Live on
Your Voice, Your Power
नेपालीहरुको महान चाड दशैंको प्रमुख विशेषता भनेकै मान्यजनले दिने आशीर्वाद हो । बोलीचालीका (स्थानीय) भाषामा बाहेक संस्कृतमा लेखिएका श्लोक वाचन गरेर पनि दशैंमा मान्यजनले आशीर्वाद दिने गर्छन् । दशैंमा दिइने आशीर्वादमा ऐश्वर्य, आयु, आरोग्य, ज्ञान आदि विषयलाई समेटिएको हुन्छ । दशैंमा दिइने आशीर्वादमा विभिन्न देवीदेवता तथा पौराणिक पात्रहरुको जस्तै गुण होस् भन्ने कामना पनि गरिन्छ…