरायल र हमासबीच दोस्रो चरणको युद्धविराम वार्ता सुरु हुने

सिरियामा दुई दिनको झडप र प्रतिशोधपूर्ण हत्यामा एक हजारभन्दा बढीको मृत्यु

सोमबार हुने शान्ति वार्तामा इजरायली प्रतिनिधिमण्डल दोहा जाने

ट्रम्पले सहयोग रोकेपछि युक्रेनमा रुसको आक्रमण : ६ बालबालिकासहित २५ जनाको मृत्यु

अमेरिकासँगको वार्तामा युक्रेनले सीमित युद्धविरामको प्रस्ताव गर्ने
रुससँगको तीन–वर्षे युद्ध अन्त्य गर्न साउदी अरेबियामा अमेरिकाका शीर्ष कूटनीतिज्ञसँग भेट्न तयार युक्रेनी प्रतिनिधिमण्डलले कृष्ण सागर र लामो दूरीको क्षेप्यास्त्र आक्रमणका साथै बन्दीहरूको रिहाइ समेट्ने युद्धविरामको प्रस्ताव गर्ने दुई वरिष्ठ युक्रेनी अधिकारीहरूले सोमबार बताएका छन् ।

मंगलबारको बैठकको बारेमा सार्वजनिक रूपमा बोल्न अधिकृत नभएका कारण नाम नछाप्ने सर्तमा ती अधिकारीहरूले युक्रेनी प्रतिनिधिमण्डल युक्रेनको दुर्लभ खनिजहरूमा पहुँच सम्बन्धी संयुक्त राज्य अमेरिकासँग सम्झौतामा हस्ताक्षर गर्न वार्ताको क्रममा तयार रहेको बताए । उक्त सम्झौतालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सुरक्षित गर्न उत्सुक छन् ।

जेद्दामा अमेरिकी विदेशमन्त्री मार्को रूबियोसँग युक्रेनी वार्ता टोलीको बैठकअघि थप विवरण उपलब्ध नगराई अधिकारीहरूले विश्वास निर्माण गर्ने उपायहरूबारे छलफल गरेका छन् ।

ट्रम्पको दाबीपछि भन्सार कटौतीको कुनै प्रतिबद्धता छैन : भारत

युक्रेनको सुरक्षा ग्यारेन्टीबारे छलफल गर्न पेरिसमा सैन्य प्रमुखहरू

विश्वको अधिकांश जनसङ्ख्याले प्रदूषित हावा सास फेर्छ : प्रतिवेदन

अमेरिकासँग वार्ताअघि युक्रेनले मस्कोमा गर्‍यो सयौँ ड्रोनबाट आक्रमण

फिलिपिन्सका पूर्व राष्ट्रपति रोड्रिगो पक्राउ

कतारमा वार्ता हुँदै गर्दा गाजाको राहत वितरणमा इजरायलको अवरोध

ट्रम्प नीतिको त्रास : ओरालो लाग्यो अमेरिकाको शेयर बजार

प्रकाशित मिति : १ चैत्र २०८१, शुक्रबार  ८ : ०८ बजे

आज २०८१ साल चैत २ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल चैत २ गते शनिबार चैत

स्ववियु निर्वाचन : त्रिविका ११ आङ्गिक क्याम्पसमा प्रक्रिया अगाडि बढेन

काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका ११ आङ्गिक क्याम्पसमा स्वतन्त्र

मनाङका ९० किशोरीले लगाए एचपिभी खोप

मनाङ – हिमाली जिल्ला मनाङका ९० किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको

मेचीनगर गोल्डकप : उपाधिका लागि आयोजक काँकडभिट्टा र चर्च ब्वाइज भिड्ने

झापा – काँकडभिट्टामा जारी पाँचौँ मेचीनगर गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका

गोरखाको इतिहास अध्ययन र प्रवर्द्धन गर्न ‘स्रष्टा पदयात्रा’

गोरखा – गोरखाको इतिहास अध्ययन र पर्यटन प्रवर्द्धनका लागि ‘स्रष्टा