समाचार « Khabarhub

भूकम्पको केन्द्रविन्दु भक्तपुरको चाँगुनारायण

काठमाडौँ- शनिबार बिहानै महसुस गरिएको भूकम्पको केन्द्रविन्दु भक्तपुरको चाँगुनारायण आसपास रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार शनिबार बिहान २ बजेर ३६ मिनेट जाँदा ४‍‍.७ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौँ उपत्यकाका तीनै जिल्लाका साथै आसपासका जिल्लामा समेत महसुस गरिएको सर्वसाधारणहरूले सामाजिक सञ्जालमा उल्लेख गरेका थिए।