राजावादीको सक्रियता बढेपछि कांग्रेसले बोलायो बैठक, ठोस धारणा सार्वजनिक गर्ने
पूर्वराजा ज्ञानेन्द्र शाहलाई तेस्रोपल्ट राजा बनाउने भन्दै राजावादी शक्तिहरूले घोषणा गरेको आन्दोलनबारे संस्थागत धारणा बनाउन प्रमुख सत्तारूढ नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ ।
सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा मंगलबार बसेको पदाधिकारी बैठकले गत फागुन २५ गतेदेखि बढ्न थालेको राजावादीको आन्दोलनबारे पार्टीको धारणा तय गर्त चैत १० गते केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाउने निर्णय गरेको हो ।

बैठकपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले चैत १० गते कार्यसम्पादन समिति बैठक बोलाउने निर्णय भएको जानकारी दिए । ‘१० गते कार्यसम्पादन समितिको बैठक बस्ने र समग्र विषयमा समीक्षा गरेर हामी केही निर्णयहरू पनि गछौँं,’ उनले भने ।
प्रवक्ता महतले पदाधिकारी बैठकमा राजावादीको पछिल्लो चलखेलबारे सामान्य समीक्षा भएको पनि जानकारी दिए । उनले कार्यसम्पादन समितिको बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल गरिने बताए ।
परराष्ट्रमन्त्रीले युक्रेनका समकक्षीसँग भनिन्– तपाईंको सेनाले बन्धक बनाएका नेपाली मुक्त गरिदिनुस्
परराष्ट्रमन्त्री राणा र मल्दोभाका उपप्रधानमन्त्री एवं विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता
ट्रम्पका सुरक्षा निर्देशकलाई भेटिन् परराष्ट्रमन्त्रीले, विपिन रिहाईको पहल गरिदिन आग्रह
लेखा समितिको बैठक निरन्तर राख्न माग
अर्थ समितिमा भन्सार विधेयकमाथि छलफल
ओली नेतृत्वको सरकारले थप्यो साढे दुई खर्ब ऋण, २७ खर्ब नाघ्यो सार्वजनिक ऋण
सुवेदी नेतृत्वको आन्दोलन समितिलाई राप्रपा नेपालको समर्थन, उपाध्यक्ष लुइँटेललाई पठाइयो
नवनियुक्त आईजीपी थापालाई दर्ज्यानी चिह्न प्रदान
काठमाडौं विश्वविद्यालयका नवनियुक्त उपकुलपतिले लिए सपथ
नेपालमा राजतन्त्र पुनर्स्थापना असम्भव : प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा राजतन्त्र पुनर्स्थापना असम्भव भएको दावी गरेका छन् ।
२७औँ सांस्कृतिक प्रतिरोध दिवस, सहिद परिवार अभिनन्दन तथा जनसांस्कृतिक राष्ट्रिय सम्मान–२०८१ नाम दिएर मंगलबार प्रज्ञा प्रतिष्ठानमा आयोजित समारोहमा उनले उक्त दावी गरेका हुन् ।

‘नेपालमा राजतन्त्र पुनर्स्थापना त असम्भव छ । बरु यो बहसले समाजवादको यात्रा फराकिलो पार्ने मद्दत गर्ने छ भन्ने मैले विश्वास हो,’ पूर्वप्रधानमन्त्री प्रचण्डले भने ।
उनले राजावादीहरूले राजतन्त्र पुनर्स्थापनाका लागि भनेर सुरु गरेको आन्दोलनले नेपाली जनतालाई अझ बढी चेतनशील बनाउने पनि जिकिर गरे ।
‘अहिले जुन डिबेट सुरु भएको छ, मेरो विचारमा यो डिबेटले नेपाली जनतालाई अझ बढी चेतनशील बनाउन, समाजवादी क्रान्तितिर अग्रसर हुनका लागि नयाँ विचार, नयाँ सिद्धान्त, नयाँ रणनीतिको खोजी गर्ने अवसर हुनेछ,’ प्रचण्डले भने ।
जनमतको दाबी- अध्यक्ष रञ्जिता पनि पार्टी एकताको पक्षमा हुनुहुन्छ
प्रचण्डको दाबी- ज्ञानेन्द्र आफैंले राजतन्त्र ढाल्न सहयोग गरेका थिए
कीर्तिपुर क्रिकेट मैदानमा प्यारापेट निर्माण र फ्लडलाइट जडानको काम वैशाखभित्र सकिने
सहरी विकास मन्त्री सिंह काममा पूरै असफल, ८ महिनामा १७ प्रतिशत मात्रै पुँजीगत खर्च
पोखराको बेलुन विस्फोट घटनाबारे छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
विप्लव भन्छन्- अन्तर्राष्ट्रिय शक्तिले खेलेका कारण राजतन्त्रको विषय चर्चामा आयो
२५ करोड बोकेको ट्रक चालक कुसाङ भरिया मात्रै (तस्बिरहरू)
मंगलबार बिहान विभिन्न देशका २५ करोड अवैध रकमसहित पक्राउ परेका ट्रक चालक कुसाङ लामा अहिलेसम्म भरिया मात्रै रहेको खुलेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतका अनुसार २५ करोड नगदसहित पक्राउ सिन्धुपाल्चोकका ३९ वर्षीय कुसाङ लामाले आमाको नाममा निकालिएको ट्रक चलाउँदै आएका थिए ।

प्रारम्भिक बयानका क्रममा उनले आफूलाई दुईजना अपरिचित व्यक्तिहरूले अमेरिकी डलर र युरोपियन मुद्रासहितको रकम रसुवागढी हुँदै केरुङसम्म लगिदिन भनेका बस्नेतले बताए ।
‘दुईजना अमुक व्यक्तिले रकम दिएको कुरा उनले हामीलाई खुलाएका छन्’, उनले भने, ‘अहिलेसम्मको अनुसन्धानमा कुन्साङभरिया मात्रै रहेको खुलेको छ । रकम दिने दुई व्यक्तिबारे अहिले अनुसन्धान भइरहेकाले केही खुलिसकेको छैन ।’
कुसाङ यसअघि कलंकीबाट ७ केजी सुनसहित पक्राउ परेर ५ वर्ष जेल बसेपछि २०७८ सालमा रिहा भएको पनि खुलेको छ ।
सर्वेन्द्रको पालामा बरामद सात केजी सुनसँग २५ करोडको ‘कनेक्सन’ खोज्दै प्रहरी
पोखरामा सिचुवान एयरलाइन्सको सिधा हवाई सेवा सुरु
कुसाङको ट्रकबाट बरामद सबै रकम अमेरिकी डलर र युरो मात्रै
स्ववियु निर्वाचन सम्पन्न
त्रिभुवन विश्वविद्यालय ९त्रिवि०का आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचन आज सम्पन्न भएको छ ।
बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म क्याम्पसमा मतदान भएको थियो । स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव पशुपति अधिकारीले छिटफुट घटनाबाहेक सबै क्याम्पसमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न जानकारी दिए ।

उनका अनुसार ३८ वटा आङ्गिक क्याम्पस आज निर्वाचन सम्पन्न भएका छन् । यस्तै दुई सय ५० वटा सम्बन्धन क्याम्पसमा निर्वाचन भएका छन् ।
मतदानलगत्तै क्याम्पसमा गठन गरिएको निर्वाचन समितिले मतगणना आजै साँझदेखि हुने उनले बताए।
उपत्यकाका नेपाल कमर्श क्याम्पस, पाटन संयुक्त क्याम्पस, पुल्चोक इन्जिनियरिङ क्याम्पस, थापाथली इन्जिनियरिङ क्याम्पस, महेन्द्ररत्न क्याम्पसमा निर्वाचन भएको थियो ।
फर्जी मत खसालिएपछि पाटन क्याम्पसमा अनेरास्ववियु र नेविसंघबीच कुटाकुट
अमरदीप क्याम्पस सुर्खेतमा अनेरास्ववियुका विशाल रावल निर्वाचित
निर्वाचन सुनिश्चितताको माग गर्दै स्वतन्त्र उम्मेदवार पदमा भुसाल धर्नामा
पृथ्वीनारायण क्याम्पसमा मतदान स्थगित, भोलि बिहान ८ बजेबाट सुरु हुने
पृथ्वीनारायण क्याम्पसमा मतदान सुरु हुन सकेन, डब्लुआरसीमा पनि विवाद
स्ववियु निर्वाचन : अधिकांश क्याम्पसमा मतदान जारी (तस्बिरहरू)
आरआर क्याम्पसमा नेविसंघको प्रदर्शन (तस्बिरहरू)
इजरायली हवाई आक्रमणबाट गाजामा मृत्यु हुनेको सङ्ख्या ४१३ पुग्यो
गाजा पट्टीका विभिन्न स्थानमा मंगलबार बिहान इजरायली हवाई आक्रमणमा मारिएका प्यालेस्टाइनीको सङ्ख्या ४१३ पुगेको गाजास्थित स्वास्थ्य अधिकारीहरूले बताएका छन् । जारी इजरायली आक्रमणमा कम्तिमा ५६२ प्यालेस्टाइनी पनि घाइते भएका छन् । धेरै पीडित अझै पनि भग्नावशेषमा फसेका छन् । उनीहरूको उद्धारको प्रयास भइरहेको स्वास्थ्य अधिकारीहरूले एक प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन् ।
‘यस समयमा, आइडीएफ (इजरायल रक्षा बल) र शिन बेटले गाजा पट्टीभरि विद्रोही लक्ष्यहरूमा प्रहार गरिरहेका छन्,’ सेना र शिन बेटले संयुक्त विज्ञप्तिमा उल्लेख गरको छ । ‘विगत केही घण्टामा प्रहार गरिएका लक्ष्यहरूमा प्रक्षेपण पोस्ट, हतियार भण्डार र थप सैन्य पूर्वाधारहरू समावेश छन् ।’

इजरायलले हमासले आफ्ना बन्धकहरूलाई रिहा गर्न बारम्बार अस्वीकार गरेको र अमेरिकी राष्ट्रपति र मध्यस्थकर्ताहरूको सबै प्रस्ताव अस्वीकार गरेको कारणले आक्रमणहरू पुनः सुरु गरेको बताएको छ ।
हमासले इजरायलले जनवरी १९ मा लागू भएको युद्धविरामको उल्लङ्घन गरेको आरोप लगाए र इजरायललाई सैन्य कारबाही रोक्न दबाब दिन मध्यस्थकर्ताहरूलाई आह्वान गरेको थियो ।
नौ महिनाको अन्तरिक्ष बसाइपछि घर फर्कँदै अन्तरिक्षयात्रीहरू
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले भारतको भ्रमण गर्ने
इजरायलद्वारा गाजामा भीषण आक्रमण, झण्डै साढे तीन सय प्यालेस्टाइनी मारिए
होन्डुरसको टापुबाट उडेको विमान दुर्घटना, ७ जनाको मृत्यु
इजरायलद्वारा गजामा आक्रमण, हमासले भन्यो– सयभन्दा बढी मानिस मारिए
प्रतिक्रिया