समाचार « Khabarhub

दुई अर्ब ३१ करोड राजस्व संकलन

कञ्चनपुर– आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरले गत आर्थिक वर्षमा दुई अर्ब ३१ करोड ९९ लाख राजस्व संकलन गरेको छ ।  कार्यालयका कर अधिकृत सौजन बस्यालका अनुसार आर्थिक वर्ष २०८२-८३ मा कार्यालयले आय करतर्फ एक अर्ब राजस्व संकलन गरेको छ । त्यसैगरी भ्याटतर्फ ५१ करोड ५८ लाख र अन्तःशुल्कतर्फ ८० करोड १५ लाख राजस्व संकलन गरेको छ ।…