मुख्यमन्त्री बानियाँले गरे मन्त्रिपरिषद् विस्तार, प्रदेशसभाका पाँच सदस्य मन्त्रीमा सिफारिस
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले नेपाली कांग्रेसका तर्फबाट पाँच जना प्रदेशसभा सदस्यलाई मन्त्रीमा सिफारिस गरेका हुन् ।

मुख्यमन्त्री बानियाँले सांसदहरू कञ्चनचन्द्र वादे, सुरेश श्रेष्ठ, उर्मिला नेपाल र बिनु रायमाझीलाई मन्त्रीमा सिफारिस गरेको कांग्रेस स्रोतले जनाएको छ ।
वादे कांग्रेसबाट काभ्रे प्रदेश निर्वाचन क्षेत्र २ (ख) बाट, श्रेष्ठ भक्तपुर प्रदेश निर्वाचन क्षेत्र १ (क) बाट र तामाङ रसुवाको प्रदेश निर्वाचन क्षेत्र १ (क) बाट निर्वाचित सांसद हुन् ।
यस्तै कांग्रेस केन्द्रीय समस्दय नेपाल ललितपुरबाट र रायमाझी चितवनबाट समानुपातिकतर्फकी सांसद हुन् । उनीहरूलाई मुख्यमन्त्री बानियाँले शुक्रबार नै शपथ ग्रहण गराउने तयारी छ ।
राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश
‘देशलाई नयाँ अवस्थामा अगाडी बढाउने उद्देश्यका साथ सरकार लागिपरेको छ’
एकैदिन पार्टी प्रवेशका दुई दृश्य : रास्वपातिर पूर्वडीआईजी र कर्णेल, कांग्रेसतिर असईका हत्या आरोपी
बिहीबार एकै दिन पार्टी प्रवेशका दुई दृश्य सामाजिक सञ्जालमा भाइरल भए। एउटा थियो मधेसी नेता देवेन्द्र यादवको नेपाली कांग्रेसमा प्रवेश, अर्को थियो, पूर्वडीआईजी र पूर्वकर्णेलसहितको टोली राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश ।
एउटा कार्यक्रम नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपास्थित सभापति शेरबहादुर देउवाको कार्यकक्षामा भएको थियो । अर्को कार्यक्रम रवि लामिछाने सभापति रहेको रास्वपाको केन्द्रीय कार्यालय घण्टीघरमा आयोजना गरिएको थियो ।

यी पार्टी प्रवेश कार्यक्रममा दुवै दलका उच्च तहका नेताहरू सहभागी थिए । सानेपामा कांग्रेस सहभापति शेरबहादुर देउवा, महामन्त्री विश्वप्रकाश शर्मा र सह-महामन्त्री महेन्द्र यादवसहितका नेताहरू देखिन्थे । त्यसैगरि महोत्तरी ४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य महेन्द्रकुमार राय, कांग्रेस मधेश प्रदेशका सभापति कृष्ण यादव र कांग्रेस महोत्तरी सभापति नागेश्वर यादवलगायत पनि त्यहाँ थिए ।
बागमतीमा मन्त्रीको शपथ लिन नपाएका सांसदलाई धोका, भन्छन्- देउवाले सहमति पालना गरेनन्
देउवाले प्रवेश गराएको भोलिपल्टै खारेज भयो देवेन्द्र यादवको सदस्यता
प्रधानमन्त्री र मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौता
प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय, मन्त्रीहरू र मुख्यसचिवबीच आज कार्यसम्पादन सम्झौता भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रालयगत वार्षिक प्रगति समीक्षाका साथै आगामी कार्यक्रमको कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भई आदानप्रदान भएको हो ।

‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न थालिएका पूर्वाधार निर्माण तथा सेवा प्रवाहमा सुधारका कार्यहरू तोकिएको समयमा सम्पन्न गर्न कार्यसम्पादन सम्झौताको अभ्यास प्रधानमन्त्री ओलीको विगतको कार्यकालमा आरम्भ गरिएको हो । प्रधानमन्त्रीसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेपछि मन्त्रीहरूले सम्बन्धित सचिवहरूसँग कार्यसम्पादन सम्झौता गर्नुपर्नेछ ।
मुख्यमन्त्री बानियाँलाई उपप्रधानमन्त्री सिंहको बधाई
वायुसेवा निगम प्रदेश सरकारहरूसँग मिलेर जहाज किन्ने तयारीमा
पूर्वराष्ट्रपतिबारे शंकर पोखरेल- पार्टीले सम्मान गर्दा पनि उहाँले आफ्नो गरिमा भुल्नुभयो
हिन्दुकुश हिमालय संसदीय बैठकको तयारी अन्तिम चरणमा
समयमै आयोजना सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन, निजी लगानीकर्तासँग सहकार्य बढाउने तयारी
प्रधानमन्त्री ओली नौ महिनामा दोस्रो पटक चीन जाँदै, सी र मोदी दुवैसँग हुनेछ भेट
प्रधानमन्त्री केपी शर्मा ओली नौ महिनामा दोस्रो पटक उत्तरी छिमेकी चीन भ्रमणमा जाने भएका छन् ।
तेस्रो कार्यकालका लागि २०८१ असार ३१ गते प्रधानमन्त्री बनेका ओली २०८१ मंसिर १७ गते चीनको औपचारिक भ्रमणमा गएका थिए ।

त्यसको ठ्याक्कै नौ महिनापछि यही भदौ १४ गते ओली चीनतर्फ उड्न लागेका हुन् ।
परराष्ट्र मन्त्रालयका एक अधिकारीले संघाई कोअपरेशन अर्गानाइजेशन (एससीओ) को सम्मेलनमा भाग लिन ओली चीन जाने भएका बताए ।
‘जबज’को रट लगाएर नबसौँ, एमालेको नाम फेरौँ
रामहरिले सभामुखलाई बुझाए राजीनामा पत्र
पूर्वराष्ट्रपतिबारे शेरधन : एमालेले निर्णय गरिसक्यो, अब छलफल र बहसको कुनै अर्थ छैन
एमालेमा धमाधम प्रदेश कमिटी बैठक, कोशीपछि सुदूरपश्चिम पुग्दै महासचिव पोखरेल
संसद्मा बहस : डा. रामेशसँग जोडिए ‘देवर–भाउजू’, बाँके-बर्दिया कर्णालीमा गाभ्ने प्रस्तावदेखि ओलीले रविलाई बोकेको प्रसंगसम्म
प्रधानमन्त्री एवम् कुलपति केपी शर्मा ओलीले साउन २७ गते विभिन्न चार स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा उपकुलपति नियुक्त गरे । त्यसकै भोलिपल्ट शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका डा. रामेश कोइरालाले अमेरिकाबाटै राजीनामा पठाए ।
केन्द्रको कार्डियोभास्कुलर विभागका प्रमुख रहेका वरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जन कोइराला बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान)को उपकुलपतिका लागि नेपाली कांग्रेसका तर्फबाट सिफारिसमा परेका थिए ।

तर, कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले प्रा.डा. विक्रमप्रसाद श्रेष्ठलाई उपकुलपतिमा नियुक्त गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले कोइरालालाई रोकेको भन्दै अनुमान लगाउन सुरू भयो ।
सेतोपाटी डटकमले ‘आरजुले डा. रामेशलाई दोस्रो पटक पनि रोकिन् उपकुलपति बन्न’ शीर्षकमा समाचार प्रकाशित गरेपछि उक्त अनुमानलाई मलजल मिल्यो । त्यसपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरू पक्ष–विपक्षमा विभाजित भए ।
सांसद अमरेशकुमार सिंहको आरोप- ‘भाउजू’का कारण डा. रामेशले देश छाडेर जानुपर्यो
एक वर्षे उपलब्धिको फेहरिस्त सुनाउँदै प्रधानमन्त्रीले भने- कुरा काट्ने काटिरहुन्, सरकार काम गर्दैछ
वामदेवलाई एकीकृत समाजवादीमा तेस्रो वरीयता, नौ जनालाई बनाइयो केन्द्रीय सदस्य
नेकपा (एकीकृत समाजवादी)ले वामदेव गौतमलाई पार्टीको तेस्रो वरीयतामा वरिष्ठ नेता बनाउने निर्णय गरेको छ ।
आलोकनगरस्थित केन्द्रीय कार्यालयमा शुक्रबार बसेको सचिवालय बैठकले गौतमलाई तेस्रो वरीयतामा वरिष्ठ नेता बनाउने निर्णय गरेको हो ।

यसअघि नै उनलाई पार्टीमा ल्याउँदा तेस्रो वरीयता दिने समझदारी बनेको थियो ।
सचिवालय बैठकले गौतमसँगै पार्टीमा आएका तीन नेतालाई पोलिटब्युरो सदस्य र नौ जनालाई केन्द्रीय सदस्य बनाउने निर्णयसमेत गरेको छ ।
एकताको तयारीसहित जसपा र राष्ट्रिय मुक्ति पार्टीबीच कार्यगत एकता घोषणा
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट विभाजित भएका अशोक राईले र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालसँग हातेमालो थालेका छन् । राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र महतो नेतृत्वको पार्टीबीच बिहीबार कार्यगत एकताको घोषणा भएको हो।

नयाँ बानेश्वरस्थित एक पार्टी प्यालेसमा भएको घोषणा कार्यक्रममा दुवै दलका शीर्ष नेतृत्व र मूल कमिटीका नेता सहभागी थिए । यी दुई दलले पार्टी एकताकै लागि औपचारिक रुपमा ‘कार्यगत एकता’ गरेका हुन् । अब उनीहरूले प्रदेश, जिल्ला र गाउँ कमिटीबीच पनि एकता गराउँदै लाने भएका छन् ।
स्थानीय स्रोतको सही प्रयोग र परिचालन गरे देश आत्मनिर्भर हुन समय लाग्दैन : प्रचण्ड
प्रविधि र उद्यमशीलतामा सक्रिय युवा माओवादीमा प्रवेश
राप्रपा युवा संघ काठमाडौं विभाजित, अधिवेशन भाँडिदा राणा पक्षद्वारा समानान्तर कमिटी घोषणा
राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं जिल्ला समिति विभाजित भएको छ । राप्रपा महामन्त्री डा. धवलशम्शेर राणा निकट समूहले समानान्तर समितिको घोषणा गरेका छन् ।

आज चाबहिलमा आयोजित जिल्ला अधिवेशनमा दुई पक्षबीच हात हालाहाल भएको थियो । त्यसपछि अध्यक्ष राजेन्द्र लिङ्देनले अधिवेशन स्थगनको घोषणा गरेका थिए ।
उनी कार्यक्रम स्थल छोडेर हिँडेपछि असन्तुष्ट पक्षले ज्योति लामाको अध्यक्षतामा नयाँ समिति निर्वाचित भएको घोषणा गरेको छ ।
राप्रपा युवा संगठनको अधिवेशन स्थगित
राप्रपाको विवाद युवाको अधिवेशनसम्मै पुग्यो, मञ्चमै प्रहरी तैनाथ
राप्रपा युवा संगठनको अधिवेशनमा कडा सुरक्षा तैनाथ (तस्बिरहरू)
राप्रपामा बढ्दो टकरावबीच रेखाको टिप्पणी- विशेष महाधिवेशनको माग भएन र ?
बागमतीका निलम्बित मेयर थापालाई भ्रष्टाचार मुद्दामा आठ वर्ष सजाय, १० करोड असुल्न आदेश
सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापालाई भ्रष्टाचार मुद्दामा ८ वर्ष कैद सजाय हुने फैसला विशेष अदालतले सुनाएको छ । बागमती नगरपालिकाभित्र भरत ताल बनाएर चर्चा कमाएका उनलाई विशेष अदालतले गत साउन २१ गते भ्रष्टाचारी ठहर गरेकोमा बिहीबार सजाय निर्धारण गरेको हो।

गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा दोषी ठहर भएका थापाबाट १० करोड ९ लाख ७८ हजार २९९ रुपैयाँ १३ पैसा असुल उपर गर्न पनि विशेष अदालतले आदेश दिएको छ ।
विशेषका न्यायाधीशहरू टेकनारायण कुँवर, मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले निलम्बित मेयर थापाले साउन २१ मा तीन करोड ४५ लाख २२ हजार ३८७ गैरकानुनी रूपमा आर्जन गरेको ठहर गरेको थियो ।
एमसीए–नेपालअन्तर्गत विद्युत् प्रसारणलाइन निर्माणमा सम्झौता
एमसीसीलाई पुन: निरन्तरता दिने निर्णयविरुद्ध विप्लव नेकपाको विरोध
महोत्तरीमा ढिलो गरी सुरु भएको रोपाइँ ७० प्रतिशत पुग्यो
वराहक्षेत्र दर्शन गर्न आएका भक्तजनको भीरबाट झरेको ढुङ्गाले लागेर मृत्यु
नागरिक उन्मुक्तिको अध्यक्षमा रञ्जिता नै कायम, लालवीरले पाएनन् मान्यता
निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अध्यक्षमा रञ्जिता श्रेष्ठ नै रहेको निर्णय गरेको छ । नाउपाको राष्ट्रिय भेलाले सांसद लालवीर चौधरीलाई अध्यक्ष बनाएर आयोगमा दर्ता गरेको भए पनि आयोगले चौधरीलाई मान्यता नदिएपछि रञ्जिता नै आधिकारिक अध्यक्ष रहने भएकी छिन् ।

उक्त निर्णयबारे आयोगले आज जानकारी गराउने आयोगकी प्रवक्ता निता पोखरेल अर्यालले जानकारी गराइन् । राजनैतिक दलसम्बन्धी ऐन र नाउपाको विधान अनुसार राष्ट्रिय भेला वैधानिक नभएको आयोगको ठहर छ ।
पार्टीका संरक्षक रेशम चौधरी पक्षका बहुमत सदस्यको केन्द्रीय समिति बैठकमार्फत श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी अध्यक्ष पदबाट हटाएको थियो ।
साउदी अरेबियाबाट श्रम वैधानिकिकरण सुरु
भारतीय दूतावासले उपप्रधानमन्त्री सिंहको प्रमुख आतिथ्यतामा मनायो ७९औँ स्वतन्त्रता दिवस
देश बाँझिदै गर्दा सरकार भन्छ -कृषि उत्पादन र खाद्य सुरक्षामा अब महिलाकै भर !
१२ जनासम्म यात्रु बोक्ने पानी जहाज दर्ता गर्नु नपर्ने, यस्तो छ समितिको प्रतिवेदन
‘कुलिङ पिरियड’मा गडबडीबारेको छानबिन प्रतिवेदन कार्यान्वयन गर्न सभामुखको निर्देशन
रविलाई बैंक जमानतमा रिहा गर्न रूपन्देही जिल्ला अदालतद्वारा अस्वीकार, थुनामै रहने
जिल्ला अदालत रुपन्देही राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामै राख्ने आदेश जारी गरेको छ ।

सुप्रिम सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न माग गरेको निवेदनको माग न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले अस्वीकार गरेको हो ।
रविलाई बैंक जमानतमा रिहा गर्न रूपन्देही जिल्ला अदालतद्वारा अस्वीकार, थुनामै रहने
रवि लामिछानेलाई यसकारण थुनामै राख्ने आदेश दियो रूपन्देही अदालतले
रिहाइका लागि रविले दिएको निवेदनमाथि सुनुवाइ सकियो, आदेशको प्रतिक्षा
रविलाई राखिएको जेलको कोठामा के के देखिन् इन्सेक प्रतिनिधि बिसीले ?
रविविरुद्ध न्याय परिषद्मा उजुरी, न्यायाधीशलाई पनि कारबाही गर्न माग
चक्रे मिलनलाई भक्तपुरमा पनि राहत, एक लाख १० हजार धरौटीमा छाड्न आदेश
भारतीय दूतावासमा यसरी मनाइयो स्वतन्त्रता दिवस (तस्बिरहरू)
काठमाडौंस्थित भारतीय राजदूतावासमा स्वतन्त्रता दिवस मनाइएको छ।
नेपालमा रहेका भारतीय समुदाय र भारतका मित्रहरूको सहभागितामा शुक्रबार काठमाडौँस्थित दूतावासमा भारतको ७९ औँ स्वतन्त्रता दिवस मनाइएको हो ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेसँगै समारोहको शुभारम्भ भएको थियो।
कार्यक्रममा भारतका राष्ट्रपति द्रौपदी मुर्मूले ७९ औँ स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा राष्ट्रका नाममा गरेको सम्बोधन प्रस्तुत गरिएको थियो ।
आफ्नो सम्बोधनमा राष्ट्रपति मुर्मूले विगत ७८ वर्षमा भारतले गरेको उल्लेखनीय प्रगतिबारे चर्चा गरेकी थिइन् ।
उक्त अवसरमा राजदूत श्रीवास्तवले भारतीय सशस्त्र बलका मृतक कर्मचारीका श्रीमती र नजिकका नातेदारलाई सम्मान गरे । उनले नेपाली रुपैयाँ ६ करोड ४ लाखको एजीआईएफ (आर्मी ग्रुप इन्स्योरेन्स फण्ड) चेक हस्तान्तरण गरे ।
दूतावासले नेपालका सातै प्रदेश र २१ जिल्लामा फैलिएका ३९ वटा शैक्षिक संस्था र पुस्तकालयका लागि पुस्तक अनुदानको पनि घोषणा गरेको छ ।
भारतलाई परराष्ट्रमन्त्रीको शुभकामना- विश्वका लागि लोकतन्त्रको चम्किलो उदाहरण बनिरहोस्
गणपूरक सङ्ख्या नपुगेपछि लेखा समिति बैठक स्थगित
राष्ट्रियसभामा सांसदले भने- कृषकलाई समयमै मल उपलब्ध गराउनुपर्यो
सहरी विकास मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति बैठक सम्पन्न
महानगरले डोजर चलाउँदा मनोहरा सुकुम्बासी बस्तीमा झडप (तस्बिरहरू)
काठमाडौं महानगरपालिकाले मनोहरा खोला किनारको सुकुम्बासी बस्तीका घरहरू भत्काउँदा झडप भएको छ ।

नगर प्रहरी प्रमुख राजु पाण्डे नेतृत्वको टोली डोजरसहित पुगेपछि स्थानीयवासी प्रतिकारमा उत्रेका थिए । स्थानीयको प्रतिकारपछि अवस्थालाई नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
मनोहरा सुकुम्बासी बस्तीमा महानगरले चलायो डोजर (तस्बिरहरू)
नि:शुल्क आरोहण खुला गरिएका ९७ हिमालहरू (सूचीसहित)
पर्वतका २७० सामुदायिक विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक
अलास्का शिखर सम्मेलनमा रुसले स्पष्ट धारणा प्रस्तुत गर्नेछ : लाभरोभ
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच हुन लागेको अलास्का शिखर सम्मेलनमा रुसले आफ्नो स्पष्ट धारणा राख्ने रूसी विदेशमन्त्री सर्गेइ लाभरोभले बताएका छन् । उनले भने, “हामीले पहिले नै कुनै योजना बनाएका छैनौँ”, रुसी नेता लाभरोभले अलास्का पुगेपछि रोसिया–२४ टिभी च्यानलसँग भने, “हामीलाई थाहा छ, हामीसँग बहस छ, स्पष्ट र बुझ्न सकिने स्थिति छ ।”

उनले आफूहरुले आफ्नो तर्क स्पष्ट पार्ने बताए । ट्रम्पका विशेष दूत स्टिभ विटकोफको रुस भ्रमणका क्रममा वार्ताका लागि महत्वपूर्ण आधार राखिएको बताउँदै उनले भने, “हामी आशा गर्दछौँ, यो धेरै उपयोगी कुराकानी भोलि हुने शिखर सम्मेलनमा राखिनेछ।”
कहाँ र कहिले भेट्दैछन् ट्रम्प र पुटिन ?
स्वतन्त्रता दिवसको मौका पारेर मोदीले घोषणा गरे ‘सुदर्शन चक्र मिसन’
बहुप्रतिक्षित ट्रम्प–पुटिन भेटवार्ता : अलास्का नै किन ?
थाइल्याण्डमा भेटियो बैजनी रंगको दुर्लभ गंगटो
रुस-युक्रेन युद्ध : आज ट्रम्प र पुटिनले वार्ता गर्दै
काश्मीरमा भीषण बाढी, मृतकको संख्या ३७ पुग्यो
सुडानका १७ क्षेत्र गम्भीर भोकमरीको जोखिममाः संयुक्त राष्ट्रसंघ
दक्षिण कोरियाली राष्ट्रपतिले ट्रम्पसँग शिखर सम्मेलनअघि जापानी प्रधानमन्त्रीसँग भेट गर्ने
दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग शिखर सम्मेलनका लागि वाशिङटन जानुअघि आगामी साता टोकियोमा जापानी प्रधानमन्त्री शिगेरु इशिबासँग भेट गर्ने भएका छन् । यसले वैश्विक व्यापार पुनः स्थापना गर्ने ट्रम्पको दबाबले प्रायः झगडा गर्ने दुई छिमेकी जापान र दक्षिण कोरियालाई कसरी नजिक ल्याइरहेको छ भन्ने कुरालाई जोड दिन्छ ।

लीको दुई दिने जापान भ्रमण अगस्ट २३–२४ मा इशिबासँगको व्यक्तिगत सम्बन्धलाई गहिरो बनाउने र द्विपक्षीय सम्बन्धलाई बलियो बनाउने अवसर हुनेछ ।
उनीहरूको वार्ताले वासिङ्टनसँग त्रिपक्षीय सहयोगलाई सुदृढ पार्ने, ‘क्षेत्रीय शान्ति र स्थिरता’ लाई बढावा दिने र अन्य अन्तर्राष्ट्रिय मुद्दाहरूलाई सम्बोधन गर्ने कुरामा केन्द्रित हुने राष्ट्रपतिका प्रवक्ता काङ यु–जुङले बुधबार बताए ।
मुस्लिम महिलामाथि हमला भएपछि क्यानडाका प्रधानमन्त्रीको कडा चेतावनी
भारतमा अमेरिकी कर वृद्धिको खतरा
भारत ‘अलिक हठी’ भयो : अमेरिकी अर्थमन्त्री
पक्राउ परेकी दक्षिण कोरियाली पूर्वप्रथम महिला बस्ने जेलमा पङ्खा छ, एसी छैन
ब्राजिलको एक कारखानामा विस्फोट हुँदा नौ जनाको मृत्यु
तीस हजारभन्दा बढी अफगान स्वदेश फिर्ता
म्यान्मारको जुन्ताले ‘व्यवस्थित’ यातना दिइरहेको राष्ट्रसङ्घको रिपोर्ट
प्रतिक्रिया