साप्ताहिक ब्रिफिङ : पाकिस्तानसँग तनाव कायमै रहँदा भारतको पक्षमा नेपाल, नीति तथा कार्यक्रमको आलोचना र एमालेको ह्विप | Khabarhub Khabarhub

साप्ताहिक ब्रिफिङ : पाकिस्तानसँग तनाव कायमै रहँदा भारतको पक्षमा नेपाल, नीति तथा कार्यक्रमको आलोचना र एमालेको ह्विप


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 7 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आदरणीय पाठकवृन्द ! खबरहब डटकमले हरेक शुक्रबार एक साताका मुख्य घटनालाई समेटेर साप्ताहिक ब्रिफिङ पस्कन सुरु गरेको छ ।

माओवादीकै पदाधिकारी विभाजित : देव गुरूङले भारतको विरोध गर्दा, समर्थनमा उभिए जनार्दन

नेपालका दुई छिमेकी मुलुकबीचको कलहका बाछिटा यहाँका राजनीतिक दलहरूमा पनि देखिन थालेको छ ।

जनस्तरमै भारत र पाकिस्तानको पक्षमा मत अभिव्यक्त गर्ने क्रम बढिरहेका बेला प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रमा दुई छिमेकीको विवादमा मत बाझेको हो ।

माओवादीभित्रै दुईजना पदाधिकारी एकजना भारतको पक्षमा उभिँदा अर्काले पाकिस्तानमाथि मंगलबार राति भएको हवाई आक्रमणको विरोध गरेका छ्न ।

प्रधानमन्त्रीसँग भारतीय राजदूतको भेट

गभर्नर नियुक्तिका विषयमा सत्तारुढ दलभित्र कुनै मतभेद छैन : महेश बर्तौला

कर्णाली सरकारले गर्‍यो तीन महत्वपूर्ण निर्णय

बालाजु पौडी पोखरीमा पानीको गुणस्तर सुनिश्चित गरेर खुला गर्न कामपाको निर्देशन

‘गभर्नर नियुक्ति ओलीका कारण अल्झिएको होइन, कांग्रेसलाई दिने सहमति भइसकेको छ’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा ढिलाइ नभएको बताएका छन् ।

आज पार्टीको आर्थिक नीति तथा योजना विभागले पार्टी कार्यालय सानेपामा गरेको ‘विद्यमान आर्थिक परिवेशमा बजेटले समेट्नु पर्ने नीति’ विषयक संवाद गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हु्न् ।

‘केपी ओलीसँग हाम्रो गठबन्धन छ । उहाँले गठबन्धनमा कुनै समस्या क्रियट गर्नुभएको छैन । यहाँ राष्ट्र बैंकको गभर्नरबारे कुरा उठाउनुभयो । त्यसमा उहाँले ल्याउनुभएको समस्या होइन’, उनले भने, ‘त्यहाँ राष्ट्र बैंकभित्रै आन्तरिक समस्या आएर ढिला भएको हो । हामीले भनेको उम्मेदवारलाई गाह्रो भइरहेको छ । तर हामीले त्यो गर्छौँ । उहाँ (केपी ओली) कांग्रेसलाई गभर्नर दिने पक्षमा हुनुहुन्छ । यसमा दुई मत छैन । उहाँले त्यसमा सहयोग गर्नुभएको छ ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले गभर्नर नियुक्तिमा कांग्रेस–एमालेबीच मतैक्यता नरहेको बताउ । उनले अहिले सत्ता गठबन्धनमा पनि कुनै समस्या नरहेको पनि स्पष्टीकरण दिए ।

टिकट नपाएपछि एमाले प्रवेश गरेका बोहरा कांग्रेसमै फर्किए

संघीय लोकतान्त्रिक मोर्चाको निर्णय : पहलगाम हमलाको निन्दा, रेशम चौधरी गिरफ्तारीको विरोध

भारत–पाकिस्तान तनाव : नेपाल भारतको पक्षमा उभियो

भारत–पाकिस्तानबीच जारी तनावमा नेपालले भारतप्रति ऐक्यबद्धता जनाएको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै आंतकवादविरुद्धको लडाइँमा नेपाल भारतको साथमा रहेको जनाएको छ ।

भातरको पहलगाममा गत २२ अप्रिलका दिन एक जना नेपाली नागरिकको समेत ज्यान जानेगरी भएको आतंककारी आक्रमणसँगै भारत र पाकिस्तानबीच जारी तनावप्रति सरकारले गहिरो चिन्ता व्यक्त गरेको छ । यस दुःखद घडिमा नेपाल भारतको साथमा रहेको सरकारको भनाइ छ ।

नेपाल सबै किसिमका आतंकवादको विपक्षमा रहेको उल्लेख गर्दै सरकारले उक्त आक्रमणको पनि तत्काल र स्पष्टसँग निन्दा गरेको स्मरण गरेको छ । नेपाल सबै किसिमका आतंकवादविरुद्ध लड्न सदैव तत्पर रहेको पनि सरकारले जनाएको छ ।

‘पाकिस्तानमा रहेका नेपालीको सुरक्षाका लागि सरकार सचेत छ’

भारत–पाकिस्तान युद्धले नेपालको बजार र भान्छामा कस्तो असर पर्ला ?

नीति तथा कार्यक्रम पास गर्न एमालेले लगायो ह्विप

नीति कार्यक्रमभित्र सत्तापक्षले देखेको आशा, प्रतिपक्षको निराशा

सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२/८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रतिनिधिसभामा जारी छ । नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा आज भएको छलफलमा सत्तापक्षका सांसदले समर्थन र विपक्षी सांसदले आलोचना गरेका छन् ।

सत्ता साझेदार दलका सांसदले प्रस्तुत नीति तथा कार्यक्रमले जनतामा आशा जगाएको, विकासको ढाँचा र संस्कृति बदल्ने सङ्कल्प लिएको, समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा हासिल गर्ने दिशातर्फ उन्मुख रहेको बताए ।

सरकारलाई पनि व्यवस्था अनिश्चित छ भन्ने लागिसक्यो : अध्यक्ष लिङ्देन

विपक्षी विचारलाई आतङ्कित पार्ने भन्दा गणतन्त्रप्रति आशा जगाउने काम गर्न सरकारलाई राजेन्द्र लिङ्देनको सुझाव

लोकतान्त्रिक पद्धतिको अवलम्बन गरेर नीति तथा कार्यक्रम परिमार्जन गर्नुपर्छ : सांसद शर्मा

राजावादीलाई एमाले सांसदले भने- राजसंस्था फर्काउने भनेर समयको बर्बाद नगर्नुहोस्

जनमतसँग छिटै पार्टी एकता हुन्छ : रञ्जिता श्रेष्ठ

भारत र पाकिस्तानका नेपालीको आवश्यक सुरक्षा अपनाउन सभामुखको ध्यानाकर्षण

रेशमबारे गृहमन्त्रीको जवाफ- अदालतको पत्रअनुसार पक्राउ गरिएको हो, पूर्वाग्रह राखिएको छैन
गृहमन्त्री रमेश लेखकले नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरी पक्राउ प्रकरणमा सरकारले पूर्वाग्रह नराखेको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभामा उठेका प्रश्नहरुको जवाफ दिँदै उनले यसअघि अदालतबाट भएको पत्राचारको कार्यान्वयन गरेझैँ उक्त दिन पनि पत्र पाप्त भएपछि चौधरीलाई पक्राउ गरिएको उनले बताए ।

‘यसअघि सम्मानित अदालतबाट हुनेगरेको पत्राचारलाई प्रहरी प्रशासनले तत्काल कार्यान्वयन गरेझैँ यस घटनामा पनि सही नियतले कानुन कार्यान्वयन गर्ने मनशायबाहेक कुनै पूर्वाग्रह नरहेको अनुरोध गर्न चाहन्छु’, उनले भने, ‘भविष्यमा यस्ता घटना नदोहोरिनेतर्फ सबैलाई सजग र सचेत बनाएको निवेदन गर्न चाहन्छु ।’

वामपन्थी नेता प्रदीप नेपालको निधन 

गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : अध्यक्ष केसी

पोखराबाट अरु सहरमा पनि हवाई उडान गर्नेबारे छलफल

वर्षमान र अग्निलाई साथमा राखेर वार्तामा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच अहिले सिंहदरबारमा छलफल भइरहेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दलका नेतासँग संवाद गरेका हुन् ।

ओलीले प्रमुख प्रतिपक्षी दलका नेता दाहालसँग सङ्क्रमणकालीन न्यायमा केन्द्रित रहेर छलफल गरिरहेको उनको सचिवालयले जनाएको छ । उक्त छलफलमा समसामयिक विषयमा पनि कुरा भइरहेको बताइएको छ ।

यो छलफलबारे प्रचण्डको सचिवालयले पनि पुष्टि गरेको छ । यो छलफलमा प्रमुख सत्तारूढ नेपाली कांग्रेस सहभागी छैन ।

कांग्रेसलाई बाइपास गरेर ओलीले किन भेटे प्रचण्ड ?

मनाइयो कानुन दिवस : छिटो–छरितो न्याय प्रदान गर्न जोड

विसं २००९ वैशाख २६ गतेदेखि लागू भएको नेपाल प्रधान न्यायालय ऐन, २००८ ले स्वतन्त्र न्यायपालिकाको स्थापनाका अवसरमा आज ७३औँ कानुन दिवस मनाइएको छ ।

सर्वोच्च अदालतद्वारा ‘कानुन दिवस- २०८२’ का अवसरमा आयोजना गरेको चियापान समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल उपस्थित भएका थिए ।

लोकतन्त्रको संरक्षण एवं न्यायपूर्ण समाज निर्माणमा न्याय र कानुन जगतको दायित्व : राष्ट्रपति 

राजसंस्था पुनर्स्थापनाको माग गर्दै राजावादीको मोटरसाइकल र्‍याली (तस्बिरहरू)

संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यसहित बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाको माग गर्दै राजावादीले मोटरसाइकल र्‍यालीको आयोजना गरेका छन् ।

शुक्रबार राधानीमा आयोजित र्‍यालीमा राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका प्रकाशचन्द्र लोहनीलगायत सहभागी थिए ।

सातौँ पटक म्याद थप्न रवीन्द्र मिश्रलाई लगियो अदालत

आरआर क्याम्पसमा तोडफोड गरेको आरोपमा नेविसंघका १८ जनाविरुद्ध पक्राउ पुर्जी जारी

रातो मच्छिन्द्रनाथको रथबाट खसालियो नरिवल (तस्बिरहरू)

रातो मच्छिन्द्रनाथ रथ जात्राअन्तर्गत शुक्रबार ललितपुरको लगनखेलस्थीत थतिटोलमा नरिवल खसाल्ने जात्रा सम्पन्न भएको छ ।

मच्छिन्द्रनाथको रथ लगनखेल पुगेको केहि दिनपछि रथ निर्मातामध्ये ज्येष्ठ व्यक्तिले रथको टुप्पोमा पुगेर नरिवल खसाल्ने चलन छ । रथलाई तान्दै लगनखेल पुर्‍याएपछि खुसियालीमा रथको माथिबाट नरिवल खसाल्न थालिएको मान्यता रहिआएको छ ।

नरिवल खसाल्ने दिनलाई पाटनवासीले उत्सवको रूपमा लिन्छन् । किंवदन्ती अनुसार रथमाथिबाट खसालिएको नरिवलसमात्ने व्यक्तिको पहिलो सन्तानको रूपमा छोरा जन्मिन्छ भन्ने मान्यता छ ।

शंकै शंकाले झगडा बढ्दा सेनाका जवानले जंगलमा बोलाएर लिए पत्नीको ज्यान
विवाहपछि एक अर्काबीचको शंका बढ्दा ज्यानै जानेसम्मको गम्भीर अपराध भएको छ दम्पतीबीच आंशकाका कारण श्रीमानले श्रीमतीको हत्या गरेका छन् । सुर्खेतको भेरीगंगा नगरपालिका–१२ छिन्चुनजिकै २६ वर्षीया प्रेमा ओली खत्रीको हत्या उनैकै श्रीमानले गरेको प्रहरीले जनाएको छ ।

गत शनिबार नेपाली सेनाको वीरदल गण पाँचथरमा कार्यरत २८ वर्षीय प्रेमाका श्रीमान् दर्शन खत्रीले गरेको प्रहरीले जनाएको छ । शनिबार साँझ भेरीगंगा नगरपालिका–१२ छिन्चुमा प्रेमाका श्रीमानले पठाएका सामान लिन जान्छिन् । खत्रीले प्रेमालाई सामान साथीमार्फत् पठाएको छिन्चु आएर लैजान खबर पठाउँछन् ।

प्रेमा घरबाट छिन्चु जाने भन्दै छोरीलाई माइत छाडेर हिँडेकी थिइन् । उनीहरूको विवाह सात वर्षअघि भएको भए पनि पाँच वर्षदेखि उनीहरूको सम्बन्ध राम्रो थिएन ।

ताप्लेजुङपछि पर्वतमा एमालेनिकट युवा संघका कार्यकर्ताबीच टाउको फोडाफोड
सत्तारूढ नेकपा एमालेमा अहिले अध्यक्ष केपी शर्मा ओलीकै एकछत्र राज छ । एमालेमा अहिले उनीबाहेक अरू कसैको गुट छैन ।

तर, ओलीकै एकछात्र राज हुँदा पनि जिल्ला जिल्लामा एमाले र भ्रातृसंगठनका कार्यकर्ताबीच टाउको फोडाफोड हुन थालेको छ।

मंगलबार मात्रै एमाले धनुषाको अधिवेशनमा रघुवीर महासेठ र उमाशंकर अरगरियाको गुटबीच कुटाकुट भएको थियो । नेतृत्व हत्याउन भएको होडबाजीका क्रममा धनुषाको अधिवेशनस्थलमै दुई पक्ष भिड्दा केही घाइते भएका थिए ।

धनुषा प्रकरण सेलाउन नपाउँदै एमाले पर्वतको पार्टी कार्यालयमै भ्रातृसंगठन युवा सङ्घ नेपालका कार्यकर्ताबीच कुटाकुट भएको छ ।

वडाध्यक्षले अधिकृतलाई हात हालेपछि पोखरा महानगरमा काम ठप्प 

हर्क साम्पाङको अभिव्यक्तिविरुद्ध धरान हङकङ मञ्च, संस्थाको मानमर्दन भएको भन्दै खबरदारी

रोजगार भिसामा हङकङ बोलाइएको भन्दै बिच्किएका धरानका मेयर हर्कराज राई (साम्पाङ) ले धरान हङकङ मञ्चविरुद्ध फेसबुकमा जथाभावी लेखे । कुरोको चुरो नबुझी फेसबुकमा मञ्चविरुद्ध विषवमन गरेका साम्पाङलाई धरान हङकङ मञ्चले खबरदारी गरेको छ । प्रेस विज्ञप्ति जारी गर्दै मञ्चले विभिन्न लान्छना र आरोपहरू लगाई संस्थाको मानमर्दन गरेको भन्दै सचेत गराएको हो ।

धरानमा निर्माण हुने भनिएको सुम्निमा–पारुहाङ प्रतिमाका लागि आर्थिक सहयोग जुटाउन हङकङ आउने तयारीमा थिए मेयर राई । उनको हङकङ भ्रमण र कार्यक्रम तालिका ४ ‘मे’ देखि ९ ‘मे’ सम्म थियो । उनको भिसा स्वीकृत पनि भयो । तर इम्प्लोइमेन्ट (रोजगार) भिसामा स्टाम्प लागेको देखेपछि मेयर राईले अपमान महसुस गर्दै मञ्चविरुद्ध सामाजिक सञ्जालमा एकपछि अर्को स्टाटस ठोके ।

किरात राई यायोक्खा हङकङ, नेपाल फेस्टको आयोजक संस्था एस अफ स्प्याड्स इन्टरटेन्मेन्ट र धरान हङकङ मञ्चका निम्तोमा मेयर राई हङकङ आउँदै थिए । तर रोजगार भिसामा स्ट्याम्प लागेको देखिपछि मेयर राईले धरान हङकङ मञ्चविरुद्ध जथाभावी लेखेका हुन् ।

विदेश सचिवको ब्रिफिङ : भारतको आक्रमण पाकिस्तानी सेना, संरचना र सर्वसाधारणविरुद्ध होइन

भारतीय विदेश सचिव विक्रम मिस्रीले भारतले आतंकवाद विरुद्ध जारी राखेको ‘अपरेशन सिन्दूर’ पाकिस्तानविरुद्ध नरहेको प्रष्ट पारेका छन् । उनले भारतीय कर्णेल कुरैशी र विङ्ग कमाण्डर सिंहले उपलब्ध गराएको जानकारी सम्बन्धी नयाँ अद्यावधिकसहितको जानकारीका आधारमा वक्तव्य जारी गरेका छन् ।

नेपालस्थित भारतीय राजदूतावासको आधिकारिक ‘एक्स ह्याण्डल’ मार्फत् वक्तव्य जारी गर्दै विदेश सचिव मिस्रीले पाकिस्तानी सेना, सैनिक संरचना र सर्वसाधारणलाई आक्रमण नगरी आतंकवादीहरूको ठेगानामा मात्र पहिचानसहित हमला गरिएको वक्तव्यमा उल्लेख गरेका छन् ।

रफायल लडाकु विमानसँगै भारतको अभिमान पनि ध्वस्त : पाकिस्तान

पाकिस्तानसँग तनाव : भारतका एयरपोर्टमा सुरक्षा कडा, उडानभन्दा तीन घण्टा पहिले पुग्नुपर्ने

भारतमा समाचार पोर्टल ‘द वायर’ बन्द

पाकिस्तानसँग तनाव बढ्दै जाँदा भारतका २४ विमानस्थलमा उडान स्थगित

नयाँ पोप चुनिए लियो : अमेरिकी नागरिक पोप बन्दा ट्रम्प खुशी

चीन–रसिया सहकार्यले अन्तर्राष्ट्रिय न्यायको रक्षा गर्छ : चीन

भारतसँग सेल्फ डिफेन्समा केन्द्रित पाकिस्तान

सम्पत्तिको ९९ प्रतिशत दान गर्ने बिल गेट्सको चाहना

पाकिस्तानसँग तनाव : भारतका एयरपोर्टमा सुरक्षा कडा, उडानभन्दा तीन घण्टा पहिले पुग्नुपर्ने

भारत र पाकिस्तानको तनाव रोक्न ट्रम्प तयार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान बीचको तनाव रोक्नका लागि सहयोग गर्न आफू तयार रहेको बताएका छन्। बुधबार ओभल अफिसमा ट्रम्पले सो कुरा बताएका हुन्।

यसैबीच अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले पनि दक्षिण एसियामा आएको यो संकटपूर्ण अवस्थाको समाधान गर्नका लागि दुवै पक्षसँग वार्ता भइरहेको जनाएका छन्।

पाकिस्तानकी चर्चित महिला शिक्षा अभियन्ता माला युु्फजाईले पनि युद्ध दुवै देशका लागि हानिकारक भएकाले शान्तिको प्रयास गर्नु जरुरी भएको प्रतिक्रिया दिएकी छिन्।

एक दिन अघि भारतले पाकिस्तानमा प्रहार गरेको हवाई आक्रमणमा ३१ जनाको ज्यान गएको छ। पाकिस्तानको पक्षबाट भएको गोला बारुद बाट पनि काश्मीरमा १५ जनाको ज्यान गइसकेको छ।

फ्रान्सेली स्रोतको दाबी : पाकिस्तानले भारतको ‘कम्तीमा एउटा’ रफायल खसाल्यो

भारतीय आक्रमणको जवाफ दिन चिनियाँ हतियारको प्रयोग गरेको पाकिस्तानी विदेशमन्त्रीको दाबी

भारतको आरोप- पाकिस्तानको विश्वास गर्न सकिँदैन

युद्धले भारत र पाकिस्तानको शेयर बजारमा पहिरो, मुद्रामा देखियो असर

भारतविरुद्ध संयम रहेको बताउँदै पाकिस्तानले भन्यो- आक्रमण घोषित रूपमै हुन्छ

भारत–पाकिस्तान युद्धमा संलग्न नहुने अमेरिकाको भनाइ

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  ८ : २३ बजे

जस्टिस समिट २०२५ : जातीय विभेद अन्त्यका लागि कानुन कार्यान्वयनमा जोड

काठमाडौं – जातीय छुवाछुत र विभेद अन्त्यका लागि प्रभावकारी कानुनी

पौडी खेल्ने क्रममा वेपत्ता व्यक्तिको शव गोताखोरले निकाल्यो

गोरखा – गोरखा नगरपालिका–१० छेबेटारस्थित दरौदी नदिमा पौडि खेल्ने क्रममा

फिरोजपुरमा पाकिस्तानी ड्रोन आक्रमण, तीन जना घाइते

काठमाडौं – पाकिस्तानले गरेको ड्रोन आक्रमणमा भारतको फिरोजपुरमा तीन जना

भारतीय सेनाले भन्यो : बिहीबार पाकिस्तानले ४०० ड्रोन हान्यो

नयाँ दिल्ली – भारतीय सेनाले बिहीबार राति पाकिस्तानले भारतका विभिन्न

अमृतसर र फिरोजपुरमा ठूलो विस्फोटको आवाज, जम्मूमा गोलाबारी

काठमाडौं – भारत र पाकिस्तानबीच आज पनि गोलबारी जारी छ