समाचार « Khabarhub

एलपी ग्यास अभावपछि निगमको टेकु कार्यालयबाट बिक्री सुरु

काठमाडौं- एलपी ग्यासको अभाव देखिएपछि नेपाल आयल निगमले टेकुस्थित कार्यालयबाट ग्यास बिक्री वितरण सुरु गरेको छ। निगमले शनिबारदेखि १४ दशमलव २ केजी क्षमताका ग्यास सिलिन्डर बिक्री गर्न थालेको हो। काठमाडौं उपत्यकामा बजार आपूर्ति गर्ने केही ग्यास उद्योगका सिलिन्डरको माग उच्च भएपछि निगमले वैकल्पिक व्यवस्थास्वरूप बिक्री सुरु गरेको जनाएको छ। निगमका अनुसार नेपाल ग्यास, एभरेष्ट ग्यास,…