देश/प्रदेश Archives | Page 1718 of 1752 | Khabarhub Khabarhub

चन्दका जिल्ला सदस्य पक्राउ

कञ्चनपुर–कञ्चनपुरको महाकाली नगरपालिको दोधारा चाँदनी क्षेत्रबाट नेत्रविक्रम चन्द बिप्लव समूहका जिल्ला सदस्य लक्ष्मण बडुवाल पक्राउ परेका छन् । मंगलबार पक्राउ परेका बडुवाललाई अनुसन्धानका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले बताए । बिप्लवका भीमदत्तनगर सेक्रेटरी रघुवीर जोशी र कृष्णपुर नगर सेक्रेटरी रामदत्त भट्टलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ ।