राजनीति « Khabarhub

०८४ मा एक्लै भिड्ने घोषणा गरेका तीन दलले स्ववियुमै खुट्टा कमाए

काठमाडौं– आगामी निर्वाचनमा चुनावी तालमेल नगर्ने संघीय संसद्का तीन ठूला दलहरूको घोषणाविपरीत स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा भ्रातृ संगठनहरू धमाधम तालमेल गरिरहेका छन् । ‘मिनी निर्वाचन’का रुपमा लिइने त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरूमा आगामी चैत ५ गते स्ववियु निर्वाचन हुँदैछ । त्यसका लागि सत्तारुढ दुई ठूला दल र प्रतिपक्षीहरूले पनि आफूअनुकूल चुनावी तालमेल गरेका छन् । स्ववियुको…