प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलना मुद्दा
सर्वोच्च अदालतमा प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दर्ता भएको छ ।
राजदूत फिर्ता बोलाउने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको आदेश पालना नगरेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीविरुद्ध अवहेलना मुद्दा दायर गरिएको हो ।
अधिवक्ता प्रेम सिलवालले दायर गरेको सो मुद्दाको सुनुवाइ यही मङ्सिर ७ गते हुनेगरि तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए ।

वर्तमान सरकारले गत असोज ३० गते अघिल्लो सरकारको पालामा नियुक्त ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । यसअघि, सर्वोच्च अदालतका न्यायाधीशद्वय सारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले राजदूत फिर्ता बोलाउने निर्णय तत्काल कार्यान्वयन नगरी यथास्थितिमा राख्न गत कात्तिक १६ गते अन्तरिम आदेश दिएको थियो ।
पहिलो दिनमै प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता उत्साहजनक
प्रधानमन्त्रीद्वारा नागरिक समाजका अगुवाहरूसँग छलफल
निर्वाचनका लागि आयोगमा दर्ता भयो रास्वपा (तस्बिरहरू)
चोकदेखि चिया पसलसम्म बढ्दै छ चुनावी सरगर्मी
‘प्रतिनिधिसभा पुनस्थापना भए तत्काल ओली प्रधानमन्त्री नबन्ने ग्यारेन्टी दिन एमाले तयार छ’
वीर अस्पतालको सेवा प्रभावकारी बनाउन सहयोग गर्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता
एकताको सन्देश दिन प्रदेश राजधानीदेखि पालिकासम्म सभा गर्दै नेकपा
गत कात्तिक १९ गते १२ दल मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सातै प्रदेशमा एकताको सन्देश दिन सभा गर्ने भएको छ। नेकपाले सोमबार ती एकता सभाको कार्यतालिका सार्वजनिक गरेको छ । नेकपा गठन भइसकेको अवस्थामा देशव्यापी एकता सन्देश सभा गर्न लागिएको हो ।

प्रदेशस्तरीय एकता सन्देश सभाअन्तर्गत सुदुरपश्चिम प्रदेशको राजधानी धनगढीमा मंसिर १२ गते, लुम्बिनी प्रदेशको राजधानी दाङ(देउखुरीमा मंसिर १३ गते र गण्डकी प्रदेशको पोखरामा मंसिर १४ गते एकता सन्देशसभा हुने भएको छ।
सुजन कडरियाको राजीनामा स्वीकृत, दीपक धामी बने अनेरास्ववियुका नयाँ अध्यक्ष
सुदनको दाबी : अशोकसहित सुमना र हर्कसँग पनि संवादमा छौँ
नहुने चुनावको पैरवी गरेर एमालेले समय खेर फाल्दैन : शंकर पोखरेल
दलित समुदायको अधिकार तथा विकास व्यवस्था गर्ने विधेयक अघि बढाउन सरकारलाई निर्देशन
प्रचण्ड नेतृत्वको नेकपासँग एकताबारे छलफलमा अशोक राईको जसपा
छानबिनको बहानामा यसअघि बढुवा छुटाइएका एसएसपी अधिकारी डीआईजीमा सिफारिस
एनपीएलको उद्घाटन खेलमा काठमाडौंसँग साविक विजेता जनकपुर पराजित
नेपाल प्रिमियर लिग सिजन २ को उद्घाटन खेलमा काठमाडौं गुर्खाजले साबिक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गरेको छ ।

टस जितेर जवाफी ब्याटिङमा उत्रिएको काठमाडौंले जनकपुरले दिएको १३१ रनको लक्ष्य १८ ओभरमा ५ विकेट क्षतिमा पूरा परेको हो । काठमाडौंले १३२ रन जोड्दै विजय यात्रा थालेको हो ।

काठमाडौंको जितमा बेन चार्ल्सवर्थले सबैभन्दा बढी ४६ रन जोडे । उनले २३ बलमा ५ चौका र ३ छक्कासमेत प्रचार गरे ।
ओपनरद्वय बेन र आकाश त्रिपाठीको ७० रनको बलियो साझेदारी सञ्जय कृष्णमूर्तिले तोडेका हुन् । सञ्जयले पहिलो विकेटका रुपमा बेनलाई जोन सिम्पसन मार्फत् क्याच आउट गराएका हुन् ।
त्रिवि क्रिकेट मैदानमा रात्रि खेलको मजा (तस्बिरहरू)
काठमाडौंले गुमायो २ विकेट, जनकपुरलाई थोरै राहत
बलिङतर्फ पनि दबाबमा साविक विजेता जनकपुर
आशिफको अर्धशतकमा जनकपुरले काठमाडौंलाई दियो १३१ रनको सामान्य चुनौती
मिलिन्दाको बलिङले दबाबमा जनकपुर, अर्धशतक बनाउँदै बाहिरिए आशिफ
एनपीएल क्रिकेट : ड्रोनबाट यस्तो देखियो त्रिवि मैदान (तस्बिरहरू)
आशिफले प्रहार गरे दोस्रो सिजनको एनपीएलमा पहिलो अर्धशतक
सुरूमै दबाबमा साविक विजेता जनकपुर, काठमाडौंका मिलिन्द एक्लैले लिए ३ विकेट
टस जितेर काठमाडौं गोर्खाजले बलिङ रोज्यो (तस्बिरहरू)
दुर्गा प्रसाईँले भने- सरकारले बेवास्ता गर्यो, हाम्रो आन्दोलन रोकिँदैन
राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईँले आफूहरूले घोषणा गरेको आन्दोलन नरोकिने बताएका छन् ।
सोमबार आफ्नै निवास भक्तपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रसाईँले आफूहरूको मागका बारेमा सरकारलाई जानकारी गराउँदा समेत कुनै चासो नदेखिएको भन्दै पूर्वघोषित आन्दोलन नरोकिने बताएका हुन् ।

उनले शान्तिपूर्ण आन्दोलन गर्न पाउने सबैको अधिकार भएकाले आफूहरूको आन्दोलनलाई कसैले रोक्न नसक्ने धारणा राखे । त्यस्तै प्रसाईँले जेन-जीले उठाएका मुद्दामा भन्दा वर्तमान सरकारको ध्यान निर्वाचनमा मात्रै केन्द्रित भएको भन्दै आपत्ति जनाए ।
ऊर्जामन्त्रीको महसुल उठाउने निर्णय सही भएको आयोगको ठहर
महावीर भन्छन्– ‘फुटेर नभइ जुटेर मात्र शक्तिशाली भइन्छ’
रंगशालासँगै नेपालको खेलकुदको भविष्य उज्यालो हुँदैछ : ऊर्जामन्त्री घिसिङ
अर्थमन्त्रीले भने- निजी क्षेत्रको सुरक्षा प्रत्याभूति सरकारले गर्छ
मतदाता नामावली दर्ता तीव्र, पाँच लाखभन्दा धेरै दर्ता
काम नगरेका सडकसम्बन्धी २५ रुग्ण ठेक्का तोडियो
मधेशका पाँचजना प्रदेशसभा सदस्यलाई पदमुक्त नगर्न सर्वोच्चको आदेश
सिभिल अस्पतालले माग्यो करार कर्मचारी
सिभिल सर्भिस अस्पताल (निजामती कर्मचारी) अस्पतालले करारमा कर्मचारी मागेको छ । सोमबार एक सूचना प्रकाशित गर्दै अस्पतालले दसौंदेखि छैटौं तहका ३२ कर्मचारी मागेको हो ।

एक जना अप्थाल्मोलोजी कन्सल्ट्यान्ट, नवौं तहको कार्डियोलोजी १, ग्यास्ट्रोइन्ट्रोलोजी सिनियर रजिष्ट्रार, हेपाटोलोजी, मेडिकल अन्कोलोजी, सिटिभिएस सर्जरी, रेडियोलोजी रजिस्ट्रार, फेमिली मेडिसिन एन्ड इमर्जेन्सी रजिष्ट्रार २ जना लगायत विभिन्न तहका ३२ कर्मचारी मागेको हो ।
इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूलाई १५ दिनभित्र दरखास्त दिन सूचनामा भनिएको छ ।
झापाको सलकपुरमा सुन्तला खान पुग्छन् पर्यटक
संग्रहालयमा राखिएको तोरण मंसिर ५ गते कुमारी बहालमा पुनः स्थापना गर्ने
स्वास्थ्य सेवाबाहेक अन्यत्र एम्बुलेन्स प्रयोगमा ल्याइए कारबाही हुने
बाला चतुर्दशी मेला : पशुपतिमा १८ घण्टा कर्मचारी खटाइने
कर्णालीमा कानुन मन्त्रालय मुख्यमन्त्री कार्यालयमा गाभ्ने निर्णय
नयाँ मतदातामा उत्साह, पाँच हजार थपिए
बंगलादेशमा शेख हसिनालाई सुनाइयो फासीको सजाय
बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसीना मानवताविरुद्धका पाँचवटा अपराधमध्ये तीनमा दोषी ठहर भएकी छन्। ढाकामा अन्तर्राष्ट्रिय अपराध ट्रिब्युनलले उनलाई फासीको सजाय सुनाएको हो। समाचारअनुसार अदालतले उनलाई मृत्युदण्डको सजाय सुनाएको हो । अदालतको फैसला प्रत्यक्ष प्रसारण भइरहेको छ।
ढाकामा अन्तर्राष्ट्रिय अपराध ट्रिब्युनलले उनलाई मानवताविरुद्धको अपराधको दोषी ठहराउँदै हत्या घटनाका मुख्य योजनाकार ठहराएको छ। भारतमा निर्वासित जीवन बिताइरहेकी शेख हसिनासँगै पूर्व गृहमन्त्री आसदुज्जमान खान कमाललाई मृत्युदण्डको सजाय सुनाइएको छ।

ट्रिब्युनलले अगष्ट २०२४ मा भएको विद्यार्थी आन्दोलनको क्रममा भएका हत्याको मुख्य योजनाकारका रूपमा उनीहरूलाई दोषी ठहर गरेको छ। शेख हसिना सत्ताबाट ढलेपछि भारतमा निर्वासित जीवन बिताइरहेकी छन् । उनी विगत १५ महिनादेखि भारतमै बसिरहेकी छिन्।
मृत्युदण्डको सजायसँगै हसिना र पूर्वगृहमन्त्री कमालको सबै सम्पत्ति जफत गर्न आदेश
न्युजिल्याण्डमा वार्षिक खाद्य मूल्य ४.७ प्रतिशतले बढ्यो
शेख हसिनालाई मृत्युदण्डको फैसलाले दबाबमा भारत, फिर्ता पठाउला बंगलादेश ?
शेख हसिनाविरुद्ध फैसला आउनुअघि बङ्गलादेशमा सुरक्षा व्यवस्था कडा
प्यालेस्टिनी राज्यको विषयमा नेतान्याहु अडिग, संयुक्त राष्ट्रसङ्घको मतदानअघि तनाव वृद्धि
सुडानको मानवीय अवस्था बिग्रँदै गएको राष्ट्रसङ्घको चेतावनी












प्रतिक्रिया