समाचार « Khabarhub

मेचीनगरमा प्रथम भाक्का उत्सव

झापा‍- मेचीनगरमा पहिलो पटक राजवंशी समुदायले आज प्रथम भाक्का पिठ्ठा उत्सव मनाएका छन् । मेचीनगर–७ इटाभट्टामा राजवंशी समाज विकास समिति मेचीनगरले आयोजना गरेको भाक्का उत्सवमा पाँच सय किलो चालमको पिठोको भाक्का बनाइएको हो । रैथाने परम्परागत खाद्य परिकारका रूपमा रहेको भाक्कालाई प्रवर्द्धन र सम्बर्द्धन गर्ने उद्देश्यले भाक्का उत्सव मनाइएको समितिका नगर अध्यक्ष दिनेश राजवंशीले बताए । …