देश/प्रदेश « Khabarhub

काठमाडौँ उपत्यकामा थपिए २ हजार ९०० संक्रमित

काठमाडौँ– काठमाडौँ उपत्यकामा आज २ हजार ९०० कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार काठमाडौँ जिल्लामा मात्र २ हजार ४१ संक्रमित थपिएका छन् । त्यस्तै ललितपुर ५६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार भक्तपुरमा २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।