आजका समाचार : माओवादी फकाउन खोज्दै ओली, नेपाल प्रहरीमा नयाँ महानिरीक्षक र ट्रम्प-पुटिनबीच वार्ता हुने | Khabarhub Khabarhub

आजका समाचार : माओवादी फकाउन खोज्दै ओली, नेपाल प्रहरीमा नयाँ महानिरीक्षक र ट्रम्प-पुटिनबीच वार्ता हुने


४ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

सोमबार दिउँसो काठमाडौंमा एउटा ‘र्‍युमर’ फैलियो– ओली र देउवासँग प्रचण्डले संवाद गरे, गणतन्त्रवादीहरू एक हुनुपर्छ र यसका लागि विपक्षीका माग सरकारले पूरा गर्नुपर्छ भन्ने प्रचण्डको माग, आदि–इत्यादि…।

त्यसो त केही दिन अघिदेखि नै ‘माओवादीले राष्ट्रिय सरकार गठन हुनुपर्ने माग गरेको’ हल्लासमेत बजारमा चलिरहेकै थियो । सोही हल्लालाई मलजल पुर्‍याउने गरी तीन नेताबीच संवाद भएको अर्को हल्ला सोमबार बाहिर आएको हो ।

के माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग संवाद गरेकै हुन् त ? के उनले विपक्षीका माग (राष्ट्रिय सरकार गठन ?) पूरा गर्न ओली र देउवालाई प्रस्ताव गरेकै हुन् ? खबरहबले यसबारे गुह्‍य कुरो पत्ता लगाउने प्रयास गरेको छ ।

माओवादीलाई फकाउने प्रधानमन्त्री ओलीको इच्छा, प्रचण्ड टारेको टारेकै !

एमालेले भन्यो- एक्काइसौँ शताब्दीमा वंशगत शासनको बहस गर्नु हाँस्यास्पद

नेकपा एमालेले मुलुकले हासिल गरेका महत्त्वपूर्ण उपलब्धि स्वीकार नगरेर एकोहोरो नकारात्मक भाष्य निर्माण गर्दै अलोकतान्त्रिक दिशामा पछाडि फर्काउने प्रयास स्वीकार्य हुन नसक्ने बताएका छ ।

केन्द्रीय सचिवालय बैठकले पारित गरेको प्रस्ताव सार्वजनिक गर्न जारी गरिएको प्रेस विज्ञप्तिमार्फत एमालेले एकोहोरो नकारात्मक भाष्य निर्माण गर्ने, जनता र राष्ट्रको मनोबल खस्काउने र त्यसैको बहानामा मुलुकलाई अलोकतान्त्रिक दिशामा पछाडि फर्काउने प्रयास स्वीकार्य हुन नसक्ने बताएका हो ।

‘लोकतन्त्र स्थापनापछिको छोटो समयमै नेपालले महत्त्वपूर्ण प्रगति हासिल गरेको छ । सशस्त्र द्वन्द्व, लामो सङ्क्रमणकाल र भूकम्प लगायत अनेकौँ प्राकृतिक विपत्तिका बीचमा पनि भौतिक पूर्वाधार, सामाजिक क्षेत्र, जनताको जीवनस्तर, अन्तर्राष्ट्रिय सम्बन्ध लगायत क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धि महत्त्वपूर्ण छन्,’ एमालेले भनेको छ ।

संघीयतालाई अझ प्रभावकारी बनाउनुपर्छ : सभापति देउवा

मुलुक समृद्धिका पक्षमा धेरै काम भएका छन् : सभापति देउवा

सरकार परिवर्तन हुने कुनै सम्भावना छैन : प्रमुख सचेतक बर्तौला

योजना आयोगका पदाधिकारीलाई प्रधानमन्त्रीको निर्देशन- गरिबी निवारण प्राथमिकतामा राख्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन, उत्पादकत्व र उद्यमशीलता वृद्धि गरी गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न राष्ट्रिय योजना आयोगका पदाधिकारीलाई निर्देशन दिएका छन् ।

आयोगको कार्यसम्पादन र भावी कार्यदिशाका विषयमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उपाध्यक्षसहित पदाधिकारीसँगको छलफलमा आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले पूर्वाधार विकासका काम लगभग पूरा हुने चरणमा रहेकाले अब सीप विकास, उद्यमशीलता, रोजगारीका अवसर सृजना, कृषि क्षेत्रका ठूला उत्पादन र लगानी वृद्धि गर्न आग्रह गरेका हुन् ।

प्रधानमन्त्रीलाई गैरसरकारी संस्था महासङ्घको घोषणापत्र हस्तान्तरण

दिगो जलश्रोत व्यवस्थापनमा सरकार गम्भीर : मन्त्री खड्का

सत्तामा जाने भर्‍याङ बनाउन प्रतिक्रियावादी शक्ति सलबलाए : एमाले  

राजावादीले गतिविधि बढाए एमालेले जनता जागृत गराउने 

हामी सरकारमा जाने प्रचार सबै भ्रम हो : प्रचण्ड  

संसदमा गृहमन्त्रीको जवाफ : ६ प्रकारका विशिष्टलाई सुविधा आवश्यक


सरकारले तयार पारेको पूर्वविशिष्ट पदाधिकारीको सुविधासम्बन्धी विधेयकले राज्यको दोहन नहुने गृहमन्त्री रमेश लेखकले दाबी गरेका छन् ।

प्रस्तावित विधेयकका सन्दर्भमा संसद र मिडियामा उठेका प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्री लेखकले सोमबार प्रतिनिधिसभामा भने, ‘ पूर्वविशिष्ट पदाधिकारीहरूको सेवा सुविधामा एकरूपता कायम गर्नुपर्ने भएको छ। ‍…पूर्वपदाधिकारीलाई उपलब्ध भएको इन्धन, सुरक्षाकर्मी, कर्मचारी, भौतिक सामाग्रीसहितका विषयमा व्यवस्थापन हुन आवश्यक भएकोले नै यी सुविधालाई कानुनी दायरामा ल्याउन आवश्यक भएको छ।’

पूर्वविशिष्टको सेवाबारे भार पर्ने कानून बनेको छैन : गृहमन्त्री 

‘लोकसेवामा ६ पटक भन्दा बढी परीक्षा दिन पाउनुपर्छ’

पुरानै परिपाटीले राष्ट्रिय विकासका आवश्यकता पूरा हुँदैनन् : प्रतिमा गौतम

ऊर्जामन्त्री भन्छन्- हिमताल संरक्षण र मौसम पूर्वानुमान प्रणाली सुदृढ बनाउन सरकार प्रतिबद्ध छ 

स्ववियु चुनाव : चर्चित क्याम्पसमै तालाबन्दी (भिडियो)

प्रमुख राजनीतिक दलहरूको शक्ति परीक्षण गर्ने मिनी इलेक्सनका रूपमा हेरिने स्ववियु निर्वाचन आगामी चैत्र ५ गते हुँदै छ । त्रिभुवन विश्वविद्यालयका अनुसार देशभरका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुने छ । दलका भातृ संगठनहरु चुनावको तयारीमा जुटेका छन् ।

देशभरका सबै क्यापसमा एकैसाथ चुनाव गराउने त्रिवि विद्यार्थी कल्याण खेलकुद परिषद् प्रमुख पशुपति अधिकारी बताउँछन् ।
तर, त्रिविले यस्तो दाबी गरे पनि आइतबार खबरहबको टोली केही क्याम्पसको अनुगमनमा निस्कँदा काठमाडौंका केही चर्चित क्यापसमै ताला लागेको भेटियो ।

विद्यार्थी संघठन र क्याम्पस प्रशासनबीच कुरा नमिल्दा त्रिचन्द्र क्यापसका साथै प्रदर्शनीमार्गमा रहेको विश्व भाषा क्याम्पसमा पनि ताला लागेको पाइयो ।

नेविसंघले स्वतन्त्र समूहलाई आधिकारिक भनेपछि पद्मकन्यामा चर्कियो विवाद

एसईई परीक्षाको केन्द्राध्यक्ष चयन गोलाप्रथाबाट गर्न माग

गण्डकीका ४५ हजार ७ सय बढी विद्यार्थीले एसईई दिने

मनाङका ४६ विद्यार्थीले एसईई दिने

राष्ट्रियसभाले पारित गर्‍यो तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक- २०८१

तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ राष्ट्रिय सभाको बैठकले पारित गरेको छ ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले प्रस्तुत गरेको ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ पारित गरियोस्’ भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो । त्यसअघि उक्त विधेयकमाथि छलफल भएको थियो ।

सरकारका गतिविधि जनतामुखी हुनुपर्छ : सांसद अर्याल

कृष्ण सिटौला भन्छन्- ज्ञानेन्द्र शाहले नै जनता भड्काउने काम गरे

राष्ट्रियसभामा सौर्य एयरलाइन्स दुर्घटनाबारे छानबिनको माग

प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त

सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापालाई नियुक्त गरेको छ ।

दुई वर्षअघि प्रहरी महानिरीक्षक नियुक्त भएका वसन्त कुँवर ३० वर्षे सेवा अवधि पूरा गरेर सोमबार नै अवकाशमा जाने भएपछि सरकारले थापालाई महानिरीक्षक नियुक्त गरेको हो ।

सोमबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले थापालाई महानिरीक्षक नियुक्त गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।

थापा नेपाल प्रहरीका ३१औँ महानिरीक्षक हुन् । थापासँगै अतिरिक्त महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङ र सुदीप गिरी पनि महानिरीक्षकको प्रतिस्पर्धामा थिए ।

गण्डकीका मुख्यमन्त्री र युएनडिपीका निर्देशकबीच भेटवार्ता, प्रदेशको प्राथमिकतामा सहकार्य गर्न प्रस्ताव

स्वास्थ्य मन्त्रालयको सचिव नियुक्तीविरुद्ध परेको रिटमा कारण देखाउ आदेश

राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन गर्ने समय थप

चैत १५ गतेको जनसभामा हजारौँलाई उतार्ने एकीकृत समाजवादीको निर्णय

नेकपा एकीकृत समाजवादीले समाजवादी मोर्चाले गर्न लागेको विरोधसहितको जनसभामा हजारौँलाई उतार्ने जनाएको छ ।

पार्टी कार्यालय आलोकनगरमा सोमबार बसेको समाजवादीको स्थायी कमिटी बैठकले चैत १५ गते काठमाडौंमा समाजवादी मोर्चाले आयोजना गरेको विरोध सभालाई सफल बनाउन हजारौँलाई उतार्नेसहितको योजनाका साथ अघि बढ्ने निर्णय गरेको हो ।

राजसंस्थाका विषयमा गरिएको कु-प्रचारलाई चिर्दै जनतालाई सडकमा उतार्ने प्रयास गर्ने उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए ।

इतिहासको चक्का पछाडि फर्काउने दुस्साहस भइरहेको छ : प्रचण्ड

मौसमी राडार सञ्चालनमा ल्याउन सांसद थानीको माग

प्रतिनिधिसभाका सांसद हृदयराम थानीले सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१३ मा रहेको मौसमी राडार सञ्चालनमा ल्याउन आग्रह गरेका छन् ।

कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशको जलवायु जानकारी दिने मौसमी राडार दुई वर्षदेखि बिग्रिएको र यसलाई सञ्चालनमा ल्याउन सांसद थानीले माग गरेका हुन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई बनाउनका लागि माग गर्दै मौसमी राडार स्पेर पार्टस बिग्रिएका कारण २ वर्षदेखि सञ्चालनमा नहुनु विडम्बनापूर्ण अवस्था रहेको थानीले बताए ।

स्मार्ट टेलिकमको मूल्य निर्धारण समिति गठन गर्दै दूरसञ्चार प्राधिकरण

वनमा लागेको डढेलो बस्ती पसेपछि आठ घर जलेर नष्ट

शैक्षिक सत्र सुरु नभई विद्यार्थी भर्ना नगर्न कामपाको निर्देशन

गण्डकी प्रदेश सभाको चैत महिनाको कार्यतालिका सार्वजनिक

युक्रेनबारे ट्रम्प र पुटिनबीच मंगलबार छलफल हुने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेनबारे वार्ता गर्न लागेको बताएका छन् ।

अमेरिका र युक्रेनका प्रतिनिधिहरूबीच साउदी अरबमा भएको वार्तापछि ट्रम्पको भनाइ आएको छ । युक्रेनले साउदी अरबमा सम्पन्न बैठकपछि अमेरिकाको ३० दिने युद्ध विरामको प्रस्तावमा सहमति जनाएको छ ।

‘मलाई लाग्छ कि हामी जमिनको मुद्दामा कुराकानी गर्छौँ । किनकि तपाईँहरू जान्नुहुन्छ कि युद्ध सुरु भएपछि अहिलेसम्म धेरै ठूलो परिवर्तन आइसकेको छ । हामी ऊर्जा संयन्त्रका बारेमा पनि छलफल गर्छौँ,’ ट्रम्पले भनेका छन् ।

अमेरिकामा आएको आँधीमा ४० जनाको मृत्यु

बङ्गलादेशका नेता युनुसको चीन भ्रमणको घोषणा

स्टिल र आल्मुनियमको कर घट्दैन : ट्रम्प

हाउथीमाथि अमेरिकाको अर्को आक्रमण : ५३ जना मारिएको दाबी

आरोप पुष्टि नहुँदै २३८ भेनेजुएलीलाई ट्रम्प प्रशासनले पठायो कुख्यात बन्दी गृह साल्भाडोर जेल

लिभरपुललाई हराउँदै न्यु क्यासलले जित्यो ७० वर्षपछि पहिलो उपाधि

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार  ७ : ५२ बजे

आगलागीबाट तीन घर जलेर नष्ट, एक करोड २५ लाख बराबर क्षति

उदयपुर – उदयपुरको चौदण्डीगढी नगरपालिका–७ बेल्टारस्थित कल्याण चोकमा आज अपराह्न

पृथ्वी नारायण क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

पोखरा – निर्वाचन समितिको सामान्य गल्तीका कारण पोखराको पृथ्वीनारायण क्याम्पसमा

चाँगुनारायण क्षेत्रभित्र ऊर्जामैत्री भवन निर्माण गर्न आग्रह

भक्तपुर – चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले नगरपालिकाभित्र ऊर्जामैत्री भवन

बारको चुनावमा डीएलए र पीपीएलएको गठबन्धन

काठमाडौं – नेपाल बार एशोसिएशनको निर्वाचनमा नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशन,

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

सर्लाही – आज हुलाकी सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक