आजका समाचार : संविधान संशोधन अलपत्र, जेलमै थन्किए रवि, इजरायलद्वारा ६ पत्रकारको हत्या र राहुल गान्धी पक्राउ | Khabarhub Khabarhub

आजका समाचार : संविधान संशोधन अलपत्र, जेलमै थन्किए रवि, इजरायलद्वारा ६ पत्रकारको हत्या र राहुल गान्धी पक्राउ


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

अलपत्र संविधान संशोधन : छलफलसमेत नगरी कांग्रेस-एमालेले बिताए १३ महिना
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा शक्तिशाली सरकार गठन भएको एक वर्ष बितिसक्दा पनि सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनबारे पार्टीको ‘पोजिसन’ ‘क्लियर’ गर्न सकेका छैनन् ।

कांग्रेस–एमाले संयुक्त सरकारले संविधान कार्यान्वयनको एक दशकको अवधिका चुनौती र जटिलताको समीक्षा गर्दै गतिशील कार्यान्वयनका लागि समयानुकूल संशोधनको एजेन्डा बोकेको छ । तर, सरकार गठनको १३ महिना हुँदा पनि न त उनीहरूले संविधान कार्यान्वयनको एक दशकको अवधिमा देखिएका चुनौती र जटिलताको समीक्षा गर्न सकेका छन्, न संशोधनका लागि पार्टीको आधिकारिक ‘लाइन’ नै प्रष्ट पार्न सकेका छन् ।

संविधान संशोधनका लागि अन्य दलहरूसँग छलफल गर्नु त परको कुरा, संविधानका कुन–कुन धारा संशोधन गर्ने भन्ने विषयमासमेत औपचारिक निर्णय गर्न कांग्रेस–एमाले चुकेका छन् । कांग्रेसले सरकार गठन भएको १२ औँ महिनामा आएर संविधान संशोधनको विषयलाई सार्थक निष्कर्षमा पुर्‍याउन कार्यदल गठन गर्ने निर्णयसम्म गरेको थियो । तर, सत्ताको बागडोर सम्हालिरहेको एमालेले यसबारे औपचारिक निर्णय गरेको देखिँदैन ।

कांग्रेसले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको एक महिना नाघिसकेको छ । तर, कार्यदल गठनको कुनै सुरसार गरेको छैन । असार १६–२३ को केन्द्रीय कार्यसमिति बैठकबाट कांग्रेसले कार्यदल गठन गर्ने निर्णय लिएको थियो ।

कुलिङ पिरियडमा गडबडीको छानबिन प्रतिवेदन कार्यान्वयनबारे सभामुखले थाले छलफल

आमाको स्वघोषणाले सन्तानलाई नागरिकता उपलब्ध गराउने मूल ध्येय छ : गृहमन्त्री 

आफैंले बनाएको मदन भण्डारी फाउन्डेसनमाथि खनिए ओली, ‘पाखण्डी’ले ठगी खाने भाँडो बनाएको आरोप

ऊर्जामन्त्री खड्कासँग अष्ट्रेलियाली राजदूतको भेट

भदौको पहिलो साता ‘हिन्दु कुश हिमालय संसदीय सम्मेलन’ आयोजना गर्ने

परराष्ट्रमन्त्री राणाले भनिन्- नेपालगञ्ज दिल्ली सिधा उडानका लागि पहल गर्छु

नेपालगञ्ज-नयाँ दिल्ली सिधा हवाइ उडानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बाँके र बर्दियाका जनप्रतिनिधि र उद्योगी–व्यवसायीले नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाइ उडानका लागि ध्यानाकर्षण गराइएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा नेपालगञ्ज विमानस्थलमा आवश्यक पूर्वाधार विकास भइसकेकाले पश्चिम नेपालको ३२ जिल्लाको हवाइ सुविधा र व्यावसायिक श्रीवृद्धिका लागि नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाइ सेवा सञ्चालनको माग गरिएको हो ।

मागपत्र बुझेपछि प्रधानमन्त्री ओलीले आफू यसका लागि सकारात्मक रहेको र भारत सरकारसँग छलफल गरिने विश्वास दिलाए । उनले नेपालगञ्ज विमानस्थलको धावनमार्ग थप विस्तार र जमिन संरक्षणलगायत काममा चासो दिन आग्रह गरे।

‘राज्यको सञ्चित कोषबाट रकम नजुट्दा पूर्वाधार निर्माणको समस्या समाधान गर्न विधेयक महत्वपूर्ण’

विद्यमान समस्या समाधान गर्ने जिम्मेवारी युवा पुस्ताको हो : मन्त्री गुरुङ

सेवाकालीन तालिम बढुवाका लागि अङ्कको दौड होइन, परिणाममुखी हुनुपर्छ : मन्त्री न्यौपाने

प्राधिकरणसामु ईप्पानले राख्यो ११ बुँदे माग, हितेन्द्रले भने- सञ्चालक समितिमा प्रस्ताव लैजान्छु

‘श्रम मन्त्रालय डिजिटल युगलाई आत्मसात गर्दै अघि बढ्दैछ’

भदौको पहिलो साता ‘हिन्दु कुश हिमालय संसदीय सम्मेलन’ आयोजना गर्ने

रविलाई बैंक जमानतमा रिहा गर्न रूपन्देही जिल्ला अदालतद्वारा अस्वीकार, थुनामै रहने
जिल्ला अदालत रुपन्देही राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामै राख्ने आदेश जारी गरेको छ ।

सुप्रिम सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न माग गरेको निवेदनको माग न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले अस्वीकार गरेको हो ।

रविलाई बैंक जमानतमा रिहा गर्न रूपन्देही जिल्ला अदालतद्वारा अस्वीकार, थुनामै रहने

रवि लामिछानेलाई यसकारण थुनामै राख्ने आदेश दियो रूपन्देही अदालतले

रिहाइका लागि रविले दिएको निवेदनमाथि सुनुवाइ सकियो, आदेशको प्रतिक्षा

रविलाई राखिएको जेलको कोठामा के के देखिन् इन्सेक प्रतिनिधि बिसीले ?

रविविरुद्ध न्याय परिषद्‍मा उजुरी, न्यायाधीशलाई पनि कारबाही गर्न माग

भक्तपुरमा मनाइयो चण्डेश्वरी जात्रा (तस्बिरहरू)
श्रावण २६ गते, २०८२ सोमबार, भक्तपुर–५, चासुखेलमा चण्डेश्वरी १२ बर्से जात्रा (चण्डेश्वरी आजिमा) को १२ औँ वार्षिकोत्सव आयोजना भएको छ ।

प्रत्येक वर्ष सापारु (गाईजात्रा) को भोलिपल्ट, कागजको काठ (पापिरस) बाट बनेको चासु आजिमा (चासुः अजिमा) लाई सानो खटमा राखी भक्तपुरका विभिन्न स्थानमा घुमाइन्छ । चण्डी पूर्णिमामा भने धातुबाट बनेको चासु आजिमाको पूजा र उत्सव गरिन्छ ।

परम्परागत रूपमा बाँसको काठबाट बनेको चण्डेश्वरी आजिमालाई दुवै हात फराकिलो पारेर, विभिन्न अस्त्र–शस्त्रले सजाएर, दानव चण्डासुरसँग युद्ध गर्न तयार मोरझैँको स्वरूपमा शहरभरि बोकिँदै घुमाइन्छ ।

बेनी–जोमसोम सडकमा राति सवारी सञ्चालनमा रोक लगाइने

कर्णालीमा बन्दै ‘राउटे करिडोर’

पाटनमा मनाइयो मतया पर्व (तस्बिरहरू)

पाटनमा मनाइयो मतयाः पर्व

छोरीहरूले काजकिरिया गरेको भन्दै काभ्रेमा सामाजिक बहिष्कारको धम्की

हरियाली सामुदायिक वन उपभोक्ता समूह राष्ट्रिय पुरस्कारबाट पुरस्कृत

प्रदेश सरकारका निर्णयलाई पारदर्शी बनाइनेछ : मुख्यमन्त्री पाण्डे

चिनियाँ सहयोगमा वर्णशङ्कर धान रोपाइँ कार्यक्रम

चिनियाँ सहयोगमा यहाँको कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा वर्णशङ्कर धान रोपाइँ कार्यक्रम गरिएको छ । चीनको छोङ चिङ कृषि विज्ञान प्रतिष्ठानले विकास गरेको ३७ जातका वर्णशङ्कर धान परीक्षणका रूपमा रोपिएको हो ।

नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गको उपस्थितिमा परीक्षणका रूपमा धान रोपिएको हो । सँगै नेपालमा विकास गरिएको एउटा र प्रचलनमा रहेका आठ जातका धान रोपिएको छ । हरेक जातका धानको ३०० ग्राम बीउ उत्पादन गरी विश्वविद्यालयको परिसरमा रोपिएको छ ।

धान रोपाइँ सुरू गर्नुअघि आज आयोजित कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन गएको बेला भएको सम्झौताअनुसार यो महत्त्वपूर्ण कार्यले मूर्तरूप लिएको बताइन्। आगामी दिनमा भरतपुर महानगर र देशकै लागि यो परियोजना कोसेढुङ्गा साबित हुने बताइन् ।

मध्यपुर थिमिका नगरवासीले रगत निःशुल्क पाउने

नेपालगन्ज–दिल्ली सिधा हवाई उडानका लागि प्रभावकारी पहल आवश्यक : महासंघ अध्यक्ष ढकाल

दाङमा सिँचाइ विस्तार, सबै योजना पूरा

जब धान रोप्न रामपुरको फाँटमा पसे चिनियाँ राजदूत…

लमजुङमा अटो दुर्घटना, सात जना घाइते

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध, हलेसी आउने तीर्थालु अलपत्र

सुनसरी दुर्घटना अपडेट : मृतक तीन जनाको सनाखत

अस्ट्रेलियाले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रका रूपमा मान्यता दिने

अस्ट्रेलियाले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रका रूपमा मान्यता दिने तयारी गरेको छ । प्रधानमन्त्री एन्थनी अल्बानिजले आगामी सेप्टेम्बरमा संयुक्त राष्ट्र संघको महासभामा प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रका रूपमा मान्यता दिइने घोषणा गरेका छन् । यसअघि ब्रिटेन, फ्रान्स र क्यानडाले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रका रूपमा मान्यता दिने बताइसकेको छन् । अल्बानिजले प्यालेस्टाइनी प्राधिकरण (पीए)ले सेना र हतियार कम गर्ने, आम चुनाव गर्ने र इजरायलको अस्तित्वलाई मान्यता दिने प्रतिवद्धता अस्ट्रेलियासँग गरेको बताएका छन् ।

‘दुई देशलाई मान्यता दिनु एक यस्तो समाधान हो, जो मध्य पूर्वमा हिंसा समाप्त गर्न र गाजामा संघर्ष, पीडा र भोकमरी समाप्त गर्ने मानवताको सबैभन्दा उत्तम आशा हो,’ उनले भनेका छन् ।

उता गाजामा युद्धविरामका लागि बढ्दो दबाबको सामना गरिरहेको इजरायलले प्यालेस्टाइनलाई मान्यता दिनु ‘आतंकवादलाई उपहार’ प्रदान गर्नु जस्तै भएको प्रतिक्रिया दिएको छ ।

भारतमा ‘क्राइम ब्युरो’ चलाउने नक्कली प्रहरी पक्राउ

अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यासप्रति उत्तर कोरिया क्रुद्ध

ट्रम्प–पुटिन–जेलेन्स्की बैठक तय गर्न अमेरिका लागि परेको उपराष्ट्रपति भान्सको भनाइ

दक्षिणी जापानमा भारी वर्षाले बाढीपहिरो, कयौँ बेपत्ता

भारतमा विपक्षीको प्रदर्शन : राहुल गान्धी पक्राउ, तृणमूल कांग्रेसकी सांसद बेहोस, अखिलेशले नाघे छेकबार

संयुक्त राष्ट्रसङ्घका अधिकांश सदस्य राष्ट्रद्वारा प्यालेस्टाइनलाई मान्यता दिने तयारी

युद्धविराम गाजाको पीडा अन्त्य गर्ने एक मात्र उपायः राष्ट्रसङ्घ

दिल्लीका बेवारिसे कुकुरहरूलाई पक्राउ गर्न भारतीय सर्वोच्च अदालतको आदेश

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध भ्रष्टाचार मुद्दामाथि सुनुवाइ

पाकिस्तानमा १९ जनामा भेटियो पोलियो


























प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ८ : ०१ बजे

प्रधानमन्त्री भन्छन् : युवाहरूले घमण्ड त्याग्नुपर्छ

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलले व्यक्ति व्यक्तिका आत्मविश्वासलाई राष्ट्रिय

विपिनलाई खोज्न इजरायल पुगे आमा र बहिनी

काठमाडौं – हमासले बन्धक बनाएका कञ्चनपुरका विपिन जोशीको रिहाइको माग

गाईजात्रा महोत्सव : नाचघरमा ‘कमेडी नाइट विथ च्याम्पियन्स’ (तस्बिरहरू)

काठमाडौं – सांस्कृतिक संस्थानले राष्ट्रिय नाचघरमा शनिबारदेखि सुरु गरेको ‘गाईजात्रा

सुनसरी दुर्घटना अपडेट : मृतकको सङ्ख्या पाँच पुग्यो

सुनसरी – सुनसरी भोक्राहा–नरसिंह गाउँपालिका–३ जलुवा टोलस्थित पूर्व–पश्चिम राजमार्गमा आज

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।