समाचार « Khabarhub

तुईन खोलामा पहिरो झर्न अझै रोकिएन (तस्बिरहरू)

काठमाडौं– मुग्लिन नारायणघाट सडकखण्डको तुईनखोलामा आज बिहान ११ बजे पहिरो खस्दा हजारौं यात्रुहरू जाममा परेका छन् । सडक विभाग भरतपुरका टोलीले ४ वटा मेशिनको साहयताले पहिरो पन्छाउने काम गरीरहे पनि पहिरो झर्न नरोकिएपछि यात्रुहरू ५ घण्टा देखि जाममा रोकिनु परेको छ । अघिल्लो साता पनि सोही स्थानमा पहिरो खस्दा ४५ घण्टासम्म यातायात अवरुद्ध भएको थियो ।