राजनीति Archives | Page 1487 of 2095 | Khabarhub Khabarhub

राष्ट्रपतिसँग भेट गर्न ओली शीतल निवासमा

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार शीतल निवास पुगेका छन् । ओली निकट स्रोतले ओली शीतल निवास पुगेको पुष्टि गरेका छ । पटक पटक राष्ट्रपति भण्डारीसँग राजनीतिक छलफल गर्दै आएका ओली चाडबाड सकिए लगत्तै शीतल निवास पुगेका हुन् । राष्ट्रपति कार्यालयले भने यो भेटबारे केही जानकारी दिएको छैन ।