Khabarhub

समाजवादोन्मुख लक्ष्यका लागि कम्युनिष्ट एकतामा जोड

काठमाडौं- आपसी अन्तरविरोध भए पनि मुलुकका कम्युनिष्ट शक्ति र नेताहरु समाजवादोन्मुख लक्ष्य, समृद्धि र राष्ट्रिय स्वाधीनताका लागि एकै ठाउँमा उभिनुपर्नेमा जोड दिइएको छ । प्रगतिशील लेखक संघले आज भर्चुअलरूपमा आयोजना गरेको ‘समाजवादोन्मुख प्रक्रियामा दार्शनिक चुनौती’ विषयक परिसंवादको ३४औँ शृङ्खलामा विश्लेषक श्याम श्रेष्ठले कम्युनिष्ट पार्टीभित्र र शक्तिहरुबीच अन्तरविरोध हुनु आवश्यक भए पनि सबैले रुपान्तरित भएर साझा…