आजका समाचार : ओली र लेखक दुई दिनपछि छुट्ने, प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत, फेवाको जग्गामा आफैँ ठगिएको गृहमन्त्रीको दाबी र अमेरिका-इरान ४५ दिने युद्धविराम प्रस्ताव « Khabarhub

आजका समाचार : ओली र लेखक दुई दिनपछि छुट्ने, प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत, फेवाको जग्गामा आफैँ ठगिएको गृहमन्त्रीको दाबी र अमेरिका-इरान ४५ दिने युद्धविराम प्रस्ताव


२३ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


789
Shares
  • change font
  • change font
  • change font

तटस्थ, निष्पक्ष र समन्वयकारी भूमिका निर्वाह गर्ने सभामुख अर्यालको प्रतिबद्धता

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सङ्ख्याका आधारमा कुनै भेदभाव नगरी आफूले सदनमा तटस्थ, निष्पक्ष र समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सभामुखमा निर्वाचित भएपछि आज पहिलो बैठकको अध्यक्षता गर्दै सभामुख अर्यालले संसद्लाई निष्क्रियता नभई सक्रिय कार्यसम्पादनको थलो बनाउन तथा सदनलाई असल संवैधानिक अभ्यासबाट सुसञ्चालन गर्न सबैसँग सहयोगको अपेक्षा गरे ।

सभामुख अर्यालले जनताले पाँच वर्षका लागि आफूहरूलाई निर्वाचित गरेको केवल अधिकार मात्र नभई सुशासन र आर्थिक विकासका लागि जिम्मेवारीको अवसर भएको बताए ।

प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत

प्रधानमन्त्रीलाई वर्षमानले भने : भैरहवा एयरपोर्ट चलाउन भारतसँग हवाई मार्गबारे कुरा गर्नुस्

संसद्‍मा ऐन महरले भने- ओली र लेखकलाई बिना शर्त रिहाइ गरियोस्

‘सकारात्मक परिवर्तनमा कांग्रेसको समर्थन रहनेछ’

सदनमा सत्तापक्ष र प्रतिपक्षको एकै स्वर : राष्ट्रियताको पक्षमा एक हौँ

सरकारलाई कविन्द्रको सुझाव : अनुहारसँगै काम गर्ने शैली पनि फेरियोस्

फेवाताल जग्गा बारे गृहमन्त्रीको स्पष्टीकरण– ‘म आफैँ ठगिएको छु, कानुनी उपचारमा जान्छु’

गृहमन्त्री सुदन गुरुङले पोखराको फेवाताल किनाराको जग्गा प्रकरणमा आफू र आफ्ना साझेदारहरू जग्गाधनीबाट ठगिएको बताएका छन् ।

सोमबार सचिवालयमार्फत एक भनाइ सार्वजनिक गर्दै मन्त्री गुरुङले जग्गा भाडामा लिँदा वास्तविक तथ्य लुकाएर आफूहरूलाई झुक्याइएको दाबी गरेका हुन् ।

सर्वोच्च अदालतको आदेशअनुसार फेवातालको मापदण्डभित्रका संरचना हटाउने अभियान चलिरहेका बेला गृहमन्त्री आफैँले लिजमा लिएको जग्गा पनि अतिक्रमणभित्रै परेको खुलेपछि उनले यस्तो स्पष्टीकरण दिएका हुन् ।

गुरुङले जग्गाधनीले मापदण्डभित्र पर्ने तथ्य लुकाएर ‘लिज’ मा दिएको भन्दै अब कानुनी उपचार खोज्ने बताएका छन् ।

खुश्वुले संसद्मा उठाइन् हिन्दू अधिराज्य र राजसंस्थाको मुद्दा

सरकारबारे एमालेको अडान : कडा निगरानीसहित खरबदारी गरिरहन्छौँ

श्रमसंस्कृतिका सांसदले भने : रास्वपाको सरकारले गोरेटो होइन, हाइवे बनाउन सक्नुपर्छ

सरकारलाई नेकपा सांसदको सुझाव : एक्सनमा जाओस्, स्टन्ट गरेर समय बर्बाद नगरोस्

सर्वदलीय बैठक : सबै दल समेटेर २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति बनाइने

ओली-लेखकको पक्षमा सर्वोच्चको परमादेश : अब म्याद नथप्नू, हिरासत मुक्त गरी थप अनुसन्धान सम्पन्न गर्नू

सर्वोच्च अदालत ले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक लाई हिरासतमुक्त गर्न सरकारका नाममा परमादेश जारी गरेको छ।

न्यायाधीशद्वय विनोद शर्मा र सुनीलकुमार पोखरेल को संयुक्त इजलासले तेस्रो पटक थपिएको पाँच दिनको म्याद सकिएपछि हिरासतमा राख्न नमिल्ने ठहर गर्दै उक्त आदेश दिएको हो।

जिल्ला अदालत काठमाडौंले आइतबार थपेको पाँच दिने म्याद समाप्त भएसँगै चैत २६ गते उनीहरूलाई हिरासतमुक्त गर्नुपर्ने आदेशमा उल्लेख छ।

ओलीकी पत्नी राधिका शाक्य र लेखककी पत्नी यशोदा लेखक ले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिट खारेज गर्दै सर्वोच्चले आवश्यक प्रक्रिया पूरा गरी हिरासतबाट मुक्त गर्न सरकारलाई निर्देशन दिएको हो।

तेस्रो म्याद सकिएसँँगै चैत २६ गते हिरासतबाट रिहा हुनेछन् ओली र लेखक

‘मध्यपूर्वको युद्धले समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन सरकार गम्भीर’

सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह

राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी लीलाकुमारी निर्विरोध

जनजाति आयोगको प्रतिवेदन राष्ट्रियसभासमक्ष पेस, शोक प्रस्ताव पारित

‘सदनलाई सत्यको आवाज सुन्ने र जनताको पक्षमा काम गर्ने थलोको रूपमा विकास गर्नुपर्छ’

राष्ट्रियसभामा उठाइयो इन्धन असहजता र बढ्दो महँगीका विषय 

१५औँ महाधिवेशनबाट पार्टीको नेतृत्व नयाँ पुस्तालाई दिनुपर्छ : कांग्रेस नेता बडू

चन्द्रागिरिमा चल्ला बालेन-सुधनको डोजर ?

काठमाडौंको दक्षिण पश्चिमा रहेको सुन्दर हरियो पहाड चन्द्रागिरिको टाकुराबाट गोरखाका राजा पृथ्वीनारायण शाहले उपत्यकालाई हेरेर राज्य विस्तारको नयाँ संकल्प गरेका थिए भन्ने किंवदन्ती छ ।

कंक्रिटको जङ्गल बन्दै गरेको काठमाडौंका लागि चन्द्रागिरिले शीतल हावा दिँदै उपत्यकाको धुलो र धुवाँलाई सोस्दै आइरहेको छ । काठमाडौंबासीको स्वस्थ जीवनका लागि चन्द्रागिरि एउटा अमूल्य प्राकृतिक वरदान पनि हो ।

तर, त्यहि चन्द्रागिरिले लामो समयदेखि केबलकार व्यवसायको नाममा पाएको पीडा र भोगेको अन्याय भने अहिलेसम्म पनि असुल गर्न सकिरहेको छैन ।

तर, अहिले नै बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले भने सुशासन स्थापनाको लागि भन्दै सम्पत्ति शुद्धीकरणको नाममा निजी क्षेत्रका व्यक्तिहरूलाई पक्राउ गरिरहेको छ भने सार्वजनिक जग्गा मिचिएको भन्दै डोजर लगाउन सुरु गरेको छ ।

स्थानिय तहमा सेवा प्रवाह प्रभावित भए कारबाही गर्ने मन्त्रालयको चेतावनी

कोशी प्रदेशसभाबाट आमसञ्चार विधेयक सर्वसम्मतिले पारित

मधेस प्रदेश प्रमुखसमक्ष मानवअधिकार आयोगको प्रतिवेदन पेस

जेन–जी आन्दोलनका सहिदको सम्झनामा दीप प्रज्वलन

फेवातालको चार किल्लाभित्रको जग्गाको अवस्था अध्ययन गर्न बन्यो समिति

अर्थ तथा योजना समितिको वार्षिक प्रतिवेदन पेस

ट्राफिक प्रहरीको ‘सरप्राइज चेकिङ’ : सवारी नियम उल्लङ्घन गर्नेमाथि कडा निगरानी

टुँडिखेलमा घाँसे मैदान निर्माण कार्य सुरु (तस्बिरहरू)

मातृभूमिमै लगानी गर्न गैरआवीय नेपालीलाई राष्ट्रपतिको आह्वान

अमेरिका र इरानबीच ४५ दिने युद्धविराम प्रस्ताव

इरान र संयुक्त राज्य अमेरिकाबीच तीव्र बन्दै गएको युद्धका बीच ४५ दिनको युद्धविराम र स्ट्रेट अफ होर्मुज पुनः खोल्ने प्रस्ताव अघि सारिएको छ । यसबाट जारी द्वन्द्व अस्थायी रूपमा रोकिने सम्भावना देखिएको छ ।

पश्चिम एशियाका दुई अधिकारीका अनुसार इजिप्ट, पाकिस्तान र टर्कीका मध्यस्थकर्ताहरूले तयार पारेको उक्त मस्यौदा प्रस्ताव दुवै पक्षलाई पठाइएको छ, तर अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया आएको छैन । उक्त प्रस्तावले ४५ दिनको समयावधिमा विस्तृत वार्ता गरी स्थायी युद्धविराममा पुग्ने वातावरण तयार गर्ने लक्ष्य राखेको छ ।

क्षेत्रीय युद्धबारे इरान, रुस र भारतबीच कूटनीतिक संवाद

इरानलाई ‘नर्क’ बनाउने ट्रम्पको चेतावनीबीच वार्ता : यस्तो छ युद्धविरामको तत्कालीन र दीर्घकालीन प्रस्ताव

उत्तरको आकाशमा ड्रोन उडेपछि दक्षिण कोरियाली राष्ट्रपतिद्वारा खेद प्रकट

चन्द्रमाको खोज अभियानमा ऐतिहासिक मोड

युद्धको घेरामा मध्यपूर्व, विश्वभर चिन्ता

अमेरिका र इरानबीच ४५ दिने युद्धविरामबारे अन्तिम चरणको वार्ता

इजरायलमा इरानी हमला, घरको भग्नवाशेषभित्र दुई शव भेटिए

इजरायलमा इरानको मिसाइल आक्रमण जारी

तेहरान दक्षिणी आवासीय क्षेत्रमा हवाई आक्रमण, कम्तीमा १३ जनाको मृत्यु

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार  ७ : ५५ बजे

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।

कञ्चनपुर पुनर्वासको शिवकृष्ण जनरल स्टोर्समा २५० को सामान किन्नेले पाए १० लाख पुरस्कार

काठमाडौं– सरकारले सुरु गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तगर्त पहिलो

भन्सार छलेर ल्याइएका सामानसहित चार जना पक्राउ

महेन्द्रनगर– कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित

मधेस प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढे

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा ट्रान्सफर्मर चोरीका घटना बढ्दै गएका

कर्रा खोलामा पुल नहुँदा स्थानीयलाई समस्या

बागमती– हेटौँडा उपमहानगरपालिका वडा नं ९ र १० भएर बग्ने