क्रिकेट « Khabarhub

महिला टि–ट्वान्टी क्रिकेट : आज नेपालले कुवेतको सामना गर्दै

काठमाडौँ- मलेसियामा जारी महिला टि ट्वान्टी क्रिकेट सिरिजमा आज नेपालले कुवेतको सामना गर्दैछ । चार देश सम्मिलित सिरिजअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले कुवेतको सामना गर्न लागेको हो । खेल नेपाली समय अनुसार दिउँसो ११ बजेर ४५ मिनेटमा सुरु हुनेछ । यसअघि आफ्नो पहिलो खेलमा नेपालले मंगलबार हङकङलाई ६ विकेटले पराजित गरेको थियो ।