एमाले संसदीय दलको बैठकमा सुशासन र विकासबारे प्रधानमन्त्री ओलीको ब्रिफिङ
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको संसदीय दलको बैठकमा सांसदहरूलाई सुशासनबारे ब्रिफिङ गरेका छन् ।उनले सुशासन के हो रु भन्ने विषयमा सांसदहरूलाई प्रकाश पारे ।
‘जतिबेला हामीले सुशासन र विकास भन्ने शब्दलाई सबै कुराले प्रतिनिधित्व गराइराखेका हुन्छौं, त्यतिबेला सुशासनभित्र सामाजिक, शान्ति सुव्यवस्था पर्छ ।’ सांसदहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘स्वच्छ, पारदर्शी तरिका, एउटा जिम्मेवार सरकारको तरिका हो ।’

प्रधानमन्त्री ओलीले सबै नागरिकको अभिभावकको भूमिका सरकारले निर्वाह गर्नुपर्ने बताए । ‘जनताले प्राप्त गर्नुपर्ने सेवा सुविधाहरू जनतालाई उपलब्ध गराउने, यो सुशासनभित्र पर्छ ।सुशासनभित्र लोकतान्त्रिक प्रणाली, लोकतान्त्रिक प्रणालीको मर्यादा, प्रक्रियागत, आचरणगत पक्षहरू, यिनीहरूलाई अगाडि बढाउने कुराहरू पर्छ ।’
प्रधानमन्त्री ओलीले सांसदहरूलाई बिफ्रिङ गर्दै भने, ‘सुशासन र विकास भनेर जब हामी दुईटा मात्रै बकेटमा राख्छौं, त्यतिबेला यी सबै कुरा सुशासनभित्र पर्छन् । विकास मानवीय संशाधनको विकास, शिक्षाको विकास, स्वास्थ्यको विकास, कृषि, पर्यटन, सेवाका क्षेत्रहरूको विकास, व्यापारको विकास यी सबै विकास हुन् । पूर्वाधार, कृषि, सञ्चारका विकास अरु यावत् कुराहरू विकासका क्षेत्र हुन् ।’
पत्रकारलाई प्रधानमन्त्रीको शुभकामना : आवाज नथुनिऊन्, कलम नथाकून्
बीमा बोर्डको भुक्तानी क्षमता बढाउन जनशक्ति थप्ने स्वास्थ्य मन्त्रीको प्रस्ताव स्वीकृत
मुलुकको शासन प्रणाली अत्यन्तै महंगो भयो : एनपी साउद
एनआरएनलाई परराष्ट्रमन्त्रीको आग्रह- एकजुट भएर अगाडि बढ्नू
देशको जिम्मेवारी तरुणको काँधमा छ : शेखर कोइराला
नीति तथा कार्यक्रमले आर्थिक सामाजिक गतिविधि बढाउने छ : उपप्रधानमन्त्री सिंह
आपसी मित्रता, प्रेम र सद्भाव जगाउन आवश्यक : राष्ट्रपति
सरकारको नीति, कार्यक्रमप्रति कांग्रेस सांसदको असन्तुष्टि, बैठकमा भने– हाम्रो नारा खोई ?
नेपाली कांग्रेसका सांसदहरूले सरकारको नीति तथा कार्यक्रमप्रति असन्तुष्टि व्यक्त गरेका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा जारी दलको बैठकमा बोल्ने सांसदहरूले नीति तथा कार्यक्रमप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।
बैठकमा सहभागी एक सांसदका अनुसार केही सांसदहरूले शुक्रबार संसद्मा प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रमका प्रति असन्तुष्टि देखिएको छ । ती सांसदले खबरहबसँग भने, ‘केही माननीयज्यूहरूले सरकारको नीति तथा कार्यक्रमप्रति असन्तोष व्यक्त गर्नुभयो । नीति तथा कार्यक्रमले गठबन्धन भन्ने कुरा बिर्सियो भन्ने उहाँहरूको कुरा छ ।’

बैठकमा सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले कांग्रेसको ‘समुन्नत नेपाली, समृद्ध नेपाल’ नारालाई नीति तथा कार्यक्रममा नसमेटेको प्रति आपत्ति जनाएका छन् । ‘नीति तथा कार्यक्रमले गठबन्धन भन्ने कुरा बिर्सियो भन्न मलाई अनुभूति भएको छ । अब हामी ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारा बोकेर हिँड्ने हो रु,’ एक सांसद्को भनाइ उद्धृत गर्दै ती सांसदले भने ।
केही सांसदहरूले आगामी आर्थिक वर्षका लागि बजेट तर्जुमा गर्दा नीति तथा कार्यक्रमजस्तै भए कांग्रेसलाई गाह्रो हुने पनि धारणा राखेका छन् । ‘बजेट बनाउने विषयमा पनि हाम्रो यस्तै परिस्थिति भयो भने हामीलाई अप्ठ्यारो हुन्छ,’ सांसद सीता गुरुङलाई उद्धृत गर्दै ती सांसद्ले भने, ‘यसमा ध्यान जाओस् भन्ने म अनुरोध गर्न चाहन्छु ।’
कांग्रेस संसदीय दलको बैठकमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
कांग्रेस संसदीय दलको बैठक : सरकारको नीति तथा कार्यक्रमलाई समर्थन, रचनात्मक सुझाव राखिने
नीति तथा कार्यक्रम एमालेमय भयो : जीवन परियार
‘संविधान जारी भएपछि हालसम्म २१४ ऐन बने’
सांसदलाई कांग्रेसको निर्देशन- जिम्मेवारीपूर्वक क्रियाशील रहनू
नीति तथा कार्यक्रम कार्यान्वयन प्रक्रियामा चुक्नु हुँदैन : शेखर कोइराला
माओवादी पुनर्मिलन कार्यक्रम सम्पन्न, एकताको यात्रामा अघि बढ्न प्रचण्डको आह्वान
नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालय, पेरिसडाँडामा आज सम्पन्न माओवादी पुनर्मिलन कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनः माओवादी केन्द्रमा फर्किएका नेताहरूलाई पार्टीमा स्वागत गरेका छन् ।
काठमाडौंको दक्षिणपश्चिम क्षेत्र (किर्तिपुर–थानकोट) आसपास सक्रिय विभिन्न माओवादी पृष्ठभूमिका नेताहरू पुनः माओवादी केन्द्रमा ध्रुविकृत भएका छन्। अध्यक्ष प्रचण्डले कार्यक्रमलाई सम्बोधन गर्दै यो पुनर्मिलनलाई माओवादी आन्दोलनको एकताको दिशामा महत्वपूर्ण कदमको रूपमा व्याख्या गरे ।

‘ध्रुवीकरणमा आउनु भएका मोतिरत्न अमात्यलगायत विभिन्न पार्टीबाट पुनर्मिलनमा आएका सबैलाई म हार्दिक बधाई दिन चाहन्छु। यो सुरुआत हो,’ प्रचण्डले भने। उनले पुनर्मिलनमा सहभागी भएकाहरूको परिचयले यो प्रक्रिया केवल व्यक्तिगत निर्णय नभई आन्दोलनको समग्र एकताको संकेत भएको उल्लेख गरे।
‘तपाईंहरूको यो निर्णयले माओवादी आन्दोलनबाट विभाजित धाराहरूबीच नयाँ वातावरण सिर्जना गर्नेछ,’ भन्दै प्रचण्डले आगामी दिनमा माओवादी शक्तिहरूको ध्रुवीकरण ज्यामितीय रूपमा अगाडि बढ्ने विश्वास व्यक्त गरे।
‘राजनीतिक दलको विचार फरक भए पनि राष्ट्रिय दृष्टिकोण एकै हुनुपर्छ’
कानुनी अनुसन्धानको प्रणाली सुधार्नुपर्छ : न्यायाधीश मल्ल
संविधानको कार्यान्वयनमा प्रेसको भूमिका सराहनीय : प्रचण्ड
‘प्रेस स्वतन्त्रतामा आँच आउन नदिन संसद् चनाखो र सजग छ’
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नेपाली प्रेसको महत्त्वपूर्ण भूमिका : राष्ट्रपति पौडेल
नीति तथा कार्यक्रम : बीमाको आर्थिक संकटसँग जुध्ने प्रयास
विश्व प्रेस स्वतन्त्रता दिवसमा पत्रकारका कार्यक्रम
नेपाल पत्रकार महासङ्घले विभिन्न कार्यक्रम गरी शनिबार विश्व प्रेस स्वतन्त्रता दिवस मनाएको छ ।
प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षा वार्षिक प्रतिवेदन सार्वजनिक कार्यक्रम आयोजना गर्यो । यस्तै प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षा, २०८२ वार्षिक प्रतिवेदन सार्वजनिक कार्यक्रम आयोजना गर्यो ।

देशैभरि पत्रकार महासङ्घका शाखा तथा पत्रकारितासम्बद्ध सङ्घ– संस्थाले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा कार्यक्रम आयोजना गरेका छन् ।
तटबन्ध निर्माण रोक्न प्रजिअलाई ज्ञापनपत्र, अविलम्ब कूटनीतिक पहल गर्न माग
रास्कोटमा ३३ केभिए प्रसारण लाइनको सबस्टेसन बन्दै
करिडोरले फेरिँदै हर्मिचौरवासीको दैनिकी
उपचारका लागि मुम्बई पुगेका अछामका वडासदस्य बेपत्ता
एक महिनामा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक
काठमाडौं महानगरको दोस्रो सीप मेला जेठ पहिलो साता
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै
अस्ट्रेलियाको चुनावमा सत्तारुढ लेबर पार्टी विजयी
अस्ट्रेलियामा आयोजित संसदीय निर्वाचनमा सत्तारुढ लेबर पार्टी विजयी भएको छ । शनिबार आयोजित निर्वाचनमा लेबर पार्टीले स्पष्ट बहुमत प्राप्त गरेको अस्ट्रेलियाको प्रसारक संस्था एबीसीले उल्लेख गरेको छ ।
एबीसीका अनुसार लेबर पार्टीले ८५ सिट जित्ने अपेक्षा गरिएको छ । यस निर्वाचनमा विपक्षी नेशनल र लिबरल पार्टीको गठबन्धनले पराजय भोगेको छ ।

गठबन्धनका नेता पिटर डुटन आफैँ पराजित भएका छन् । ब्रिस्बेनको सिटमा उनलाई लेबर पार्टीकी एली फ्रान्सले पराजित गरेकी हुन् । डुटनले निर्वाचनमा भोगेको पराजय स्वीकार गर्दै प्रधानमन्त्री एन्थोनी अल्बानिजलाई बधाइ दिएका छन् ।
भारत र अमेरिकाबीच व्यापार वार्ता सकारात्मक : अर्थमन्त्री बेसेन्ट
भारत र पाकिस्तानको सिमानामा रहेका बासिन्दा फिर्ता
आतंककारी आक्रमणपछि पनि पहलगाममा पर्यटकको चहलपहल
थाइल्यान्डमा आक्रमणकारीले गोली चलाउँदा तीन जनाको मृत्यु
चीनमा लोकतन्त्रको समर्थनमा ब्यानर प्रदर्शन गर्ने पक्राउ
अस्ट्रेलियामा निर्वाचन हुँदै, अमेरिकी कर नीति प्रभाव चर्चामा
गोवाको एक मन्दिरमा भागदौड मच्चिँदा छ जनाको मृत्यु
प्रतिक्रिया