फुटबल « Khabarhub

नेसन्स कपको उपाधि फ्रान्सलाई

काठमाडौँ- यूईएफए नेसन्स लिग फुटबलको उपाधि फ्रान्सले जितेको छ । आइतबार राति भएको फाइनल खेलमा स्पेनलाई २-१ गोलले पराजित गर्दै उपाधि जितेको हो । फ्रान्सलाई उपाधि दिलाउन करिम बेन्जिमा र केलियन एमबाप्पेले एक एक गोल गरे । स्पेनका मिकेल ओयार्जाबलले एक गोल फर्काए ।