Live on
Your Voice, Your Power
काठमाडौं - स्पेनिस ला लिगामा अग्रता कायम गरिहेको बार्सिलोनाले आफ्नो अपराजित यात्रालाई २४ खेलमा लम्ब्याएको छ। यसका बाबजुद आफ्नो वास्तविक लयमा नफर्केको बार्सिलोनाले शनिबार राति लेगानेसलाई १-० ले हरायो। लेगानेसले पहिलो हाफमा नै केही राम्रो प्रयास गरेको थियो। खेलमा आल्ड्रिया अल्टेमेरियाको राम्रो प्रहारलाई बार्सिलोनाका गोलरक्षक वेजेस्नीले बचाए। डानी राबा पनि दुई पटक नजिक पुगेका थिए।…