आजका समाचार : कांग्रेसको विरोधबीच प्रचण्डलाई चौँथो पटक संसदको विश्वासदेखि पूर्वराजा पाटनतिरसम्म | Khabarhub Khabarhub

आजका समाचार : कांग्रेसको विरोधबीच प्रचण्डलाई चौँथो पटक संसदको विश्वासदेखि पूर्वराजा पाटनतिरसम्म


७ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

प्रधानमन्त्री प्रचण्डले पाए चौथो पटक विश्वासको मत
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चौथो पटक विश्वासको मत पाएका छन् ।

प्रतिनिधिसभामा सोमबार भएको मतदानका क्रममा प्रधानमन्त्रीको पक्षमा १५७ मत परेको हो ।


सभामुख देवराज घिमिरेका अनुसार विपक्षमा शून्य मत पनि परे भने विपक्षमा एक मत परेको छ । यो बैठकमा १५८ जना सांसद् उपस्थित थिए ।

गत वैशाख २३ गते जसपा नेपाल विभाजित भएपछि प्रचण्डले चौथो पटक विश्वासको मत लिनुपरेको हो । प्रधानमन्त्रीले गत वैशाख ३१ गते नै संसद्‍बाट विश्वासको मत लिने जानकारी संघीय संसद् सचिवालयलाई दिएका थिए ।

कांग्रेसको अहिलेको गतिविधिको नतिजा आगामी चुनावमा देखिन्छ

चौथो पटक विश्वासको मत पाउँदा दबाबमा देखिए प्रचण्ड

प्रधानमन्त्रीले चौथो पटक विश्वासको मत लिँदा को-को अनुपस्थित थिए ?

कानुनभन्दा माथि कोही छैन भन्ने भाष्य स्थापित भएको छ :  प्रधानमन्त्री

प्रधानमन्त्रीले भने : सरकार सबैजसो मोर्चामा सफल भएको छ

संसद्‍बाटै प्रधानमन्त्रीले भने : कांग्रेसले बहुतै गलत गर्‍यो, यसको मूल्य चर्को पर्ने छ

कांग्रेसको नाराबाजीका कारण प्रधानमन्त्रीले विश्वासको मत माग्न पाएनन्

कांग्रेसले सुनेन सभामुखका कुरा, नाराबाजीसँगै अड्कियो विश्वासको मत

कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्रीले मागे विश्वासको मत

संसद्‍मा कसैलाई धम्की दिएको छैन, गिरीबन्धु प्रकरण छानबिन हुन्छ ; गृहमन्त्री

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति र दलको संयुक्त बैठक
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले केन्द्रीय कार्य समिति र संसदीय दलको संयुक्त बैठक डाकेको छ ।

यही बुधबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी संयुक्त बैठक बोलाइ जानकारी पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिए ।


उनका अनुसार यो बैठकमा पार्टीका प्रदेश कार्यसमिति सभापतिहरू र प्रदेशस्थित संसदीय दलका नेताहरूलाई पनि बोलाइएको छ ।

उक्त संयुक्त बैठकमा कांग्रेसले व्यापक छलफल गरेर थप रणनीति तय गर्ने भएको छ । त्यसकै लागि प्रदेश कार्यसमिति सभातपिहरू र प्रदेसभा संसदीय दलका नेताहरूलाई पनि कांग्रेसले काठमाडौं बोलाएको हो । प्रदेश कार्यसमिति सभापतिहरू केन्द्रीय कार्यसमितिका पदेन सदस्यका रुपमा रहेका छन् ।

गगन थापालाई गिरफ्तार नगरे गृहमन्त्री देशद्रोहीको मतियार ठहरिन्छन् : भीम रावल

रविसँग जुहारी चलिरहँदा गगनको बचाउमा उत्रिइन् रामकुमारी

एकपछि अर्को माग थपेर कांग्रेसले संसद्‍लाई बन्धक बनायो : कानुनमन्त्री

कांग्रेसको आरोप : सभामुख सत्तारुढ दलका रबर स्ट्याम्प भए

प्रधानमन्त्रीको भनाइमा कांग्रेसको आपत्ति

नयाँ शक्तिको भ्रष्ट चरित्र नाङ्गियो :  चित्रबहादुर केसी

सरकार सहकारी ठगहरू जोगाउन लाग्यो, सभामुख मतियार बने

जंगलबाट राजनीतिमा कसले ल्याएको हो बिर्सिनुभयो

गृहमन्त्री लामिछानेलाई कारबाही गर्न सांसद गुरुङको माग

सभामुखको भूमिका सन्तोषजनक भएन : चित्रबहादुर केसी

महामन्त्री शर्माको टिप्पणी- संसद्‌मा आज सभामुख देखिनँ

राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध
राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।

आज बसेको राष्ट्रिय सभाको बैठकमा नेपाली कांग्रेसले अवरोध गरेपछि अध्यक्षले बैठक स्थगित गरेका हुन् ।


कांग्रेसले बैठक शुरु हुनासाथ उठेर विरोध गरेपछि अध्यक्ष नारायण दाहालले राष्ट्रिय सभाको बैठक जेठ ८ गते मंगलबार १ : १५ बजे बस्ने गरि स्थगित गरेका हुन् ।

राष्ट्रियसभालाई समस्या समाधानको थलोका रूपमा स्थापित गर्नुपर्छ : अध्यक्ष दाहाल

संसदीय छानविन समिति बटमलाइन : कांग्रेस

उपेन्द्रले अशोकसहित सात सांसदविरुद्ध दायर गरेको रिट ‘हेर्न नभ्याइने’

बेपत्ता योद्धाका बारेमा राज्य बेप्रवाह जस्तो देखियो : विप्लव

बाग्मतीमा विषयगत समितिका सभापतिले लिए शपथ

बालेन्द्रले सूची सार्वजनिक गर्दै भने- ५० खर्बको खेलोफड्को छ
महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले झापाको गिरीबन्धु टि स्टेटलाई जग्गा सट्टाभर्ना गर्दै बेच्न दिने सरकारको निर्णयबारे टिप्पणी गरेका छन् । यस प्रकरणमा एक सय बढी कम्पनीको नाम सार्वजनिक गर्दै जग्गा सट्टा भर्ना प्रकरणमा ५० खर्बसम्मको खेलोफड्को भएको हुन सक्ने बालेन्द्रले बताएका छन् ।


उनले सोमबार सामाजिक सञ्जालमार्फत गिरीबन्धु जसरी नै हदबन्दी छुट र सट्टापट्टा पाउनुपर्ने भन्दै हजारौँ बिगा जमिन बेच्न पाउनु पर्ने भन्दै निवेदन हालेका कम्पनीको नाम नै सार्वजनिक गरेका छन् । 

बालेनको चेतावनी : सिंहदरबार, नेताको घर र पार्टी कार्यालयको फोहोर उठ्दैन

के हो महानगरको फोहोर बोक्ने चालक समातिएको प्रकरण ?

गिरीबन्धु प्रकरण : बालेन्द्रले सूची सार्वजनिक गर्दै भने-५० खर्बको खेलोफड्को छ

पाटन भ्रमणमा निस्किए पूर्वराजा शाह 

आर्थीक…

एनसेललाई नवीकरणका लागि जेठ १५ भित्र २० अर्ब बुझाउन प्राधिकरणले पठायो पत्र
मोबाइल सेवा प्रदायक कम्पनी एनसेललाई नवीकरणका लागि यही जेठ १५ गतेभित्र २० अर्ब नवीकरण दस्तुर र निवेदन पेस गर्न दूरसञ्चार प्राधिकरणले पत्र पठाएको छ ।

आगामी भदौ १५ गते सो कम्पनीको २० वर्षे अनुमति पत्रको म्याद सकिने भएकोले ३ महिना अगाडि नै नवीकरण गर्नुपर्ने प्रावधानअनुसार प्राधिकरणले पत्र पठाएको हो ।


नेपाल दूरसञ्चार ऐन २०५३ को दफा २५ अनुसार नेपालमा सञ्चालनमा रहेका टेलिकम कम्पनीहरूले अनुमति पत्र लिने र नवीकरण गर्ने कार्य गर्दै आएका छन् ।

शेयर बजारमा उछाल

घट्दो वैदेशिक व्यापार, अघिल्लो वर्षभन्दा आयात साढे दुई प्रतिशतले ‌ओरालो

१० महिनामा २४ अर्बको मोबाइल र २१ अर्बको सुन आयात

दैलेखबाट सुर्खेत आइरहेको बस दुर्घटना, २ जनाको मृत्यु
दैलेखबाट सुर्खेत आउँदै गरेको एउटा यात्रु बस वीरेन्द्रनगर नगरपालिका–७ स्थित कटकुवानजिक दुर्घटनामा भएको छ।

सोमबार दिउँसो कर्णाली प्रदेश ०२ ००१ ख ०८५२ नम्बरको बस दुर्घटना हुँदा कम्तीमा पनि २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।


जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एवम् एसपी रुपेश खड्काले दुर्घटनामा दुई जनाको मृत्यु भएको पुष्टि गरे ।

जिल्ला अस्पताल हुम्लामा औषधि अभाव

नेपालगञ्जमा परम्परागत इनारको संरक्षण

आगलागी अपडेट : क्षतिको विवरण संकलन गरिँदै

दमौलीको मुख्यचोकका २० सटरमा भीषण आगलागी

अन्तराष्ट्रिय…

हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति रायसीको निधन
इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएको छ ।

इरान सरकारले हेलिकप्टरमा सवार राष्ट्रपति रायसीसहित विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियानलगायतको निधन भएको छ ।


हेलिकप्टरमा अंगरक्षक, पाइलट, को-पाइलट, सुरक्षा प्रमुख जस्ता अधिकारीहरू पनि सवार रहेको बताइएको छ ।

उद्धार टिमले हेलिकप्टरको पहाडमा ठोक्किएर खसेको अवस्थामा सोमबार बिहान भेटाएको थियो ।

क्विज कालासी र खोडाफरिन बाँधको उद्घाटन गर्न राष्ट्रपति रायसी आइतबार अजरबैजान गएका थिए ।

इरानी राष्ट्रपति रायसीको मृत्युप्रति विश्वका नेताद्वारा शोक व्यक्त

इरानमा पाँच दिनको राष्ट्रिय शोक घोषणा

इरानी राष्ट्रपतिको मृत्यु, अब कसले सम्हाल्छ जिम्मेवारी?

ताइवानको राष्ट्रपतिको रूपमा लाइ चिङ तेहले लिए शपथ

दक्षिण अफ्रिकी पूर्व राष्ट्रपति जुमा चुनावका लागि अयोग्य रहेको अदालतको ठहर

बलात्कारपछि किशोरीलाई इँटाभट्टामा जलाउने दुईजनालाई फासीको सजाय

भारतको छत्तीसगढमा सडक दुर्घटना, १८ मजदुरको मृत्यु

राफाहबाट आठ लाख मानिसहरू विस्थापित

खराब मौसमका कारण श्रीलंकामा दश हजारभन्दा बढी प्रभावित

इन्डोनेसियामा १० औँ विश्व पानी सम्मेलन सुरू

प्रकाशित मिति : ७ जेठ २०८१, सोमबार  ७ : ५९ बजे

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल