ईश्वर पोखरेललाई ओलीले भने- करकाप र पूर्वसर्त राख्नेहरूसँग सहमति हुँदैन
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११ औँ महाधिवेशन करकापपूर्ण सहमतिको प्रयास नहुने बताएका छन् ।
प्रेस चौतारी नेपालले बिहीबार काठमाडौंमा सम्पादकहरूसँग गरेको संवाद कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भरसक सहमतिबाट नेतृत्व चयन गरिने बताए ।

यदि सहमति हुन नसके करकाप नगरिने पनि उनले बताएका छन् । सहमति नभए स्वच्छ प्रतिष्पर्धा हुने जवाफ ओलीले दिएका छन् ।
उनले प्रतिनिधिहरूले विश्वास गरेमा अध्यक्ष पद निरन्तर हुने स्पष्ट पारे । एमालेविरुद्ध करौँती जस्तो नीति बनाइएको बताउँदै उनले सहमति हुँदा पनि लोकतान्त्रिक अभ्यास रोकेको आरोप लाग्ने र मतदानमा जाँदा पनि भाँडभैलो भयो भन्ने आरोप लाग्ने गरेको सुनाए।
‘एमालेले हेडलाइन बनाउन कुनै कुकुरको खुट्टा टोक्न जाँदैन’
ईश्वर पोखरेललई ओलीको जवाफ : उपाध्यक्षज्यूलाई किन सन्चो भएन उहाँलाई नै सोध्नुपर्छ
ओलीको चुनौती : १४१ वटा पार्टी मिलेर कांग्रेस-एमालेसँग लड्न आए हुन्छ
ओलीको टिप्पणी : जेन-जीहरू र सरकारबीचको सम्झौता कलाविहीन नाटक, मान्यता दिँदैनौँ
प्रचण्डलाई हराएका केसीको निर्णयले देउवालाई नैतिक चुनौती
महेश बस्नेतको दाबी : ओलीलाई पक्राउका लागि पूर्वराष्ट्रपतिले प्रधानमन्त्रीसँग मिलेर षड्यन्त्र गरिन्
देउवासँग मंसिर १९ को भेटबारे ओली : परिणामहरू बिस्तारै आउने छन्
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर १९ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग महाराजगञ्जमा भएको भेटका परिणामहरू बिस्तारै आउने बताएका छन् ।
बिहीबार काठमाडौंमा सम्पादकहरूसँग आयोजित अन्तरक्रियाका क्रममा उनले देउवा निवास महाराजगञ्जमा भएको डेढ घण्टा लामो भेटका परिणामहरू आउँदै जने बताएका हुन् ।

‘संसद् पुनःस्थापनालगायत राष्ट्रिय राजनीतिका समसामयिक विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको भेटमा संवाद भएको थियो’, उनले भने, ‘त्यसको परिणाम क्रमशः आउने छन् ।’
ओली र देउवाबीच भदौ २३ र २४ गतेको जेन(जी आन्दोलनपछि पहिलो पटक प्रत्यक्ष भेटवार्ता भएको थियो । उक्त भेटको दुई दिनपछि मंसिर २१ गते कांग्रेस संसद् पुनर्स्थापनको मागसहित सर्वोच्च अदालतमा गइसकेको छ। कांग्रेसको उक्त रिटमा पुस २ गते सुनुवाइ हुँदैछ ।
जेन-जीका नाममा जलाइएको संसद् भवन पुगिन् पूर्वराष्ट्रपति (तस्बिरहरू)
जलेको संसद् भवन पुगेर पूर्वराष्ट्रपति भण्डारीले भनिन्- दुख लाग्यो
एमाले महाधिवेशन : सल्लाघारीमा उद्घाटन कार्यक्रमको तयारी धमाधम (तस्बिरहरू)
जसपा नेपालले केन्द्रीय नेतालाई निर्वाचन केन्द्रित गर्दै
प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र
प्रधानमन्त्री सुशीला कार्कीसमक्ष जय मातृभूमि पार्टीको एक प्रतिनिधिमण्डलले भेट गरी आज ज्ञापनपत्र बुझाएको छ ।
उक्त पार्टीले केवल चुनावको तयारी मात्र नगरी सरकारले सुशासनको मूल कार्यादेशमा केन्द्रित हुनुपर्ने धारणा प्रधानमन्त्री समक्ष राखेको छ ।

प्रतिनिधिमण्डलमा पार्टीका वरिष्ठ नेता क्याप्टेन केबी लिम्बू, सहअध्यक्ष रामशरण पाण्डे, महासचिव गोविन्द गिरीलगायत थिए । पार्टीले निर्वाचनको वातावरण बनाउन जेन-जी आन्दोलनका दमनकारी र भ्रष्टाचारीमाथि शीघ्र कारबाहीको माग पनि राखेको छ ।
यो सरकारको मूल मुद्दा भ्रष्टाचारविरुद्धको कारबाही रहेकाले यसैमा केन्द्रित रहेर आफ्ना कामकारबाही अघि बढाउनुपर्ने सो पार्टीको माग छ । प्रधानमन्त्री कार्कीले उक्त दललाई आफ्ना एजेन्डा लिएर चुनावमा जान सुझाव दिँदै भ्रष्टाचारविरुद्धको कारबाहीलाई पनि सँगसँगै अघि बढाइरहेको बताइन्।
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस
‘निर्वाचनका साथै भ्रष्टाचारविरुद्धको कारबाहीलाई पनि अघि बढाइरहेका छौँ’
प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र
जेन-जीसँगको सम्झौता अनुमोदन गर्ने सरकारको निर्णय
मनोनयन दर्ता गर्दा उम्मेदवारले सम्पत्ति विवरण बुझाउनुपर्ने
भिजिट भिसा प्रकरण : रमेश लेखकका दुई सचिवको अध्यागमनका अधिकारीसँग अस्वभाविक सम्पर्कको खुलासा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा बिहीबार मुद्दा दायर गर्दै उक्त प्रकरणमा उच्च पदस्थ अधिकारीको संलग्नतामाथि छुट्टै अनुसन्धान गरिरहेको जनाएको छ ।
अख्तियारले भिसा प्रकरणमा तत्कालीन सहसचिव तीर्थराज भट्टराई सहित ७ जना विरुद्ध घुस रिसवत लिएको विषयमा र ३ जना विरुद्ध सम्पत्ति शुद्धिकरणमा मुद्दा दायर गर्दै सो प्रकरणमा उच्च पदस्थ अधिकारीको संलग्नता लगायत विभिन्न विषयमा छुट्टै अनुसन्धान भइरहेको जनाएको हो ।

तत्कालीन गृहमन्त्री रमेश लेखकको निजी सचिव बद्रीप्रसाद तिवारी तथा स्वकीय सचिव जनक भट्टको अध्यागमन प्रमुख तथा सहसचिव तीर्थराज भट्टराईसँग अस्वभाविक सम्बन्ध रहेको भेटिएको भन्दै गैरकानुनी लेनदेन समेत भएको हुनसक्ने देखिएकाले अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
‘निज प्रतिवादी तीर्थराज भट्टराईको तत्कालीन गृहमन्त्री, गृह सचिव, अध्यागमन विभागका महानिर्देशक, तत्कालीन शान्ति सुरक्षा हेर्ने महाशाखाका प्रमुखसँग गैरकानुनी रकम लेनदेन भएको हुन सक्ने देखिएकोले बदनियतपूर्वक सेटिङ गरी भिजिट भिसामा विदेश पठाउन तत्कालीन गृहमन्त्री, गृहसचिव, अध्यागमन हेर्ने गृह मन्त्रालयका महाशाखा प्रमुख, गृह मन्त्रालयका प्रशासन हेर्ने महाशाखाका प्रमुख, शाखा प्रमुख, गृहमन्त्रीका निजी सचिव, स्वकीय सचिव, गृह सचिवका सचिवालय र अन्य राष्ट्रसेवकहरू संलग्नताको सम्बन्धमा अनुसन्धान भई रहेको’, अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विदेशी नागरिक र कालोसूचीकालाई उडाउनेसहित यी विषयमा अनुसन्धान गरिरहेको छ अख्तियार
भिजिट भिसा प्रकरण : ८० लाख बिगो माग गर्दै तीर्थराज भट्टराईसहित ७ जनाविरुद्ध मुद्दा दायर
भिजिट भिसा प्रकरण : सहसचिव भट्टराईसहित ३ जना विरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर
माओवादीप्रति जनताको आस्थालाई जोगाउँदै अघि बढ्छौँ : प्रकाण्ड
नुवाकोट–१ मा प्रतिनिधि सभाका लागि डा. प्रकाशशरण महत एकल सिफारिस
तेस्रोमा सीमित बन्यो विराटनगर, फाइनलमा लुम्बिनीले सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्ने
नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बिहीबार सम्पन्न दोस्रो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित बन्दै विराटनगर किङ्सले यात्रा टुङ्ग्याएको छ । प्रतियोगिताको तेस्रो बन्दै विराटनगरले यस सिजनको यात्रा सकेको हो ।
दोस्रो क्वालिफायरको विजेता लुम्बिनी भने फाइनमा प्रवेश गरेको छ । अब लुम्बिनीले उपाधिका लागि पहिलो क्वालिफायर जित्दै फाइनमा सिधै प्रवेश गरेको सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ ।

दोस्रो क्वालिफायरमा त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर १३५ रनको पछ्याउँदै लुम्बिनीविरुद्ध विराटनगर जवाफी ब्याटिङ उत्रिएको थियो । १७ ओभर ५ बलमा सबै विकेट गुमाउँदै विराटनर ९४ रनमा समेटियो । लुम्बिनीले ४० रनको जित निकाल्यो र फाइनलमा स्थान बनायो ।
९ ओभरको संघर्षपछि विराटनगरले लियो लुम्बिनीको दोस्रो विकेट
लुम्बिनीका दुवै ओपनर र कप्तान विराटनगरका सुवासको बलको शिकार
साधारण जोनलाई भीआइपी भनेर टिकट महँगो बनाएपछि…
फाइनल खेल्न लुम्बिनीले विराटनगरलाई दियो १३५ रनको लक्ष्य
दोस्रो ओभरमै लुम्बिनीले लियो दुई ओपरनसहितको ३ विकेट
लुम्बिनीविरुद्ध सङ्कटमा विराटनगरको इनिङ
तस्बिरमा हेर्नुहोस्, लुम्बिनी र विराटनगरको प्रतिस्पर्धा
एनपीएलको दोस्रो क्वालिफायरमा विराटनगरले टस जित्यो, पहिले फिल्डिङ गर्ने
रानीबारीका कवाडी संकलन केन्द्रमा महानगरको डोजर
काठमाडौं महानगरपालिकाले रानीबारी क्षेत्रमा सञ्चालित कवाडी संकलन केन्द्रमा डोजर चलाएर हटाएको छ ।
महानगरका अनुसार उक्त संकलन केन्द्र भारतको बिहारका राम साहले सञ्चालन गर्दै आएका थिए । धेरै पटक हटाउन अनुरोध गर्दा पनि अटेरी गरेपछि अन्ततः डोजर सञ्चालन गरिएको महानगरले जनाएको छ ।

करिब ४–५ आना जग्गा भाडामा लिएर सो कवाडी संकलन केन्द्र सञ्चालन गरिएको थियो । यता, कवाडी व्यापारीहरूका अनुसार पैसा नदिई एकै पटक च्यातिदिएको आरोप पनि महानगरमाथि लागेको छ ।
महानगरले चक्रपथभित्र कवाडी संकलन केन्द्र नराख्न आग्रह गर्दै आएको छ ।
कवाडी संकलन केन्द्रमा काठमाडौं महानगरको डोजर
खानेपानी संस्थान धनगढीको बक्यौता दुई करोड ३१ लाख
सुदूरपश्चिममा ४६ हजार नयाँ मतदाता थपिए
म्याग्दीको बास्कुना ‘एफएम भिलेज’मा रूपान्तरण
गुल्मीमा यसवर्ष धान उत्पादनमा आठ प्रतिशतले कमी
हुम्लाका २५ मतदानस्थल अति संवेदनशील
अफगानिस्तानद्वारा शरणार्थी सहायता संस्थाहरूसँगको सम्झौतामा हस्ताक्षर
अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयका अधिकारीहरुले शरणार्थी र आन्तरिक रूपमा विस्थापित परिवारहरूलाई सहयोग गर्न नर्वेजियन अन्तर्राष्ट्रिय सहायता संगठनसँगको सम्झौता ९एमओयू० मा हस्ताक्षर गरेको छ ।
सम्झौता अन्तर्गत, उत्तरी प्रान्त फरयाबमा दुई हजार २३१ व्यक्तिहरूलाई सहयोग गर्न तीन लाख दश हजार अमेरिकी डलर भन्दा बढी छुट्याइने मन्त्रालयको विज्ञप्तिमा उल्लेख गरिएको छ । सहयोगबाट कोषले स्वास्थ्य सेवाहरू लगायतका अन्य अत्याआवश्यक सामाजिक समर्थन प्रदान गर्नमा ध्यान केन्द्रित गर्ने जनाइएको छ ।

यसै गरी अफगानिस्तान राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले बुधबार घरेलु सहायता एजेन्सीसँग छुट्टै चार लाख ६२ हजार डलरको सम्झौता गरेको छ । जसको उद्देश्य पूर्वी प्रान्त पक्तिकाका बासिन्दाहरूमा विपद् जोखिम व्यवस्थापनका बारेमा चेतना जगाउनु तथा उनीहरुको उचित व्यवस्थापन गर्नु हो ।
पाकिस्तानका पूर्व गुप्तचर प्रमुखलाई १४ वर्षको जेल सजाय
‘तीन हप्तामा एक लाख ४६ हजार भन्दा बढी अफगानी शरणार्थी स्वदेश फिर्ता’
थाइल्यान्ड-कम्बोडिया सीमामा भएको झडपमा नौ जना थाई सैनिकको मृत्यु
सुरू भयो ‘ट्रम्प गोल्ड कार्ड’ : अब १४ करोड तिरे पाइन्छ अमेरिकी नागरिकता
म्यानमारको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु
सीमा विवाद र अमेरिकी शुल्क वृद्धिका कारण कम्बोडियाको आर्थिक वृद्धि सुस्त : विश्व बैङ्क













प्रतिक्रिया