आजका समाचार : भारतमा भयानक विमान दुर्घटना, सहमति भने पनि खुलेन संसद् र वेस्ट इन्डिजसँग नेपालले ऐतिहासिक ट्वान्टी-२० सिरिज खेल्ने | Khabarhub Khabarhub

आजका समाचार : भारतमा भयानक विमान दुर्घटना, सहमति भने पनि खुलेन संसद् र वेस्ट इन्डिजसँग नेपालले ऐतिहासिक ट्वान्टी-२० सिरिज खेल्ने


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 5 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

सत्तापक्ष-प्रतिपक्ष सहमतिको चर्चाबीच पनि चल्न सकेन संसद् बैठक
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आएका प्रतिपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधिसभा बैठक लगातार अवरुद्ध हुँदै आएको छ ।

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र छानबिन समिति बनाउनुपर्ने मागसहित प्रतिपक्षी दलहरूले बिहीबारसम्म आइपुग्दा १० दिन लगातार संसद् अवरुद्ध गरेका छन् ।

बिहीबार दिउँसो ३ बजेका लागि बोलाइएको संसद् बैठक दलहरूबीच सहमति खोज्ने प्रयासस्वरूप प्रतिनिधिसभाका महासचिव पद्मप्रसाद पाण्डेयले सूचना टाँस गरेर बेलुकी साढे ५ बजे बैठक बस्ने जानकारी दिएका थिए ।

भिजिट भिसा प्रकरण : छानबिनका लागि समिति बनाउन प्रतिपक्षी एकमत

आलमलाई सफाइ दिने उच्चका न्यायाधीश थारूलाई मोसो

सर्लाहीको चक्रघट्टाका पूर्वअध्यक्ष यादवसहित १० विरुद्ध भ्रष्टाचार मुद्दा

भिजिट भिसासहितका भ्रष्टाचारको छानबिनमा कांग्रेस–एमाले प्रतिबद्ध, माओवादी र समाजवादी पनि सहमत

विद्धानलाई तरुणको अध्यक्षबाट हटाउन माग गर्दै असन्तुष्टले बुझाए पत्र

सुशासन माग गर्दै कांग्रेसले सरकारको ध्यानाकर्षण गराउने

कांग्रेस नेताहरू चीन भ्रमणमा जाँदै

स्वरोजगारमुलक शिक्षाका लागि आमूल परिवर्तन गर्न आवश्यक : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षालाई आधुनिक प्रविधियुक्त, जीवनोपयोगी र रोजगारमूलक बनाउन आमूल परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको काठमाडौँ विश्वविद्यालयसभाको ९९औँ बैठकमा विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले रोजगारी सृजना र स्वरोजगार हुने जनशक्ति उत्पादनमा लाग्नुपर्नेमा जोड दिए । यसका लागि काठमाडौँ विश्वविद्यालयले गरेका प्रयास सकारात्मक भएको उनको भनाइ थियो ।

उनले स्वास्थ्य, शिक्षा र अन्य विषयमा आम विद्यार्थीको पहुँचवृद्धि गर्न र चिकित्सा शिक्षामा मात्रै दिइँदै आइएको ७५ प्रतिशतसम्मको छात्रवृत्तिका बारेमा पुनःविचार गर्नुपर्ने धारणा राखे ।

सुशासन माग गर्दै कांग्रेसले सरकारको ध्यानाकर्षण गराउने

अहमदावाद विमान दुर्घटनाप्रति परराष्ट्रमन्त्री देउवाद्वारा दुःख व्यक्त

राष्ट्रपति पौडेलद्वारा अहमदाबाद विमान दुर्घटनाप्रति दुःख व्यक्त

संसद्को अवरोध अनावश्यक बखेडा : गृहमन्त्री

शिक्षकलाई देउवाले भने- ढुक्क हुनुहोस्, जायज माग सरकारले पुरा गर्छ

कमल थापा भन्छन्- राजावादी आन्दोलन तुहिएको छैन, नयाँ ढंगले अघि बढ्छ

प्रचण्ड र माधव नेपालबीच पछिल्लो राजनीतिक अवस्थाबारे छलफल

बालबालिकाले स्नेहपूर्ण जीवन पाउनुपर्छ : प्रधानमन्त्री

भिजिट भिसा प्रकरणमा मधेसकेन्द्रित दलहरूले बोलाए बैठक
गृहमन्त्री रमेश लेखक मुछिएको भिजिट भिसा प्रकरणबारे धारणा बनाउन संघीय लोकतान्त्रिक मोर्चाले बैठक बोलाएको छ । भिजिट भिसा प्रकरणका कारण लगातार संसद् अवरुद्ध हुँदै आएपछि मोर्चाले धारणा तय गर्न मूल समितिको बैठक बोलाएको हो ।

मोर्चाको घटक मध्येको एक राष्ट्रिय मुक्ति पार्टीको शान्तिनगरस्थित केन्द्रीय कार्यालयमा शुक्रबार दिउँसो ३ बजे मूल समितिको बैठक बोलाइएको सो पार्टीका नेता केशव झाले जानकारी दिएका छन् ।

उनका अनुसार मोर्चाको बैठकमा भिजिट भिसा प्रकरणसँगै मोर्चाको कार्यविधि र आदिवासी जनजाति र मधेसीसँग गरिने सहकार्यका विषयमा पनि छलफल हुने छ ।

एमाले महासचिव पोखरेल बेलायत भ्रमणमा

भ्रष्टाचार मुद्दामा पक्राउ परे जसपाका प्रदेश सांसद सिंह

लेखराज भट्ट भन्छन् : पार्टीभित्र आन्तरिक एकता हुन जरुरी छ

नेपाल र कम्बोडियाबीच व्यापारिक सहकार्य सुदृढ गरिने

बाबुरामले भने- कांग्रेस, एमाले र माओवादीका कारण देशको अवस्थामा परिवर्तन भएन 

पत्रकार पाठकविरुद्धको पक्राउ पुर्जी फिर्ता लिन माओवादीको माग

बालेनविरुद्ध अख्तियारमा उजुरी, एक करोडको लिफ्ट जोड्दा भ्रष्ट्राचार गरेको आरोप
अखितयार दुरुपयोग अनुसन्धान आयोगमा काठमाडौं महानगरपालिकाका प्रमुख ९मेयर० बालेन्द्र शाह ९बालेन०विरुद्ध उजुरी परेको छ । युवराज सफलले बिहीबार मेयर शाहविरुद्ध महानगरपालिका कार्यलयमा जडान गरिएको ‘लिफ्ट’ मा अनियमितता भएको दाबी गर्दै अख्तियारमा उजुरी दायर गरेका हुन् ।

उजुरीमा केही महिना अघि महानगरमा प्रतिस्पर्धा, टेण्डर र कोटेसन बिना झण्डै एक करोड रुपैयाँ मूल्य बराबरको ‘लिफ्ट’ जडान गरेको दाबी सफलले गरेका छन् ।

‘काठमाडौं महानगरपालिकाले नयाँ लिफ्ट जडान गरेको प्रति म उजुरीकर्ताको विरोध हैन तर लिफ्ट जडान गर्दा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ९११० बोलपत्र सम्बन्धी व्यवस्था र सार्वजनिक खरिद नियमावली, २०६४ विपरित बिना प्रतिस्पर्धा बिना टेण्डर र बिना कोटेसन अपारदर्शी अनियमित तरिकाले जोडिएको प्रति मेरो आपत्ति हो,’ उनले उजुरीमा लेखेका छन् ।

सूर्यविनायक-साँगा सडक सीमाभित्र बनेका संरचना भत्काइँदै (तस्बिरहरू)

मौसम विभागले भन्यो- एक साताभित्र देशभर मनसुन सक्रिय हुन्छ

शेरधनको तर्क- ओलीलाई विस्थापित गर्न पूर्वराष्ट्रपति आउने होइन, राजनीति गर्ने इच्छा देखाउनु भएको छैन

दुई महिनापछि बालेन-सुनिता भेट, नगरसभा र कार्यपालिका बैठक राख्न तयार

दिलभूषणपछि अर्का पत्रकार नारायण अर्यालको घरमा पनि प्रहरी

पत्रकार नारायण अर्याल पक्राउ

कुलमान भन्छन्‌ – लोडसेडिङ हटेपनि धेरै क्षेत्र अँध्यारोमै १
नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ हटे पनि देशका धेरै क्षेत्रमा अझै विद्युत नपुगेको बताएका छन्‌ ।

लामो समयदेखि देशभर व्याप्त विद्युत लोडसेडिङको अन्त्य गर्दै ऊर्जा व्यवस्थापनमा ऐतिहासिक मानक स्थापित गरेको भन्दै नागरिक अभिनन्दन मूल समिति, सर्लाहीले हरिवनमा आयोजना गरेको अभिनन्दन कार्यक्रममा घिसिङ बोल्दै थिए ।

घिसिङले आफ्नो कार्यसम्पादन देश विदेशमा रहेका नेपालीले प्रष्टैसँग देखेको, तर सरकारले शून्य नम्बर दिएको, जनतालाई अँध्यारोमा राखेर डेडिकेटेड तथा ट्रङ्कलाइनमार्फत विद्युत् आपूर्ति लिएका उद्योगको बक्यौता उठाउन इमान्दार प्रयास गर्दा पदबाट हटाइएको बताए ।

पोखराका सुन व्यापारीमाथि यौन दुर्व्यवहारको आरोपमा ब्ल्याकमेल गर्ने महिलासहित ३ पक्राउ

मनसुनी हावा सक्रिय, अधिकांश स्थानमा वर्षा

सीआईबी वस्तुनिष्‍ठ अनुसन्धानमा थप क्रियाशील हुनुपर्छ : हानिरीक्षक थापा

घ्याम्पे डाँडामा धान रोपाइँ सुरु (तस्बिरहरू)

देशलाई काठमा आत्मनिर्भर बनाउन नीतिगत सुधार हुँदैछ : मन्त्री शाही

 विश्व च्याम्पियन वेस्ट इन्डिजसँग नेपालले तीन खेलको ऐतिहासिक ट्वान्टी-२० सिरिज खेल्दै

नेपालले यही सेप्टेम्बरमा पहिलो पटक आईसीसीको पूर्ण सदस्य राष्ट्रसँग द्विपक्षीय सिरिज खेल्ने भएको छ। नेपालका लागि यो ऐतिहासिक क्षण हुनेछ । नेपालले वेस्टइन्डिजसँग तीन खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिज शारजाहमा खेल्ने भएको छ। जसले नेपाललाई अक्टोबरमा ओमानमा हुने महत्त्वपूर्ण टी-२० विश्वकप छनोट प्रतियोगिताको तयारीमा सहयोग गर्ने विश्वास नेपाल क्रिकेट संघ (क्यान)ले लिएको छ ।

क्रिकेट वेस्ट इन्डिज क्रिकेट बोर्डले पनि एसियाली राष्ट्र नेपालसँगको तीन खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिजलाई ऐतिहासिक भनेको छ । यो सिरिज दुवै टिमबीचको पहिलो द्विपक्षीय सिरिज हो, जसले क्रिकेटको विकास र विश्वव्यापिकरण गर्ने अभियानमा महत्वपूर्ण माइलस्टोनको प्रतिनिधित्व गर्ने वेस्टइन्डिज क्रिकेट बोर्डले उल्लेख गरेको छ ।

अहमदावादमा दुर्घटना भएको एअर इण्डियाको विमानमा थिए २ सय ४२ यात्रु

गुजरातको अहमदावादमा दुर्घटनामा परेको विमानमा २ सय ४२ जना यात्रु सवार रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतीय समाचार संस्था एएनआईका अनुसार बिहीबार दिउँसो दुर्घटनामा परेको एअर इण्डियाको विमानमा २ सय ४२ जना यात्रु सवार थिए । लण्डनका लागि उडान भरेको बोइङ ७८७ ड्रिमलाइन विमान अहमदावादस्थित सरदार बल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलमा टेकअफ लगत्तै दुर्घटनामा परेको हो ।

अहिले उद्धारका लागि घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिएको छ । घटनास्थलबाट सार्वजनिक तस्बिरमा धुवाँको कालो मुस्लो उडिरहेको देखिन्छ । भारतीय टेलिभिजन एबीपीले उल्लेख गरेअनुसार विमानस्थलको बाउण्ड्रीमा कुनै भवन वा पर्खालमा ठोक्किएर विमान दुर्घटना भएको हुनसक्ने प्रारम्भीक आशंका गरिएको छ ।

लण्डनका लागि उडान भरेको यात्रुवाहक विमान गुजरातको अहमदावादमा दुर्घटना

अहमदावादमा दुर्घटनामा परेको विमानमा पूर्वमुख्यमन्त्री पनि थिए सवार

भारतमा दुर्घटनाग्रस्त बोइङ ७८७-८ ड्रिमलाइनरको सुरक्षामा यसअघि नै उठेका थिए प्रश्न

यसअघि पनि दुर्घटनामा परेका थिए एअर इन्डियाका ५ जहाज

डाक्टरको होस्टेलमा बज्रिएको थियो दुर्घटनाग्रस्त विमान, निगरानी गर्न प्रधानमन्त्री मोदी आफैँ सक्रिय

अहमदावादमा विमान दुर्घटनापछि बोइङको शेयरमा पहिरो

अहमदावाद दुर्घटनापछि बोइङको उत्पादन फेरि प्रश्नको घेरामा, पछिल्ला सात वर्षमा १२ घातक दुर्घटना

दुर्घटनामा परेको विमानमा सवार कोही पनि जीवित रहेको देखिएन : अहमदावाद प्रहरी






प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ७ : ५२ बजे

इरान सङ्कटबीच ट्रम्पको जी–७ शिखर सम्मेलनमा पुनरागमन

काठमाडौं- दोस्रो कार्यकाल एक्लै काम गर्नमा केन्द्रित अमेरिकी राष्ट्रपति डोनाल्ड

सरकारले विद्युत् प्राधिकरणको बक्यौता उठाउन ढिला गर्न हुँदैन : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले विद्युत् प्राधिकरणको

संसद्‍मा गृहमन्त्रीको जवाफ- भिजिट भिसामा मेरो संलग्नता छैन, कर्मचारीको बदमासीमा राजीनामा दिनु पर्दैन

काठमाडौं- गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान

विमान दुर्घटनाको शोकमा बलिउड कलाकारले रोके काम

काठमाडौं- भारतको अहमदाबादमा बिहीबार भएको विमान दुर्घटनामा बलिउड कलाकारहरुले दुख

राजेन्द्र लिङ्देनले भने- माओवादीले वीरतापूर्वक आत्मसमर्पण गर्‍यो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गृहमन्त्री रमेश लेखक