Live on
Your Voice, Your Power
काठमाडौँ- कप्तान लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनमा स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई ३-२ गोलले पराजित गरेको हो । भ्यालेन्सियाको मैदानमा बार्सिलोनाले पुनरागमन जित निकालेको हो । बार्सिलोनाको जितमा लियोनल मेस्सीले दुई गोल गरे । एन्टोनियो ग्रीजम्यानको नाममा एक गोल रह्यो । भ्यालेन्सियाका गाब्रियल पौलिस्टा र कार्लोस…