काठमाडौं– आदरणीय पाठकवृन्द ! खबरहब डटकमले हरेक शुक्रबार एक साताका मुख्य घटनालाई समेटेर साप्ताहिक ब्रिफिङ पस्कन सुरु गरेको छ ।
प्रतिनिधिसभामा प्रधानमन्त्रीले दिए १० सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा १० जना सांसदहरूका प्रश्नको प्रत्यक्ष उत्तर दिएका छन् ।
बिहीबारको संसद् बैठकमा आमजनता पार्टीका सांसद प्रभु साहले प्रश्नोत्तरलाई कर्मकाण्डी भनेपछि सत्तारुढ र विपक्षीसहितका सासंदहरूका उत्तर प्रधानमन्त्रीले दिएका हुन् । उनले सुरुमा एमालेकै सांसद भगवती चौधरीको प्रश्नको उत्तर दिए ।
ओलीले युवाहरूलाई उद्यमशील बनाउन स्टार्टअप ऋण सहायता दिई यस वर्ष कम्तीमा पाँचसय उद्यमीलाई कर्जा प्रवाह गरिने बताएका छन् ।
सांसदहरूका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले सिर्जनशीलता तथा नवप्रवर्तनलाई प्रोत्साहन गरी स्टार्टअपमा आधारित उद्यमशीलता विकासमा लगानीकर्ताहरूलाई आकर्षित गर्न सहुलियत व्याजदरमा कर्जा प्रवाह गर्ने कार्यक्रममा इच्छुक प्रस्तावकहरूबाट छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए ।
संसदमा ज्ञानेन्द्रको चेतावनी- पूर्वराजाबारे बोल्दा होस पुर्याएर बोल्नुहोस्
प्रभु साहले गरे ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम बहिष्कार
पूर्वराजाले भिडियो सन्देशमा श्री ५ महाराजधिराज र शाही निशाना राखेकोप्रति सांसद खतिवडाको आपत्ति
लोडसेडिङबारे ऊर्जामन्त्री र कुलमानको दोहोरी संसद्सम्मै पुग्यो
महायज्ञका नाममा सिरहामा भत्काइयो दलितको घर, दोषीलाई कारबाही गर्न सांसद् सिंहको माग
कुनै समुदाय पछाडि नपरोस् भन्नेमा सरकार गम्भीर छ : प्रधानमन्त्री
माओवादीलाई फकाउने प्रधानमन्त्री ओलीको इच्छा, प्रचण्ड टारेको टारेकै !
एमालेले भन्यो- एक्काइसौँ शताब्दीमा वंशगत शासनको बहस गर्नु हाँस्यास्पद

नेकपा एमालेले मुलुकले हासिल गरेका महत्त्वपूर्ण उपलब्धि स्वीकार नगरेर एकोहोरो नकारात्मक भाष्य निर्माण गर्दै अलोकतान्त्रिक दिशामा पछाडि फर्काउने प्रयास स्वीकार्य हुन नसक्ने बताएका छ ।
केन्द्रीय सचिवालय बैठकले पारित गरेको प्रस्ताव सार्वजनिक गर्न जारी गरिएको प्रेस विज्ञप्तिमार्फत एमालेले एकोहोरो नकारात्मक भाष्य निर्माण गर्ने, जनता र राष्ट्रको मनोबल खस्काउने र त्यसैको बहानामा मुलुकलाई अलोकतान्त्रिक दिशामा पछाडि फर्काउने प्रयास स्वीकार्य हुन नसक्ने बताएका हो ।
‘लोकतन्त्र स्थापनापछिको छोटो समयमै नेपालले महत्त्वपूर्ण प्रगति हासिल गरेको छ । सशस्त्र द्वन्द्व, लामो सङ्क्रमणकाल र भूकम्प लगायत अनेकौँ प्राकृतिक विपत्तिका बीचमा पनि भौतिक पूर्वाधार, सामाजिक क्षेत्र, जनताको जीवनस्तर, अन्तर्राष्ट्रिय सम्बन्ध लगायत क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धि महत्त्वपूर्ण छन्,’ एमालेले भनेको छ ।
योजना आयोगका पदाधिकारीलाई प्रधानमन्त्रीको निर्देशन- गरिबी निवारण प्राथमिकतामा राख्नुहोस्
सत्तामा जाने भर्याङ बनाउन प्रतिक्रियावादी शक्ति सलबलाए : एमाले
पूर्वविशिष्टको सेवाबारे भार पर्ने कानून बनेको छैन : गृहमन्त्री
भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा गर्ने गृहमन्त्रीको निर्णय
राजावादी सक्रिय भएपछि एमालेले घोषणा गर्यो देशव्यापी आन्दोलन
नेकपा (एमाले)ले मुलुकमा हाल भइरहेका प्रतिगामी हर्कतविरूद्ध जनतालाई सचेत पार्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न देशव्यापी जनसचेतना अभियान सञ्चालन गर्ने भएको छ ।
एमालेले यही चैत ११ गते एकैदिन एकै समय देशैभरि सबै वडामा जनसचेतना कार्यक्रमको घोषणा गरेको छ । तीनमहिने वडाकेन्द्रित अभियान चलाइरहेको एमालेले चैत ११ गतेदेखि ३० गतेसम्म सबै प्रदेश र जिल्लामा प्रतिगामी हर्कतविरूद्ध जनपरिचालन, जनसचेतना कार्यक्रम आयोजना गर्ने भएको हो ।

यस क्रममा चैत १८ गते धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा मोटर साइकल र्याली आयोजना गरिने छ ।
एमालेले चैत १८ गते सबै जिल्लामा जिल्लास्तरीय जागरण सभा आयोजना गर्ने भएको छ भने चैत २४ देखि ३० गतेसम्म बाग्मती बाहेकका छवटै प्रदेशका निम्न शहरहरू– धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा विशेष प्रदर्शन र जनसभा गर्ने भएको छ ।
विपिन जोशीको रिहाइको प्रयास- प्रधानमन्त्रीले गरे टर्कीका राष्ट्रपतिसँग टेलिफोन वार्ता
राजावादीले फोटो बोकेको प्रकरण नसेलाउँदै योगी भेट्न धाउन थाले नेपाली नेता

गत फागुन २५ गते काठमाडौंमा आयोजित राजावादीको प्रदर्शनका क्रममा सबैभन्दा चर्चामा आएका पात्र थिए भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपा नेपाल र दुर्गा प्रसाईं नेतृत्वको समूह पोखराबाट काठमाडौं फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका नाममा अन्तर्राष्ट्रिय विमानस्थल वरपर जम्मा भएका थिए ।
योगी र पूर्वराजा शाहको तस्बिर बोकेर समर्थकसहित उक्त भिडमा मिसिने व्यक्ति थिए प्रदीपविक्रम राणा । राणा आफैं पनि राजावादी र हिन्दुराज्यका अभियन्ता थिए । यो तस्बिर चाबहिलबाट एयरपोर्टतर्फ आएका पूर्वराजाका समर्थकले बोकेको भेटिएपछि एकाएक भाइरल भएको थियो ।
खानेपानीमन्त्रीको दाबी- एक वर्षभित्र ५७ प्रतिशत जनतालाई स्वच्छ खानेपानी दिन्छौँ
परराष्ट्रमन्त्रीको स्पष्टीकरण : भारत अहिले सरकार परिवर्तनको पक्षमा छैन

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा शुक्रबार भारतबाट स्वदेश फर्किएकी छन् । झन्डै १२ दिने लामो भारत भ्रमण सकेर उनी अपरान्ह स्वदेश आइपुगेकी हुन् ।
त्रिभुवन विमानस्थलमा अवतरणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै राणाले भारतीय समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेको बताइन् ।
उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग समय नै नमागेकाले भेट हुने कुरै नभएको स्पष्टीकरण दिएकी छन् ।
भारतले नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकार परिवर्तन गर्न खोजेको हल्लामा कुनै सत्यता नभएको पनि बताइन् ।
मुलुक विकासको मार्गमा अघि बढिरहेको छ : गगन थापा
सरकारले युवाका आवाज सम्बोधन गर्नुपर्छ : विनोद चौधरी
सार्वजनिक निकायमा स्वदेशी बस्तुको उपयोग अनिवार्य गर्छौँ : उद्योगमन्त्री
कांग्रेस महाधिवेशन २०८२ मङ्सिरभित्रै हुनुपर्छ : नेता कोइराला
एनपी साउदको तर्क- दुईतिहाइको सरकारले संविधान संशोधनका लागि पाइलै चाल्न सकेन
प्रमुख सचेतक घिमिरेबारे मिनेन्द्रको प्रश्न : कांग्रेसले कस्तो व्यक्तिलाई जिम्मेवारी दिएछ ?

नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले संघीय संसद्मा पार्टीका प्रमुख सचेतक श्याम घिमिरेबारे प्रश्न उठाएका छन् ।
पार्टीले प्रमुख सचेतक छान्दा ध्यान नदिएको भन्दै घिमिरेको भूमिका र संसद्मा केही दिनअघि गरेको टिप्पणीबारे उनले प्रश्न उठाउका हुन् ।
घिमिरेले ३ चैतमा बसेको प्रतिनिधिसभाको बैठकमा नेपालमा पर्यटकको सङ्ख्या वृद्धि गर्न यौन व्यवसायलाई व्यवसायीकरण गर्नुपर्ने भन्दै विवादित अभिव्यक्ति दिएका थिए ।
कांग्रेस नेता डा. रिजालले शुक्रबार मोरङ–काठमाडौं सम्पर्क समितिले बत्तिसपुतलीमा गरेको कार्यक्रममा घिमिरेको भनाइको विरोध गर्दै यस्तो बताएका हुन् । घिमिरेले विवादित भनाइलाई लिएर यही बुधबारको प्रतिनिधि सभा बैठकमा माफीसमेत मागिसकेका छन् ।
महिनावारी विभेदको अन्त्यसम्बन्धी सङ्कल्प प्रस्ताव कार्यान्वयनका लागि सरकारलाई निर्देशन
प्रचण्ड भन्छन् : ०८४ सम्म प्रधानमन्त्री बन्दिनँ, कांग्रेस-एमालेको सरकार चाँडै तलमाथि हुन्छ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताएका छन् ।
तराई–मधेस जागरण अभियानमा सहभागी हुन वीरगञ्ज पुगेका अध्यक्ष प्रचण्डले प्रेस सेन्टर नेपालको पत्रकार सम्मेलनमा २०८४ सम्म प्रधानमन्त्री बन्ने होडमा आफू नरहेको बताए ।
उनले सरकारमा हुँदा एक कुरा र सरकार बाहिर हुँदा अर्कै कुरा गर्ने आरोप माओवादीलाई उपयुक्त नहुने बताए ।
प्रचण्डको दाबी- ज्ञानेन्द्र आफैंले राजतन्त्र ढाल्न सहयोग गरेका थिए
स्ववियु निर्वाचन : कञ्चनपुर र कैलालीमा एमालेनिकट अनेरास्ववियु शून्य

त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरूमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेकपा एमालेनिकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कञ्चनपुर र कैलालीमा शून्य भएको छ ।
सुदूरपश्चिम प्रदेशको तराईका जिल्लाहरू कञ्चनपुर र कैलालीका १६ क्याम्पसमा सम्पन्न स्ववियु निर्वाचनमा अनेरास्ववियुको नतिजा प्रतिकूल आएको हो । तथापि, अनेरास्ववियुले कञ्चनपुरको एक क्याम्पसमा आफूले जितेका दाबी गरिरहेको छ ।
त्रिवि केन्द्रीय क्याम्पसमा स्ववियु निर्वाचन स्थगित
उपत्यकाका आङ्गिक क्याम्पसमा कसले कहाँ जिते ?
शंकरदेवका विद्यार्थीलाई ताला होइन, स्ववियु निर्वाचन चाहिएको हो : सचिव उपाध्याय
चैत १५ गतेको जनसभामा हजारौँलाई उतार्ने एकीकृत समाजवादीको निर्णय

नेकपा एकीकृत समाजवादीले समाजवादी मोर्चाले गर्न लागेको विरोधसहितको जनसभामा हजारौँलाई उतार्ने जनाएको छ ।
पार्टी कार्यालय आलोकनगरमा सोमबार बसेको समाजवादीको स्थायी कमिटी बैठकले चैत १५ गते काठमाडौंमा समाजवादी मोर्चाले आयोजना गरेको विरोध सभालाई सफल बनाउन हजारौँलाई उतार्नेसहितको योजनाका साथ अघि बढ्ने निर्णय गरेको हो ।
राजसंस्थाका विषयमा गरिएको कु-प्रचारलाई चिर्दै जनतालाई सडकमा उतार्ने प्रयास गर्ने उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए ।
भोजपुरका सात सय ५० किसानलाई कृषि सामग्री हस्तान्तरण
नयाँ वर्षमा ‘मुन्दुम ट्रेल रेडपाण्डा–थार रूट’ शुभारम्भको तयारी
प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त

सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापालाई नियुक्त गरेको छ ।
दुई वर्षअघि प्रहरी महानिरीक्षक नियुक्त भएका वसन्त कुँवर ३० वर्षे सेवा अवधि पूरा गरेर सोमबार नै अवकाशमा जाने भएपछि सरकारले थापालाई महानिरीक्षक नियुक्त गरेको हो ।
सोमबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले थापालाई महानिरीक्षक नियुक्त गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।
थापा नेपाल प्रहरीका ३१औँ महानिरीक्षक हुन् । थापासँगै अतिरिक्त महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङ र सुदीप गिरी पनि महानिरीक्षकको प्रतिस्पर्धामा थिए ।
स्वास्थ्य मन्त्रालयको सचिव नियुक्तीविरुद्ध परेको रिटमा कारण देखाउ आदेश
राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन गर्ने समय थप
नाउपा बैठक : पहिलो दिन २० केन्द्रीय सदस्यले बोले, बहुमत जनमतसँग एकताको पक्षमा

नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय कार्यसमिति बैठकको पहिलो दिनमा २० जना केन्द्रीय सदस्यले धारणा राखेका छन् । १ सय जना केन्द्रीय सदस्यले धारणा राख्ने र निर्णयमा पुग्ने उक्त बैठक उद्घाटन सत्रपछि २० जनाले धारणा राखेर आजको बैठक सकिएको छ । बैठक भोलि पुनः जारी रहने सांसद गंगाराम चौधरीको भनाइ छ ।
चौधरीका अनुसार डा. सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकताका लागि २० सदस्यमध्ये १५ भन्दा बढीले एकताको पक्षमा धारणा राखेका छन् ।
नागरिक उन्मुक्तिको बैठक : सीके नेतृत्वको जनमतसँग एकताको टुंगो गर्दै
अदालत पुगेका रविको दाबी- मैले बोल्न थाले सबैको बोली बन्द हुन्छ

रास्वपा सभापति रवि लामिछानेले काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गराएका छन् ।
काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा माघ ३ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीले ६० लाख रुपैयाँ धरौटी लिएर थुनामुक्त गर्ने आदेश दिएपछि रवि उच्च अदालत पुगेका हु्न् ।
दलित परिवारलाई उठीबास लगाउने घटनाले तात्यो मधेस प्रदेशसभा, विभेद गर्नेलाई कारबाहीको माग
सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञ लगाइने नाममा दलित परिवारको उठीबास लगाएको भन्दै मधेश प्रदेशसभाका सांसदहरूले आपत्ति जनाएका छन् । उनीहरूले यस घटनामा संलग्न रहेका जो सुकैलाई कडा कारबाही हुनुपर्ने माग गरेका छन् ।
मधेश प्रदेशसभाको बिहीबार बसेको बैठकमा विष्णु महायज्ञका नाममा दीपक मलिकको घर भत्काएर त्यो परिवारको उठीबास गरिएकामा प्रदेश सांसदहरूले निन्दनीय भन्दै भर्त्सना गरेका छन् ।

शून्य समयमा बोल्दै प्रदेश सांसद निलमकुमारी रजकले कुनै पनि नाममा दलितको घर भत्काउने र उठीबास लगाउनेलाई कडा कारबाही हुनुपर्ने माग गरिन् । ‘यज्ञका नाममा दलित परिवारमाथि अन्याय भएको छ,’ रजकले भनिन्, ‘उठीबास गराउनेलाई कानुनबमोजिम कारबाहीको माग गर्छु ।’
एमालेका सांसद लखन दास तत्माले मधेश प्रदेशमा दलितमाथि नै पटक पटक ज्यादती हुँदा पनि सरकार मौन बसेको आरोप लगाए । ‘३० वर्षदेखि परिवारसहित बसोबास गरिरहेका मलिक परिवारलाई उठीबास गराउनु अमानवीय काम भएको छ,’ सांसद तत्माले भने, ‘छुवाछुतलाई मलजल गर्ने सबै व्यक्तिलाई कारबाही हुनुपर्छ ।’
यसरी निभाइँदैछ केउरानी वनको डढेलो (तस्बिरहरू)

काठमाडौंको चन्द्रागिरि नगरपालिकामा पर्ने केउरानी सामुदायिक वनमा लागेको आगो नियन्त्रण लिने प्रयास भइरहेको छ ।
नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली स्थानीयको समेत सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । यद्यपि अहिलेसम्म आगो पूर्ण रूपमा नियन्त्रण भएको छैन ।
दलित परिवारको घर भत्काएको विरोधमा ‘अर्धनग्न’ निस्किए युवा (तस्बिरहरू)
४८ वटा उजुरीको निष्कर्ष १५ दिनभित्र गर्ने सार्वजनिक लेखा समितिको निर्णय
ऊर्जामन्त्रीलाई बर्खास्त गर्नुपर्ने सांसदको मागमा हजारौँको समर्थन
महायज्ञ विवाद प्रकरण : सिराहाका प्रजिअ मन्त्रालय तानिए
युक्रेनलाई सुरक्षित नबनाए रुसले युद्ध विराम भङ्ग गर्ने बेलायतको आशंका

बेलायती प्रधानमन्त्री केइर स्टेइमरले युक्रेनलाई सुरक्षा प्रदान नगरिए रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनले कुनै पनि समय युद्ध विराम भङ्ग गर्न सक्ने आशंका व्यक्त गरेका छन्। उनले रुस र युक्रेनको बीचमा जारी युद्ध विराम पूर्ण रूपमा कार्यान्वयन गर्दै सुरक्षाको ग्यारेन्टी हुनुपर्नेमा जोड दिएका हुन्।
लन्डनमा २० भन्दा बढी देशका प्रतिनिधि भेला भएर युक्रेनको सुरक्षाका लागि सेना तयार गर्न गरेको छलफलमा स्टेइमरले सो कुरा बताएका हुन् । युद्ध विराम उल्लङ्घन गरेमा आफूलाईसमेत अप्ठेरो पर्ने कुरा रुसले महसुस गर्नु आवश्यक रहेको समेत उनले बताए।
पाकिस्तानमा सैन्य कारबाहीमा १० जना आतङ्ककारी मारिए
रेलवे स्टेशनको छत भत्किँदा सर्बियामा मृत्यु हुनेको सङ्ख्या १६ पुग्यो
रुसी सुरक्षा प्रमुखको भ्रमणअघि उत्तर कोरियाद्वारा नयाँ हतियारको परीक्षण
अमेरिकाले आफ्ना नागरिक ‘अपहरण’ गरेको भेनुजुएलाको आरोप

अमेरिकाले आफ्ना नागरिक अपहरण गरेर एल साल्भाडोर लगेको भेनेजुएलाले आरोप लगाएको छ ।
अमेरिकाले अमेरिकामा बस्दै आएका भेनुजेएलाका आप्रावासीलाई पक्राउ गरेर केही दिन अघि मात्रै एल साल्भाडोरको कुख्यात जेलमा लगे पछि उसले यस्तो प्रतिक्रिया दिएको हो ।
लन्डनको एयरपोर्टमा आगलागी हुँदा २४ घण्टा उडान बन्द
इन्डोनेसियाको माउन्ट लेवोटोबी लाकी लाकी ज्वालामुखी विस्फोट, सतर्कता रहन आग्रह
जलस्रोतले समृद्ध ब्राजिल अझै सुक्खा हुँदै
चीनले ४ जनालाई फाँसी दिएपछि क्यानडा आक्रोशित
चीनमा चार क्यानाडाली नागरिकलाई दिइयो मृत्युदण्ड
नौ महिना अन्तरिक्षमा बिताएर पृथ्वीमा आइपुगे बच र सुनी
नौ महिना अन्तरिक्षमा बस्न बाध्य भएका अन्तरिक्ष यात्री पृथ्वीमा आइपुगेका छन्। नासाका अन्तरिक्ष यात्री बच विलमोर र सुनी विलियम्स नौ महिनापछि पृथ्वीमा आइपुगेका हुन्
उनीहरू स्पेस एक्स क्याप्सुल तीव्र गतिमा वातावरण पार गरेको थियो। फ्लोरिडाको तटमा अवतरण गराउने क्रममा उनीहरूका लागि चार वटा प्यारासुट खोलिएको थियो। उनीहरूलाई रेस्क्यु जहाज मार्फत तटमा अवतरण गराइएको हो। यस क्रममा सहकर्मी अन्तरिक्ष यात्री तथा निक हग र अलेक्जेन्डर गुर्मुनोभले सहयोग गरेका थिए।

८ दिनमा सकिने लक्ष्य राखिएको सो मिसन नौ महिनामा आएर पूर्ण रूपमा सकिएको छ। उनीहरूको घर फर्कने यात्रा १७ घण्टा लामो थियो। तौल नभएको वातावरणमा लामो समय बिताएका उनीहरूलाई एडप्ट गर्न कठिन हुने भएकाले स्ट्रेचरको प्रयोग गरिएको थियो। स्वास्थ्यकर्मीले परीक्षण सकेर उनीहरूलाई परिवारको जिम्मा लगाइएको थियो।
सन् २०२४ को जुन महिनादेखि उनीहरूको सङ्घर्षपूर्ण यात्रा सुरु भएको थियो। एरो स्पेस बोइङ कम्पनीले निर्माण गरेको स्टारलाइन स्पेसक्राफ्टको टेस्ट फ्लाइटमा उनीहरू गएका थिए।
क्याप्सुलले अन्तरिक्षमा धेरै प्राविधिक समस्याको सामना गरेपछि सकुशल घर फिर्ता गर्न कठिन भएको हो। स्टारलाइन सेप्टेम्बरमा फर्किए पनि यो जोडीलाई अर्को यातायातको आवश्यकता परेको हो।
आतंकवादविरुद्धकाे सहकार्य बढाउन भारत र न्युजिल्याण्ड सहमत
शिक्षा विभाग खारेजीको निर्णयमा ट्रम्पले गरे हस्ताक्षर
टेक्सासमा डढेलोका कारण ५०० हेक्टर वन क्षेत्र नष्ट
भारतीय सेनासँगको झडपमा २२ नक्सलवादी विद्रोही मारिए, एक सैनिकको मृत्यु
लामो समयदेखि चलेको विद्रोहलाई दबाउन सरकारले सुरक्षा कारबाही तीव्र पारेपछिको सबैभन्दा घातक झडपमा बिहीबार मध्य भारतको जङ्गलमा कम्तीमा २२ जना माओवादी विद्रोहीको मृत्यु भएको छ ।
भारतको स्रोत साधनले सम्पन्न केन्द्रीय क्षेत्रका सीमान्तकृत मानिसहरूको अधिकारका लागि लडिरहेको दशकौँ लामो ‘नक्सलवादी’ विद्रोहमा एक हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ। छत्तीसगढ राज्यमा दिनभरि चलेको दुई छुट्टाछुट्टै झडपमा एक भारतीय अर्धसैनिक सुरक्षा अधिकारीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

भारतीय जनता पार्टीका नेता तथा सङ्घीय गृहमन्त्री अमित शाहले सामाजिक सञ्जाल एक्समा विद्रोही आन्दोलनका लागि साझा भारतीय नाम प्रयोग गर्दै लेख्नुभएको छ, ‘हाम्रो सुरक्षा बलको दुई छुट्टाछुट्टै कारबाहीमा २२ नक्सलवादी मारिएका छन् ।’
बिजापुर जिल्लामा बिहान सबेरै भएको झडपमा १८ जना लडाकूसमेत २२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । राज्यको दक्षिणी क्षेत्रमा भएको छुट्टाछुट्टै भिडन्तमा अन्य चार जना विद्रोही मारिएका छन् ।
दुवै युद्धस्थलमा खोजी कार्य जारी रहेको र सुरक्षा बलले दुवै क्षेत्रबाट हातहतियार र गोलबारुद बरामद गरेको दावी गरेको छ ।
ट्रम्प र जेलेन्स्कीको फोन वार्ता : भेटको तनाव बिर्सिएर गरे सकारात्मक छलफल
प्रतिक्रिया