आजका समाचार : जसपाको निर्णयले सरकारलाई तनाव, ससंदमा सत्ता- प्रतिपक्ष गलफत्ती र दिनदिनै ट्रम्पको चेतावनी  | Khabarhub Khabarhub

आजका समाचार : जसपाको निर्णयले सरकारलाई तनाव, ससंदमा सत्ता- प्रतिपक्ष गलफत्ती र दिनदिनै ट्रम्पको चेतावनी 


२९ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


513
Shares
  • change font
  • change font
  • change font

रुग्ण उद्योग पुनः सञ्चालनका लागि ठोस प्रस्ताव ल्याउन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले रुग्ण उद्योगहरू साझेदारीको ढाँचामा पुनः सञ्चालनका लागि ठोस प्रस्ताव ल्याउन निजी क्षेत्रलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार सम्पन्न उद्योग–वाणिज्य प्रवर्द्धन संवाद परिषद्को बैठकमा प्रधानमन्त्री ओलीले सरकार र निजी क्षेत्रको साझेदारीको ढाँचामा जान सरकार तयार रहेकाले पुनः सञ्चालनका लागि ठोस प्रस्ताव भएमा यथाशीघ्र ल्याउन आग्रह गरेका हुन् ।

उनले मुलुकमा कानुनहरू सम्बन्धित क्षेत्रको सहजीकरण र आवश्यकताका लागि निर्माण र संशोधन गरिने जनाउँदै आर्थिक समृद्धिका लागि सरकार निजी क्षेत्रलाई के सहयोग गर्न आवश्यक पर्छ, त्यो गर्न तयार रहेको बताए ।

एचपीभी खोप अभियान उत्साहका साथ सञ्चालन भयो : प्रधानमन्त्री

सामाजिक सञ्जाल विधेयकका प्रावधानमाथि शिक्षा समितिको ध्यानाकर्षण

पाथीभरा–मुक्कुमलुङ केवलकार विवाद वार्ताबाट समाधान गरिने छ : गृहमन्त्री

भूमिसम्बन्धी अध्यादेशमा जसपाको अड्कोपछि प्रधानमन्त्रीले बोलाए संयन्त्रको बैठक

सुदूरपश्चिमका सांसदलाई सरकारी बजेटबाट आधा करोडका ल्यापटप

सिमेन्टमा भएको मूल्यवृद्धिबारे अध्ययन हुनेछ : मन्त्री भण्डारी

भूमिसम्बन्धी अध्यादेशबारे उपेन्द्रले भने- मुलुकमा अर्को द्वन्द्व सुरु हुन्छ, सरकारी जग्गा व्यक्तिलाई दिन मिल्दैन

भ्रष्टाचारसम्बन्धी विधेयक संसद्‍बाट हटाइएपछि प्रतिपक्षीले घेरे सरकारलाई
संघीय संसद्का विपक्षी दलहरूले प्रतिनिधि सभाको कार्यसूचीबाट भ्रष्टाचार निवारण ऐनसम्बन्धी संशोधन विधेयकलाई हटाइएकोमा विरोध जनाएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले भ्रष्टाचारसम्बन्धी विधेयकलाई कार्यसूचीबाट हटाउने काम भएको भन्दै विरोध जनाएका हुन् ।

माओवादी प्रमुख सचेतक हितराज पाण्डेले सरकारको आग्रहमा संसद्‍बाट विधेयक हटाइएको भन्दै आक्रोश पोखेका छन् ।

सरकारले संसद्लाई अवहेलना गरिरहेको बताउँदै उनले जनताका प्रतिनिधिहरूको आवाजलाई ठीक ढंगले सुन्न नचाहेको आरोप पनि लगाए ।

मा‌ओवादी र रास्वपाको विरोधपछि संसद् १५ मिनेटलाई स्थगित

जसपाले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने, हटेन सरकारको अप्ठेरो

सरकारलाई ज्ञानेन्द्र शाहीको चेतावनी-कसैको बालहठमा देश चल्दैन

संसदमा उठ्यो स्वर्गद्वारी आश्रमको विषय, मोही किसानलाई न्याय दिन माग

गोकुल बास्कोटाको गुनासो- चार प्रधानमन्त्री फेरिए, चार किमि सडक बनेन, जनताले ढुंगा हान्न लागे

छलफल नगरी अध्यादेश ल्याएकाले अघि बढाउन समस्या भयो : जनार्दन शर्मा

रविको आलोचनामा रामहरिले खर्चिएको त्यो दुई मिनेट‘

रास्वपाको टिप्पणी- प्रेमिल जोडीलाई पक्राउ गर्न गृहको ‘भिजिबिलिटी’ मुम्बई पुग्यो

विपीन जोशी रिहाइका लागि भइरहेको प्रयासबारे सदनलाई जानकारी गराउन माग

सरकारले संसद्को अवहेलना गर्‍यो : हितराज पाण्डे

प्रचण्ड भन्छन्-माधवजी र विप्लवजीसँग पार्टी एकताको कुरा चलेको छ

पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ बीचमा पार्टी एकताका कुरा भइरहेको बताएका छन् ।

प्रेस सेन्टर कर्णाली प्रदेशले सुर्खेतमा आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टी एकताका लागि नै समाजवादी मोर्चा बनेको बताएका हुन् ।

पार्टी एकताका लागि नै समाजवादी मोर्चा बनेको प्रचण्डले बताए ।‘पार्टी एकताका लागि नै समाजवादी मोर्चा बनेको हो,’ उनले भने,‘समाजवादी मोर्चाका विश्वासको वातावरण बनाएर पार्टी एकतामा जाने योजना रहेको छ ।’

पक्षमा काम गरेको छैन,’ उनले भने,‘सरकारले अहिले भ्रष्टहरूलाई बचाउने काम गरिरहेको छ ।’

एमाले सांसद रेखालाई मुद्दा नचलाएपछि बालेनले घरेलु श्रमिक किशोरीलाई भने, ‘सरी नानु’

नेपालमा झन्‌ बढ्यो भ्रष्टाचार, १०७औं स्थानमा झर्‍यो

नयाँ शक्तिका केन्द्रीय सदस्य माओवादी केन्द्रमा प्रवेश

राजदूत वलीलाई गणतन्त्र लाओको पनि जिम्मेवारी

काठमाडौंलाई सम्पदा सफाइ सिकाइरहेको एक संस्था

सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक डेनमार्क र बढी हुने साउथ सुडान

मुख्यमन्त्री आचार्यद्वारा प्रादेशिक अस्पतालको भवन अनुगमन
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रादेशिक अस्पतालको निर्माणाधीन भवनको अनुगमन गरेका छन् ।

मुख्यमन्त्री आचार्यले भवन अनुगमन गर्दै आज कामको प्रगतिबारे जानकारी लिए।

‘यो प्रदेशको गौरवको आयोजना हो । प्रदेशले यसलाई उच्च प्राथमिकतामा राखेको छ, यसले समग्र प्रदेशको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउनेछ’, उनले भने, ‘कुनै पनि अवस्थामा काममा समस्या नआओस् ।’

प्रदेश सरकारले चालु आर्थिक वर्षमा सो भवन निर्माण गर्न रु एक अर्ब ८० करोड विनियोजन गरेको छ । अनुगमनका क्रममा मुख्यमन्त्री आचार्यले काम सन्तोषजनक देखिएको बताए। उनले यही आवमा २८ प्रतिशतसम्म काम सम्पन्न गर्ने जानकारी प्राप्त भएको बताए।

कञ्चनपुरमा ८ किलो चरेससहित दुई जना पक्राउ

एचपीभी खोप अभियान : १० लाख किशोरीले लगाए खोप

पर्सामा भारतीय नागरिकको शव भेटियो, हत्याको आशंका

गोसाइँकुण्डमा जमेको पानीमाथि हिँड्न प्रतिबन्ध

पत्रकार सिंहमाथि आक्रमण, संलग्नलाई कारबाहीको माग

चोरीको मोबाइलले विवाद हुँदा कुटाकुट, २३ वर्षीय युवकले गुमाए ज्यान

अफगानिस्तानमा आत्मघाती बम विस्फोट, पाँच जनाको मृत्यु
उत्तरी अफगानिस्तानको एउटा बैंक बाहिर मंगलबार भएको विस्फोटमा एक आत्मघाती बम हमलामा तालिबान सुरक्षा बलसहित पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुन्दुज प्रान्तको राजधानी कुन्दुज सहरमा एक बैंकबाट तलब लिन पर्खिरहेका मानिसहरूको लाइनलाई लक्षित गरी भएको आक्रमणमा सात जना घाइतेसमेत भएका छन् ।

‘घरेलु विस्फोटक उपकरणहरू बोकेका एक आत्मघाती बम विस्फोटकले आफैँलाई विस्फोट गरायो’, कुन्दुज प्रान्तका प्रहरी प्रवक्ता जुमादिन खाक्सरले भने, ‘कुन्दुज प्रान्त प्रहरी कमान्डले घटनाका दोषीहरूलाई पत्ता लगाउन र न्यायको कठघरामा ल्याउन सम्बन्धित संस्थाहरूसँग काम गरिरहेको छ ।’

उनले मृतकहरूमा सर्वसाधारण, सरकारी कर्मचारी र तालिबान सुरक्षा बलका सदस्यहरू रहेको जनाकारी दिए।

भारतले आफ्नै भाषा मोडेल निर्माण गरिरहेको छ : मोदी

बाल क्यान्सरको निःशुल्क औषधीको योजना सार्वजनिक

हमासलाई ट्रम्पले दिए युद्ध विराम भंग गर्ने चेतावनी

च्याट जिपीटी खरिदका लागि मस्कको चासो : ९७.४ अर्ब डलरको प्रस्ताव

प्यालेस्टाइनीलाई स्वीकार नगरे सहयोग रोक्ने ट्रम्पको चेतावनी

बन्दी रिहाइको प्रक्रिया रोक्ने हमासको चेतावनी

ट्रम्पको चेतावनीले गाजा युद्धविरामलाई थप जटिल बनाउँछ : हमास

अमेरिकामा फेरी ठोक्किए दुई विमान

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  ८ : ०१ बजे

भारत अर्को विश्वव्यापी एआई शिखर सम्मेलन आयोजना गर्न तयार : मोदी

पेरिस – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) फाउन्डेसन

खुकुरी प्रहार गरी दुई जनाको हत्या, आरोपित व्यक्तिको शव भेटियो

रूकुम पश्चिम – रूकुम पूर्वको भूमे गाउँपालिका–४ को साकिममा आठ

पश्चिम नवलपरासीमा वर्षौंदेखि ५० खानेपानी योजना अधुरै

नवलपरासी – पश्चिम नवलपरासीमा वर्षौंदेखि निर्माण सुरु भएका ५० वटा

सामाजिक सञ्जालसम्बन्धी विधेयक जसरी पनि पास गर्छौं : मन्त्री गुरूङ

काठमाडौं – सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सामाजिक सञ्जाल नियमनसम्बन्धी

माओवादी केन्द्रलाई सरकारमा जाने हतार छैन : दीननाथ शर्मा

कास्की – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सचिव एवं गण्डकी