Live on
Your Voice, Your Power
काठमाडौँ– मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा पूजाअर्चनाका लागि भक्तजनहरुको ठूलो घुइँचो लागेको छ । मुक्तिनाथ क्षेत्र र दामोदरकुण्ड धार्मिकस्थलबाट बहने कालिगण्डकी नदीको संगमस्थल कागबेनीधाम दिवंगत पितृ उद्धारका लागि महत्वपूर्ण प्रसिद्ध धार्मिकस्थल मानिन्छ । चैते दसैँ अघिको औँसी तिथि पारेर दिवंगत आफन्तहरुको नाममा पिण्डदान गर्नका लागि नेपालसहित छिमेकी मुलुक भारतबाट ठूलो संख्यामा भक्तजन मुक्तिक्षेत्र पुगेका छन्…