Live on
Your Voice, Your Power
धादिङ- धादिङको बेनीघाट रोराङको मलेखुबाट खहरेतर्फ जाँदै गरेको बोलेरो जीप पल्टिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ज्वालामुखी गाउँपालिका–१ की २४ वर्षीया सरु बसेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए । दुर्घटनामा घाइते भएका अन्य आठजनालाई तीनवटा एम्बुलेन्सबाट राजमार्ग सामुदायिक अस्पताल मलेखुमा उपचारका लागि भर्ना गरिएको छ ।…