देश/प्रदेश « Khabarhub

सन्दीपविरुद्धको मुद्दामा पीडितलाई एक लाख रुपैयाँ क्षतिपुर्ती भराउन अदालतको आदेश

काठमाडौँ- काठमाडौँ जिल्ला अदालतले नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दामा पीडितलाई एक लाख रुपैयाँ क्षतिपुर्ती भराउन आदेश दिएको छ । न्यायाधीश प्रकाशप्रसाद पण्डितको एकल इजलासले पीडित नाबालिग गौशाला २६ लाई क्षतिपूर्तिबापत एक लाख रुपैयाँ उपलब्ध गराउन आदेश दिएको हो । क्षतिपूर्ति सरकारको राहत कोषबाट उपलब्ध गराइने बताइएको छ ।