आजका समाचार : नागढुङ्गा सुरुङमार्गबाट यात्रुवाहक सवारी बाहिरिने, जेन-जी आन्दोलनमा घुसपैठ भएको एमालेको दाबी र गाजामा आक्रमण जारी | Khabarhub Khabarhub

आजका समाचार : नागढुङ्गा सुरुङमार्गबाट यात्रुवाहक सवारी बाहिरिने, जेन-जी आन्दोलनमा घुसपैठ भएको एमालेको दाबी र गाजामा आक्रमण जारी


४ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 5 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

नागढुङ्गा सुरुङमार्गबाट यात्रुवाहक सवारीसाधन बाहिरिन पाउने

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले चाडबाड लक्षित यातायात व्यवस्थापन सहज बनाउन र सडक सुरक्षाका विषयमा आज सरोकारवालासँग छलफल गरेका छन् । छलफलपछि मन्त्री घिसिङले चौबिसै घण्टा यात्रुलाई सडक अवस्थाबारे जानकारी दिन र गुनासो सुन्न तथा त्यसको व्यवस्थापनका लागि निर्देशन दिए । त्यसैगरी बाढी पहिरोले अवरुद्ध सडकहरू तत्काल सञ्चालनमा ल्याउन पनि निर्देशन दिएका छन् ।

बैठकमा काठमाडौँ उपत्यकाबाट बाहिर जाने सवारीसाधनहरुमध्ये सार्वजनिक सवारीसाधनहरू नागढुङ्गा–सिस्नेरी–सुरुङमार्गबाट बाहिर जाने व्यवस्था मिलाउने र दशैँपछि त्यस्ता सवारीसाधनहरू प्रवेशसमेत गर्न पाउने व्यवस्था मिलाउन छलफल भएको घिसिङको सचिवालयले जनाएको छ ।

काठमाडौँ उपत्यकाको नयाँ बसपार्क तथा मुलुकका विभिन्न राजमार्गमा सुरक्षा व्यवस्था चुस्त–दुरुस्त बनाउन प्रहरी गस्ती तथा प्रहरी सङ्ख्या थप गराउन नेपाल प्रहरीलाई निर्देशन दिन गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय बैठकले गरेको छ ।

अधिकारकर्मीको प्रश्न : जेन-जी प्रदर्शनमा बालबालिकालाई मानव ढाल त बनाउन खोजिएन ?

सुशासन र भ्रष्टाचारका विषयमा गम्भीर नहुँदा क्षति भयो : शेखर कोइराला

कर्जाको ब्याज अनुदानका लागि १० अर्ब निकासा

अवरुद्ध सडक खुलाउन सरकारको पहल सुरु


अष्टलक्ष्मीको दाबी : जेन-जी आन्दोलनमा स्वार्थी तत्वको घुसपैठ भयो
नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अहिले देश रोइरहेको बताकी छन् । उनले गणतन्त्रलाई कमजोर बनाउने गरी अहिले चलखेल भइरहेकाले सचेत हुन जरूरी रहेको बताएकी छन् ।

काठमाडौँमा आयोजित एक कार्यक्रममा उपाध्यक्ष शाक्यले जेन-जी आन्दोलनमा स्वार्थी तत्वहरूको घुसपैठका कारण युवाहरूले ज्यान गुमाउनु परेको बताएकी छन् ।

‘शोकलाई शक्तिमा बदल्न नयाँ ढङ्गले अघि बढ्नुपर्छ । निराश हुनुपर्ने छैन, निदान छ, हामीसँग लक्ष्य बोकेको संविधान छ’, उपाध्यक्ष शाक्यले भनेकी छन्, ‘निर्वाचित प्रतिनिधि सभा अत्तालिएर विघटन गरियो भन्ने लागिरहेको छ । संविधान अपरिवर्तनीय होइन, यसमार्फत् नयाँ नेपाल निर्माण गर्नुपर्छ ।’

एमालेको आडमा अराजकता निम्त्याउने छुट कसैलाई छैन : पदम गिरी

सुदन गुरूङ नेतृत्वको हामी नेपाल भन्छ- महेश बस्नेतले झूटो बोल्दैछन्

राजीनामा दिएका अखिल अध्यक्ष कडरिया फर्कन खोजेपछि बागमतीका ६ अध्यक्ष र इन्चार्जको आपत्ति

हर्क नेतृत्वको धरानले तीन महिनापछि ल्यायो २ अर्ब २० करोड ७४ लाखको बजेट

भाइरल भइरहने मेयर हर्क साम्पाङ नेतृत्वको धरान उपमहानगरपालिकाले तीन महिनापछि चालु आर्थिक वर्ष २०८२–०८३ का लागि २ अर्ब २० करोड ७४ लाख ५९ हजार रुपैयाँको बजेट ल्याएको छ।

शनिबार बसेको १७ औँ नगरसभामा उपमेयर अइन्द्रविक्रम बेघाले नीति तथा कार्यक्रमसहित बजेट सार्वजनिक गरेका हुन् । उपमहानगरपालिकाले आगामी वर्ष आन्तरिक राजस्वबाट ८० करोड, संघीय सरकारबाट ८९ करोड, प्रदेश सरकारबाट ७ करोड, राजस्व बाँडफाँटबाट ३४ करोड, सडक बोर्डबाट २ करोड र गत वर्षको मौज्दातबाट ७ करोड रुपैयाँ प्राप्त हुने अनुमानसहितको बजेट ल्याएको छ ।

विनियोजित विवरणमा सहरी योजना तथा भौतिक पूर्वाधारतर्फ सबैभन्दा धेरै ६६ करोड ९४ लाख, शिक्षा, युवा तथा खेलकुदका लागि ४६ करोड ८५ लाख, स्वास्थ्यतर्फ ७ करोड, सामाजिक विकासका लागि ४ करोड ८६ लाख, वन, वातावरण, ऊर्जा र विपद् व्यवस्थापनतर्फ २ करोड ७४ लाख, आर्थिक विकासलाई १ करोड २९ लाख, कानुन तथा न्याय सम्पादनमा २० लाख, सार्वजनिक जग्गा संरक्षणमा १५ लाख, राजस्व परिचालनतर्फ ४३ लाख र नगर भिजन कार्यक्रमतर्फ ५ करोड ५ लाख छुट्याइएको छ ।

‘जेन-जी’ पुस्तालाई प्रगतिशील रूपमा सङ्गठित गर्न आवश्यक : मुख्यमन्त्री कँडेल

मधेस प्रदेशसभाको बैठक आह्वान गर्ने सर्वदलीय सहमति

वीरगञ्ज महानगरले पुनःनिर्माणका लागि छुट्यायो ३० अर्ब

२ सय ३६ परियोजनामा ३३ अर्बको वैदेशिक लगानी प्रतिबद्धता

भक्तपुरमा १७ दिने दसैँ व्यापार मेला सुरु

स्वास्थ्य मन्त्रालयको भवन प्रयोग गर्न अयोग्य

भदौ २४ गते जेन जी आन्दोलनको दोश्रो दिन आन्दोलनकारीहरूले आगजनी गरेको रामशाह पथस्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भवन प्रयोग गर्न अयोग्य भएको छ ।

नेपाली इन्जिनियरिङ इतिहास र आर्किटेक्टको दृष्टिकोणले सो भवनलाई विश्वकै नमूनाको रुपमा लिइने गरिन्छ । विश्वको प्रख्यात आर्किटेक्ट लुई कानको शैलीमा पिल्लरविनाको नमुना भवनको रुपमा यस भवन रहेको छ ।

शहरी विकास तथा भवन निर्माण विभागको नेतृत्वमा नेपाल इन्जिनियर्स एसोसिएसनका इन्जिनियरहरूले गरेको अध्ययनबाट मन्त्रालयको यो भवन प्रयोग गर्न नमिल्ने निष्कर्ष निकालेको हो ।

सिंहदरबारभित्रका विभिन्न क्षति पुगेका मन्त्रालयमा रङ्गरोगन

जेन-जी आन्दोलनमा जलाइएका भवन प्रयोग गर्नुअघि परीक्षण

यस्तो छ नेपालगन्जको अवस्था (तस्बिरहरू)

दसैँ नजिकिएसँगै बजारमा उपभोक्ताको घुइँचो

धुलिखेल–सूर्यविनायक खण्डअन्तर्गत जनागालबाट कालोपत्र सुरु

हुम्लामा आउन छोडे चिनियाँ च्याङ्ग्रा, खसीको मूल्य आकासियो

कोरोना सङ्क्रमण भएपछि सदरमुकाम सिमकोटसहित हुम्लाभरि चिनियाँ च्याङ्ग्रा आउन छोडेका छन् । कुनै समय दशैँ, तिहारलगायत पर्वमा सुरु हुन लाग्दा सदरमुकाम सिमकोटसहित हुम्लाभरिका गाउँघरमा चिनियाँ च्याङ्ग्रा मात्रै हुने गर्दथे ।

विसं २०७७ को कोरोना सङ्क्रमणका बेला यहाँ चिनियाँ च्याङ्ग्रा भित्रिन नसक्दा सर्वसाधारणले स्थानीय खसीबोका खरिद गरेर विभिन्न पर्व मनाउँदै आएका छन् । छ वर्ष यतादेखि चिनियाँ च्याङ्ग्रा हिल्सा नाका भएर सदरमुकाम सिमकोट पुग्न नसकेपछि स्थानीय खसीबोकाको माग बढ्दै गएको व्यापारी बताउँछन् ।

गत वैशाख १८ गतेदेखि नेपाल र चीनको सिमाना हिल्सा नाका पूर्ण रूपमा सञ्चालनमा आए पनि चीनमा खसीको मूल्य महँगो हुँदा हुम्ला भित्रिन नसकेको खसी व्यापारी धनजित भण्डारीले बताए। उनका अनुसार चीनमा यो वर्ष चिनियाँ च्याङ्गाको मूल्य रु ३० हजारदेखिमाथि पर्ने गरेको छ । चिनियाँ च्याङ्गाको मूल्य आयात गर्न महँगो पर्ने भएकाले यहाँका व्यापारीले ल्याउन नसकेका भण्डारीले बताए।

सङ्खुवासभामा खसीबोकाको किनबेच सुरु

सिरहामा करेन्ट लागेर शिक्षकको मृत्यु

तातोपानी नाका अवरुद्ध हुँदा दशैँका सामान बोकेका कन्टेनर अलपत्र

पर्साका आधा दर्जनभन्दा धेरै पालिकाको खाता सञ्चालनमा आएनन् 

नारायणगढ–मुग्लिन सडक अवरुद्ध, तुइन खोलामा पहिरो

जङ्गली हात्ती मृत फेला

गाजा सहरमा आक्रमण जारी, महिला र बालबालिका संकटमा
गाजा सहरमा जारी आक्रमणका कारण हजारौँ नागरिकहरू आफ्नो ज्यान जोगाउन विभिन्न उपायबाट सुरक्षित स्थानतर्फ जाँदै गरेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घको मानवीय सहायता समन्वय कार्यालय (ओछा) का अनुसार, यतिबेला गाजामा भइरहेका स्थल र हवाई आक्रमणका कारण धेरैजसो नागरिक गम्भीर संकटमा परेका छन् । बालबालिका, वृद्ध, महिला लगायत सबैले कठिन परिस्थितिको सामना गरिरहेका छन्।

ओछाले दिएको जानकारी अनुसार, आक्रमणसँगै गाजाको दक्षिण भागतर्फ विस्थापित हुने नागरिकहरूको संख्या तीव्र रूपमा बढिरहेको छ । धेरैजसो मानिसहरू गाडी, टेम्पो, साइकल र पैदल नै यात्रा गर्दै सुरक्षित ठाउँ खोजिरहेका छन् । यस्ता यात्रामा उनीहरूलाई न त पिउने पानी, न त खानपिनको व्यवस्था, न त ओत लाग्ने ठाउँ उपलब्ध छ ।

ट्रम्पद्वारा सञ्चारमाध्यमको आलोचना, किमेलको कार्यक्रम निलम्बनपछि बहस चर्कियो

रुसी आक्रमणमा तीन जनाको मृत्यु, १३ जना घाइते

गाजामा न्याय र शान्ति ल्याउन सबै पक्षले सहकार्य गर्नुपर्छ : रुस

इजरायलको धम्कीबाट विश्व समुदाय डराउनु हुँदैन : महासचिव गुटेरेस

युरोपेली विमानस्थलहरू ’साइबर अवरोध’ बाट प्रभावित

चमन सीमाबाट अफगान शरणार्थी फेरि फर्किन थाले

इरानमाथि पुनः परमाणु प्रतिबन्ध लगाउने प्रस्तावको रुसद्वारा आलोचना



















प्रकाशित मिति : ४ आश्विन २०८२, शनिबार  ७ : ३९ बजे

चाडपर्वमा सर्वसाधरणको सुरक्षाका लागि चार हजार बढी प्रहरी परिचालित

काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौँले यस वर्षको दसैँ, तिहारलगायत

ट्रम्प प्रशासनले एच–१ बी भिसाका लागि एक लाख डलर शुल्क उठाउने, भारतद्वारा चासो व्यक्त

नयाँदिल्ली – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुशल कामदार भिसा ९एच–१

पेन्टागनद्वारा मिडियामाथि नयाँ ‘प्रतिबन्ध’को घोषणा

वासिङ्टन – अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अमेरिकी सेनाको समाचार सम्प्रेषण

चाडपर्वको बहानामा यात्रुबाट बढी भाडा नलिन प्रशासनको निर्देशन

खोटाङ – जिल्ला प्रशासन कार्यालय खोटाङले चाडपर्वको बहानामा यात्रुबाट बढी

जनस्वराज पार्टी घोषणा

काठमाडौं – न्यायपूर्ण, समृद्ध र आत्मनिर्भर राष्ट्र निर्माणको उद्देश्यसहित इन्जिनियर