Live on
Your Voice, Your Power
काठमाडौं - मदन भण्डारी फाउन्डेसनको अध्यक्षमा उषा किरण भण्डारी चयन भएकी छन्। चौथो राष्ट्रिय सम्मेलनले भण्डारीलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो। भण्डारी स्वर्गीय मदन भण्डारीकी जेठी छोरी हुन्। हस्त पण्डित सचिव र मिना भण्डारी कोषाध्यक्ष चयन भएका छन्। शनिबार भएको चौथो राष्ट्रिय सम्मेलनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए।