आजका समाचार : सांसदहरूसँग व्यस्त प्रधानमन्त्री, कांग्रेसमा चर्किँदै द्वन्द्व, एमालेले थप आन्दोलन गर्ने र मध्यपूर्व तनाव झन चुलिँदै « Khabarhub

आजका समाचार : सांसदहरूसँग व्यस्त प्रधानमन्त्री, कांग्रेसमा चर्किँदै द्वन्द्व, एमालेले थप आन्दोलन गर्ने र मध्यपूर्व तनाव झन चुलिँदै


१७ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 5 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

प्रधानमन्त्री बालेन्द्रको सचिवालयमा छरितो टिम, मुख्य सल्लाहकारसहित २५ जनामात्रै
प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा कार्यरत सल्लाहकार र कर्मचारीहरूको विवरण सार्वजनिक भएको छ। प्रधानमन्त्री शाहको सचिवालयमा मुख्य सल्लाहकार कुमार व्यञ्जनकारसहित २५ जना रहेका छन् ।

जसमा केबल चारजनाको मात्रै सल्लाहकार टीम छ । जसमा मुख्य सल्लाहकार व्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, नीति प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र सूचना प्रविधि मन्त्रालयतर्फबाट सल्लाकारमा विवेक मिश्र छन् ।

उता स्वकीयतर्फ प्रधानमन्त्रीले १० जनाको टीम बनाएका छन् । जसमा प्रमुख स्वकीय सचिवमा सुवास शर्मा रहेका छन् । स्वकीय सचिवमा नवीन भण्डारी छन् । अर्कातिर निजी सचिवालयतर्फ सहसचिव प्रदीप परियार, उपसचिव तुलराज सुनुवार र शाखा अधिकृत चूडामणि बस्यालसहित ११ जना रहेका छन् ।

ऐनले भने : कर्मचारीले देश बिगारे, बालेनको जवाफ : त्यसको जड नै कांग्रेस-एमाले हुन्

जरूरी आयोजनालाई प्राथमिकता दिएर अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

संविधान संशोधनको जिम्मा पाएका अशिम कुनै बेला भन्थे, ‘राजा आऊ, देश बचाऊ’

सुदूरपश्चिमका सांसदहरूसँग छलफलमा प्रधानमन्त्री

खेल क्षेत्रमा चुनौती-अवसर दुवै छ, काम गरेर देखाउनुपर्छ : मन्त्री पोखरेल

प्रधानमन्त्रीको अफिसियल फोटोमा पनि कालो चस्मा

विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री र सशस्त्र प्रहरीबीच छलफल, विपद् व्यवस्थापनदेखि सीमाक्षेत्रको तस्करी र अपराध मूल एजेन्डा

शासकीय सुधारका कार्यसूची : एक महिनाभित्र बन्नेछन् यी समिति, कार्यदल र अध्ययन टोली

सरकारले व्यवसायी दीपक भट्टलाई कालोसूचीमा राख्यो

रविले निवासमै बोलाएर किन भेटे दुई मधेशवादी नेताहरूलाई ?

कांग्रेसमा चर्किँदै आन्तरिक द्वन्द्व : देउवा समूहले भन्यो, ‘गगन थापालाई सभापति मान्दैनौँ’

नेपाली कांग्रेसको चौधौँ महाधिवेशनबाट सभापति बनेका शेरबहादुर देउवा नेतृत्वको समूहले समानान्तर गतिविधि तीव्र पारेको छ ।

निवर्तमान सभापति देउवा विदेशमा रहे पनि कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा मंगलबार काठमाडौंको धुम्बाराहीस्थित होटल स्मार्टमा उक्त समूहको भेला सुरु भएको छ ।

फागुन २१ गतेको चुनावी परिणामपछि पार्टी फुट्ने आशंका बढिरहेका बेला चौधौँ महाधिवेशनबाट निर्वाचित १२३ जना केन्द्रीय कार्यसमिति सदस्यहरू भेलामा सहभागी भएका दाबी गरिएको छ।

मंगलबारदेखि सुरू भएको भेलामा अहिलेसम्म १५ जना केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखिसकेका नेता मानबहादुर नेपालीले बताए । बैठकमा जम्मा १२३ जना केन्द्रीय कार्यसमिति सदस्य सहभागी भएको बताइएको छ ।

कांग्रेसले सबै क्षेत्रमा निर्वाचन समीक्षा कार्यक्रम चलाउने, नेताहरूलाई तोकियो जिम्मेवारी

धुम्बाराहीमा कांग्रेस देउवा पक्षको अलग्गै भेला, को को सहभागी भए ?

गगनबाट टिकट लिएका शेखर पनि देउवा समूहको भेलामा मिसिए

यस्तो देखियो कांग्रेस देउवा समूहको भेला (तस्बिरहरू)

कांग्रेस देउवा समूहको बैठक: निर्वाचन समीक्षादेखि महाधिवेशनको तयारीसम्म तीन एजेन्डा

शेखर आएपछि सुरु भयो कांग्रेस पूर्णबहादुर पक्षको बैठक

प्रजातान्त्रिक पार्टीमा फरक मत र असहमति स्वाभाविक भएपनि अनुशासनभित्र रहनुपर्छ : देवराज चालिसे

एमालेले घोषणा गर्‍यो थप आन्दोलनका कार्यक्रम, वैशाख १२ गते काठमाडौंमा शक्ति प्रदर्शन गर्ने
नेकपा (एमाले) ले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा प्रदर्शन र विरोधका कार्यक्रम तय गरेको छ। मंगलबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो।

बैठकले ओलीलाई पक्राउ गरिएको घटननाको भर्त्सना गर्दै विरोध कार्यक्रम अघि बढाउने निर्णय गरेको सचिव महेश बस्नेतले बताएका छन् । बालेन्द्र शाह प्रधानमन्त्री भएलगत्तै गत शनिबार पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई भक्तपुरबाट पक्राउ गरिएको थियो ।

सरकारको उक्त कदमलाई प्रतिशोधपूर्ण तथा बदला प्रेरित भन्दै एमालेले आपत्ति जनाएको बस्नेतले बताए। उक्त प्रकरणको विरोधमा गरिएको शान्तिपूर्ण आन्दोलनमा सरकारले प्रहरी खटाएर दमन गरेको आरोपसमेत एमालेले लगाएको छ।

एमालेले सरकारको यो कदमको विरोधमा आगामी वैशाख १२ गते संघीय राजधानी काठमाडौंमा विशाल प्रदर्शन गर्ने निर्णय गरेको छ। त्यसअघि चैत २५ गतेसम्म जिल्ला तहमा आन्दोलन केन्द्रित गर्ने निर्णय पनि एमालेले गरेको छ।

एमाले संसदीय दलको नेता हुन सक्छन् उपाध्यक्ष बादल

एमाले सांसदहरूले ओलीलाई रिहा गर्नु भन्दा केही बोलेनन् प्रधानमन्त्री 

बादलको अध्यक्षतामा एमालेको बैठक, महेश भन्छन् : विरोधका थप कार्यक्रम तय गर्छौँ

घण्ट बजाएर मात्र हुँदैन, कानुनी तथ्यहरु स्थापित हुनुपर्छ : बास्कोटा

सरकार राज्य आतंकतर्फ उन्मुख भएको निष्कर्ष निकाल्दै प्रतिवादमा उत्रन एमालेको आह्वान

वैदेशिक रोजगारमा जाने कामदारले जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण सरकारी मान्यता प्राप्त जुनसुकै अस्पतालबाट परीक्षण गर्न पाउने व्यवस्था गरेको छ ।

मन्त्री दिपककुमार साहको नेतृत्वमा आज बसेको मन्त्रिस्तरीय बैठकले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न चाहने स्वास्थ्य संस्थाका लागि सूचीकरण खुला गर्ने र स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्यविधि, २०७२ को दफा ३ को व्यवस्थाबमोजिम आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय पनि गरेको छ ।

नेपाल मेडिकल व्यवसायी सङ्घका महासचिव कृष्णप्रसाद बजगाईंले सरकारले कार्यविधिमा भएको व्यवस्था लागू गराउनु सकारात्मक देखिए पनि निजी क्षेत्रका स्वास्थ्य संस्था र व्यवसायीलाई व्यवस्थापन गर्नुपर्ने बताए।

श्रम तथा रोजगार मन्त्रालयको मापदण्डअनुसार हाल १९४ वटा स्वास्थ्य संस्थाले नवीकरण गरेका छन् । यिनै संस्थामार्फत वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण हुँदै आएको थियो ।

रौतहट जिल्ला अदालतका डिठ्ठा ५० हजार घुससहित समातिए

फेरिएको परम्परा : पहिले बधाई दिनेको भिडले भरिने सिंहदरबार अहिले सुनसान (तस्बिरहरू)

जेन-जी रेडफोर्सकी संयोजक तिमल्सिना पक्राउ, सरकारको आलोचना नगर्ने सर्तमा छाडियो

काठमाडौं महानगरले दश वडाबाट भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्ने

बुधबार बस्ने संसद्को पहिलो बैठकले सभामुख चयन प्रक्रिया अघि बढाउने

इरान मुद्दामा बेलायतप्रति ट्रम्पको असन्तुष्टि, सैन्य सहयोग नदिएको भन्दै आलोचना
डोनाल्ड ट्रम्पले इरानसँगको सैन्य कारबाहीका क्रममा बेलायतले अपेक्षित साथ नदिएको भन्दै कडा असन्तुष्टि जनाएका छन्। उनले केयर स्टाररको निर्णयलाई ठूलो गल्ती भन्दै आलोचना गरेका छन्।

इरानसँगको तनाव सुरु भएपछि बेलायतले अमेरिकी सेनालाई डिएगो गार्सियास्थित संयुक्त सैन्य अड्डाबाट आक्रमण सञ्चालन गर्न अनुमति दिन अस्वीकार गरेको थियो। ट्रम्पले यस निर्णयप्रति असन्तुष्टि जनाउँदै हामीलाई आवश्यक पर्दा त्यो अड्डा प्रयोग गर्न दिइएन भनेका छन्।

ट्रम्पले बेलायती युद्धपोतलाई समेत खेलौना जस्तो भन्दै टिप्पणी गरेका थिए। साथै उनले स्टार्मरलाई ‘असल व्यक्ति भए पनि सहयोग नगरेको’ आरोप लगाएका छन्। यसअघि पनि उनले स्टार्मर विन्स्टन चर्चिल जस्तो नेतृत्व नभएको’ टिप्पणी गरेका थिए।

अमेरिकाले इरानविरुद्ध प्रारम्भिक आक्रमणका लागि बेलायतका हवाई अड्डा प्रयोग गर्न अनुमति मागेको थियो। तर, बेलायत सरकारले त्यसबेला अस्वीकार गरेको बताइएको छ। यद्यपि पछि भने बेलायतले रक्षात्मक प्रकृतिका अमेरिकी कारबाहीका लागि आफ्ना अड्डा प्रयोग गर्न अनुमति दिएको जनाएको छ।

मिन आङ ह्लाइङ राष्ट्रपति बन्ने मार्गमा

भारतीय प्रधानमन्त्री मोदी र नेदरल्यान्ड्सका समकक्षीबीच पहिलो पटक वार्ता

लेबनानका स्वास्थ्य केन्द्रहरूमा आक्रमण जारी 

फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा

इन्डोनेसियामा डुङ्गा डुब्दा फसेका चालक दलका सबै सदस्यको जीवितै उद्धार

मध्यपूर्व तनाव चर्किँदै, क्षेत्रीय सुरक्षालाई गम्भीर चुनौती

होर्मुज खुल्नुअघि नै युद्ध अन्त्यको संकेत

३० लाख कर्मचारी परिचालन गरेर भारतमा जनगणना सुरु

मध्य इरानमा सैन्य स्थलमा आक्रमण


















प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  ७ : ५९ बजे

प्रहरी नायब निरीक्षक राउत घुससहित पक्राउ

काठमाडौं- प्रहरी नायब निरीक्षक दिनेश राउत घुससहित पक्राउ परेका छन्

कम्बोडियाबाट १२ नेपालीको उद्धार

काठमाडौँ- कम्बोडियामा अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ विभिन्न गैरकानुनी काममा

बढ्यो हवाई इन्धनको मूल्य

काठमाडौं- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएको छ ।

एमाले कार्यकर्ताको दुर्व्यवहारमा परेका वृृद्ध भेट्न पुगे गृहमन्त्री गुरुङ

काठमाडौँ । केहि दिनअघि एमालेका कार्यकर्ताहरुले आफ्नो पार्टी अध्यक्ष केपी

युवा संघ ललितपुरका अध्यक्ष बजगाईँ पक्राउ

काठमाडौँ– नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघका ललितपुर जिल्ला