देश/प्रदेश « Khabarhub

शनिबार काठमाडौंका यी स्थानमा जानेछ ८ घण्टा बत्ती

काठमाडौं- शनिबार काठमाडौंका केही ठाउँमा आठ घण्टा बत्ती जाने नेपाल विद्युत् प्राधिकरणले जनाएकाे छ । रत्नपार्क वितरण केन्द्रकाे कालिकास्थानदेखि विजय मेमाेरियल स्कुलसम्मकाे ११ केभी लाइन मर्मत गर्नुपर्ने हुँदा बिहान ७ बजेदेखि ३ बजेसम्म बत्ती जाने प्राधिकरणकाे विज्ञप्तिमा उल्लेख छ । त्यस अवधिमा शटडाउन गरिने हुँदा कालिकास्थान आसपास क्षेत्रका ग्राहकवर्गमा असुविधा पुग्ने प्राधिकरणले जनाएकाे छ ।