आजका समाचार : जसपा नेपालले छोड्यो सरकारको साथ, बालेनसँग रिसाए नगरसभा सदस्य र भारतलाई १०० प्रतिशत कर लगाउने नाटोको चेतावनी | Khabarhub Khabarhub

आजका समाचार : जसपा नेपालले छोड्यो सरकारको साथ, बालेनसँग रिसाए नगरसभा सदस्य र भारतलाई १०० प्रतिशत कर लगाउने नाटोको चेतावनी


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


702
Shares
  • change font
  • change font
  • change font

जसपा नेपालले फिर्ता लियो सरकारको समर्थन

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारको समर्थन फिर्ता लिएको छ। ओली नेतृत्वको सरकारमा सहभागी नभए पनि सात दलीय गठबन्धनको सदस्य रहेको जसपा नेपालको बुधबार बसेको संसदीय दलको बैठक समर्थन फिर्ता लिएको हो ।

जसपाका सांसद राजकिशोर यादवले ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय संसदीय दलको बैठकले गरेको बताएका छन्।

सरकारसँग असन्तुष्ट जसपाले यसअघि नै समर्थन फिर्ता लिने घोषणा गरेको थियो । अध्यक्ष यादव आफैंले घोषणा गरे पनि औपचारिक रुपमा सरकारको समर्थन फिर्ता लिएका थिएनन् । तर प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भएको संवादको दुई दिनपछि यादव गठबन्धनबाट बाहिरिएका हुन् ।

एघार आरोप लगाउँदै उपेन्द्रको निष्कर्ष- यो सरकार पूरै असफल भइसक्यो

समितिमा रामहरिको बयान- ‘कुलिङ पिरियड’मा झुक्याए, कर्मचारीको विश्वास गर्दा तोडमोड भएछ

भ्रष्टाचारका विषयमा सरकारले आँखा चिम्लिएर बस्दैन : प्रवक्ता गुरुङ

भौतिक पूर्वाधारमन्त्रीको दाबी- महानगरका सडकमा खाल्डा हाेलान्, सडक विभागका बाटामा छैनन्

विपद् व्यवस्थापनमा तीनै तहका सरकारबीच सहकार्य जरुरी : गृहमन्त्री

संस्कृति मन्त्रालयले बाँड्यो ९ वटा राष्ट्रिय पुरस्कार (तस्बिरहरू)

देशमा आशा गर्ने वातावरण नभए प्रतिभावानहरु पलायन हुने खतरा : मन्त्री पाण्डे

देशभित्र गुणस्तरीय शिक्षाको अवसर प्रदान गर्नु अहिलेको चुनौती : देउवा

राष्ट्रपति पौडेलसमक्ष नवनियुक्त मन्त्री न्यौपानेको शपथ

सहरी विकास मन्त्रीको एक वर्ष : नयाँ सहरदेखि साना सहरी केन्द्रका योजना
उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले पदभार ग्रहण गरेको एक वर्षमा नयाँ सहरदेखि स्थानीय तहपिच्छे साना सहरी केन्द्रका योजनालाई प्राथमिकता दिएका छन् ।

एक वर्षमा सहरी विकास मन्त्रालयले दिगो र समावेशी सहरीकरणका लागि स्पष्ट खाका तयार गरेको मन्त्रालयले जनाएको छ । मन्त्री सिंहले आफ्नो मुख्य उद्देश्य गाउँ र सहरबीचको असमानता हटाई समग्र देशलाई आधुनिक, समृद्ध र व्यवस्थित सहरी प्रणालीमा रूपान्तरण गर्नु रहेको बताए।

‘हामीले गाउँ र सहरलाई जोड्ने गरी एकीकृत सहरी विकासको अवधारणा अघि सारेका छौँ । यसअन्तर्गत ग्रामीण क्षेत्रमा आधारभूत सहरी सुविधा जस्तै सडक, खानेपानी, बिजुली, स्वास्थ्य, शिक्षा, पुर्याउने र सहरी क्षेत्रमा ग्रामीण उत्पादनलाई बजारसँग जोड्ने योजना छ । यसले गाउँ र सहरबीचको खाडल कम गर्नेछ,’ उनले भने, ‘नयाँ सहर आयोजना अन्तर्गत सरकारले मध्यपहाडी क्षेत्रमा पर्ने १० वटा सहरलाई कम्तीमा एक लाख जनसङ्ख्यालाई आवास सुविधा प्राप्त हुने गरी ‘ल्याण्ड पुलिङ’ अवधारणामा नयाँ सहरको रूपमा विकास गर्न कार्यक्रम अगाडि बढाएको छ ।’

चिनियाँ रेडक्रसले रसुवाका बाढीपीडितलाई पठायो सहयोग

नेपालका किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा चयन

रक्षा मन्त्रालयमा उल्लेख्य प्रगति भएको छ : मन्त्री राई

अत्यावश्यकबाहेक अन्य बिदा नबस्न कर्मचारीलाई मुख्यमन्त्रीको निर्देशन

देशमा आशा गर्ने वातावरण नभए प्रतिभावानहरु पलायन हुने खतरा : मन्त्री पाण्डे

एक वर्षे कार्यकाल सन्तोषजनक रह्यो : वनमन्त्री शाही

भ्रष्टाचारका विषयमा सरकारले आँखा चिम्लिएर बस्दैन : प्रवक्ता गुरुङ

ऐन कानुन बनाउँदा हुने ढिलासुस्तीले राष्ट्रिय आकाङ्क्षा प्राप्तिमा अवरोध सृजना गर्छ स् राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले संसदबाट अत्यावश्यक ऐन कानुन बनाउने काममा हुने ढिलासुस्तीले हाम्रो राष्ट्रिय आकाङ्क्षा प्राप्तिमा अवरोध सृजना गर्ने बताएका छन् ।

संसदीय मामिला पत्रकार समाज आबद्ध पत्रकारहरूसँगको भेटमा उनले संसद्मा डेडलकको अवस्था आउन नदिई आवश्यक छलफल, सहमति र सहकार्यले संसदीय गतिविधिलाई अझ जनमुखी बनाउने र संसद्प्रति जनताको भरोसा जागृत गराउने बताए ।

उनले भने,‘यसतर्फ संसदीय गतिविधिमा अहोरात्र खटिनुभएका तपाईँहरूको भूमिका जनप्रतिनिधि, संसदीय संरचना र संसदीय गतिविधिलाई यसैतर्फ प्रेरित गर्ने खालको हुनेछ भन्ने मैले अपेक्षा गरेको छु ।’

उनले नेपालमा प्रजातान्त्रिक अभ्यास कम भएको भन्दै लोकतान्त्रिक पद्धति नै उत्तम व्यवस्था भएको बताए ।

एक मन्त्रीको राजीनामा आउँदैमा सिङ्गो घटना फासफुस हुनुहुँदैन : सूर्य थापा

कालो नम्बर प्लेटभन्दा बाहिर राइड शेयरिङ गर्नुहुन्न : अध्यक्ष खनाल

साउनलाई डेंगी सचेतना महिना घोषणा गर्दै मन्त्री पौडेलले भने- सरकारी कार्यालयहरू लार्भारहित बनाऔँ

बालेनसँग नगरसभा सदस्यको आक्रोश- तपाईं बोलेर मात्रै बस्ने कि काम पनि गर्ने ?
काठमाडौं महानगरपालिकाको १७औँ नगरसभामा नगरसभा सदस्य सन्तोष ढुंगेलले मेयर बालेन्द्र साहको नेतृत्वप्रति आक्रोश व्यक्त गरेका छन्।

उनले शालिक निर्माणदेखि शिक्षा नीति र गरिब नगरवासीको आवास अधिकारसम्मका विषयमा गम्भीर प्रश्न उठाउँदै महानगरको कार्यशैलीलाई कटाक्ष गरे।

ढुंगेलले १६औँ नगरसभामा मेयर साहले काठमाडौंका प्रथम मेयर पीएल सिंहको शालिक राष्ट्रियसभा गृहमा बनाउने घोषणा गरे पनि अझै कार्यान्वयनमा नआएकोमा प्रश्न उठाए ।

‘तपाईं पनि बोलेर मात्रै बस्ने कि काम पनि गर्नेरु’, उनले प्रश्न गर्दै भने, ‘काठमाडौंका प्रथम मेयरको शालिक बनाउँछु भनेको कुरा अझै पूरा भएन। तपाईं पनि बोल्ने मात्रै हो भने बोलिरहनु, तर काम गर्ने भए गर्नु पर्‍यो।’

नगरसभामा बालेनलाई प्रश्न- हामीले बोल्ने मात्रै हो कि कार्यान्यवन पनि हुन्छ ?

नगरसभामा टिप्पणी- बालेनको नेतृत्वमा पनि महानगर परम्परागत ढर्राबाट माथि उठ्न सकेन

जब सुनिताको नाम लिएर नगरसभा सदस्यले बालेनसहितलाई उठाइन्

नेपाल–चीन सांस्कृतिक सम्मेलन २०२५ हुँदै

साउन नलाग्दै चुरापोते बजारमा चहलपहल (तस्बिरहरू)

महानगर यातायातद्वारा विद्युतीय बस सेवा शुभारम्भ

महिलामाथिका हिंसा रोक्न अनेमसंघको सुदूरपश्चिम सरकारलाई सात बुँदे ज्ञापन पत्र 

लुम्बिनी बौद्ध विश्वविद्यालयको १८ औँ सभा : ४९ करोड ५९ लाख बजेट स्वीकृत

पाकिस्तानी एयरलाइन्समाथिको प्रतिबन्ध हटाउने बेलायतको निर्णय
बेलायतको राजधानी इस्लामाबादस्थित बेलायती दूतावासले पाकिस्तानी वायुसेवा कम्पनीमाथि लगाइएको प्रतिबन्ध फुकुवा गरेको जनाएको छ ।

सन् २०२० को जुन महिनामा कराँचीको सडकमा पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको एउटा विमान खस्दा करिब १०० जनाको मृत्यु भएपछि पाकिस्तानी वायुसेवामाथि बेलायतले प्रतिबन्ध लगाएको थियो ।

चालक र एयर ट्राफिक कन्ट्रोलले गरेको मानवीय त्रुटिका कारण यो दुर्घटना भएको र त्यसपछि चालकका लागि लगभग एक तिहाइ लाइसेन्स नक्कली वा शंकास्पद भएको आरोप लागेको थियो । इस्लामावादस्थित बेलायती उच्चायोगका अनुसार बेलायतको हवाई सुरक्षा समितिले पाकिस्तानमा हवाई सुरक्षामा सुधार भएपछि प्रतिबन्ध हटाउने निर्णय गरेको थियो ।

‘यो स्वतन्त्र र प्राविधिक रूपमा सञ्चालित प्रक्रियाको आधारमा यसले पाकिस्तान र यसका हवाई वाहकहरूलाई ‘बेलायतको हवाई सुरक्षा सूची’बाट हटाउने निर्णय गरेको छ,’ एक विज्ञप्तिमा भनिएको छ ।

जापानमा छ महिनामा दुई करोड १५ लाख पर्यटक भित्रिए

कोरियामा प्रश्नपत्र चोरी गरेको आरोपमा शिक्षिका र अभिभावक पक्राउ

इयूको अदालतद्वारा ले पेनका उत्तराधिकारीले दायर गरेको मुद्दा खारेज

रुससँग व्यापार नरोके भारतलाई १०० प्रतिशत ट्यारिफ लगाउने नाटोको चेतावनी

थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन शाही मानहानि मुद्दाको बचाउ गर्दै अदालतमा

इन्डोनेसियाका लागि १९ प्रतिशत कर लाग्ने ट्रम्पको भनाइ

दुई छोरीसहित एक वर्षदेखि भारतको गुफामा बसेकी रुसी महिला !
























प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ७ : ५१ बजे

पुनर्निर्माण गरिँदै ऐतिहासिक बरेटार शिवमन्दिर

लमजुङ – सुन्दरबजार नगरपालिका–६ स्थित बरेटार शिवमन्दिरको पुनर्निर्माण सुरु गरिएको

सिरियामा इजरायली एयरस्ट्राइक : रक्षा मुख्यालयमा आक्रमण, टेलिभिजन लाइभमै देखियो बमबारी

दमास्कस – इजरायलले बुधबार सीरियाको राजधानी दमास्कसस्थित रक्षा मुख्यालयमा हवाई

चिकित्सा शिक्षा आयोगको २०औँ बैठक : पिसिएल नर्सिङको कोटा निर्धारण

काठमाडौं – चिकित्सा शिक्षा आयोगको आजको २०औँ बैठकले प्राविधिक तथा

छाउगोठमा महिलाको मृत्युबारे स्थलगत अनुगमन

धनगढी – सुदूरपश्चिम प्रदेश सभाको सामाजिक विकास समितिले कञ्चनपुरका छाउपडी

मुस्ताङमा सार्वजनिक जग्गामा स्याउका बिरुवा रोप्न रोक

मुस्ताङ – मुस्ताङको घरपझोङ–२ मार्फा राज खोलास्थित सार्वजनिक जग्गामा स्याउका