समाचार « Khabarhub

नेपाल प्रहरीका ५०९ जना प्रहरी निरीक्षकको सरुवा (सूचीसहित)

काठमाडौँ– नेपाल प्रहरीका ५ सय ९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा भएको छ । प्रहरी महानिरीक्षकको जेठ २७ गते बुधबारको निर्णयअनुसार यति ठूलो संख्यामा प्रहरी निरीक्षकहरुको सरुवा गरिएको नेपाल प्रहरीको मानवस्रोत विकास विभागले जनाएको छ । विभागले सरुवा भएका सबैको तलब आगामी असार महिनादेखि सरुवा भएकै ठाउँबाट पाउने जनाएको छ ।