काठमाडौं– आदरणीय पाठकवृन्द ! यो साता नेपाली मिडियामा केही सनसनीपूर्ण समाचारहरु छाए । राजनीति, प्रवास क्षेत्रमा तरंग ल्याउने घटना भए ।
खबरहब डटकमले हरेक शुक्रबार साताभरिका घटनालाई समेटेर ब्रिफिङ पस्कने गरेको छ ।
सगरमाथा संवादको उद्घाटन गर्दै प्रधानमन्त्री ओली : सोल्टी होटेलमा विशेष कार्यक्रम
शुक्रबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सगरमाथा संवाद’ को उद्घाटन गर्दैछन् । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार वातावरणीय मुद्धालाई उच्च प्राथमिकता दिँदै नेपालले पहिलो पटक आयोजना गरेको सगरमाथा संवादको उद्घाटन सोल्टी होटेलमा हुन लागेको हो। कार्यक्रम बिहान साढे नौ बजेपछि सुरु हुनेछ ।

प्रधानमन्त्रीको सचिवालयले कार्यक्रमको प्रत्यक्ष रिपोर्टिङका लागि संवादको प्रचार प्रसार तथा मिडिया समितिबाट तोकिएको प्रक्रियाका आधारमा पासकोे उपलब्ध गराउने बताएको छ। संवाद कार्यक्रम उद्घाटनको नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ।
‘द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ’
ओलीले भने- हाम्रो पार्टी कार्यालय एक रूपैयाँ उठाएर बनाउँछौँ भन्ने पनि निस्किए
‘धुर्मुस-सुन्तलीलाई क्रिकेट स्टेडियममा हात नहाल्नू, दु:ख पाउँछौँ भनेको थिएँ’
नाउपाबाट कैलाश चौधरी फेरि सुदूरपश्चिममा मन्त्री बन्दै, घूसको अडियोले गएको थियो लक्ष्मणकिशोरको पद
गृहमन्त्रीको दाबी – काङ्ग्रेस जिम्मेवारीका साथ देशका समस्या समाधानमा क्रियाशील
हिमालहरू जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो : प्रधानमन्त्री
जलवायु परिवर्तनले मानवको भविष्य नै खतरामा पार्दैछ : परराष्ट्रमन्त्री
सामाजिक सञ्जालमा सरकार र एमालेको विरोध गर्नेको प्रतिरोधमा उत्रिन कार्यकर्तालाई ओलीको निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले मिसन ०८४ मा बहुमत ल्याउन जनसंगठनहरुले सक्रियता बढाउनु पर्ने बताएका छन् ।समयसापेक्ष रुपमा संगठनलाई अघि नबढाएसम्म उपलब्धि हासिल नहुने उनले बताएका छन् ।

गत फागुनदेखि वैशाखसम्म महाधिवेशन गरेका जनसंगठनका पदाधिकारीलाई संयुक्त रुपमा बधाई दिन आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले संगठनभित्र गुटबन्दी र बेठिक प्रवृतिलाई प्रोत्साहन गर्न नहुने बताए ।
स्वर्णलक्ष्मीको बचत ठगीमा पक्राउ कांग्रेस सांसद राईविरुद्ध दुई अभियोगमा मुद्दा
सरकारलाई एमाले प्रमुख सचेतकले भने– साउदीमा अलपत्र नेपालीको उद्धार गरियोस्
उपेन्द्रले भने- भूमि विधेयक भूमाफियाको स्वार्थमा आयो, सशक्त विरोध गर्छौँ
पूर्वमन्त्री बस्नेत र प्राधिकरणका तत्कालीन अध्यक्ष झासहित १६ विरुद्ध सवा ३ अर्बको भ्रष्टाचार मुद्दा
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेत र दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले बस्नेत र झासहितका १६ व्यक्ति र कम्पनीविरुद्ध ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो कायम गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

मन्त्री पदमा रहेका बेला टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) को खरिद कार्यमा मिलेमतो गरी भ्रष्टाचार गरेको दाबीसहित बस्नेतलगायत १६ जनाविरुद्ध मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताए ।
अख्तियारले पूर्वमन्त्री बस्नेत, प्राधिकरणका तत्कालीन अध्यक्ष झा र पुरुषोत्तम खनाल, प्राधिकरणका तत्कालीन सदस्य धनराज ज्ञवाली र टीकाप्रसाद उप्रेती, प्राधिकरणका निर्देशक विजय कुमार राय, उपनिर्देशक रेवती राम पन्थ, उपनिर्देशक सुरेश बस्नेत, उपनिर्देशक हिरण्यप्रसाद बस्ताकोटी र उपनिर्देशक अच्युतानन्द मिश्रविरुद्ध एउटै बिगो कायम गरेर मुद्दा चलाएको हो ।
भ्रष्टाचार मुद्दा लागेपछि कांग्रेस सांसद बस्नेत निलम्बित
सवा तीन अर्बको भ्रष्टाचार मुद्दा लागेपछि बस्नेतको सांसद पद निलम्बित हुने
संवैधानिक निकायमा ५२ जनाको नियुक्ति विवाद : जेठ २८ गते फैसला सुनाइने
प्रधानमन्त्री ओलीसँग रुसी प्रमण्डलको भेट, नेपाल-रुस सम्बन्धबारे छलफल
प्रधानमन्त्री केपी शर्मा ओलीसँग रुसी महासङ्घअन्तर्गतको काल्मिकियाका प्रमुख बाटु कासिकोभ नेतृत्वको प्रतिनिधिमण्डलले भेट गरेको छ । आज प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटका अवसरमा नेपाल र रुसबीचको मित्रवत सम्बन्धका विविध आयामबारे छलफल भएको छ ।
प्रमुख कासिकोभले आगामी ‘सेप्टेम्बर’मा काल्मिकियामा आयोजना हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा सहभागिताका लागि प्रधानमन्त्री ओलीलाई निम्तो दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सोही अवसरमा प्रधानमन्त्री ओलीले रुसी महासङ्घका राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपालको औपचारिक भ्रमणका लागि निमन्त्रणाको सन्देश सुनाइदिन आग्रह गरे।

प्रधानमन्त्री ओलीले नेपाल र रुसबीच कुनै पनि किसिमको सैन्य सम्झौता नभएको अवस्थामा रुसी सेनामा नेपालीलाई भर्ना नगर्न राष्ट्रपति पुटिनलाई आफ्नो सन्देश सुनाइदिन पनि आग्रह गरे । जवाफमा प्रमुख कासिकोभले अब त्यसरी भर्ना नगराइने विश्वास दिलाए ।
सगरमाथा संवादमा आएका भारतीय वनमन्त्रीले भेटे प्रधानमन्त्रीलाई
ऊर्जामन्त्री खड्का र संयुक्त अरब इमिरेट्सका सहायक विदेशमन्त्रीबीच भेटवार्ता
प्रधानमन्त्रीसँग बङ्गलादेशका समाज कल्याणमन्त्रीको शिष्टाचार भेट
ऊर्जामन्त्री खड्का र एशियाली विकास बैँकका उपाध्यक्षबीच भेट
परराष्ट्रमन्त्री डा राणा विभिन्न द्विपक्षीय भेटवार्तामा व्यस्त
हितेन्द्रदेव भन्छन्- सानो समस्या आउँदैमा लोडसेडिङ हुँदैन, इन्भर्टर र मैनबत्ती खोज्ने कुरा नगरौँ
धनुषाको ढल्केबर आसपासको क्षेत्रमा उच्चबेगसहित चलेको हावाहुरीका कारण ढल्केबर-मुजफरपुर ४०० केभी डबल सर्किट लाइनको दुवैतिर समस्या देखिँदा विद्युत् आपूर्ति अनियमित भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले त्यो लाइनमार्फत आपूर्ति हुँदै आएको विधुतमा अचानक समस्या देखिँदा केही घण्टा अवरुद्ध भएको बताए ।
सुदूरपश्चिममा प्रचण्डकाे ‘हेड्याक’ : दलको नेतामा १६ महिनापछि खगराजकाे ‘कमब्याक’
नेकपा माओवादी केन्द्रका कार्यकर्ताले प्रचण्डलाई सुप्रिमो भन्छन् अर्थात् सुप्रिम कमाण्डर । माओवादीभित्र प्रचण्डको बोली नै पार्टी सञ्चालनकाे विधि हो । आदेश हो । निर्देशन हो; जस्तो देखिन्छ । तर सुदूरपश्चिम प्रदेश सभाको दलको नेता बनाउने विषयलाई आधार मान्ने हो भने प्रचण्ड अब प्रचण्ड रहेनन्, न उनको आदेश चल्छ, न निर्देशन नै ।

प्रचण्डले चाहेको व्यक्तिलाई दलको नेता बनाउन १६ महिना कुर्नु पर्यो । प्रचण्डकाे टाउकाे दुखाइकाे बनेकाे विषय १६ महिना कुरेर पनि सहज हस्तान्तरण र दिलखुसवाला समझदारी नभएको माओवादी निकट स्रोतको दाबी छ । दलको नेतामा देखिएको विवाद मिलाउन प्रचण्डले धेरै मिहिनेत र समय खर्चिनु पर्यो ।
प्रचण्डले भने- सुदूरपश्चिम क्षेत्रलाई सधैँ प्राथमिकतामा राखेका छौँ
प्रचण्डले भने- अबको दिन माओवादीको हुनेछ
माओवादीको ‘मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ शुभारम्भ
सत्तापक्षले काम कम, मुख धेरै चलायो : वर्षमान पुन
पूर्वअर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले प्रधानमन्त्री, मन्त्री र सत्तापक्षका सांसदहरु प्रतिपक्षमाथि गालीगलौजमा उत्रिने प्रवृत्ति देखिएको भन्दै आपत्ति जनाएका छन् ।
प्रतिनिधिसभामा बिहीबार आर्थिक वर्ष ०८२-०८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै पुनले लोकतन्त्रमा प्रतिपक्षले खबरदारी गर्दा सत्तापक्ष जाइलाग्नु शोभनीय नभएको टिप्पणी गरे ।

काम गर्छु भनेर जिम्मेवारी लिएको सत्तापक्षले काम गर्ने र प्रतिपक्षले खबरदारी गर्नुलाई लोकतान्त्रिक प्रक्रियाका रुपमा स्वीकार गर्न उनले आग्रह गरे । पुनले सरकारले राम्रो काम गरे वा प्रतिपक्षले गर्ने रचनात्मक खबरदारी र जनताले सडकबाट उठाएका आवाज सम्बोधन गरे सरकारको वाहवाही हुने उल्लेख गरे ।
प्रतिनिधिसभा : समन्यायिक र समानुपातिक रूपमा बजेट विनियोजन गर्न माग
प्रतिनिधिसभामा दुई प्रतिवेदन पेस
एमाले सांसद घर्ती भन्छिन्- ‘सगरमाथा संवाद’ जलवायु परिवर्तनको पक्षमा
सुदन किरातीले सोधे- कुलमान हटेपछि अघोषित लोडसेडिङ सुरु भएको हो ?
मन्त्री र प्रधानमन्त्रीका सल्लाहकारबारे रामहरिले उठाए प्रश्न, बिचौलिया भएर काम गरेको आरोप
सोबिताले भनिन्- सरकारले नै किर्ते जाहेरी तयार गरेर रविलाई फसायो
गणतन्त्रमा राजा वीरेन्द्रको सम्पत्तिबाट झण्डै २९ करोड आम्दानी
रवीन्द्र मिश्रलाई छाड्ने आदेशमा सर्वोच्चले भन्यो- प्रमाण संकलन भइसकेकाले थुनिरहनु परेन
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र पक्राउ परेको ४९ औँ दिनमा सर्वोच्च अदालतको आदेशअनुसार शुक्रबार अपरान्ह थुनामुक्त भएका छन् ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुँडाल र डा. तिलप्रसाद श्रेष्ठको इजलासले प्रहरीले चैत १५ गतेको घटनामा मिश्रमाथि लागेका आरोपसम्बन्धी प्रमाणहरू संकलन गरिसकेको देखिएकाले थुनामुक्त गर्न आदेश दिएको हो ।
रवीन्द्र मिश्रले भने- मविरुद्ध राज्य नै लाग्यो, हाजिरी जमानीमा छुट्दैमा खुसी छैन
अदालतको आदेश : रवि र छविलाई जानकारी दिनू, बाँकीको पेसी हेर्दाहेर्दैमा राख्नू
पत्रकारविरूद्ध लेखेको स्ट्याटस हटाएकै दिन सचिव सुवेदीको सरूवा
सुनुवाइमा जानकारी नदिएको भन्दै रवि पक्षका वकिलद्वारा इजलासमै विरोध
बनाइन्थ्यो लाइसेन्स, सर्टिफिकेट र डिपेन्डेन्ट भिसालाई नक्कली बिहे दर्ता प्रमाण पत्रसम्म
काठमाडौंको तारकेश्वर नगरपालिकामा किर्ते कागजात बनाउने कारखानामा भेटिएको छ । उक्त कारखानामा प्रहरीले छापा मारेर तीनजनालाई पक्राउ गरेको छ ।
तारकेश्वर नगरपालिका-७ स्थित फुटुङमा विभिन्न सरकारी कार्यालय, स्थानीय तह, बैंक तथा वित्तीय संस्था, शैक्षिक प्रमाणपत्र आदि किर्ते गरी नक्कली बनाउने गरेको कारखानामा प्रहरीले बुधबार छापा मारेको हो । यसबारे प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । प्रहरीले किर्ते कागजात बनाउने तीनजनालाई पनि पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गोरखाको भीमसेन थापा गाउँपालिका-१ का अञ्जनी बयलकोटी, ओखलढुंगा चम्पादेवी गाउँपालिका(७ का निर्मल खड्का र मकवानपुर कैलान गाउँपालिका-२ की अञ्जु खत्री छन् ।
उनीहरूले ८ वर्षदेखि सरकारी तथा गैरसरकारी कार्यालयका कागजात, स्थानीय तहको सिफारिस, शैक्षिक संस्थाको प्रमाणपत्र, जग्गाधनी पूर्जा, सवारी चालक अनुमति पत्रलगायत कागजात किर्ते गरी नक्कल बनाएर प्रयोग तथा प्रचलनमा ल्याउने गरेको प्रहरीले जनाएको छ ।
निजामती सेवामा प्रवेश गर्ने उमेर पुरुषको ३५ र महिलाको ३९ वर्ष
जनकपुर-अयोध्या जोड्न सके लाखौँ धार्मिक पर्यटक भित्र्याउन सकिन्छ : एनपी साउद
पौवादुङमाको पाँच सय हेक्टरमा अकबरे खुर्सानीखेती, गत वर्षमात्रै भित्रियो १८ करोड
व्यावसायिक अकबरे (डल्ले) खुर्सानीखेती पौवादुङमाका किसान आकर्षित भएका छन् । अन्य बालीको तुलनामा खुर्सानीखेतीबाट राम्रो आम्दानी हुने भएपछि यहाँका अधिकांश किसान व्यावसायिक खेतीमा जुटेका हुन् ।

गाउँपालिकाले व्यावसायिकखेती प्रणालीका लागि आवश्यक प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेपछि किसानलाई सहजता भएको छ । यहाँको करिब ५०० हेक्टर क्षेत्रमा किसानले खुर्सानीखेती गरिरहेको कृषि शाखाका प्राविधिक बर्तेन्द्र राईले बताए ।
मुस्ताङको सार्वजनिक जग्गामा स्याउखेती
मिथिला नगरपालिकाका ६४ परिवारलाई लालपुर्जा वितरण
पर्यटकको रोजाइमा ‘गर्मी ठाउँका शीतल गन्तव्य’
ढकमक्क ज्याकाराण्डा, तस्बिर खिच्नेको ताँती (तस्बिरहरू)
उपत्यका अहिले ज्याकारान्डा फुलेर बैजनी रंगको बनेको छ । सडक किनारमा ढकमक्क फुलेको ज्याकारान्डाले शहरको सौन्दर्य त बढाएको छ नै, मानिसहरूलाई मन भुलाउने माध्यम पनि बनेको छ ।

फूल हेरेर रमाउनेदेखि फोटो खिच्ने तथा भिडियो बनाउनेहरू थुप्रै देखिन्छन् । कतिपयले ज्याकारान्डाको बैजनी रंगसँग मिल्ने कपडामा सजिएर टिकटक बनाउने गरेका देखिन्छन् ।
सडक अनुगमनमा निस्किइन् उपमेयर डंगोल
बालेनको सचिवालय भन्छ- प्रवक्ता यथावत् छन्, समितिको नेतृत्व मात्रै हेरफेर
लामेआहालमा इलेक्ट्रिक माइक्रोबस दुर्घटना, ३ जनाको मृत्यु
पृथ्वी राजमार्ग सडक खण्डको पोखरा-३२, लामेआहालमा इलेक्ट्रिक माइक्रोबस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको ग१ज ८६३० नम्बरको माइक्रोबस दुर्घटनामा परेको हो । मृतकको सनाखत हुन सकेको छैन ।

जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रहरी प्रमुख इन्सपेक्टर शोभा पाण्डेका अनुसार दुर्घटनामा चालक सहित ८ जना घाइते भएको भएका छन् । घाइते ४ जनालाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएकामा ३ जनाको मृत्यु भएको हो ।
बाँकी घाइतेको पोखरा विश्वविद्यालय टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।
प्रथम महिलाले सगरमाथा आरोहण गरेको ५० वर्ष पूरा
सन् १९७५ मे १६ मा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने जापानकी जुन्को ताबेई पहिलो महिला बनिन् । आधा शताब्दीपछि विश्वको सबैभन्दा अग्लो पर्वतमा महिलाद्वारा हजारौँ आरोहण हुन लागेको छ ।

आठ हजार आठ सय ४९ मिटर (२९ हजार ३२ फिट) अग्लो शिखर चढ्नु मुख्यतया पुरुषहरूको उपलब्धि रहेको छ ।
पाकिस्तानसँग तनावबीच अफगिनास्तानी तालिबानसँग नजिकिँदै भारत
सलमान रुस्दीमाथि आक्रमण गरेका माटारलाई २५ वर्षको जेल सजाय
बेलायतमा शरण खोज्ने आप्रवासीको सङ्ख्या बढ्यो
रुस-युक्रेन युद्धः ट्रम्प र पुटिनले मात्र शान्ति वार्तालाई ‘ब्रेकथ्रु’ गर्ने निष्कर्ष
गाजामा भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या सय नाघ्यो
पाकिस्तानसँग तनावबीच अफगिनास्तानी तालिबानसँग नजिकिँदै भारत
अमेरिकी विदेश नीतिको आलोचना गरेर नथाक्ने अल जजीरा ट्रम्पको कतार भ्रमणमा नरम
कतारी टेलिभिजन सञ्जाल अल जजीरा मध्यपूर्वको प्रभावशाली शक्ति मानिन्छ । कतारको राज्यसञ्चालित यो टेलिभिजनले लामो समयदेखि अमेरिकी नीतिको आलोचना पनि गर्दै आएको छ ।
सन् २००१ को सेप्टेम्बर ११ मा आतंककारी संगठन अल कायदाले अमेरिकामा आक्रमण गरेपछिका घटनाक्रममा यस टेलिभिजनले अमेरिकी विदेश नीतिको आलोचना गर्दै आएको थियो । तर, अहिले भने अल जजीरा अमेरिकाप्रति नरम देखिन थालेको छ ।

अमेरिकी समाचार संस्था एपीका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कतार भ्रमणका समयमा अल जजीराले अमेरिकाको आलोचना गर्न छाडेको हो । अल जजीराका अरबी र अंग्रेजी टेलिभिजनले ट्रम्पको कतार भ्रमणलाई एपीकै शब्दमा ‘स्ट्रेटफरवार्ड कभर’ गरिरहेका छन् ।
किवी संसदमा हाका नाच्ने सांसदले पाए ‘अहिलेसम्मकै कठोर सजाय’
मालीमा सबै राजनीतिक दल प्रतिबन्धित
सबै अमेरिकी वस्तुको भन्सार शुल्क शून्यमा झार्ने भारतको प्रस्ताव : ट्रम्प
रुसी सेनासँग व्यावहारिक सहयोग विस्तार गर्न चीन तयार
प्रतिक्रिया